मुख्य समाचार

नेपाललाई लगानी गन्तव्यका रूपमा स्थापित गर्न सहयोग गर्नुहोस्ः प्रधानमन्त्री

काठमाडौं, २७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुन लागेको लगानी सम्मेलन सफल बनाउन नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदारसमक्ष आग्रह गरेका छन्। सिंहदरबारमा आज आयोजित नेपालस्थित कूटनीतिक नियोग एवं विकास साझेदारहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न विकास साझेदारहरू र नेपालमा रहेका सबै देशका कूटनीतिक नियोगहरूको महत्वपूर्ण भूमिका रहने बताए । “लगानी सम्मेलनमा सक्रिय रूपमा संलग्न हुन र अधिकतम क्षमता बढाउन विकास साझेदारहरू, द्विपक्षीय र बहुपक्षीय विकास साझेदार संस्थाहरू र नेपालमा रहेका… पुरा पढौ

नेप्सेमा ९.१९ अंकको बृद्धि, ४ अर्ब १४ करोडको कारोबार

काठमाडौं, २७ चैत । साताको सेयर कारोबार हुने तेश्रो दिन आईतबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ९.१९ अंकले बढेर २०३६.०१ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.४५ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.७५ अंकले बढेर ३६०.१५ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ३ वटामा रातो लागेको छ । बाँकी रहेका १० वटामा हरियो लागेको छ । यसदिन कुल ३१५ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ९७ लाख ८९ हजार ४१६ कित्ता… पुरा पढौ

काठमाडौं विश्वको पहिलो प्रदूषित सहरमा रुपमा सूचीकृत

काठमाडौं, २७ चैत । काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको छ । केही दिनयता मुलुकभर लागेको डढेलोका कारण काठमाडौंको वायु प्रदूषण बढेको हो । ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज दिउँसो काठमाडौं विश्वको पहिलो प्रदूषित सहरमा रुपमा सूचीकृत भएको छ । इन्डेक्सका अनुसार काठमाडौंको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) दुई सय पुगेको छ । वातावरण विभागका उपमहानिर्देशक तारादत्त भट्टले मुलुकभर लागेको डढेलोको असर काठमाडौंलगायतका सहरको वायूमा परेको बताए । “केही साताअघि पनि काठमाडौंको वायु प्रदूषण बढेको थियो, आज थप प्रदूषण भएको छ”,… पुरा पढौ

खुल्ला नहरमा रू आठ करोड लागतमा ड्रेन बन्ने

सिरहा, २७ चैत । सिरहाको लहान नगरपालिकाले रु आठ करोड ५८ लाख लागतमा लहानको खुल्ला नहरमा ड्रेन निर्माण गर्ने भएको छ । आज एक समारोहबीच नगर प्रमुख महेशप्रसाद चौधरीले ड्रेन निर्माण योजनाको शिलान्यास गरे। लहान बजार सुन्दर बनाउने नगरको योजना बमोजिम ड्रेन निर्माण गर्न चैत १९ गते निर्माण कम्पनीसँग सम्झौता भएको नगरप्रमुख चौधरीले जानकारी दिए । “खुल्ला नहरले बजारक्षेत्र कुरुप बनाएको थियो । नहर व्यवस्थित नहुँदा बालबालिका र वृद्धवृद्धालाई आवतजावतमा जोखिम थियो, वर्षायाममा नजिकका घर जलमग्न हुने गरेका थिए,” नगर… पुरा पढौ

सहकारीको रकम ठगीबारे छानबिन गर्न कांग्रेसकाे माग

काठमाडौँ, २७ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम ठगीबारे छानबिन गर्नका लागि संसदीय समिति गठन गर्न पुनः माग गरेको छ । कांग्रेस संसदीय दलको आज बसेको बैठकले सहकारीको रकम अपचलमा स्वयं उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने नै संलग्न देखिएको आरोप लगाउँदै संसदीय छानबिन गठनको माग गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन । सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले सहकारीको रकम अपचनमा गृहमन्त्री नै संलग्न भएकाले निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिनका लागि संसदीय समिति गठनको माग… पुरा पढौ

उद्योग वाणिज्य महासंघको ५८औं साधारण सभामा भारतीय उद्योग परिसंघका अध्यक्ष पुरीले सम्वोधन गर्ने

काठमाडौं, २७ चैत । नेपाल उद्योग वाणिज्य महासंघको ५८औं वार्षिक साधारण सभामा भारतीय उद्योग परिसंघका अध्यक्ष संजीव पुरीले सम्वोधन गर्ने भएका छन । महासंघको साधारण सभा एवं उद्योग वाणिज्य दिवसको उद्घाटन समारोहमा आर्थिक सुधारका लागि राजनीतिक प्रतिबद्धता खोजिने समेत बताइएकाे छ ।   भाेलि चैत्र २८ गते बुधबार ८:३० बजे तय भएको उद्घाटन समारोहमा नेपालका प्रमुख राजनीतिक दलहरुलाई पनि निम्त्याएको महासंघले जनाएकाे छ। यसअघि बिहान ९:३० मा तय भएको उद्घाटन समारोह बिहान ८:३० बजे सारिएको महासंघले जानकारी गराएकाे छ ।… पुरा पढौ

जनताको आशा जगाउने काम गर्नुपर्छ : सांसद थपलिया

काठमाडौं, २७ चैत । देशमा अहिले निराशा बढ्दै गइरहेको छ । मुलुकको नेतृत्वदायी भूमिकामा रहेका सबै राजनीतिक दल मिलेर जनताको आशा जगाउने ठोस काम गर्नुपर्छ । देशको विकास गर्ने र युवा जमातलाई रोजगारी दिलाएर उनीहरूलाई पलायन हुनबाट रोक्न राजनीतिक दलहरू एकजुट हुनैपर्छ । राजनीतिक दलहरू सरकार गठनका निम्ति मात्र सक्रिय हुने होइन । देशभित्र उद्योगधन्दा बढीभन्दा बढी खोल्ने वातावरण तयार गर्नुपर्छ । अझै पनि राजनीतिक दलहरू गम्भीर नहुने हो भने भावी पुस्तालाई के शिक्षा दिने ? देशलाई कस्तो बनाउने ?… पुरा पढौ

सुनको भाउ निरन्तर उकालो, चाँदीको स्थिर

काठमाडौ, २७ चैत । आज पनि सुनको भाउ उकालो लाग्ने क्रम रोकिएन । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुनमा १ सयले बढेको तथा चाँदीको भाउ स्थिर रहेको जनाएको हो । छापावाल सुनमा रुपैयाँ १ सयले बढेर तोलाको १ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको रुपैयाँ १ लाख ३६… पुरा पढौ

प्रभु बैंकले वैशाख २० मा वार्षिक साधारण सभा बाेलायाे

काठमाडाैं, २७ चैत । प्रभु बैंक लिमिटेडले २२ औँ वार्षिक साधारण सभा बाेलाएको छ। बैंक सञ्चालक समितिको बैठककाे निर्णय अनुसार आगामी २०८१ वैशाख २० गते बैंकको केन्द्रीय कार्यालय काठमाण्डौमा सभा बाेलाइएकाे हाे । सभाले आव २०७९/८० को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ। सभाबाट लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरिने बताइएकाे छ। उक्त साधारण सभाबाट चालु आव २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण… पुरा पढौ

ओटावामाकाे प्रवर्द्धनात्मक प्रदर्शनीमा नेपाल सहभागी

काठमाडौं, २७ चैत । देशको पर्यटन प्रवर्द्धन गर्न क्यानाडाको राजधानी ओटावामा यही चैत २४ र २५ गते आयोजित यात्रासम्बन्धी प्रदर्शनीमा नेपाल सहभागी भएको छ । प्रदर्शनीमा नेपालको पर्यटन प्रवर्द्धनसम्बन्धी विविध सामग्री समावेश गरिएको थियो । प्रदर्शनीस्थलमा आएका जिज्ञासुहरूलाई ती सामग्री वितरण पनि गरिएको ओटावास्थित नेपालको राजदूतावासले जनाएको छ । प्रदर्शनीमा नेपालको पर्यटनबारे जानकारी दिने प्रवर्द्धनात्मक भिडियो प्रस्तुत गरिएको थियो भने नेपालबाट निर्यात हुने चिया, कफी, पस्मिनाका सल, हस्तकलाका सामग्री राखिएका थिए । प्रदर्शनीमा नेपालको विविधता झल्कने सांस्कृतिक एवं कलात्मक प्रस्तुति… पुरा पढौ