मुख्य समाचार

नेप्से २८.४० अंकले घट्याे, आइएमई लाइफकाे काराेबार आज पनि अब्बल

काठमाडौं, २३ साउन । नेप्सेमा लगातार गिरावट भईरहेको छ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार पनि नेपाली सेयर बजार ओरालोकै यात्रामा गएको छ । साउन ७ गते नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/०८१ काे मौद्रिक नीति सार्वजनिक गरेकै दिनमा उछाल आएको नेप्सेमा त्यसको भोलिपल्टबाट लागातार ८ दिन र बिचमा सकारात्मक भएर पुनः अधिकांश दिनहरुमा ओरालो लाग्दै आएको छ । नेप्सेमा आईरहेको नकारात्मक लयको कारण सेयर बजारका लगानीकर्ताहरु पर्ख र हेरकै स्थितिमा रहेका छन् । आजको राताम्मै भएको सूचकांककाे… पुरा पढौ

ईयुको सुरक्षा सूचीबाट हटाउन पहल गरिदिन पर्यटनमन्त्री किरातीलाई परिसङ्घको आग्रह

काठमाडौं, २३ साउन । ईयुको सुरक्षा सूचीबाट हटाउन पहल गरिदिन पर्यटनमन्त्री सुदन किरातीलाई नेपाल उद्योग परिसङ्घले आग्रह गरेकाे छ। परिसङ्घले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँगकाे साे भेटमा नेपालको समग्र पर्यटन उद्योगका विषयमा छलफल समेत गरेको थियाे । नेपालको पर्यटन प्रबर्धनका लागि चालिनुपर्ने कदम, युरोपियन युनियन (ईयु)ले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलसहित तत्कालीन एवं दीर्घकालीन रुपमा गरिनुपर्ने नीतिगत सुधारका विषयमा छलफल भएको हो । पर्यटन मन्त्रालयमा भएको छलफलमा परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले वैदेशिक मुद्रा आर्जन गर्ने महत्वपूर्ण स्रोत पर्यटन… पुरा पढौ

रिलायबल नेपाल लाइफको आजदेखि आईपीओ खुल्ला

काठमाडौं, २३ साउन । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आजदेखि प्रिमियममा आईपीओ निष्काशन गरेकाे छ।इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। इन्स्योरेन्सले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २५७ रुपैयाँमा शेयर निष्काशन गर्न लागेको बताएकाे छ। इन्स्योरेन्सले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो।… पुरा पढौ

विदेशी मुद्राको सञ्चिति बढेपछि आयात खुकुलो बनाउदै राष्ट्र बैंक

काठमाडौं, २३ साउन । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिति बढेपछि आयातलाई खुकुलो बनाएको जनाएकाे छ । बैंकले परिपत्र जारी गर्दै वस्तुकाे आयात गर्दाका बखत एलसीको सीमालाइ बढाएको उल्लेख छ। भारतबाट गरिने आयातमा भारु ३ करोड सम्मको एलसी खोल्न पाइने भएकाे छ । तेस्रो मुलुकबाट मालसामान आयात गर्दा एक पटकमा ६० हजार अमेरिकी डलर बराबरको एलसी खोल्न पाइनेछ । पहिले यसका लागि रु ५० हजार अमेरिकी डलर बराबरको एलसी खोल्न पाइने व्यवस्था रहेकाे थियो। एक पटक सटही सुविधा लिएपछी ७… पुरा पढौ

देशभर भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

काठमाडौं, २३ साउन । काठमाडौ उपत्यकासहित देशभर भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले गए रातिदेखि काठमाडौँ लगायत देशभर निरन्तर वर्षा भइरहेको जनाएकाे छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले अझै केही दिन देशैभर मनसुनी वर्षा हुने महाशाखाले जनाएको छ । यसका साथै नेपालमा मनसुनी वायुको साथै भारतको बिहार आसपास रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका… पुरा पढौ

सुन र चाँदी दुबैको भाउ घट्याे, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २३ साउन । साताको सुनचाँदीको कारोबार हुने तेश्राे दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा रुपैयाँ ३ सय तथा चाँदीमा रुपैयाँ २५ ले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तराष्ट्रिय बजारमा भईरहेकाे व्यापार, व्यवसायमा र विभिन्न घटनाक्रमहरुकाे प्रभावले पहेलो तथा सेतो धातुको मूल्यमा तलमाथि भईरहने जनाएको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ३ सयले घटेर तोलाको १ लाख १२ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि साेमबार छापावाल सुन तोलाको १… पुरा पढौ

मंगलबार अमेरिकी डलर र यूरोको भाउ घट्यो

काठमाडौं, २३ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर र यूरोको भाउ घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ १० पैसा र बिक्रिदर १३२ रुपैयाँ ७० पैसा रहेको छ ।… पुरा पढौ

प्रतिकूल मौसमले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट हुने सबै उडान प्रभावित

काठमाडौं, २३ साउन। मौसमकाे प्रतिकूलताले गर्दा अहिले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट हुने आन्तरिक र बाह्य उडानहरू प्रभावित भएका छन्। आन्तरिक तर्फका उडान अहिले बिहान समयमा हुन नसकेपछि आजका १०७ वटा उडान तालिका प्रभावित हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। त्यस्तै आज अन्तर्राष्ट्रियतर्फ कुल ४५ वटा उडान तय भएका छन। यि उडान समेत प्रभावित हुने देखिन्छ । विमानस्थल स्राेतका अनुसार आन्तरिकतर्फ बिहानका कुनै उडान हुन सकेको छैन। पोखरा, नेपालगंज, भरतपुर, विराटनगर लगायत गन्तव्यका उडान प्रभावित भएको छ। बोर्डिङ गरेका यात्रु बिमानस्थल… पुरा पढौ

कागतीको बजारीकरण गर्न कृषि ज्ञान केन्द्र तनहुँकाे पहल

दमौली, २३ साउन । तनहुँ जिल्लामा उत्पादित कागतीको बजारीकरणका लागि कृषि ज्ञान केन्द्रले पहल थालेको छ । जिल्लामा उत्पादित कागतीले बजार नपाएको बारेमा साउन २१ गते समाचार प्रकाशित भएपछि ज्ञान केन्द्रले बजारीकरणका लागि पहल थालेको हो । कागती बिक्री नहुँदा कृषक समस्यामा परेपछि ज्ञान केन्द्रले बजारको खोजीमा सहजीकरण गरेको हो । केन्द्र प्रमुख कुलप्रसाद तिवारीले आफ्नो नेतृत्वमा कालिमाटी तरकारी तथा फलफूल बजार समितिका कार्यकारी निर्देशक र कागतीका मुख्य व्यवसायीसँग यसबारेमा छलफल गरेको जानकारी दिए। उनले फलफूल समितिको कार्यकारी निर्देशक डिपी… पुरा पढौ

भक्तपुर-नगरकोट सडकखण्डमा कालोपत्र गुणस्तरहीन

भक्तपुर, २३ साउन । विगत १० वर्षदेखि निर्माण सम्पन्न नभएर अलपत्र हुँदै आएको भक्तपुर भत्केकोपाटी–नगरकोट सडकखण्डमा गुणस्तरहीन काम भएको पाइएको छ । भक्तपुर–नगरकोट सडकखण्डको अबस्थाका बारेमा जानकारी लिन भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको नेतृत्वमा जिल्लाका राजनीतिक संयन्त्रका प्रतिनिधि, चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधि, सडक निर्माण आयोजनाका प्रतिनिधि एवं सञ्चारकर्मीसहितको अनुगमनमा सडक निर्माणमा गुणस्तरहीन काम भएको निष्कर्ष निकालिएको हो । सडक अनुगमनपछि नगरकोटमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रजिअ रिजालले सडक अनुगमनका क्रममा निर्माण कम्पनीले सडकको कालोपत्र गुणस्तरहीन रहेको निष्कर्ष निकालेको बताए । उनले… पुरा पढौ