मुख्य समाचार

नेप्सेमा लगातार छैटौँ दिन सुधार, कारोबार साढे ६ अर्ब नाघ्यो

काठमाडौं, ५ साउन। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। पछिल्ला पाँच कारोबार दिनदेखि लगातार उकालो लागिरहेको शेयर बजारले मंगलबार पनि सोही वृद्धिको क्रमलाई निरन्तरता दिएको हो। मंगलबार नेप्से परिसूचक ७.२५ अंकले बढेर २,७२६.४९ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.१८ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.१९ अंकले बढेको छ। सेन्सेटिभ फ्लोट इण्डेक्स भने स्थिर रहेको छ। परिसूचकसँगै यस दिन कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ। अघिल्लो दिन… पुरा पढौ

आत्मनिर्भर अर्थतन्त्रको आधार र घरेलु तथा साना उद्योगको विकास (विचार)

काठमाडौं, ५ साउन । नेपालको आर्थिक विकास र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि घरेलु तथा साना उद्योगको भूमिका अत्यन्त महत्त्वपूर्ण छ । सीमित पुँजी, स्थानीय स्रोत–साधन, परम्परागत सीप र श्रमको उपयोग गरी सञ्चालन हुने यस्ता उद्योगले रोजगारी सिर्जना, गरिबी न्यूनीकरण, महिला सशक्तीकरण, ग्रामीण अर्थतन्त्रको सुदृढीकरण तथा विदेशी मुद्रा आर्जनमा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन् । ठूला उद्योगको तुलनामा कम लगानीमा बढी रोजगारी सिर्जना गर्ने क्षमता भएकाले विकासोन्मुख मुलुकका लागि घरेलु तथा साना उद्योग आर्थिक विकासको बलियो आधार मानिन्छन् । तर नेपालमा… पुरा पढौ

सातौं वर्षको यात्रामा

प्रतिकुलतालाई अनुकुलतामा बदल्ने अठोटसहित सुरु गरिएको अनलाइन न्युजपोर्टल सफल आवाज डटकम (www.safalawaj.com) आजबाट सातौंं वर्षमा प्रवेश गरेको छ । यो गौरवको क्षणमा हाम्रो यात्राको निरन्तर सहयात्री बन्नुहुने आदरणीय पाठकवर्ग, विज्ञापनदाता, शुभेच्छुकज्यूहरू, नियमन निकाय तथा कर्मचारी साथीहरूमा हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछौं । यहाँहरुको साथ, सहयोगबिना हाम्रो यात्रा सम्भव थिएन, तसर्थ सम्पूर्ण श्रेय यहाँहरुलाई सुम्पन्छौं । आजको प्रविधि युगको आवश्यता अनुसार नै संसारभरका परम्परागत मिडियाले समेत डिजिटल माध्यमलाई नै आधार बनाएका छन् । हामीले ७ वर्षअघि नै डिजिटल बाटो समात्नु… पुरा पढौ

विदेशी बिरामीबाटै नेपाल भित्रियो १ अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा

काठमाडौं, ५ साउन । नेपाललाई सामान्यतया सगरमाथा, प्राकृतिक सौन्दर्य, संस्कृति र पदमार्गको अनुपम गन्तव्यका रूपमा चिनिन्छ। तर, पछिल्ला वर्षहरूमा नेपालले आँखा स्वास्थ्य सेवाको क्षेत्रमा अभूतपूर्व फड्को मार्दै 'मेडिकल टुरिज्म' (स्वास्थ्य पर्यटन) को नयाँ सम्भावना उजागर गरेको छ। नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित आँखा अस्पतालहरूले आर्थिक वर्ष २०८२/८३ मा मात्रै भारतलगायत छिमेकी मुलुकका बिरामीहरूलाई आँखा उपचार सेवा प्रदान गरी १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी विदेशी मुद्रा नेपाल भित्र्याएका छन्। यसले स्वास्थ्य सेवा पनि नेपालका लागि विदेशी मुद्रा आर्जन गर्ने दरिलो माध्यम… पुरा पढौ

माछापुच्छ्रे बैंककाे वरिष्ठ नायव सिइओमा अर्याल र नायव सिइओमा जमरकटेलकाे बढुवा

काठमाडौं, ५ साउन । माछापुच्छ्रे बैंक लिमिटेडले उच्च व्यवस्थापन तहका दुई कर्मचारीलाई बढुवा गरेको छ। बैंकको साउन ४ गते बसेको सञ्चालक समितिको बैठकले हाल नायव प्रमुख कार्यकारी अधिकृत रहेका प्रसिद्धराज अर्याललाई वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत र नायव महाप्रबन्धक सुभाष जमरकटेललाई नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्ने निर्णय गरेको हो। प्रसिद्धराज अर्यालसँग २ दशकभन्दा बढीको बैंकिङ अनुभव वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा पदोन्नति हुनुभएका प्रसिद्धराज अर्याल बैंकिङ क्षेत्रका एक अनुभवी तथा सफल बैंकरका रूपमा परिचित हुनुहुन्छ। शैक्षिक योग्यता:… पुरा पढौ

१३ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट

काठमाडौं, ५ साउन। १३ वटा स्थानीय तहले हालसम्म चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्न नसकेको पाइएको छ । कूल ७५३ स्थानीय तहमध्ये ७४० ले बजेट सार्वजनिक गरी कार्यान्वयनको प्रक्रिया सुरु गरिसकेका छन् । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा सम्बन्धित स्थानीय तहले प्रविष्ट गरेको विवरणका आधारमा मधेश प्रदेशका १० स्थानीय तहले हालसम्म बजेट प्रस्तुत गर्न सकेका छैनन् । सिराहाको सुखीपुर नगरपालिका, औरही गाउँपालिका, धनुषाको कमला नगरपालिका, रौतहटको गरुडा नगरपालिका, कटहरीया नगरपालिका, फतुवा विजयपुर नगरपालिका, मौलापुर नगरपालिका… पुरा पढौ

विद्युत् विकासमा उत्साह: ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति

काठमाडौं, ५ साउन । विद्युत् विकास विभागले जलविद्युत् क्षेत्रमा ठूलो फड्को मारेको छ। विभागले आर्थिक वर्ष २०८२/८३ मा ९९ वटा जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमतिपत्र जारी गरेको छ। यी आयोजनाहरूको कुल क्षमता तीन हजार २११ मेगावाट रहेको छ। यसका अतिरिक्त सौर्य ऊर्जातर्फ सात वटा आयोजनालाई पनि सर्वेक्षण अनुमतिपत्र प्रदान गरिएको छ, जसको कुल क्षमता ३११ मेगावाट छ। प्रसारण लाइनको क्षेत्रमा पनि उल्लेख्य प्रगति प्रसारण लाइनतर्फ पनि विभागले महत्त्वपूर्ण काम गरेको छ। २२० केभी क्षमताको १७९ सर्किट किलोमिटर, १३२ केभी क्षमताको २७०… पुरा पढौ

अब पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने

काठमाडौं, ५ साउन । विनियोजित बजेटबाट नयाँ चारपाङ्ग्रे सवारीसाधन खरिद गर्नुपर्ने भएमा अनिवार्य रुपमा अर्थ मन्त्रालयसँग पूर्वसहमति लिनुपर्ने व्यवस्था गरिएको छ । अर्थमन्त्रालयले सोमबार जारी गरेको ‘चालु आवको बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमा’ पूर्वसहमति नलिइ कुनै पनि सवारीसाधन खरिद गर्न पाइने छैन । वैदेशिक भ्रमणका लागि पनि अनिवार्य रुपमा मन्त्रालयको पूर्वसहमति लिनुपर्नेछ । सरकारी स्वामित्वको भवन उपलब्ध नभएको अवस्थामा मात्र मुख्य व्यापारिक केन्द्र वा प्रमुख मार्गभन्दा बाहिर रहेका न्यूनतम पूर्वाधार र सुविधाका घर मात्रै भाडामा लिनुपर्नेछ । कार्यालयको कार्य सम्पादनजका लागि सरकारी… पुरा पढौ

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, ५ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ । विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको… पुरा पढौ

फाइनान्स कम्पनीहरूको नाफा ९६ करोड ८० लाख, ब्याज र सञ्चालन खर्च घट्दा राहत

काठमाडौं, ४ साउन । गत आर्थिक वर्ष २०८२/८३ को ११ महिनाको अवधिमा सञ्चालनमा रहेका फाइनान्स कम्पनीहरूको खुद नाफा ९६ करोड रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार समीक्षा अवधिमा १७ वटा फाइनान्स कम्पनीहरूले कुल ९६ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेका हुन्। यो नाफा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा १६ करोड २० लाख रुपैयाँ (करिब २०.१% ले) बढी हो। अघिल्लो आवको ११ महिनामा फाइनान्स कम्पनीहरूको कुल नाफा ८० करोड ६० लाख रुपैयाँ रहेको… पुरा पढौ