मुख्य समाचार

सरकारले ताेक्याे वित्तीय समानीकरण र विशेष अनुदानको सीमा

काठमाडौं, १८ चैत । सरकारले आगामी आर्थिक वर्ष २०८१ / ८२ का लागि वित्तीय समानीकरण, समपूरक र विशेष अनुदानका रुपमा प्रदेश तथा स्थानीय तहलाई हस्तान्तरण गर्ने रकमको सीमा तय गरेको छ। सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा अर्थसचिव कृष्णहरि पुष्करले सङ्घ, प्रदेश र स्थानीय तहबीच वित्तीय हस्तान्तरण तथा राजस्व र प्राकृतिक स्रोत उपयोग एवं बाँडफाँटको अवस्थाबारे समितिलाई जानकारी गराए । उनका अनुसार वित्तीय समानीकरण अनुदानको कूल रु एक खर्ब ४८ अर्बमध्ये प्रदेशको लागि रु ६० अर्ब र स्थानीय… पुरा पढौ

नयाँ समीकरणपछि अर्थतन्त्रमा उत्साह देखियाे : प्रधानमन्त्री

काठमाडौं, १८ चैत । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समीकरणमा परिवर्तन भएसँगै अर्थतन्त्रमा उत्साह पैदा भएको बताएका छन्। पार्टीका मधेस प्रदेशका केन्द्रीय सदस्य एवं वैकल्पिक केन्द्रीय सदस्य र सल्लाहकारहरूको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय अर्थतन्त्रले सकारात्मक लय लिएको बताए । “पछिल्लो समय अर्थतन्त्रले सकारात्मक लय लिएको छ, उद्योगी व्यवसायीहरू सकारात्मक भएका छन्”, अध्यक्ष प्रचण्ड भने, “अर्थतन्त्र चलयमान र दबाबमुक्त पनि भएको छ ।” नीति तथा कार्यक्रम र वार्षिक बजेट बनाउने… पुरा पढौ

नेप्सेमा १७.३० अंकको गिरावट, ३ अर्ब बढीको कारोबार

काठमाडौं, १८ चैत । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा नकारात्मक माहोल देखिएको छ ।नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसुचक १७.३० अंकले घटेर २०१८.३३ विन्दुमा झरेको छ । नेप्सेमा ०.८५ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.५१ अंकले घटेर ३६५.५८ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये नीर्जिवन बीमा बाहेक बाँकी १२ वटामा रातो लागेको छ । यसदिन ३१६ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको ७९ लाख ५७ हजार ६५९ कित्ता सेयरको खरिदबिक्रीबाट ३ अर्ब २० करोड… पुरा पढौ

सांसदको गुनासो-‘सुनभन्दा महङ्गो भयो नुन’

काठमाडौं, १८ चैत । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले हिमाली जिल्लामा नुन नपाएकोदेखि विश्वविद्यालयबाट परीक्षार्थीको उत्तरपुस्तिका हराएकोलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको शून्य समयमा बोल्दै सांसदहरुले आगलागीका घटना, कृषि उत्पादनलगायतका विषय उठान गरे। सांसद विद्या भट्टराईले परीक्षा दिएर नतिजाको पर्खाइमा रहेका विद्यार्थीलाई उत्तरपुस्तिका हराएकाेले पुनः परीक्षा दिनुपर्ने भनी त्रिभुवन विश्वविद्यालयले सूचना प्रकाशित गरेको भन्दै यसबाट विद्यार्थीको भविष्यमाथि खेलवाड भएको बताइन्। विश्वविद्यालयले गत वैशाखमा जनसङ्ख्या र फाउण्डेसन अफ एजुकेशनको परीक्षा लिएको थियो । सोही परीक्षामा सहभागी कम्तीमा एक सय ८३… पुरा पढौ

तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ छिचोलियो

काठमाडौं, १८ चैत । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ को सिमाना भएर बग्ने सेती नदीको पानीलाई प्रयोग गरी निर्माणाधीन एक सय ४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलिएको) भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव गोपालप्रसाद सिग्देल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं तनहुँ हाइड्रोपावरका सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङले आज संयुक्तरुपमा स्वीच थिचेर विस्फोट गराएपछि मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भएको हो । आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशयको मुहान (इनटेक)बाट सुरु भई पेनस्टक… पुरा पढौ

बङ्गलादेशी उद्यमीलाई आकर्षित गर्न ढाकामा कार्यशाला

काठमाडौं, १८ चैत । आगामी वैशाखमा यहाँ आयोजना हुने तेस्रो लगानी सम्मेलनमा बङ्गलादेशका उद्यमी–व्यवसायीलाई लगानीका निम्ति आकर्षित गर्ने उद्देश्यले ढाकास्थित नेपाली राजदूतावासमा कार्यशाला आयोजना गरिएकाे छ । त्यस अवसरमा बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले जलविद्युत्, भौतिक पूर्वाधार, होटललगायत सेवा क्षेत्रका पूर्वाधार, औषधिजन्य उद्योग, सूचना तथा सञ्चार प्रविधिलगायत क्षेत्रमा बङ्गलादेशी लगानीकर्तालाई नेपालमा पुँजी परिचालन गर्न आह्वान गरेको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ । उनले ती क्षेत्रमा लगानी गर्दा प्रशस्त प्रतिफल प्राप्त हुने जानकारी दिँदै ढुक्क भएर पुँजी परिचालन गर्न आग्रह… पुरा पढौ

जाँचपास नभएर हजाराै गाडी वीरगञ्ज भन्सारमा थन्किए

वीरगञ्ज, १८ चैत । वीरगञ्ज भन्सार कार्यालयमा एक हजार दुई सयभन्दा बढी सवारीसाधन जाँचपास नभएर भन्सार ‘यार्ड’मा थन्किएका छन् । अटोमोबिल व्यवसायीले शोरुममा भएका सवारीसाधन बिक्री भएपछि मात्रै भन्सार यार्डमा रोकिएका सवारीसाधनको जाँचपास गराउने गर्दै आएकाले यार्डमा सवारीसाधन थन्किने प्रवृत्ति बढेको हो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले कार्यालयमा मात्रै जाँपपास नभएका एक हजार दुई सयभन्दा धेरै इन्धनबाट चल्ने सवारीसाधन रहेका बताए। “यहाँ एक हजार दुई सयभन्दा बढी सवारीसाधन जाँचपास नभई रोकिएका छन् । व्यवसायीहरूले शोरुममा भएका… पुरा पढौ

प्रि ओपन सेसन : नेप्सेमा ०‍‍‍.९३ अंककाे गिरावट

काठमाडौं, १८ चैत । साताको सेयर काराेबार हुने पहिलो दिन आइज आइतबार नेपाली सेयर बजारकाे प्रि ओपन सेसन नकारात्मक देखिएकाे छ । यस अविधमा नेप्से परिसूचक सामान्य अंकले घटेकाे छ । अर्थात नेप्सेमा ०‍‍‍.९३ अंककाे गिरावट भएकाे हाे । सेयर बजारमा अघिल्लो कारोबार भएकाे दिन बिहीबार नेप्से परिसूचक ४.७८ अंक बढेर २०३५.६४ विन्दुमा उक्लिएकाे थियाे । यसिदनकाे प्रि ओपन सेसनमा नेप्से ०.९३ अंकले घटेर २०३४.७० विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ०.१३ अंकले घटेर घटेर ३५८‍.९६ विन्दुमा रहेकाे छ। आजकाे प्रि… पुरा पढौ

आईतबार सुनचाँदी स्थिर भाउमा खरिदबिक्री हुँदै

काठमाडौं, १८ चैत । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । स्थिर रहेको यो भाउ हालसम्मकै उच्च भाउ हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन सुनचाँदीको भाउ स्थिर रहेर शुक्रबारकै भाउ कायम गरिएको जनाएको हाे। छापावाल सुनको भाउ आज स्थिर रहेर तोलाको १ लाख ३० हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार पनि छापावाल सुन तोलाको १ लाख ३० हजार रुपैयाँमा नै कारोबार भएको थियो । तेजाबी सुनको भाउ पनि स्थिर… पुरा पढौ

आईतबार अ‍ेमरिकी डलर, यूरोसहित अन्यको भाउ स्थिर

काठमाडौं, १८ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलर, यूरो तथा अन्य सबैको भाउ स्थिर रहेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ १५ पैसा र बिक्रिदर १… पुरा पढौ