मुख्य समाचार

किसानले बीमा बापतको रकम अझै पाएनन्

चितवन, २७ चैत । जिल्लामा केरा खेती गरेर बसेका किसानले विगत १० महिनादेखि बीमा दाबी भुक्तानी पाउन सकेका छैनन् । यहाँ रहेका २८ जना केरा उत्पादक किसानले बीमाबापतको रकम पाउन नसकेका हुन् । केरा उत्पादक सङ्घ चितवनका उपाध्यक्ष शङ्कर सुवेदीका अनुसार गत वर्ष वैशाख, जेठमा आएको हावाहुरीका कारण क्षति भएका केराको बीमा दाबी भुक्तानी अहिलेसम्म नपाएका हुन् । उनले भने, “मेरो ५५ बिघा क्षेत्रफलमा लगाएको केरामा क्षति भयो । अहिलेसम्म बीमा दाबी भुक्तानी पाउन सकेको छैन ।” हरेक वर्ष साउनमा… पुरा पढौ

कोशी, बागमती, गण्डकी र कर्णालीमा हल्का वर्षाकाे सम्भावना

काठमाडाैं, २७ चैत । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएकाे छ। कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। चैत २७ गते (मंगलबार) दिउँसो: देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली  देखी मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली  र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा र बाँकी पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको… पुरा पढौ

जसले परम्परागत प्रणालीको वाणिज्य बैंकलाई प्रविधिमैत्री बनाए

काठमाडौं । नेपालको हकमा सरकारी बित्तिय संस्थामा दोहोर्याएर कार्यकारी तहकाे नेतृत्व गर्ने कमै ब्यक्तित्व भेटिन्छन्। पछिल्लाे समय व्यक्तिको क्षमता भन्दा पनि दलीय आबद्धता बलियो प्रमाणपत्र बन्न थालेपछि विभिन्न संघ–संस्थामा दल निकटका व्यक्तिहरू विज्ञ भन्दा अगाडीको लाइनमा उभिने गरेका प्रशस्तै उदाहरण छन। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका अहिलेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरणकुमार श्रेष्ठ लगभग दुर्लभ मध्येका एक ब्यक्ती हुन्, जो आफ्नै क्षमताका कारण दुई कार्यकाल सीईओ बन्न सफल भए। उनी यतिखेर लगातार २ कार्यकाल सीईओकाे जिम्मेवारी पुरा गरेर यही चैतभित्र शानदार… पुरा पढौ

विद्यालयमा पोसाक तथा शैक्षिक सामग्री बिक्री निषेध गर्ने महानगरकाे निर्णय स्वागतयाेग्य: सरोकारवाला

काठमाडौँ, २६ चैत काठमाडौँ महानगर भित्रका विद्यालयले पोसाक र शैक्षिक सामग्री बिक्री गर्न नपाउने निर्णय स्वागतयोग्य रहेको सरोकारवालाले बताएका छन् । तीन दिनअघि काठमाडौँ महानगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयले विद्यार्थीलाई विद्यालयबाटै पाठ्यपुस्तक, पाठ्य सामग्री, पोसाक, शैक्षिक सामग्रीलगायत सामग्री खरिद गर्न बाध्य नगर्न र विद्यालयबाट बेचबिखनसमेत नगराउन सूचना जारी गरेको थियो । अभिभावक सङ्घ नेपालका अध्यक्ष केशव पुरीले यो विषय उठान गरिरहेकै विषय भएकाले सबै विद्यालयले अनिवार्य लागू गर्नुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कतिपय विद्यालयले पुस्तक वितरण पनि आफैँ गर्ने,… पुरा पढौ

सरकारले १० वटा नयाँ कानुन ल्याउदैछ : उद्योगमन्त्री भण्डारी

काठमाडौ‌, २६ चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगी व्यवसायीको रायसुझावका आधारमा १० वटा नयाँ कानुन ल्याउन प्रक्रिया अघि बढेको बताए । नेपाल हब्र्स तथा हर्बल उत्पादक सङ्घको १८औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै मन्त्री भण्डारीले आसन्न लगानी सम्मेलनअघि १० वटा कानुन ल्याउने प्रतिबद्धता व्यक्त गरे । सरकारले देशमा लगानी भित्र्याउने उद्देश्यका साथ आगामी वैशाख १६ र १७ गते तेस्रो लगानी सम्मेलन आयोजना गर्दैछ । मुलुकको प्राकृतिक स्रोतसाधनमा आधारित उद्योगको विकास, बिस्तार एवं प्रवद्र्धनका पक्षमा रहेको सरकारले सोहीअनुसारको… पुरा पढौ

कागबेनी र मुक्तिनाथ मन्दिरमा भक्तजनको घुइँचो

म्याग्दी, २६ चैत । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रहेका धार्मिकस्थल कागबेनी र मुक्तिनाथ मन्दिरमा आज भक्तजनको घुइँचो लागेको छ । कालीगण्डकीको तटमा अवस्थित कागबेनीमा औँसी तिथि पारेर दिवङ्गत आफन्तको नाममा पिण्डदान र पुण्य प्राप्तिका लागि मुक्तिनाथ मन्दिरको दर्शन गर्नेको बिहानैदेखि घुइँचो लागेको हो । कागबेनीस्थित जनशान्ति माविका शिक्षक मनबिर किसानले दिवङ्गत आफन्तको स्मरणमा पिण्डदान र तर्पण गर्नेहरुको बिहान ५ बजेदेखिनै कालीगण्डकी किनारमा घुइँचो लागेको जानकारी दिए। “चैतेदसैँअघिको औँसी तिथिमा कागबेनीमा श्रद्धा र तर्पण गरे पितृले मोक्ष पाउने धार्मिक विश्वास रहेको… पुरा पढौ

सुनमा नयाँ रेकर्ड: तोलाको १ लाख ३६ हजार २ सय

काठमाडौं, २६ चैत । सुनचाँदीको भाउ आकाशिने क्रम रोकिएको छैन । अघिल्लो दिन आईतबार २९ सयले बृद्धि भएको सुनमा आज पनि भाउ बढेर झनै माथि पुगेको छ । यस्तै चाँदीको भाउ पनि बढेको छ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार आज नेपाली सुनचाँदी बजारमा सुन तोलामा रुपैयाँ ६ सय तथा चाँदीमा रुपैयाँ १५ ले बृद्धि भएको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंले छापावाल सुनमा रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको… पुरा पढौ

आज उपत्यकामा सार्वजनिक विदा, सेयर काराेबार बन्द

काठमाडौं, २६ चैत। आज नेपाली सेयर बजार तथा बैंक, वित्तीय संस्थाकाे काराेबार बन्द हुने भएको छ । सरकारले घोडेजात्राको अवसरमा उपत्यकामा सार्वजनिक विदा दिएकाेले सेयर कारोबार, बैंक, वित्तीय संस्थाकाे काराेबार नहुने भएकाे हाे । संघीय राजधानी काठमाडौंमा रहेको र नेपाल स्टक एक्सचेन्जकाे कार्यालय पनि उपत्यकामा नै रहेकाेले सार्वजनिक बिदा परेकाे बेलामा अर्थ बजार पनि बन्द हुने गरेकाे छ । बिदाका कारण काठमाडौं उपत्यकामा सार्वजनिक कार्यालय, बैंक, वित्तीय संस्थाहरू बन्द छन । सेयर बजार अब भाेलि मंगलबार पूर्वान्ह ११ बजे खुल्नेछ। पुरा पढौ

इलाम उपनिर्वाचन: मतदाता नेतृत्व छान्न उत्साहित

इलाम, २६ चैत । इलाम क्षेत्र नं २ का मतदाता आफ्नो जनप्रतिनिधि छान्न उत्साहित देखिएका छन् । यहाँ आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । गत भदौ २५ गते यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधनभएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा २० उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् । इलाम नगरपालिका–८ महमाईका कुबेर राईलाई उपनिर्वाचनकोे चहलपहलले उत्साहित बनाएको छ । “सात महिनादेखि हामीले चियाको मूल्य, दुग्ध उत्पादनको बजार, मेची राजमार्गको अस्तव्यस्त अवस्थालगायत समस्या सङ्घीय संसदमा उठाउने जनप्रतिनिधि पाउन सकेका… पुरा पढौ

सेबाेनकाे अध्यक्षका लागि ५ जनाकाे नाम छनाेट

काठमाडाैं, २६ चैत । नेपाल धितोपत्र बोर्ड (सेबाेन) काे अध्यक्षका लागि पाँच जनाकाे नाम छनाेट गरिएकाे छ। बोर्डकाे रिक्त रहेकाे अध्यक्ष पदका लागि दावेदारी पेश गरेकाहरूमध्ये ५ जनाको नाम छनाेट गरिएकाे हाे। छनाेटमा परेकाहरूमा कृष्णबहादुर कार्की, चीरञ्जीवी चापागाईं, डा. नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोष श्रेष्ठ रहेका छन । छनाेटमा परेकाहरूमा कार्की नेप्सेका प्रमुख कार्यकारी अधिकृत, चापागाईं बीमा समितिका पूर्वअध्यक्ष, अधिकारी र मुक्ति श्रेष्ठ बोर्डकै कार्यकारी निर्देशक हुन् । सेबाेनका अध्यक्ष रमेश हमाल बोर्ड सञ्चालक समितिले अध्यक्षबाट बाहिएपछि रिक्त अध्यक्ष… पुरा पढौ