मुख्य समाचार

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं, ९ भदौ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९० पैसा र बिक्रीदर १५३ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १७९ रुपैयाँ ०५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०८ रुपैयाँ ४६ पैसा र बिक्रीदर २०९ रुपैयाँ २८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १९० रुपैयाँ ५७ पैसा र बिक्रीदर १९१ रुपैयाँ ३१ पैसा कायम… पुरा पढौ

पूर्वसैनिकको ड्रागन फ्रुटखेतीः वार्षिक ६० लाख आम्दानी

सुनसरी, ९ भदौ। आकर्षक बगैँचा । लटरम्म फलेका फल । अनि ओठमा मीठो मुस्कान । सुनसरीको रामधुनीका कृपाश्वर घले गुरुङको पछिल्लो परिचय । देशभित्र धेरै स्थानमा ‘ड्रागन फ्रुट’को राम्रो खेती भएको सुने पनि आफ्नो जग्गामा होला कि नहोला भन्ने द्विविधा छँदै थियो । ‘तँ आट म पुर्‍याउँछु’ भन्ने मनमा राखेर सुरु गरेको ड्रागन फ्रुटखेतीले आज कृपाश्वरलाई नाम मात्रै होइन राम्रै दामसमेत दिएको छ । लामो समय भारतीय सेनामा सेवा गरेपछि अवकाश लिनुभएका सुनसरीको रामधुनीका कृपाश्वर घले गुरुङले व्यावसायिक ड्रागन फ्रुट… पुरा पढौ

कामना सेवा विकास बैंकले २० औं साधारण सभा बाेलायाे

काठमाडाैं, ८ भदाैं। कामना सेवा विकास बैंक लिमिटेडकाे २० औं वार्षिक साधारणसभा २०८३ भदौ ३१ गते हुने भएकाे छ । उक्त साधारणसभा आम्रपाली बैंक्वेट, बालुवाटार रोड, काठमाण्डौंमा हुने बैंकले जनाएको छ। याे सँगै वार्षिक साधारणसभा बाेलाउने कामना सेवा पहिलाे बिकास बैक भएकाे छ। साे साधारणसभाबाट बैंकको संचालक समितिले प्रस्ताव गरे बमोजिम नेपाल राष्ट्र बैंकबाट स्वीकृत आ.व. २०८२।८३ को संचित मुनाफाबाट बैंकका अग्राधिकार शेयरधनीहरूले अग्राधिकार शेयर बाँडफाँट भएको मितिदेखि असार मसान्त सम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत तथा आफ्ना शेयरधनीहरुलाई… पुरा पढौ

लक्जरी ईभी ब्राण्ड ‘स्काईवेल’ नेपाली बजारमा, बीई ११ मोडल नाडा अटो शोमा सार्वजनिक हुने

काठमाडौं, ८ भदाै। लक्जरी चिनियाँ विद्युतीय सवारी साधन (ईभी) ब्राण्ड ‘स्काईवेल’ नेपाली बजारमा भित्रिएको छ। एलआरआर मोटर्सले स्काईवेल ब्राण्डको बहुप्रतिक्षित ‘बीई ११’ (BE 11) मोडलका ईभी नेपाल भित्र्याएको हो। कम्पनीले हाललाई यस मोडलका दुई फरक भेरियन्ट नेपाली बजारमा उपलब्ध गराएको छ। यी नयाँ ईभी भदौ ९ गतेदेखि सुरु हुने ‘नाडा अटो शो २०२६’ को पहिलो दिन औपचारिक रूपमा सार्वजनिक गरिने एलआरआर मोटर्सले जनाएको छ। नाडा अटो शोमा कम्पनीको स्टल नम्बर ‘एच१९’ (H19) रहनेछ। सोमबार आयोजित एक विशेष कार्यक्रमका बीच उत्पादक… पुरा पढौ

बडीमालिकामा फोर-जी सेवा विस्तार

काठमाडौं, ८ भदौ। धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार भएको छ । नेपाल टेलिकमले बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार गरेसँगै आजदेखि त्यहाँ मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा आएको हो । उक्त क्षेत्रमा सञ्चार सेवा उपलब्ध भएपछि स्थानीय, तीर्थयात्री, पर्यटक तथा विभिन्न सरकारी तथा गैरसरकारी निकाय पनि लाभान्वित भएका छन् । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भर्चुअल माध्यमबाट सेवा सञ्चालनको उद्घाटन गर्दै दुर्गम भेगका नागरिकलाई सञ्चारको आधारभूत अधिकारबाट वञ्चित हुन नदिन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।… पुरा पढौ

नेप्से १९.१३ अंकले घट्यो, ३ अर्ब २३ करोडको कारोबार

काठमाडौं, ८ भदाैं। माडा साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.१३ अंकले घटेर २५९९.५८ विन्दुमा झरेको छ। कारोबार अवधिमा नेप्सेले २६०० को मनोवैज्ञानिक टेवा विन्दु परीक्षण गर्दै सोभन्दा केही तल झरेपनि अन्तिम समयमा सोही विन्दु नजिकै पुगेर बन्द भएको हो। यस दिन सेन्सेटिभ इण्डेक्स ३.१७ अंक, फ्लोट इण्डेक्स १.३४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.११ अंकले ओरालो लागेका छन्। बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ। गत शुक्रबार ४ अर्ब १६ करोड रुपैयाँको शेयर खरिदबिक्री… पुरा पढौ

कर्णालीमा ८६० मेगावाटका तिला-१ र तिला-२ जलविद्युत आयोजनाको वित्तीय लगानी सुनिश्चित

काठमाडौं, ८ भदाै। कर्णाली प्रदेशको कालीकोटस्थित तिला नदीमा निर्माण हुने तिला–१ र तिला–२ जलविद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापन (फाइनन्सियल क्लोजर) सम्पन्न भएको छ। कुल ८६० मेगावाट क्षमताका यी दुई ठूला अर्धजलाशययुक्त (पिकिङ) आयोजनाको ऋण लगानी सुनिश्चित भएसँगै निर्माणको बाटो खुलेको हो। आयोजनाको मुख्य विवरण: तिला–२ जलविद्युत आयोजना (४२० मेगावाट): प्रवर्द्धक: ऊर्जा तिला पावर कम्पनी कुल लागत: ७० अर्ब ७ करोड रुपैयाँ (७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी) ऋण लगानी: एभरेस्ट बैंकको नेतृत्वमा ११ वटा बैंक तथा वित्तीय संस्थाबाट ५२… पुरा पढौ

जापानिज इन्सेफलाइटिस’काे संक्रमण बढ्याे, लक्षण देखिनासाथ तत्काल चेकजाँच गर्न चिकित्सकको सुझाव

काठमाडाैं, ८ भदाै । लामखुट्टेको सामान्य टोकाइबाट सर्ने तर सिधै मस्तिष्कमा असर गर्ने ‘जापानिज इन्सेफलाइटिस’ को संक्रमण देशभर भयावह बन्दै गएको छ। हालसम्म कुनै ठोस उपचार पत्ता नलागेको यस रोगबाट संक्रमितमध्ये करिब ३० प्रतिशतले ज्यान गुमाउनुपर्ने डरलाग्दो अवस्था छ। बाँचेका बिरामीहरूमा पनि आजीवन पक्षाघात (प्यारालाइसिस) हुने वा स्मरण शक्ति गुम्ने जस्ता गम्भीर स्वास्थ्य जटिलता देखिने गरेका छन्। विगत पाँच वर्षको तथ्याङ्क हेर्दा नेपालमा यस रोगबाट ११० भन्दा बढी नागरिकले अकालमा ज्यान गुमाइसकेका छन्। चिकित्सकहरूका अनुसार यो रोग रुघाखोकी जस्तो मानिसबाट… पुरा पढौ

प्रभु म्युचुअल फण्डका दुई योजनाले १२ प्रतिशत प्रतिफल दिने

काठमाडौं, ८ भदाै । प्रभु क्यापिटल लिमिटेडकाे प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई बन्दमुखी योजनाहरुले गत आर्थिक वर्षका लागि आफ्ना इकाईधनीहरुलाई १२ प्रतिशत प्रतिफल दिने घोषणा गरेका छन्। प्रभु बैंक लिमिटेड कोष प्रबर्द्धक तथा प्रभु क्यापिटल योजना व्यवस्थापक रहेको प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले १२ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेका हुन्। भदौ ५ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा प्रतिफल वितरण गर्ने निर्णय गरेको बताइएकाे छ। इकाईधनीहरुलाई प्रतिफल वितरणका लागि बुकक्लोज (दर्ता किताब बन्द… पुरा पढौ

४० मेगावाटको राहुघाट जलविद्युत आयोजनाकाे निर्माण सकियाे, विद्युत उत्पादनकाे तयारी

म्याग्दी, ८ भदौ। म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजनाकाे निर्माण सम्पन्न भएको छ । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवद्र्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको भौतिक निर्माण र उपकरण जडानको काम सकिएको हो । रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले राहुघाट जलविद्युत् आयोजना विद्युत् उत्पादनको तयारीमा रहेको जानकारी दिए । “बाँध, डिसेन्डर, सुरुङ, स्विचयार्डको परीक्षण सफल भइसकेको छ,” उहाँले भन्नुभयो “२० मेगावाट क्षमताको एक वटा ‘युनिट’को परीक्षण पनि सकिएको छ । अर्को २०… पुरा पढौ