मुख्य समाचार

सुनमा एकैदिन रु २४ सयले गिरावट, चाँदी पनि घट्यो

काठमाडौं, १९ मंसिर । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । सुनमा एकैदिन रुपैयाँ २ हजार ४ सय तथा चाँदीमा रुपैयाँ ४५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनमा एकैदिन रुपैयाँ २ हजार ४ सयले घटेर तोलाको १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख २१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुनमा पनि तोलामा… पुरा पढौ

पाँच आयोजना अलपत्र पार्ने ठेकेदार कालोसूचीमा

काठमाडौं, १९ मङ्सिर । विभिन्न पाँच वटा निकाय अन्तर्गतका काम अलपत्र पार्ने निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखेको जनाएको हो । कार्यालयका अनुसार सडक विभागअन्तर्गत पुष्पलाल (मध्यपहाडी) राजमार्गको काम अलपत्र पार्ने काठमाडौँ पुतली सडकमा कार्यालय रहेको भारत कन्स्ट्रक्सन-मैनाचुली-सिद्धिसाई जेभीलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ । त्यस्तै, पुष्पलाल राजमार्ग आयोजना निर्देशनालयको फिदिम कार्यालयअन्तर्गत पर्ने मैनाचुली–सिद्धिसाई जेभीलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको… पुरा पढौ

मुलुकको अर्थतन्त्रले लय समाउन थालेको छ : मन्त्री डा महत

चितवन, १९ मङ्सिर । अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारको गतिमा रहेको जानकारी दिएका छन् । आज पत्रकारसँग कुराकानी गर्दै उनले अर्थतन्त्रले लय समाउन थालेको छ भने । उनले भने, “नेपालमा आउने विदेशी पर्यटकको सङ्ख्या र विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढेको छ । समस्यामा परेका व्यवसायीको समस्या समाधान हुन्छ । अर्थतन्त्र विस्तारै लयमा फर्कन्छ । समग्रमा विदेशी रेमिट्यान्स ३० प्रतिशतले बढेको छ । पर्यटकको चाप बढ्दा पर्यटन व्यवसायी उत्साहित भएका छन् ।” उनले अर्थतन्त्रमा सुधार आउन अझै केही समय लाग्ने… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको भाउ

काठमाडौं, १९ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यूरोसहित अन्य केहि मुलुकको मुद्राको भाउ घटबढ भएको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ९ पैसा र… पुरा पढौ

राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर, नियमन विभाग प्रमुखमा गुरु पौडेलको सरुवा

काठमाडौं, १९ मंसिर । नेपाल राष्ट्र बैंकका केही कार्यकारी निर्देशकहरुको जिम्बेवारी हेरफेर गरिएको छ । राष्ट्र बैंकले एकै पटक ५ जना कार्यकारी निर्देशकहरुको बिभिन्न बिभागमा सरुवा गर्ने निर्णय गरेको हो । श्रोतका अनुसार राष्ट्र बैंकको महत्वपुर्ण विभाग मानिने बैंक तथा वित्तीय संस्था नियमन विभागमा कार्यकारी निर्देशक गुरु पौडेलको सरुवा भएको छ । पौडेल यसअघि भुक्तानी प्रणाली विभागको प्रमुखकाे जिम्मेवारीमा थिए । यो विभागले ‘क’ देखि ‘घ’ वर्गका बेंक तथा वित्तीय संस्थाहरुको नियमन गर्ने कार्य गर्दछ । यसअघि बैंक तथा वित्तीय… पुरा पढौ

इष्टर्न हाइड्रोकाे नाफामा सुधार, कुल नाफा ४ करोड २९ लाख

काठमाडाैं, १९ मंसिर । इष्टर्न हाइड्रोपावरले गत आर्थिक वर्षकोभन्दा नाफामा सुधार गरेकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार कम्पनीको खुद नाफा बढेको हाे । यस अवधिमा कम्पनीले १ करोड ५५ लाख ६० हजार रुपैयाँ खुद नाफा गरेको छ। जाे गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ५५.८९ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको कम्पनीको नाफा ९९ लाख ८१ हजार रुपैयाँ रहेकाे थियो। कम्पनीको बिक्री आम्दानी ४ करोड ५३ लाख रुपैयाँमा बढेर ४ करोड ६६ लाख… पुरा पढौ

एनसेलकाे शेयर खरिद-बिक्रीको वैधता निर्क्योल गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, १९ मङ्सिर । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडको शेयर स्वामित्व खरिद–बिक्री नेपालको विद्यमान कानुन र प्रक्रियाअनुसार भए–नभएकोबारे अध्ययन गरी निर्क्योल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । एनसेलको शेयर खरिद–बिक्री हुँदा प्रचलित कानुनी प्रावधान तथा विधि र प्रक्रिया पालना भए–नभएकोबारे बुझ्न निर्देशन दिइएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। शर्माका अनुसार यो व्यावसायिक सम्झौताबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा सरकारको राजस्वलगायत विषयमा पर्ने प्रभावका बारेमा शीघ्र अध्ययन गर्न… पुरा पढौ

आलु खेती विस्तारमा ३ करोडको आयोजना

बेनी, १९ मङ्सिर । म्याग्दीमा आलु खेतीको विस्तार र प्रवद्र्धनका लागि ३ करोड बजेटको आयोजना सञ्चालन भएको छ । गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्षमा आलु खेतीका लागि कृषि ज्ञान केन्द्र म्याग्दीमार्फत जिल्लामा उक्त आयोजना सञ्चालन गरेको हो । जिल्लामा आलु खेतीको सम्भावना भएको क्षेत्रमा आलु खेतीको विस्तार र कृषकले उत्पादन गरेको आलुलाई बजारीकरणमा सघाउन सो बजेट अनुदानका रुपमा परिचालन गर्न लागिएको कार्यालयले जनाएको छ । उक्त आयोजनाअन्तर्गत प्रस्ताव आह्वान गरेर कृषक समूह र कृषि सहकारी… पुरा पढौ

एनसेलको शेयर खरिद बिक्री प्रक्रिया किन पर्याे विवादमा ?

काठमाडौं, १९ मङ्सिर । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर स्वामित्व खरिद–बिक्री विवाद र शङ्काको घेरामा परेको छ । मलेसियन कम्पनी ‘आजियटा ग्रुप बर्हाड’ ले गत शुक्रबार एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’ लाई बेच्ने निर्णय गरेपछि उक्त व्यावसायिक कारोबार सम्झौताले नेपालमा तरङ्ग पैदा भएको छ । राज्यका निकायलाई समेत जानकारी नहुने गरी मुलुक बाहिरबाट शेयर खरिद–बिक्री भए भन्दै यो व्यावसायिक कारोबारको कानुनी प्रक्रिया र आर्थिक पादर्शितामाथि प्रश्न उठेका हुन् । एनसेलको स्वामित्व खरिद–बिक्री… पुरा पढौ

पेट्रोलियम अन्वेषणले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्त हुन्छ : अध्यक्ष ओली

कर्णाली, १८ मङ्सिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दैलेखको पेट्रोलियम अन्वेषणले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्त हुने बताएका छन् । एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानअन्तर्गत कर्णाली प्रदेशको दैलेख जिल्लामा पुगेका अध्यक्ष ओलीले आज भैरवी गाउँपालिका–१ स्थित श्रीस्थान ज्वाला क्षेत्रको स्थलगत अवलोकनका क्रममा पेट्रोलियम पदार्थको उत्खनन् गर्नुपर्नेमा जोड दिए । उनले मुलुकको समृद्धिका लागि पेट्रोलियम पदार्थ अन्वेषणको विकल्प नभएको भन्दै उत्खनन् कार्यमा तीव्रता दिन आग्रह गरे। “दैलेख पुरातात्विक महत्त्व भएको जिल्ला मात्रै होइन्, पेट्रोलियम… पुरा पढौ