मुख्य समाचार

बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैनः अर्थमन्त्री डा. महत

नवलपरासी, १९ मंसिर । अर्थमन्त्री डा. प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने स्पष्ट पारेका छन् । मंगलबार नवलपरासीमा स्थापित रेडबुल फ्याक्ट्रीको उद्घाटन गर्नेक्रममा मन्त्री डा. महतले भने, ‘ऋण तिर्दिन भन्नु समस्याको समाधान होइन । यो वचतकर्ताको पैसा हो । ऋण मिनाह भनेको वचतकर्ताको वचत सकिनु हो । त्यसको क्षतिपूर्ति कसले तिर्ने ? त्यही पैसा फिर्ता भएर वचतकर्ताले आवश्यक पर्दा लिन सक्छन् । वचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन ।’ उनले भने, ‘सहकारी, वित्तीय संस्था र बैंकबाट धेरैले ऋण लिएका छन्, तिर्न… पुरा पढौ

यी हुन् एनसेलको शेयर खरिद-बिक्रीपछि उब्जिएका प्रश्नहरु

काठमाडौं, १९ मङ्सिर । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर कारोबार विवादमा परेको छ । मलेसियन कम्पनी ‘आजियटा ग्रुप बर्हाड’ले गत एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’लाई बेच्ने निर्णय गरेपछि यो व्यावसायिक कारोबारको कानुनी प्रक्रियाको वैधता र आर्थिक पादर्शितामाथि गम्भीर प्रश्न उब्जिएका छन् । नागरिकस्तरदेखि संसदीय समितिसम्ममा यो विषयले प्रवेश पाएको छ । यो कारोबारको वास्तविकता खोजेर जानकारी गराउन सरकार र मातहतका निकायमाथि चर्को दबाब छ । यही सन्दर्भमा एनसेल शेयर खरिद–बिक्रीपछि उब्जिएका मूलभूत… पुरा पढौ

नेप्सेमा १०.१० अंकको गिरावट, साढे १ अर्बको कारोबार

काठमाडौं, १९ मंसिर । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार पनि नेपाली सेयर बजार ओरालोको यात्रामा गएको छ । लगातारको नेप्सेको ओरालोको यात्राले लगानीकर्ताहरुको मनोबल घटाएको छ । अब उनीहरुका लागि पर्ख र हेरको अवस्था बाहेकको बिकल्प छैन । नेपाल राष्ट्र बैंकले यही सातामा मौद्रिक नीतिको समिक्षा ल्याउने बताईरहँदा त्यसमा केहि संवोधन होला कि भन्ने अपेक्षा गरिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.१० अंकले घटेर १८७३.७१ विन्दुमा झरेको छ । नेप्सेमा ०.५४ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ… पुरा पढौ

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्न नाट्टाकाे माग

काठमाडौं, १९ मङ्सिर । भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडानलाई नियमित गराउन माग गरिएको छ । नेपाल एसोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशको प्रतिनिधिमण्डलले नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग सो माग गरेको हो । प्रतिनिधिमण्डलले सोमबार क्यानका महानिर्देशक प्रदीप अधिकारिलाई ज्ञापनपत्र बुझाउँदै भैरहवाबाट अन्तरराष्ट्रिय उडान नियमित गराउन सो माग गरेको हो । महानिर्देशक अधिकारीले सो ज्ञापनपत्र बुझ्दै सो विमानस्थलबाट अन्तरराष्ट्रिय उडानलाई नियमत गर्नका लागि क्यानले कुनै कसर बाँकी नराख्ने बताए। यसैबीच यसअघि नाट्टाको टोलीले सोमबार काठमाडौँस्थित एशियाली… पुरा पढौ

एमालेकाे ‘झुलाघाट-चिवाभञ्याङ संकल्प यात्रा’ काे टाेली मंसिर २१ मा कास्की आइपुग्ने

पोखरा, १९ मंसिर । नेकपा एमालेको मंसिर १४ गतेदेखि शुरु मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित विशेष अभियानको टोली मंसिर २१ गते कास्कीमा आईपुग्ने जानकारी दिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरेर शुरु भएको “झुलाघाट चिवाभञ्याङ : समृद्धिका लागि संकल्प यात्रा” अभियानको टाेलीलाई एमाले कास्कीले मंसिर २१ मा पोखरामा स्वागत गर्ने र २२ गते कास्कीबाट बिदाई गर्ने बताएको छ । एमाले कास्कीले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर सो अभियानको जानकारी दिदैं मुख्यगरी पहाडी क्षेत्रको… पुरा पढौ

जनहितमा बाधक कानुनमा सुधार गर्नुपर्छ-नेता गिरी

काठमाडौं, १९ मङ्सिर । नेपाली कांग्रेसका नेता एवं सांसद दीपक गिरीले मुलुक र जनहितमा बाधक देखिएका कानुन, अभ्यास र प्रणालीलाई तत्कालै सुधार गरी परिष्कृत तुल्याइनुपर्ने सुझाव दिएका छन् । उनले राज्यले अहिले अवलम्बन गरेको मिश्रित निर्वाचन प्रणालीले सरकारको स्थिरता र सदन सञ्चालनमा सहजता प्रदान गर्न नसकेको जनाउँदै त्यसमा सुधारको खाँचो औँल्याए । नेता गिरीले भने, “मिश्रित चुनाव प्रणाली जनताले पचाएको र ग्रहण गरेजस्तो लाग्दैन, प्रतिनिधिसभालाई प्रत्यक्षतर्फको एक सय ६५ सिटमा सीमित गरी राष्ट्रियसभालाई समानुपातिक र समावेशी बनाइनुपर्छ ।” पार्टीभित्र पनि… पुरा पढौ

सुनमा एकैदिन रु २४ सयले गिरावट, चाँदी पनि घट्यो

काठमाडौं, १९ मंसिर । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । सुनमा एकैदिन रुपैयाँ २ हजार ४ सय तथा चाँदीमा रुपैयाँ ४५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनमा एकैदिन रुपैयाँ २ हजार ४ सयले घटेर तोलाको १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख २१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुनमा पनि तोलामा… पुरा पढौ

पाँच आयोजना अलपत्र पार्ने ठेकेदार कालोसूचीमा

काठमाडौं, १९ मङ्सिर । विभिन्न पाँच वटा निकाय अन्तर्गतका काम अलपत्र पार्ने निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखेको जनाएको हो । कार्यालयका अनुसार सडक विभागअन्तर्गत पुष्पलाल (मध्यपहाडी) राजमार्गको काम अलपत्र पार्ने काठमाडौँ पुतली सडकमा कार्यालय रहेको भारत कन्स्ट्रक्सन-मैनाचुली-सिद्धिसाई जेभीलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ । त्यस्तै, पुष्पलाल राजमार्ग आयोजना निर्देशनालयको फिदिम कार्यालयअन्तर्गत पर्ने मैनाचुली–सिद्धिसाई जेभीलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको… पुरा पढौ

मुलुकको अर्थतन्त्रले लय समाउन थालेको छ : मन्त्री डा महत

चितवन, १९ मङ्सिर । अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारको गतिमा रहेको जानकारी दिएका छन् । आज पत्रकारसँग कुराकानी गर्दै उनले अर्थतन्त्रले लय समाउन थालेको छ भने । उनले भने, “नेपालमा आउने विदेशी पर्यटकको सङ्ख्या र विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढेको छ । समस्यामा परेका व्यवसायीको समस्या समाधान हुन्छ । अर्थतन्त्र विस्तारै लयमा फर्कन्छ । समग्रमा विदेशी रेमिट्यान्स ३० प्रतिशतले बढेको छ । पर्यटकको चाप बढ्दा पर्यटन व्यवसायी उत्साहित भएका छन् ।” उनले अर्थतन्त्रमा सुधार आउन अझै केही समय लाग्ने… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको भाउ

काठमाडौं, १९ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यूरोसहित अन्य केहि मुलुकको मुद्राको भाउ घटबढ भएको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ९ पैसा र… पुरा पढौ