मुख्य समाचार

हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा

काठमाडौं, १३ चैत । हिमालयन लाइफ इन्स्योरेन्सले केही संस्थापक शेयर विक्रीमा ल्याएकाे छ । कंपनीले ६४ हजार ५ सय ९ कित्ता शेयर सर्वसाधारणका लागि विक्रीमा ल्याएकाे हाे । विद्यमान शेयरधनीले उक्त शेयर खरिद नगरेपछि सर्वसाधरणको लागि विक्री खुल्ला गरिएको कंपनीकाे भनाइ छ । इन्स्योरेन्सका अनुसार इच्छुक लगानीकर्ताले आजदेखि चैत २० गतेसम्म खरिदकाे लागि आवेदन दिन सक्नेछन् । विक्रीमा राखिएकाे शेयरको मूल्य प्रतिकित्ता १ सय ७५ रूपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्यमा आवेदन दिनुपर्ने कम्पनीले बताएको छ… पुरा पढौ

चोभारकाे सुक्खा बन्दरगाहमा चहलपहल बढेपछि व्यवसायी उत्साहित

काठमाडौं, १३ चैत। राजधानीको चोभारस्थित सुक्खा बन्दरगाह निर्माण सम्पन्न भएको दुई वर्षपछि बल्ल केही चहलपहल देखिन थालेको छ । हालै आयात गरिएका दुई सयवटा कार भन्सार जाँचपासको प्रतीक्षामा छन् । व्यवसायी विभोरकुमार अग्रवाल इटालीबाट आयातित कस्मेटिक्स सामानका लागि भन्सार प्रक्रिया अघि बढाउन बन्दरगाह आइरहन्छन् । सवारीसाधन व्यवसायीको छाता संस्था नाडासँगको समझदारीपछि नयाँ सवारीसाधनको भन्सार जाँचपास चोभार बन्दरगाहबाटै गर्न थालिएको छ । यसले गर्दा पनि यहाँ केही चहलपहल बढेको हो । समुद्रसँग सम्पर्क नभएको हाम्रो देशमा यसअघि बनेका १४ वटा सुक्खा… पुरा पढौ

पहाडी क्षेत्रको विकासमा सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की

धनकुटा, १३ चैत । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पहाडी क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । कोशी प्रदेश मुख्यमन्त्री सम्पर्क कार्यालय धनकुटामा मन्त्रिपरिषद् बैठकका लागि धनकुटा आएका मुख्यमन्त्री कार्कीले विकास कार्य जनतासँग जोडिनुपर्ने भएकाले सरकारको नीतिमा सुधार आउनुपर्ने बताए। धनकुटाका पत्रकारसँगको छलफलमा मुख्यमन्त्री कार्कीले विगतका प्रदेश सरकारले धनकुटामा सम्पर्क कार्यालय स्थापना गरेका थिए । उनले त्यतिबेला सञ्चालन नभएको सम्पर्क कार्यालय अब नियमित रूपमा सञ्चालन हुने बताए । आज मुख्यमन्त्री कार्की धनकुटामा आयोजना हुने प्रदेश योजना आयोगको योजना… पुरा पढौ

गर्मी बढेपछि ग्राहककाे राेजाइमा नेपालगञ्जको वाटरपार्क

बाँके, १३ चैत । नेपालगञ्जको धम्बोझीमा रहेकाे वाटरपार्क आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेकाे छ । तालको पुनःनिर्माणसँगै तयार भएको पूर्वाधार विकासले सर्वसाधारणलाई लोभ्याएको छ । वाटरपार्क सहरको बीच भागमा रहेकाले सर्वसाधारण सजिलै त्यहाँ पुगेर रमाउने गरेका छन् । वाटरपार्कको पुनःनिर्माणसँगै मोटरबोट सञ्चालन भएपछि त्यहाँ आन्तरिक पर्यटकको चहलपहल बढेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं १ का वडाध्यक्ष प्रमोद रिजालले बताउनुभयो । “यो हाम्रो वडाको मात्रै नभएर जिल्लाकै प्रमुख पयर्टकीय क्षेत्रका रूपमा विकास हुँदै गएको छ”, नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्तासमेत रहेका रिजालले भने, “वाटरपार्क… पुरा पढौ

‘ग्लोबल मनी वीक’मा ग्लोबल आइएमई लघुवित्तले सातै प्रदेशमा गर्याे बित्तीय साक्षरता कार्यक्रम

पाेखरा, १३ चैत। कास्कीको बिजयपुरमा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त बित्तीय संस्थाले “ग्लोबल मनी वीक २०२४” काे अवसरमा सातै प्रदेश अन्तर्गतका विभिन्न शाखा कार्यालयहरुमा सप्ताहव्यापी बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय संस्थामा गठित विश्व वित्तीय सप्ताह समितिको निर्णयले मार्च १८ देखि २४ सम्म संस्थाको लघुवित्त कार्यक्रममा आवद्ध ग्राहकका छोराछोरी, किशोर / किशारी तथा युवा/युवती, स्थानीय सर्वसाधारण तथा विद्यार्थीहरुमा वित्तीय शिक्षाको महत्वका बारेमा जागरण गराउदै कार्यक्रम सम्पन्न गरेको हो । वित्तीय ज्ञान, सीप, मनोवृति र व्यवहारमा परिवर्तन ल्याई… पुरा पढौ

कर्णालीका ५ जिल्लामा पोषणयुक्त चामल बिक्री सुरु

सुर्खेत, १३ चैत । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुपोषणको समस्या भोगिरहेका कर्णालीका डोल्पा, कालीकोट, हुम्ला, मुगु र जुम्लामा ७३ हजार क्विन्टल पोषणयुक्त चामल बिक्री थालेको छ । हालसम्म हुम्लामा एक हजार नौ सय २० क्विन्टल, मुगुमा एक हजार एक सय ७३ दशमलव ५० क्विन्टल, जुम्लामा एक सय ३०, डोल्पामा पाँच सय ३५, कालीकोटमा एक सय ५० क्विन्टल गरी तीन हजार नौ सय आठ दशमलव पाँच क्विन्टल पोषणयुक्त चामल बिक्रीका लागि पठाइएको कम्पनीका कर्णाली प्रदेश निमित्त प्रमुख माधव मिश्रले जानकारी… पुरा पढौ

बेनी-मालढुङ्गा सडक निर्माणमा उल्लेख्य प्रगति

म्याग्दी, १३ चैत । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक कालोपत्रका लागि सञ्चालित योजनाको कामले १५ महिनापछि गति लिएको छ । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको, कालीगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गाबाट जलजला गाउँपालिका–८, ७, ४ र ३ नं वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्र गर्न सञ्चालित आयोजनाले गति लिएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–मालढुङ्गा खण्डका इन्जिनियर अच्युतविलास पन्तले चालु आर्थिक वर्षभित्र नै पाँच किलोमिटरमा अक्सफाल्ट प्रविधिको कालोपत्र र थप पाँच किलोमिटरमा… पुरा पढौ

उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ जनराजनीतिक परामर्श सम्मेलनका अध्यक्ष हुनिनबीच भेटवार्ता

बेइजिङ (चीन), १३ चैत । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ कम्युनिष्ट पार्टीको स्थायी समिति सदस्य एवं चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी) का केन्द्रीय अध्यक्ष वान हुनिनबीच द्विपक्षीय भेटवार्ता भएको छ । बेइजिङस्थित स्टेट गेस्ट हाउसमा भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय हितका साथै आर्थिक र सामाजिक विकासका विविध आयामबारे छलफल भएको थियो । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले चीन र नेपाल सदियौँदेखि असल मित्रका रुपमा रहिआएको उल्लेख गर्दै नेपाल एक चीन सिद्धान्तप्रति प्रतिबद्ध रहेको दोहोर्याए।… पुरा पढौ

कोशी, मधेश, बागमती र गण्डकीमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडाैं, १३ चैत । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएकाे छ। कोशी र मधेश प्रदेशमा साधारणतया बदली तथा बाँकी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराई भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। हाल कोशी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भैरहेको छ । चैत १३ गते (मंगलबार) दिउँसो:  कोशी र मधेश प्रदेश लगायत देशका पहाडी… पुरा पढौ

नेप्सेमा १७.०१ अंकको गिरावट, साढे २ अर्बको कारोबार

काठमाडौं, १२ चैत । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसचक १७.०१ अंकले घटेर २०३१.५५ विन्दुमा झरेको छ । नेप्सेमा ०.८३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ४.६४ अंकले घटेर ३६०.७७ विन्दुमा झरेको छ । यसदिन १३ उपसमूहहरुमध्ये ४ वटामा मात्रै हरियो लागेको छ । बाँकी ९ वटामा रातो लागेको नेप्सेले जनाएको छ । कुल ३०४ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ७० लाख ६१… पुरा पढौ