मुख्य समाचार

लगानी सम्मेलनबारे अर्थमन्त्रीले गरे भर्चुअल बैठक

काठमाडाैं, १८ चैत । बैशाखमा नेपालमा सम्मेलनकाे तयारी गरीरहँदा अर्थमन्त्री वर्षमान पुनले विदेशस्थित ४० बढी नेपाली राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरुसँग अनलाइन बैठक गरेका छन् । सम्मेलन आगामी वैशाख १६ र १७ गते गरिने भएकाे छ । शुक्रबार राति परराष्ट्र मन्त्रालय भएकाे बैकमा मुख्यसचिव बैठकुण्ठ अर्याल, परराष्ट्रसचिव सेवा लम्साल र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशील भट्टलका लगायतका व्यक्तिहरूकाे सहभािगता थियाे । कार्क्रममा अर्थमन्त्री पुनले राजदूत तथा विदेशी नियोगका अधिकारीहरूहरुलाई सम्मेलन हुनु अघिकाे एक महिना लगानी सम्मेलनका लागि ध्यान… पुरा पढौ

समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, १८ चैत । समता घरेलु लघुवित्त वित्तीय संस्थाकाे लाभांश सुरक्षित गर्नका लागि आज अन्तिम दिन बाँकी रहेकाे छ । संस्थाले साधारण सभा तथा लाभांश प्रयोजनका लागि चैत १९ गते बुक क्लोज गर्ने जनाएकाे छ । आजसम्म सेयरधनीहरूले संस्थाले विवतरण गर्ने लाभांश पाउनका लागि नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ५.४२२२ प्रतिशत बोनस दिने भएकाे छ । साथै त्यसकाे कर प्रयाेजनका लागि ०.२८५४ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । लाभांश पारित गर्नका लागि… पुरा पढौ

उच्च पहाडी-हिमाली भागमा हल्का हिमपातको सम्भावना

काठमाडाैं, १८ चैत । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभागले मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा  पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू-भागमा आंशिक देखि मौसम मुख्यतया सफा रहेको जनाएकाे छ। चैत १८ गते (आइतबार) दिउँसो:  देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको… पुरा पढौ

कालीगण्डकी करिडोरः तिप्ल्याङ–पोखरेबगर खण्डमा कालोपत्र

म्याग्दी, १८ चैत । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तिप्ल्याङ–पोखरेबगर खण्डमा कालोपत्र गरिएको छ । तिप्ल्याङ–महभिर–भिरकाटे–बैसरी–रातोपानी–पोखरेबगर– भुरुङ तातोपानी खण्डमा थप छ किलोमिटर सडक कालोपत्र गरिएको हो । विसं २०७४ मा शर्मा युनाइटेड जेभीले म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटबाट अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको नागढुङ्गासम्मको १९ किलोमिटर सडकखण्ड कालोपत्र गर्न बेनी–जोमसोम–कोरला सडक आयोजनासँग रु ६६ करोडमा ठेक्का सम्झौता गरेको थियो । ठेकेदार कम्पनी शर्मा–युनाइटेडका ‘साइट इञ्चार्ज’ रमेश सुवेदीले बेगखोला, महभिर, बैसरी, रातोपानी, पोखरेबगर र तातोपानी बजार क्षेत्रमा दोस्रो चरणको कालोपत्रको… पुरा पढौ

बस बाटैमा ठडियो, चालक र सहचालक घाईते

पोखरा, १७ चैत । सामान्यतया यातायातका साधानहरु दुर्घटना हुँदा कहिलेकाँही आश्चर्यका दृश्यहरु देख्न पनि पाईन्छ । गाडीहरु दुर्घटनामा पर्दा बाटोतल खसेको, क्षतबिक्षत् भएको वा सम्म ठाउँमा पल्टिदा पनि घोप्टो, चेप्तो वा उत्तानो परेको र कच्याककुचुक र आगलागि भएर ध्वस्त भएको देखिन्छ । तर पोखरा महानगरपालिका वडा नं २७ को अर्चलेमा आज भएको बस दुर्घटनाको दृश्यले सबैलाई अचम्ममा पार्यो । बसमा चालक र सहचालक रहेका थिए । उनीहरु घाइते भए । ग१ख ८६८० नम्बरको बस लेखानाथको अर्चलेमा दुर्घटनामा पर्दा स्तम्भ ठडिए… पुरा पढौ

सम्पूर्ण वामपन्थी र देशभक्त एक ठाउँमा उभिन्छौँ : प्रधानमन्त्री

काठमाडौ, १७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण वामपन्थी र देशभक्त एक ठाउँमा उभिनुपर्ने बताएका छन् । २४औँ जेल ब्रेक स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ र मौलिक तरिकाले नेपाली समाजवादी क्रान्ति अगाडि बढ्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष दाहालले भने, “माओवादी आन्दोलनलाई छिटोभन्दा छिटो एक ठाउँमा केन्द्रित गर्ने र सम्पूर्ण राष्ट्रवादी शक्तिलाई पनि एक ठाउँमा केन्द्रित गरेर नयाँ र मौलिक तवरले समाजवादी क्रान्ति अगाडि बढाइन्छ, यो… पुरा पढौ

दुर्घटनामा एकै परिवारका पाँच जनाको मृत्यु भएपछि पौवाखेत शोकमा

गोरखा, १७ चैत । गोरखा जिल्लाको गोरखा नगरपालिका–७ पौवाखेतका ४० वर्षीय शङ्कर रोकाको शुक्रबार क्यान्सरबाट मृत्यु भएपछि ७० वर्षीया आमा जुनकिरी रोकासहित सिङ्गो परिवार शोकमा परेको थियो । उपचारका क्रममा राजधानी काठमाडाैँमा निधन भएका शङ्करको पशुपति आर्यघाटमा गएराति अबेर दाहसंस्कार गर्न गाउँबाट काठमाडौँ गएकी आमा जुनकिरीसहित सबै परिवार र आफ्न्त पशुपति आर्यघाटमा पुगे। अल्पायुमै छोराको निधनले मर्माहत भएकी जुनकिरी छोराको दाहसस्ंकारको काम सकेर गाउँमै काजकिरिया गर्न तीन वटा गाडी लिएर सपरिवार गोरखा फर्कंदै थिए । घर फर्कंदै गरेका तीन गाडीमध्ये… पुरा पढौ

समयअनुसार नेपाली जनताको विकासको चाहना पूरा गर्न सबै एकजुट हुनुपर्छ : राष्ट्रपति

चितवन, १७ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले समयअनुसार नेपाली जनताको विकासको चाहना पूरा गर्न सबै एकजुट हुनुपर्ने बताएका छन्। चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका–५ घिन्टार जोड्ने त्रिशूली नदीमा बनेको पुलको आज उद्घाटन गर्दै उनले देशको समृद्धिको मुख्य आधार कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको विकाससँगै सुशासनको खाँचो औँल्याए । राष्ट्रपति पौडेलले केही भएन होइन, केही भएको छ र केही हुँदैन होइन, केही हुँदैछ भन्ने आश र विश्वासको जगमा नेपाली जनताको समयअनुसारको विकासको चाहना पूरा गर्न सबै… पुरा पढौ

महोत्तरीको विकासमा सरकारले पहल गर्छ : प्रधानमन्त्री

काठमाडौं, १७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरी जिल्लाको समग्र विकासका लागि आफूले निरन्तर पहल गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई जारी राख्ने बताएका छन्। महोत्तरीका सांसद, स्थानीय जनप्रतिनिधि एवं उद्योग वाणिज्य सङ्घ र राजनीतिक दल सम्मिलित प्रतिनिधिमण्डलसँग आज बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षको बजेटमा महोत्तरीलाई प्राथमिकतामा राख्ने आश्वासन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । जलेश्वर नगरको कार्यक्रममा सरकारको सहयोग रहने र जलेश्वर–जनकपुर–ढल्केवर करिडोरको स्तरोन्नतिलगायतका विषयमा आफूले ध्यान दिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सरकार सुशासनलाई… पुरा पढौ

बनेपामा शुक्रबारे हाटबजार सञ्चालनमा, किसानलाई फाईदा

धुलिखेल (काभ्रेपलाञ्चोक), १७ चैत । बनेपा नगरपालिका–४ नालाका रिया श्रेष्ठले पहिलो दिन करिब ८० किलोभन्दा बढी ब्रोकाउली बिक्री गरिन्। नगरपालिकाको कृषि शाखाले पहिलोपटक शुक्रबारदेखि सञ्चालनमा ल्याएको हाटबजारमा बिक्रीका लागि राखिएको ब्रोकाउली देखाउँदै उनले भनिन्, “दुःख गरी उत्पादन गरेको तरकारी आफैँले बेच्न पाएपछि धेरै आम्दानी गर्न सकिने रहेछ ।” उत्पादन राम्रो हुने गरेको नालाका किसान श्रेष्ठले ठेकेदारलाई उनीहरुको भाउमा दिनुभन्दा आफैँले बेच्न पाएमा धेरै आम्दानी गर्न सकिने अनुभूति सुनाए। “बजारमा बेच्न लगेपछि ठेकेदारले जति दियो, त्यति नै थापेर जानुपर्ने हुन्थ्यो, यहाँ… पुरा पढौ