मुख्य समाचार

कोशी, गण्डकी र कर्णालीमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडाैं, १२ माघ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएकाे छ। देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। देशका तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । माघ  १२ गते (शुक्रबार) दिउँसो: देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी… पुरा पढौ

नारायणगढ बुटवल सडकको कालोपत्रकाे काम रोकियो

नवलपुर, १२ माघ । पूर्वपश्चिम राजमार्गअन्तर्गत विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल खण्डमा पर्ने नवलपुरको सडकमा कालोपत्रको काम रोकिएको छ । कालोपत्रका लागि आवश्यक लकच्चा पदार्थ ‘बिटुमिन’ सकिएपछि काम रोकिएको नारायणगढ-बुटवल सडक विस्तार योजना पूर्वी खण्डले जनाएको छ । “यस खण्डमा आठ किलोमिटर सडक कालोपत्र गर्न मिल्ने गरी तयारी भइसकेको छ”, योजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले भने, “भारतबाट आउनुपर्ने बिटुमिन भन्सारमा रोकिएको कारण कालोपत्रको काम हुन नसकेको हो ।” बिटुमिन आएलगत्तै कालोपत्र गर्ने गरी निर्माण व्यवसायी तयारी अवस्थामा रहेको भन्दै खनालले… पुरा पढौ

सुन तस्कर प्रकरणः महरालाई अदालतद्वारा थुनामै राख्ने आदेश

काठमाडौं, ११ माघ । उच्च अदालत पाटनले राहुल महरालाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौँको आदेश सदर गरेको छ । न्यायाधीशद्वय अन्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको संयुक्त इजलासले आज जिल्ला अदालतकै आदेश सदर गरेको हो । सुन तस्कर प्रकरणमा पक्राउ परेर पुर्पक्षका लागि थुनामा रहेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा अहिले पनि पुर्पक्षका लागि कारागारमा रहेका छन् । उक्त प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले निजलाई पक्राउ गरेको थियो । महरालाई जिल्ला अदालत काठमाडौँले धरौटीमा छाड्न… पुरा पढौ

न्यूरोड वरपर पार्किङ एरिया खोज्दै काठमाडौं महानगर

काठमाडौं, ११ माघ। राजधानीको प्रमुख व्यापारिक केन्द्र न्यूरोड क्षेत्रको पिच सडकमा पार्किङ पूर्णतः निषेध गर्ने काठमाडौँ महानगरपालिको निर्णयले सो क्षेत्रका व्यापारी आन्दोलित भएपछि महानगर न्यूरोड वरपर पार्किङ एरिया खोज्न थालेकाे छ । महानगरले बन्दै गरेको धरहरासहित सुन्धाराको सञ्चयकोष भवनलाई पार्किङको विकल्पका रूपमा लिएको छ । राजधानीकै प्रमुख व्यापारिक क्षेत्रबाट पार्किङ हटेपछि सो क्षेत्रको व्यापारमा असर पर्ने भन्दै व्यापारी आन्दोलनमा उत्रिएका थिए । महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले विकल्पको रूपमा नयाँसडक वरपरका विभिन्न स्थानमा पार्किङका लागि व्यवस्था गर्न लागिएको जानकारी दिए।… पुरा पढौ

१ सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाकाे सुरुङ खन्ने काम सकियाे

दमौली, ११ माघ । निर्माणाधिन १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको हालसम्म २८ वटा सुरुङ खन्ने काम सकिएको छ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन आयोजनाको प्याकेज एक र प्याकेज दुईतर्फ गरी कुल २८ वटा सुरुङ खन्ने काम सकिएको हो । प्याकेज एकतर्फ १० वटा तथा प्याकेज दुईतर्फ १८ वटा सुरुङ खनिएको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए। त्यस्तै प्याकेज एकतर्फ दुईवटा र प्याकेज दुईतर्फ एउटा सुरुङ खन्ने काम जारी छ । एक हजार चार सय ५६ मिटरको हेडरेस… पुरा पढौ

नेप्सेमा ३.९४ अंकको गिरावट, ३ अर्ब ७६ करोडको कारोबार

काठमाडौं, ११ माघ । नेप्सेको ओरालो लागेका यात्रा रोकिएको छैन । साताको सेयर कारोबार हुने पाँचौं तथा अन्तिम दिन बिहिबार नेपाली सेयर बजार नकारात्मक लयमा गएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३.९४ अंकले घटेर २०८४.०९ विन्दुमा झरेको छ । नेप्सेमा ०.१८ प्रतिशतले गिरावट भएको छ । सेन्सेटिभ इण्डेक्स ०.९६ अंकले बढेर ३९७.४६ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ५ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका ८ वटामा रातो लागेको छ । यसदिन कुल ३०४ वटा… पुरा पढौ

संविधानको पालना गर्नु हाम्रो दायित्व हो : प्रधानमन्त्री दाहाल

काठमाडौं, ११ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको पालना र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अङ्गका साथै सरोकारवाला सबैको दायित्व भएको बताएका छन्। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वन्यायाधीश समाजका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताए। पूर्वन्यायाधीश समाजका अध्यक्ष टोपबहादुर सिंहसहितका पूर्वन्यायाधीशहरुसँगको छलफलमा प्रधानमन्त्रीले अहिले केही व्यक्ति समाजिक सद्भाव र एकतालाई खलबल्याउन र राम्रो कामलाई पनि नराम्रो भन्दै प्रचार गर्न लागिपरेको जनाउँदै संविधान र कानुनको पालना गर्न लगाउन पूर्वन्यायाधीशहरुको भूमिकासमेत महत्वपूर्ण रहने बताए। प्रधानमन्त्रीले पूर्वन्यायाधीशहरुले विगतमा संविधान… पुरा पढौ

राष्ट्रियसभा निर्वाचनकाे परिणाम आजै आउने

काठमाडौं, ११ माघ । राष्ट्रियसभाको १९ सदस्यका लागि आज सात प्रदेशका सम्बन्धित राजधानीका तोकिएका मतदानस्थल र केन्द्रमा मतदान भइरहेको छ । निर्वाचन आयोगले आज बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदानका लागि समय निर्धारण गरेको छ भने मतदान सकिने बित्तिकै गणना प्रारम्भ गर्ने बताएको छ । आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीका अनुसार सातै प्रदेशमा मतदान भइरहेको छ । आजै परिणाम सार्वजनिक हुनेछ । राष्ट्रियसभा सदस्यका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा… पुरा पढौ

फागुन २ गतेदेखि १ अर्ब ४५ करोडकाे हकप्रद जारी गर्दै सिंगटी हाइड्रो इनर्जी

काठमाडाैं, ११ माघ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आ फागुन २ गतेदेखि १ अर्ब ४५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर खुलाउने भएकाे छ । यस अनुसार कम्पनीले १ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर जारी गर्ने भएकाे हाे । कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँ बराबरको प्रतिशेयर रूपैयाँ १०० अंकित दरकाे १ करोड ४५ लाख कित्ता हकप्रद जारी गर्ने भएकाे हाे । हकप्रद सेयर निष्काशनका लागि यसअघि पुस २२ गते बुकक्लोज गरिएकाे थियो। लगानीकर्ताले १९ गतेसम्म नेप्सेमा कारोबार सेयर… पुरा पढौ

हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडाैं, ११ माघ । हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। इन्स्योरेन्सले लाभांश वितरण तथा साधारण सभाकाे प्रयोजनका लागि यही माघकाे १४ गते बुकक्लोज गर्ने बताएकाे छ। लगानीकर्ताले आजसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागिता जनाउन पाउने र लाभांश प्राप्तसका लागि याेग्य मानिनेछन् । हिमालयन एभरेष्ट इन्स्योरेन्सको तीसौँ साधारण सभा माघकाे २५ गते काठमाडाैंकाे थापागाउँमा रहेकाे बानेश्वर ब्याङ्कवेटमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ।… पुरा पढौ