मुख्य समाचार

कालिका लघुवित्तमा यस्ताे छ राेजगारीकाे अवसर

काठमाडाैं, १ चैत । पाेखराकाे कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले बिभिन्न पदमा कर्मचारी माग गरेकाे छ । नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको यस लघुवित्तले केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरुका लागि बिभिन्न पदहरुमा खुल्ला प्रतिस्पर्धाबाट कर्मचारीहरूकाे स्थायी पदपूर्ति गर्न लागेकाे हाे । संस्थाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त दिन आब्हान गरेकाे छ । वित्तीय संस्थाले यसपटक बरिष्ठ सहायकमा १३ जना माग गरेकाे छ । त्यसैगरी सहायकमा २३ जना र कनिष्ठ सहायकमा ५० जना माग गरेकाे काराेबार… पुरा पढौ

सरकारले जथाभावी गरे सांसद रमिते बन्न मिल्दैनः सांसद थापा

काठमाडौं, १ चैत । गत निर्वाचनमा प्युठानी जनताको अभिमत लिएर सांसदका हैसियतमा म प्रतिनिधिसभामा पहिलोपटक प्रवेश गरेको हुँ । अघिल्लो हिउँदे अधिवेशन मेरा लागि सिकाइकै अधिवेशन रह्यो । विधि निर्माणका हिसाबले यसबीचमा संसदीय कारबाही प्रभावकारी र सन्तोषजनक हुन नसकेको जगजाहेरै छ । बितेका डेढ वर्षमा संसद्लाई सरकारले पर्याप्त ‘बिजनेस’ दिन सकेन । यस अवधिमा विनियोजन विधेयकबाहेक मिटरब्याज (अनुचिन लेनदेन) सम्बन्धी एउटा मात्रै विधेयक पारित हुन सकेको अवस्था बन्यो । संसदीय परम्परामा संसद्लाई प्रभावकारी बनाउने काम सरकारको क्रियाशीलतामा भर पर्छ ।… पुरा पढौ

जलवायुजन्य जटिलतालाई सम्बोधन गर्न बृहत रणनीति आवश्यक : प्रधानमन्त्री दाहाल

काठमाडाैं, १ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन, स्वास्थ्य र सामाजिक न्यायसँग गाँसिएर आउने जटिलतालाई सम्बोधन गर्नका लागि वृहत रणनीति आवश्यक पर्ने बताएका छन् । ‘जलवायु परिवर्तन, स्वास्थ्य र समानताका लागि दक्षिण र दक्षिण एसियाली क्षेत्रीय अनुसन्धान र नविन केन्द्र’ विषयक कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले समुदायमा बढ्दो रोग, कुपोषण, प्रदूषण र प्राकृतिक प्रकोपहरूबाट उत्पन्न हुने जलवायु परिवर्तनका असर कम गर्नका लागि त्यस्तो रणनीतिको आवश्यकता औंल्याए । “यी चुनौतीहरूले मानव स्वास्थ्य र वातावरणलाई अन्योलतातर्फ धकेलेको छ, यसले… पुरा पढौ

कृषिकाे विकास र दिगो प्रवर्द्धन गर्न मनोहरा कृषि शित भण्डार तथा जिल्ला सहकारी संघ महोत्तरीबीच सहकार्य

काठमाडाैं, १ चैत । कृषिकाे विकास र दिगो प्रवर्द्धन गर्न मनोहरा कृषि शित भण्डार प्रालि काठमाडाैं र जिल्ला सहकारी संघ महोत्तरीले सहकार्य गर्ने भएका छन । महोत्तरी जिल्लाको कृषि विकासलाई टेवा पुर्याउन मनोहरा कृषि शित भण्डारको स्लोगन “माटो देखि सफलतासम्म 'From Soil to Success' अवधारणा अन्तरगत बृहत् कृषि विकास पहललाई प्रवर्द्धन गर्ने उद्देश्यले याे ऐतिहासिक सम्झौता भएको हाे । सम्झौता अनुसार मनोहरा कृषि शित भण्डार र जिल्ला सहकारी संघले महोत्तरी जिल्लामा कृषि उत्पादन, उत्पादकत्व वृद्धि, दिगो कृषि अभ्यास प्रवर्द्धन र… पुरा पढौ

उकालो लाग्दै सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १ चैत । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा यसदिन तोलामा रुपैयाँ ८ सय तथा चाँदीमा रुपैयाँ ५० ले बृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ८ सयले बढेर तोलाको १ लाख २५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ८ सयले बढेर तोलाको… पुरा पढौ

नेरुडे र मिर्मिरे लघुवित्तको एकिकृत कारोबार सुभारम्भ गर्दै राष्ट्र बैंकका नियमन प्रमुख पौडेलले भने-‘कर्जा लिएपछि तिर्नै पर्छ’

काठमाडाैं, १ चैत । नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख गुरु प्रसाद पौडेलले वित्तीय संस्थाबाट कर्जा लिएपछि तिर्नै पर्ने बताएका छन । मोरङको विराटनगर स्थित नेरुडे लघुवित्त वित्तीय संस्था लि. र काभ्रेको बनेपा स्थित मिर्मिरे लघुवित्त वित्तीय संस्था लि.को मर्जर सम्पन्न भई आजबाट एकिकृत कारोबार शुभारम्भ गर्दै उनले यस्ताे बताएका हुन । दुई लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभिएपछि नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरू भएको हो । एकिकृत कारोबार शुभारम्भ समारोहमा… पुरा पढौ

लाभांश प्रस्ताव पारित गर्न साल्ट ट्रेडिङले डाक्याे एजिएम

काठमाडाैं, १ चैत । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले लाभांश लगायतकाे प्रस्ताव पारित गर्न चैतकाे २३ गते साधारण सभा बाेलाएकाे छ । कम्पनीको उक्त ५७ औं साधारण सभाबाट लगानीकर्तालाई वितरण गरिने १५.७९ प्रतिशत लाभांशको प्रस्ताव अनुमाेदन गरिने भएकाे हाे । कम्पनीको सञ्चालक समितिको फागुन ३० गते बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को प्रतिवेदनमाथि छलफल गरेर पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन, वित्तीय विवरणहरुमाथि छलफल गर्ने, लेखापरीक्षककाे नियुक्ति तथा पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरू छलफलपछि अनमाेदन गरिने भएकाे छ । कम्पनीका अनुसार सभाले रूपैयाँ ४… पुरा पढौ

धितोपत्र बोर्डकाे अध्यक्षका लागि १९ जनाले दिए आवेदन

काठमाडौं, १ चैत । नेपाल धितोपत्र बोर्ड सेबाेनको अध्यक्षका लागि १९ जना उम्मेदवार इच्छुक देखिएका छन् । उनीहरूले साे पदका लागि आवेदन दिएका छन् । अवेदन दिनेहरूमा बिमा सिमितिका पूर्वअध्यक्ष चिरन्जीवी चापागाईं, राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपालप्रसाद भट्ट छन् । बोर्डका कार्यकारी निर्देशकहरु कृष्णराज पोखरेल, डा.नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठ लगायत रहेका छन् । यस्तै बोर्डका पूवकार्यकारी निर्देशक निरज गिरी छन्,  सन्तोषनारायण श्रेष्ठ, डा. केशवप्रसाद श्रेष्ठ, कृष्णबहादुर अधिकारी, डा. रघुराज काफ्ले, प्रविन पन्दाक छन् । सूर्यप्रसाद अधिकारी, रामदेव… पुरा पढौ

दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्न चन्द्रागिरि नगरपालिकाको प्रयास सह्नानिय : दातृ निकाय

काठमाडौं, १ चैत । दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्न चन्द्रागिरि नगरपालिकाले अवलम्बन गरेका अभ्यासलाई नेपालस्थित प्रमुख दातृ निकायका प्रतिनिधिले सराहना गरेका छन् । विशेष गरी शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, खानेपानी तथा सरसफाइ, सुरक्षित, सुन्दर र सबैको पहुँचयोग्य सहर बनाउन नगरपालिकाले दिगो विकास लक्ष्यलाई मुख्य आधार बनाउँदै ततअनुरुप आफ्नो नीति योजनामा समावेश एवं कार्यान्वयनमा ल्याइरहेको जनाइएको छ । संयुक्त राष्ट्र सङ्घीय मानव बसोबास कार्यक्रम ( युएन ह्यबिट्याट), युरोपियन युनियन, विश्व बैंक, अमेरिकी विकास नियोग (युएसआइडी), परियोजना सेवाका लागि संयुक्त राष्ट्र सङ्घीय… पुरा पढौ

लघुवित्त सङ्घर्ष समितिसंग शुक्रबार अर्थ मन्त्रालयमा वार्ता हुने

काठमाडौं, १ चैत । फागुन । अर्थ मन्त्रालयले आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिलाई वार्तामा आउन आह्वान गरेको छ । अर्थमन्त्री वर्षमान पुनको निर्देशनमा मन्त्रालयले शुक्रबार अपराह्न लघुवित्त पीडितका प्रतिनिधिलाई वार्ताका लागि अर्थ मन्त्रालयमा बोलाइएको हो । मन्त्रालयका सहसहसचिव एवं वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान महाशाखा प्रमुख नारायणप्रसाद रिसाल नेतृत्वमा गठित समितिले पीडितका प्रतिनिधिलाई वार्तामा बोलाएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ । उक्त समितिमा गृहमन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई, कानून मन्त्रालयका उपसचिव झइन्द्र गुरागाईं र नेपाल राष्ट्र बैंकका प्रतिनिधि छन्… पुरा पढौ