मुख्य समाचार

१ अर्बको म्युचुअल फण्ड ल्याउदै गरिमा क्यापिटल

काठमाडौं, ३ फागुन। गरिमा क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फन्ड ल्याउने भएकाे छ। कंपनीले गरिमा क्यापिटल अन्तरगत सञ्चालित हुनेगरि ‘गरिमा समृद्धि योजना’ नामक म्युचुअल फण्ड ल्याउने भएको हाे। क्यापिटलले नेपाल धितोपत्र बोर्डमा म्युचुअल फन्ड ल्याउनका लागि अनुमति मागेको छ । धितोपत्र बोर्डले अनुमति दिएपछि यो योजनाकाे इकाइहरुको सार्वजनिक निष्कासन गर्ने बताइएको छ। गरिमा समृद्धि योजना एउटा बन्दमुखी योजना रहेकाे भन्दै गरिमा क्यापिटलले १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ निष्कासन गर्ने बताएकाे छ। पुरा पढौ

मुक्तिनाथ विकास बैंकलाई राष्ट्र बैंकले गर्याे कारबाही

काठमाडौं, ३ फागुन । नेपाल राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंकलाई कारबाही गरेको छ । याे विकास बैंकले ऋणी ग्राहक सदस्यको सामूहिक हित विपरीत खर्च गरेको भन्दै नियामक केन्द्रीय बैंकले कारबाही गरेको हो । मुक्तिनाथ विकास बैंकको सञ्चालक समिति, अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराइ कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ । ‘संस्थाबाट व्यक्तिगत र सामुहिक जमानीमा प्रवाह भएको विपन्न वर्ग कर्जाका ग्राहकबाट शुल्क लिई… पुरा पढौ

फागुन १३ गतेदेखि आईपीओ जारी गर्दै सर्वोत्तम सिमेन्ट

काठमाडाैं, ३ माघ । सर्वोत्तम सिमेन्टले सर्वसाधारणका लागि सेयर आईपीओ खुलाउने भएकाे छ । कम्पनीले फागुन १३ गतेदेखि सर्वसाधारणका लागि २७ लाख ७६ हजार ७६ कित्ता निष्काशन गर्ने भएकाे हाे । कम्पनीका अनुसार उद्योग तथा खानी उत्खनन्बाट प्रभावित भएका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको सेयर बाँडफाँ८ गरेपछि अहिले सर्वसाधारणका सेयर निष्काशन गर्न लागिएकाे हो। स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा आवेदन नपरेर बाँकी रहेकाे ६ लाख ८१ हजार ५३० कित्तामा थप गरी २७ लाख ७६… पुरा पढौ

१० मेगावाट सम्मका आयोजनाको पिपिए खुलाउने विद्युत् प्राधिकरणकाे निर्णय

काठमाडौं, ३ फागुन । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) खुल्ला गर्ने निर्णय गरेको छ । गत माघ २४ मा बसेको प्राधिकरण सञ्चालक समितिको ९६३ औँ बैठकले १० मेगावाटसम्मका नदी प्रवाही (आरओआर) र अर्धजलाशययुक्त (पिआरओआर) जलविद्युत् आयोजनासँग पिपिए खुलाउने निर्णय गरेको हो । दश मेगावाटसम्मका जलविद्युत् आयोजनाको विद्युत् ‘लेउ या तिर’ (टेक अर पे) प्रावधानका आधारमा खरिद गरिने प्राधिकरणले जनाएको छ । आयोजनाको विद्युत् सुक्खायाम (मङ्सिर १५ देखि जेठ १५ सम्म) आठ रुपैयाँ ४० पैसा… पुरा पढौ

कोशी, बागमती र गण्डकीमा बदली, हिमपातको सम्भावना

काठमाडाैं, ३ माघ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको जनाएकाे छ। देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहको छ। फाल्गुन ०३ गते (बिहीबार) दिउँसो : कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना… पुरा पढौ

बलियो राष्ट्रिय शक्ति आवश्यक छ : अध्यक्ष ओली

काठमाडौं, ३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकका लागि एउटा राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका छन् । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय पार्टी कार्यालयमा अनेरास्ववियुको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले नेपाललाई निर्णायक तवरमा काम गर्नसक्नेखालको राष्ट्रिय शक्ति निर्माणको आवश्यकता रहेको धारणा राखे। उनले एमाले त्यो राष्ट्रिय शक्तिका रुपमा रहे पनि निर्णायक तहमा पुग्न नसकेको बताए। “एमाले अहिले पनि सवल राष्ट्रिय शक्तिका रुपमा रहेको छ । तर निर्णायक तहमा पुगेको छैन”, उनले भने, “एमालेलाई सवल राष्ट्रिय… पुरा पढौ

उपत्यका बाहिर ७ वटा मेडिकल कलेज खुल्ने प्रक्रियामा छन् : मन्त्री राई

कटारी (उदयपुर), ३ फागुन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले डा गोविन्द केसीको आन्दोलनपश्चात् सरकारले उपत्यका बाहिर सात वटा मेडिकल खोल्ने गरेको प्रतिबद्धता कार्यान्वयन चरणमा रहेको बताएका छन् । त्रिवेणी माविको ५६औँ वार्षिकोत्सव समारोहमा मन्त्री राईले दुई वटा मेडिकल कलेज स्थापनाको चरणमा रहेको र दुई वटाको विस्तृत परियोजना प्रस्तुत भएको बताए। साथै बाँकी तीन वटाको जग्गा प्राप्तिको प्रक्रिया चलिरहेको उनको भनाइ थियो । “डा केसीको आन्दोलनपछि आएको अवधारणाअनुसार काम अगाडि बढेको छ, त्यसमध्ये यहाँ एउटा मेडिकल कलेज स्थापना हुन्छ”,… पुरा पढौ

उद्योगि, व्यवसायीबिना अर्थतन्त्र सबल हुन सक्दैन : अध्यक्ष पन्त

पोखरा, २ फागुन । पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बाबुराम पन्तले उद्योगि, व्यवसायीबिना राज्यको अर्थतन्त्र बलियो हुन नसक्ने बताएका छन् । पोखरा औद्योगिक क्षेत्र उद्योग संघको २१ औं वार्षिक साधारण सभालाई संवोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि पन्तले उद्योगी, व्यवसायी सबल र सक्षम हुनुपर्ने बताए । उद्योगी, व्यवसायी पूजनीय व्यक्ति हुन् । उनीहरुले विविध समस्याहरु झेल्दै आएको वर्षौं भईसकेको छ । विविध घटनाक्रमहरुले असर गरिरहेको छ । तर पनि समस्याहरुबीच व्यवसायलाई थेगिरहेका छन् । अध्यक्ष पन्तले भने, जति निरासा व्यक्त… पुरा पढौ

नेप्सेमा सामान्य अंकको बृद्धि, ४ अर्ब बढीको कारोबार

काठमाडौं, २ फागुन । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । नेपाल स्टक एक्सचेन्जले नेप्सेमा ५.९१ अंकको बृद्धि भई २०७६.५० विन्दुमा उक्लिएको जनाएको छ । नेप्सेमा ०.२८ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स भने २.२७ अंकले बढेर ३७२.२७ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ६ वटामा रातो लागेको छ । बाँकी रहेका ७ वटामा हरियो लागेको छ । यसदिन कुल ३०२ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको १ करोड २३… पुरा पढौ

लगानी सम्मेलनमा सहभागी हुन विश्वका लगानीकर्तालाई अध्यक्ष ढकालकाे आह्वान

काठमाडौं, २ फागुन । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा जलविद्युत्, पर्यटन, कृषि तथा उत्पादन लगायतका क्षेत्रमा लगानी गर्न विश्वका लगानीकर्ताहरुलाई आह्वान गरेका छन् । संयुक्त अरब इमिरेट्सको दुबइमा आयोजित विश्व सरकार शिखर सम्मेलन (वल्र्ड गभर्मेन्टस् समिट) मा नेपालको निजी क्षेत्रका तर्फबाट धारणा राख्दै अध्यक्ष ढकालले नेपालमा लगानीका प्रचुर सम्भावना रहेकाले विश्वका लगानीकर्ताहरुलाई यसबाट लाभ लिन आग्रह गरे । उनले भने, “नेपालमा जलविद्युत्, पर्यटन पूर्वाधारको विकास, कृषिको आधुनिकीकरण र उत्पादनमूलक क्षेत्रहरुमा लगानीका प्रचुर सम्भावना रहेकाले लगानीका लागि विश्वभरका… पुरा पढौ