मुख्य समाचार

नेप्सेमा ३.४२ अंकको गिरावट, १ अर्ब १९ करोडको कारोबार

काठमाडौं, १८ मंसिर । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजार नकारात्मक लयमा गएको छ । सेयर बजारका जानकारहरुका अनुसार अब सेयर बजारको लय नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिको समिक्षापछि मात्रै त्यसले लिने लयलाई पर्खिनु पर्नेछ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३.४२ अंकले घटेर १८४७.२० विन्दुमा झरेको छ । नेप्सेमा ०.१८ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.२२ अंकले घटेर ३५३.२१ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये पाँच वटामा रातो लागेको छ । बाँकी रहेका… पुरा पढौ

काठमाडौं महानगरमा दुई बसपार्क, जडीबुटीमा अर्को थपियो

काठमाडौं, १८ मङ्सिर । मुलुकको सङ्घीय राजधानी काठमाडौँको एकमात्र काठमाडौँ महानगरपालिकाभित्र दुई बसपार्क सञ्चालनमा आएका छन् । अरनिको यातायात प्रालिले व्यक्तिगत जग्गा पाँच वर्षलाई भाडामा लिएर वडा नं ३२ जडीबुटीमा बसपार्क निर्माण गरेसँगै एउटै स्थानीय तहभित्र दुई बसपार्क सञ्चालन भएका हुन् । जापान सरकारले कामपा–२६ गोंगबुस्थित विष्णुमति खोला किनारामा एक सय ६१ रोपनी क्षेत्रफलमा नयाँ बसपार्क निर्माण गरेर नेपाल सरकारमार्फत महानगरलाई सञ्चालनको जिम्मेवारी दिएको हो । अरनिको यातायातले कामपाबाट स्वीकृति नै नलिइकन बसपार्क सञ्चालन गरेको महानगर प्रवक्ता नवीन मानन्धरले जानकारी… पुरा पढौ

तारागाउँ रिजेन्सीको शेयर कारोबार स्थगन

काठमाडौ, १८ मङ्सिर । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयर कारोबार स्थगित भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले धितोपत्र सूचीकरण विनियमावलीअनुसार कारोबार स्थगित गरिएको जनाएको छ । नेप्सेका अनुसार कम्पनीले लाभांश घोषणासम्बन्धी निर्णय ढिलो गरी नेप्सेलाई जानकारी गराएको भन्दै शेयर कारोबार स्थगित गरिएको हो । “धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी वा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि सम्बन्धित सूचीकृत सङ्गठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने… पुरा पढौ

कानुन निर्माणमा केन्द्रीकृत मानसिकता प्रमुख बाधक बनिरहेकाे छ: सांसद पोखरेल

काठमाडौं, १८ मङ्सिर । राष्ट्रियसभा सदस्य विना पोखरेलले कतिपय राजनीतिक नेतृत्वको केन्द्रीकृत मानसिकताले सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनका लागि तत्कालै आवश्यक पर्ने कानुन निर्माणमा अवरोध सिर्जना गरिरहेको तर्क गरेकी छन्। सङ्घ, प्रदेश र स्थानीय तहको एकल अधिकारका सूचीमा रहेका प्रदेश प्रहरी र ऐनलाई अघि बढाउन केन्द्रीय सोच नै मुख्य बाधक रहेको जनाउँदै त्यसले छिटो र सहजरूपमा कानुन बनाउन अवरोध खडा गरेको आरोप लगाइन्। ‘सांसदसँग रासस संवाद’ मा नेत्री पोखरेलले भनिन्, “साझा अधिकारका विषयमा पनि तानातान गर्ने प्रवृत्तिले कानुन बनाउन चुनौती रहेको… पुरा पढौ

एनआईसी एशिया बैंकले सबै प्रकारका कर्जाको प्रिमियमदर ३ प्रतिशत ताेक्याे

काठमाडौं, १८ मंसिर । एनआईसी एशिया बैंकले सबै प्रकारका कर्जाको अधिकतम प्रिमियमदर ३ प्रतिशत कायम गरेको छ । यस सहुलियत पश्चात् यसभन्दा अगाडि ३ प्रतिशत भन्दा बढी प्रिमियम भएका ग्राहक महानुभावहरूको कर्जामा समेत ३ प्रतिशत प्रिमियम कायम गरिएको छ। मुलुकको वर्तमान आर्थिक अवस्थाका कारण आफ्ना ऋणी ग्राहकहरूमा परेको असरलाई मध्यनजर गर्दै बैकले याे निर्णय गरेकाे हाे । जसअनुसार बैंकको मंसिर महिनाको औषत आधारदर १०.७ प्रतिशत रहेकोमा त्यसमा ३ प्रतिशत प्रिमियम थप गरी कर्जाको अधिकतम ब्याजदर १३.७ प्रतिशत कायम गरिएको बताइएकाे… पुरा पढौ

सुनको भाउले दिनदिनै रेकर्ड ताेड्दै, चाँदीको स्थिर

काठमाडौं, १८ मंसिर । सुनको भाउ बढ्ने क्रम रोकिएको छैन । यसले दिनदिनै रेकर्ड ताेडिरहेकाे छ । सुनको भाउ आज बढेर हालसम्मै उच्च विन्दुमा पुगेको छ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ भने भाउ चाँदीको स्थिर रहेको छ । नेपाल सुनचाादी व्यवसायी महासंघले आजका लागि छापावाल सुनमा रुपैयाँ ८ सयले बढेको जानकारी दिएको छ । चाँदीको भाउ आईतबारकै कायम गरिएको छ । छापावाल सुनमा यसदिन रुपैयाँ ८ सयले बढेर तोलाको १… पुरा पढौ

हिमालयन रि इन्स्योरेन्सकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडाैं, १८ मंसिर । हिमालयन रि इन्स्योरेन्सकाे सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले मंसिर ४ गतेदेखि विदेशमा रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ जारि गरेकाे थियाे । कम्पनीले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर निष्काशनकाे अनुमति लिएकाे थियो। पहिलो चरणमा वैदेशिक रोजगारीमा गएकाहरूकाे लागि ३० लाख कित्ता रहेकाे छ । यस्तै कर्मचारीहरुका लागि ६ लाख कित्ता तथा सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता रहेकाे छ । कम्पनीका अनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा… पुरा पढौ

संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८’ महत्वपूर्ण र सार्थक रह्याे: प्रधानमन्त्री दाहाल

काठमाडौं, १८ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८’ महत्वपूर्ण र नेपालको हितमा भएको बताएका छन् । संयुक्त अरब इमिरेट्सका प्रधानमन्त्री तथा उपराष्ट्रपति शेख मोहम्मद बिन रसिद अल मोक्तमको निमन्त्रणामा दुबईमा आयोजना भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८’मा सहभागी भई आइतबार साँझ स्वदेश फर्किएपछि दिएको प्रतिक्रियामा उनले सो सम्मेलन नेपालको हितमा रहेको बताए । प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही मङ्सिर १३ गते युएई प्रस्थान गरेका थिए। भ्रमणका क्रममा उनले… पुरा पढौ

प्राकृतिक सौन्दर्यको खानी: पुनहिल घोडेपानी

म्याग्दी, १८ मङ्सिर । हिमाल, पहाडी भूगोल, सुर्योदय र गुराँसको जङ्गल अवलोकनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुनहिल क्षेत्र उपयुक्त गन्तव्य हो । समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृष्यको दृश्यावलोकन गर्न पाइन्छ । यहाँबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका दर्जन बढी हिमाल र दर्जनौँ हिम चुचुरालाई नजिकबाट अवलोकन गर्न सकिन्छ । मनोरम प्राकृतिक दृष्यको अवलोकन, उच्च हिमाली भूगोल,… पुरा पढौ

अमेरिकी डलरको भाउ स्थिर, यूरो बढ्याे

काठमाडौं, १८ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोसहित अन्य केहि मुलुकको मुद्राको भाउ घटबढ भएको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९७ पैसा… पुरा पढौ