मुख्य समाचार

महिलाको आर्थिक दुर्बलताः पीडा सहेरै हिंसा लुकाउनुपर्ने बाध्यता

रामपुर (पाल्पा), २० मङ्सिर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान देशव्यापी रुपमा चलिरहेको छ । हिंसा न्यूनीकरणको उद्देश्यका साथ बर्सेनि यो अभियान चलिरहे पनि हिंसाका घटना बाहिर आउन नसक्नु यतिखेर गम्भीर चुनौतीका रुपमा देखिएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाउँदै गर्दा हिंसाका घटना पनि उत्तिकै बढिरहेका छन् । श्रीमान्–श्रीमतीबीचको बेमेल, सासू–ससुरा, नन्द–अमाजूबाट महिला हिंसाको सिकार बन्न पुगेका छन् । हिंसा घरभित्रकै नजिकका भनिएका आफन्तबाट हुने गरेकाले कतिपय घटना भित्रभित्रै मिलाएर राखिएको छ भने धेरै भित्रभित्रै गुम्सिएर बसेका छन्… पुरा पढौ

वैज्ञानिक अनुसन्धानमा युवालाई प्रोत्साहित गर्नेछाैं : प्रधानमन्त्री

काठमाडौँ, २० मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले विज्ञान तथा प्रविधिका क्षेत्रमा गहन अनुसन्धान गर्न सरकारले युवा तथा वैज्ञानिकलाई प्रोत्साहित गर्ने बताएका छन । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को ४१औँ वार्षिकोत्सवका अवसरमा आज ललितपुरको खुमलटारमा आयोजित कार्यक्रममा उनले विज्ञान प्रविधिको विकासका लागि सरकारले विशेष कोषको स्थापना गरिसकेको जनाउँदै त्यसबाट अनुसन्धानमा महत्त्वपूर्ण सहयोग मिल्ने विश्वास व्यक्त गरेका थिए । “विज्ञान तथा प्रविधि विकासका लागि सरकारले रू एक अर्बको कोष स्थापना गर्ने चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम समावेश गरिसकेको… पुरा पढौ

औपचारिक माध्यमबाट मात्रै विप्रेषण पठाउन नेपाल प्रहरीकाे अनुराेध

काठमाडौँ, २० मङ्सिर र। नेपाल प्रहरीले विदेशमा कमाएको रकम औपचारिक माध्यमबाट पठाएर कानुनी कारबाहीबाट जोगिन वैदेशिक रोजगारीमा रहेका र स्वदेशमा विप्रेषण रकम प्राप्त गर्नेहरूलाई अनुरोध गरेको छ । वैदेशिक रोजगारीमा रहेका कतिपय नेपालीले केही रकम जोगिने प्रलोभनमा अवैध तवरले व्यक्तिमार्फत नेपालमा रकम पठाउने गरेको पाइएको भन्दै प्रहरीले औपचारिक माध्यम प्रयोग गर्न प्रहरीले अनुरोध गरेको हो । यसरी विदेशी रकम प्राप्त गरेपश्चात ती अमूक व्यक्तिले म तपाईँले भनेको व्यक्तिको नेपालस्थित बैंक खातामा यस बराबरको सटही नेपाली रकम जम्मा गरिदिन्छु भनी गैरकानुनी… पुरा पढौ

श्वेतगंगा हाइड्रोपावरकाे साधारण सभाका लागि यस्ता छन एजेण्डा

काठमाडौं, २० मंसिर । श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडको साधारण सभा मंसिर २६ गते डाकिएकाे छ । यसपटक सभामा लाभांशकाे प्रस्ताव पेश नहुने भएकाे छ ।  साधारणा सभामा आर्थिक वर्ष २०७९–२०८० को नाफा नोक्सान लगायतका विभन्न वित्तीय एजेण्डाहरूमा छलफल गरिने भएकाे छ । यस्तै आर्थिक वर्ष २०८०–२०८१ का लागि लेखापरीक्षककाे नियुक्ति तथा पारिश्रमिक ताेकिने भएकाे छ । साधारण सभाकाे प्रयोजनका लागि मंसिर १५ गते बुक क्लोज गरिने भएकाे छ । साधारणा सभामा भाग लिनका लागि सेयरधनीहरूले मंसिर १४ गतेसम्म नेप्सेमा… पुरा पढौ

१० अर्ब निक्षेप संकलनकाे आज बोलकबोल गर्दै केन्द्रीय बैंक

काठमाडौं, २० मंसिर । नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले १० अर्बको निक्षेप संकलन उपकरणको लागि आज मंसिर २० गते बोलकबोल हुने बताएको छ । राष्ट्र बैंकले तोकिएका विशेषता तथा शर्तहरु कायम गरी ७ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने बताएको छ । बोलकबोलको विधि अनलाइनबाट हुने जनाइएको छ । यसका लागि आज दिउँसो २ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरबाट मात्रै बोलकबोल हुने जनाईएको छ । बैंकले बोलकबोलको माध्यमबाट ब्याजदर निर्धारण हुने जनाएको छ । रकमको साँवा… पुरा पढौ

अमेरिकी डलरको भाउ बढ्यो, यूरोसहित अन्यको घट्यो

काठमाडौं, २० मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यूरोसहित अन्य केहि मुलुकको मुद्राको भाउ घटबढ भएको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १२ पैसा र… पुरा पढौ

लाभांश पारित गर्न मितेरी डेभलपमेन्ट बैंककाे साधारण सभा

काठमाडाैं, २० मंसिर । मितेरी डेभलपमेन्ट बैंकले लाभांशकाे प्रस्ताव पारित गर्न पुस १४ गते १८औँ वार्षिक साधारण सभा डाकेकाे छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुका लागि वितरण गर्न घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेकाे हाे । सभाबाट ९.५० प्रतिशतका दरले बोनस तथा त्यसकाे कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांशसहित १० प्रतिशत लाभांशकाे विशेष प्रस्ताव पारित हुनेछ । यस्तै प्रबन्धपत्र तथा नियमावली संशोधनकाे प्रस्ताव पारित गरिनेछ । यस्तै अन्य उपयुक्त लागेका बैंक तथा वित्तीय संस्थासँग… पुरा पढौ

सडक कालोपत्रकाे माग गर्दै दुवाकोटका बासिन्दा आन्दोलनमा

भक्तपुर, २० मङ्सिर । चाँगुनारायण नगरपालिका–२ दुवाकोटका बासिन्दाले तीन दिनदेखि लगातार सडक कालोपत्रको माग गर्दै सडकमै प्रदर्शन गरेका छन् । सरकारको बजेटमा सल्लाघारी–वीर अस्पताल जाने सडक कालोपत्रे सम्पन्न गर्ने गरी दुई वर्षअघि सीएम ब्राइट क्षितिज जेभी ठेकेदार कम्पनीसँग गत कात्तिक ३ गते भित्र सडक कालोपत्रे सम्पन्न गर्ने गरी रु ४२ करोडको लागतमा ठेक्का सम्झौता भएको थियो । सम्झौताबमोजिम काम नगरी ठेकेदार कम्पनीले भने सडक अलपत्र पारेको छ । ठेकेदार कम्पनीले समयमै काम नसकेका कारण सास्ती खेप्नुपरेको भन्दै स्थानीयले गरेको आन्दोलनमा… पुरा पढौ

कोशी, मधेश, बागमती  र गण्डकीमा हल्का बदली सहित हिमपातको सम्भावना

काठमाडाैं, २० मंसिर । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको साथै आन्द्र प्रदेश आसपास रहेको ‘MICHAUNG’ नामक सामुद्रिक आँधी (Cyclonic Storm) को समेत आंशिक प्रभाव  रहेको जनाएकाे छ । हाल कोशी प्रदेश, मधेश प्रदेश साथै  देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।  मंसिर २० गते (बुधबार) दिउँसो : कोशी, मधेश र बागमती प्रदेशमा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा  रहनेछ। कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको… पुरा पढौ

एनसेल शेयर खरिदबिक्री सम्बन्धमा छानबिन गर्नुपर्ने सत्ता गठबन्धनको निष्कर्ष

काठमाडौं, २० मङ्सिर । सत्ता गठबन्धन दलको बैठकले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्री सम्बन्धमा गम्भीर अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उक्त विषयमा छानबिन गर्न सरकार तयार हुनुपर्ने र मन्त्रिपरिषद् बैठकले त्यससम्बन्धमा आवश्यक व्यवस्था मिलाउनुपर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले उक्त शेयर खरिदबिक्रीको सत्यतथ्य पत्ता लगाउन आगामी मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय छानबिन समिति गठन गर्ने जानकारी… पुरा पढौ