मुख्य समाचार

एकल महिला समूहलाई व्यवसाय गर्न ‘बीउ पुँजी’

इलाम, १७ चैत । सूर्योदय नगरपालिका–८, ९ र १० का ३५ जना एकल महिलाका पाँच वटा समूह छन् । एक महिनाअघि गठन भएका ती समूहलाई कोशी प्रदेश सरकारसँगको साझेदारीमा नगरपालिकाले पाँच दिने उद्यमसम्बन्धी तालिम दिएर सामूहिक व्यवसाय गर्न बाटो देखायो । बाख्रा पालन, बङ्गुर पालन, पुष्प खेती, ‘टनेल’मा सागसब्जी खेती र ‘ब्युटीपार्लर’ सञ्चालनको चाहना व्यक्त गरेका उनीहरुलाई दुई तहका सरकारले प्रतिएकल महिला रु ३५ हजारका दरले बीउ पुँजी उपलब्ध गराएको छ । शुक्रबार एक कार्यक्रमका बीच मूल समिति ‘प्रगतिशील एकल… पुरा पढौ

उन्नत जातको मकैमा दाना नलागेपछि किसान चिन्तित

बरहथवा (सर्लाही), १७ चैत । उन्नत जातको मकैमा दाना नलागेपछि सर्लाहीका किसान चिन्तित भएका छन् । जिल्लाको बागमती, बरहथवालगायत स्थानमा सयौँ किसानले लगाएको उन्नत जातको मकैमा दाना नलागेपछि किसानलाई चिन्ताले सताएको हो । मकैमा आकर्षक घोगा लागे पनि दाना भने नलागेको स्थानीय किसान चन्द्रबहादुर जिम्बाले गुनासो गरे। प्रति किलो रु ६५० किलोमा किनेर सात कट्ठामा लगाएको मकैमा दाना नलागेपछि लगानी डुबेको बागमती नगरपालिका–४, का किसान राम विश्वास महतोले बताए। “धेरै फल्ने आशमा महँगो मूल्यमा बीउ किनेर रोपियो”, उनले भने, “अहिले… पुरा पढौ

भाषा र संस्कृतिले जोड्दै नेपालीमन

काठमाडौं, १७ चैत । हाल दुबईमा एरोनोटिकल इञ्जिनियर रहेकी सिक्किमकी गीता क्षेत्रीले आफू सानो छँदा दसैँ, तिहार मनाएको अनुभव सुनाउँदा हलमा उपस्थित सबैको आँखा रसाएको थियो । चौबन्दी चोली र फरियामा सजिएकी गीताले दसैँमा रातो माटोले घर पोतेको, जमरा राखेको तथा तिहारमा देउसी खेलेको स्मरण गरेपछि सायद आ–आफ्नो जीवनसँग मेल खाएर होला सबैजना भावुक भएका थिए । “दसैँ आएपछि स्कुल छुट्टी हुन्थ्यो । दसैँका बेला घर सिङ्गारेर चिटिक्क पार्दा खुब आनन्द आउँथ्यो । हामीहरु र गाउँका हाम्रो उमेरका केटाकेटी निकै… पुरा पढौ

अवैध आयात र दक्षजनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग

बनियानी (झापा), १६ चैत । भारतबाट हुने अवैध आयात र दक्षजनशक्तिको अभावले झापाका बेकरी उद्योग सङ्कटमा पर्दै गएका छन् । लुपिछिपी झापाको सीमावर्ती क्षेत्रबाट पाउरोटी, बिस्कुट, केकलगायत बेकरीजन्य खाद्यवस्तु भित्रिँदा यहाँका उद्योग सङ्कटमा पर्दै गएका जिल्लास्थित बेकरी उद्योग व्यवसायी सङ्घका अध्यक्ष नरबहादुर गिरीले बताए। “भारतबाट आयत हुने बेकरी सस्तो हुन्छ, स्वदेशी उत्पादनको गुणस्तर राम्रो भए पनि मूल्यमा प्रतिस्पर्धा गर्न सकिँदैन”, उनले भने, “जसले गर्दा उद्योग सञ्चालन गर्न गाह्रो भइरहेको छ ।” झापा उद्योग सङ्घका अध्यक्ष यमबहादुर श्रेष्ठले कच्चापदार्थ आयातमा बढी… पुरा पढौ

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल

मनहरी (मकवानपुर), १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा नभएको बताएका छन्। नेपाल निर्माण व्यवसायी महासङ्घको २५औँ साधारणसभालाई आज हेटौँडामा सम्बोधन गर्दै उनले पछिल्लो समय अर्थतन्त्रको सूचकाङ्कमा सुधार देखिएको उल्लेख गरे। तर उनले देशको अर्थतन्त्र अझै पनि दबाबमुक्त भने नरहेको भन्दै यसका लागि घनिभूत छलफल आवश्यक रहेको पनि बताए । प्रधानमन्त्री दाहालले आगामी नीति कार्यक्रम र बजेटमा सबै क्षेत्रलाई समेट्ने गरी बजेट तयारीसमेत भइरहेको बताए। उनले सम्झौताअनुरूप गुणस्तरको काम नहुँदा राज्यमाथि अतिरिक्त दायित्व थपिँदै गएको… पुरा पढौ

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने

काठमाडौं, १६ चैत । आगामी वैशाख १६ र १७ गते काठमाडौंमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने भएको छ । प्रदेशका आयोजनाका लागि छुट्टै स्टल राखिनेछ । बिहीबार बसेको लगानी सम्मेलन निर्देशक समितिको बैठकमा अर्थमन्त्री एवं लगानी सम्मेलन निर्देशक समिति संयोजक वर्षमान पुनले प्रदेशका योजनामा पनि लगानी जुटाउनका लागि लगानी सोकेसमा राखिने जानकारी दिए। लगानी सम्मेलन निर्देशक समितिले हिजो प्रदेश मुख्यमन्त्रीहरुसँग अन्तरक्रिया गरेको थियो । त्यस क्रममा प्रदेश तहबाट हुने सहभागिता र सम्मेलनमा… पुरा पढौ

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री

हेटौँडा (मकवानपुर), १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम नहुँदा राज्यमाथि अतिरिक्त दायित्व थपिँदै गएको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको २५औँ साधारणसभालाई आज सम्बोधन गर्दै उनले निर्माण व्यवसायीले सम्झौताबमोजिम काम नगर्दा योजनाका काम समयमै सम्पन्न नभएको उल्लेख गरे। “राज्यको सीमा र कमजोरीका कारण व्यवसायीले भोग्नुपरेका अप्ठ्यारा तथा कठिनाइप्रति सरकार गम्भीर छ”, प्रधानमन्त्री दाहालले भने, “तर निर्माण व्यवसायीले सम्झौताबमोजिम काम नगर्दा आयोजनाको काम समयमै सम्पन्न नभएको, सम्झौताअनुरूप गुणस्तरीय काम नभएको, निर्माणको अवधि लम्बिँदा राज्यको अतिरिक्त दायित्व… पुरा पढौ

हरित अर्थतन्त्रका लागि बागवानी प्रदर्शनी सुरु, रु एक करोडको कारोबार हुने

काठमाडौं, १६ चैत । नर्सरी व्यवसायी सङ्घले आजदेखि बागवानी प्रदर्शनी सुरु गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित यो प्रदर्शनी आइतबारसम्म सञ्चालन हुने र करिब रु एक करोडको कारोबार हुने लक्ष्य राखिएको व्यवसायीको भनाइ छ । आर्थिक मन्दीले सुस्ताएका हरित अर्थतन्त्र विकासमा संलग्न उद्यमी व्यवसायी नर्सरी व्यवसायबाट थप मनोबल सिर्जना गर्न बागवानी प्रदर्शनी आयोजना गरिएको सङ्घको भनाइ छ । आज बिहान ९ बजे वन तथा वातावरणमन्त्री नवलकिशोर शाही सुडीले प्रदर्शनी उद्घाटन गरे। “मेलामा सम्भव भएसम्म देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि… पुरा पढौ

सुनको भाउमा नयाँ रेकर्ड कायम, तोलाको १ लाख ३० हजार पुग्यो

काठमाडौं, १६ चैत । साताको सुनचाँदीको काराबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेर अहिलेसम्मकै नयाँ रेकर्ड कायम भएको छ । छापावाल सुनमा यसदिन रुपैयाँ २ हजार १ सय तथा चाँदीमा रुपैयाँ १५ ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा एकैदिन रुपैयाँ २ हजार १ सयले बढेर तोलाको १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।… पुरा पढौ

नेपाललाई पर्यटकीय गन्तव्य बनाउन पर्यटन समिति र उद्योग वाणिज्य महासंघबीच छलफल

काठमाडौं, १६ चैत। संसद्को अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका अध्यक्ष माननीय राज किशोर यादवले नेपालको पर्यटन र हवाई यातायात क्षेत्रलाई प्रवर्द्धन गर्ने विषयमा सम्बद्ध सरोकारवाला निकाय एक भएर अघि बढ्नुपर्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघ र उक्त समितिबीच सिंहदरबारमा भएको छलफलमा सभापति यादवले महासंघले पर्यटन विकासको लागि वास्तविक मुद्दाको उठान गरेको भन्दै सो विषयमा सम्बद्ध मन्त्रालय, विभाग र सचिवहरूसँग व्यापक छलफल गरेर खाका तयार गरिने बताए । महासंघको पर्यटन तथा हवाई यातायात समितिले देशमा पर्यटनको विकास गर्दै विदेशी मुद्रा… पुरा पढौ