मुख्य समाचार

सान्जेन जलविद्युतकाे एजिएम चैतकाे पहिलाे हप्ता

काठमाडौं, ३० फागुन । सान्जेन जलविद्युत कम्पनीकाे साधारण सभा यही चैत ५ गते डाकिएकाे छ । कम्पनीकाे साधारण सभा कुण्डलिनी दरवार ब्यांकेट, चण्डोल, काठमाडौंमा पूर्वान्ह ११ बजे डाकिएकाे छ । साधारण सभामा लाभांशकाे प्रस्ताव भने छैन । आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाब लगायत अन्य एजेण्डाहरूमा छलफल गरिने भएकाे छ ।  सभामा आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक ताेक्ने, सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक समितिमा १ महिलासहित २ जना सञ्चालक चयन गरिने भएकाे छ ।  कम्पनीले साधारण… पुरा पढौ

आज प्रतिनिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने

काठमाडौं, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजका लागि तय भएको प्रतिनधिसभाको बैठकमा विश्वासको मत लिँदैछन्। सङ्घीय संसद् सचिवालयले यसका लागि आवश्यक तयारी गरिसकेको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची छ । यही फागुन २१ गते सत्ता गठबन्धनमा परिवर्तन भएसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएपछि आज पुनः प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका दाहाल २०७९ पुस १० गते प्रधानमन्त्रीमा चयन भएका थिए। उनले २०७९ पुस… पुरा पढौ

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा हिमपातको सम्भावना

काठमाडाैं, ३० फागुन । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएकाे छ। देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । फाल्गुन ३० गते (बुधबार) दिउँसो: देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती: सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि साधारणतया बदली रही… पुरा पढौ

जलवायु परिवर्तनबारे जोखिम न्यूनीकरणमा तीन तहका सरकारको सहकार्य जरुरी

काठमाडौं, ३० फागुन । जलवायु परिवर्तनको जोखिम न्यूनीकरणमा तीन तहका सरकारबीच प्रभावकारी समन्वयकासाथ काम गर्नुपर्नेमा विज्ञ तथा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल नगरपालिका सङ्घले ३१ औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय बहस कार्यक्रमका वक्ताले जलवायु परिवर्तन अनुकुलन कार्यक्रमलाई स्थानीय सरकारले प्रभावकारी बनाउनेगरी नीतिगत तथा बजेटको व्यवस्था गरिनुपर्ने धारणा राखे। उनीहरुले विकसित मुलुकले औद्योगीकरणको नाममा विश्वव्यापी रुपमा तापमान वृद्धि भई नेपाललगायत विकासोन्मुख देश बढी प्रभावित भइरहेको भन्दै औद्योगिक मुलुकबाट क्षतिपूर्तिको व्यवस्था गराउने प्रावधानका लागि पहलकदमी गर्न… पुरा पढौ

एसियाली विकास बैंकका देशीय निर्देशकद्वारा अर्थमन्त्री पुनसँग शिष्टाचार भेट

काठमाडौं, २९ फागुन । एसियाली विकास बैंक (एडिबी) को नेपालका लागि देशीय निर्देशक आर्नो कोशवाले अर्थमन्त्री वर्षमान पुनसँग शिष्टाचार भेट गरेका छन्। अर्थ मन्त्रालयमा आज भएको भेटमा द्विपक्षीय साझेदारी मजबुत बनाउने र सम्भावित आयोजनामा लगानीका लागि थप सहकार्य गर्ने विषयमा छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ । भेटका क्रममा निर्देशक कोशवाले एडिबीको लगानीमा निर्माण भएर पहिरोका कारण क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको सुरुङको पुन ः डिजाइनको काम अन्तिम चरणमा रहेको जानकारी दिए। विश्व बैंकसँगको वित्तीय साझेदारीमा एडिबीले निर्माण गर्न चाहेको… पुरा पढौ

समग्र अर्थतन्त्रका सूचकको सही विश्लेषण हुनुपर्यो: गभर्नर अधिकारी

काठमाडाैं, २९ फागुन। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंक र अर्थतन्त्रका सूचनाको सही विश्लेषण हुनुपर्ने बताएका छन् । राष्ट्र बैंक बैंकिङ प्रशिक्षण केन्द्रले नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँगकाे सहकार्यमा आयोजित आर्थिक पत्रकारका लागि २ दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।अर्थतन्त्र र राष्ट्र बैंकसँग जोडिएका तथ्याङ्क र सूचनाहरू जटिल प्रकृतिका  र प्राविधिक हुने भन्दै गभर्नर अधिकारीले त्यसलाई सर्वसाधारणले सहज ढंगले बुझिने भाषामा प्रस्तुत गर्नु पर्ने आवश्यकता रहेको बताए । अहिलेको अवस्थामा अर्थतन्त्र र राष्ट्र… पुरा पढौ

नेप्सेमा ५८.५५ अंकको बृद्धि, ४ अर्ब ५५ करोडको कारोबार

काठमाडौं, २९ फागुन । आज सेयर बजारमा उच्च अंकको बृद्धि भएको छ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा सर्वत्र हरियाली छाएको हो । हरियालीको बहारमा नेप्से बढेर अर्धशतक पार गरेको छ । नेप्सेमा छाएको हरियालीले लगानीकर्ताहरुको मनोबल बढेको छ । सरकार पुर्नगठन संगसंगै नयाँ अर्थमन्त्री वर्षमान पुनले सेयर बजारमैत्री कुराहरु गरिरहँदा र समस्या समाधानका लागि कुनै कसर बाँकी नराख्ने बताई रहँदाको प्रभाव सेयर बजारमा देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५८.५५ अंकले… पुरा पढौ

गठबन्धनमा मिसियाे एकिकृत समाजवादी, यस्ताे छ ७ बुँदे सहमति

काठमाडौं, २९ फागुन । नेकपा एकिकृत समाजवादी नयाँ सत्ता गठबन्धनमा सामेल भएकाे छ । सत्ताधारि दलहरुका शिर्ष नेताहरुबिच आज ७ बुँदे सहमति भएको हो । मंगलबार एकीकृत समाजवादी पार्टीलाई गठबन्धनमा औपचारिक रुपमा समेटिएकाे हाे । सहमतिमा ५ दलका शिर्ष नेताहरुले सहमति गरेकाे पत्र सार्वजनिक समेत गरेका छन् । दलका नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा सहमति गरिएकाे हाे । सहमति पत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा अध्यक्ष रवि लामिछाने, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र एकिकृत समाजवादीका… पुरा पढौ

राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित

काठमाडौं, २९ फागुन । राष्ट्रियसभाको अध्यक्षमा सांसद नारायणप्रसाद दाहाल निर्वाचित भएका छन । राष्ट्रिसभाको आजको बैठकमा भएको मतविभाजन प्रक्रियाको मत–परिणाम सुनाउँदै सभाको अध्यक्षता गरिरहेका उपाध्यक्ष उर्मीला अर्यालले दाहालका पक्षमा ३९ मत परेकाले दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पारित भएको घोषणा गरिन्। त्यसअघि दाहालका प्रतिस्पर्धी विपक्षी दलका उम्मेदवार नेपाली काँग्रेसका सांसद युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १७ मत परेको थियो । दुवै प्रस्तावको मतदानमा ५६ सांसद सहभागी भएका थिए भने एक सांसद तटस्थ बसे । कुल ५९ सदस्यीय हुने… पुरा पढौ

राष्ट्रप्रति समर्पित युवाहरू देशलाई आवश्यक: प्रधानमन्त्री दाहाल

काठमाडौँ, २९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिँदो विश्व परिवेशमा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताउनुभएको छ । राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १८औँ ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले युवाको पहिलो कर्तव्य राष्ट्रको सेवा हुने बताउनुभयो। प्रधानमन्त्रीले युवा सशक्तीकरण तालिमले सामथ्र्यवान्, उद्यमशील, सृजनशील एवं सकारात्मक सोचयुक्त भविष्यका कर्णधारहरू तयार गरी राष्ट्रको पक्षमा अर्थपूर्ण योगदान दिन सक्ने सक्षम युवाहरू उत्पादनमा सरकार हरसम्भव प्रयासरत रहेको बताउनुभयो । “नेपालको प्रत्येक राजनीतिक परिवर्तन तथा… पुरा पढौ