मुख्य समाचार

नवनियुक्त मन्त्रीहरूको शपथ अपराह्न ३ बजे

काठमाडौं, १७ चैत । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । मन्त्रिपरिषद्को विस्तार गर्न लाग्नुभएका प्रधानमन्त्री दाहाल आज बिहान राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्। प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार नवनियुक्त मन्त्रीको पद तथा गोपनियताको शपथका लागि अपराह्न ३ बजेका लागि तयारी गरिएको छ । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। सत्ता साझेदार १० दलले मन्त्री बन्नेहरूको नाम प्रधानमन्त्रीलाई दिइसकेका छन् । बिहीबार नै… पुरा पढौ

श्रम स्वीकृति आवेदन अब स्थानीय तहमा दिन सकिने

काठमाडौं, १७ चैत । श्रम स्वीकृतिका लागि स्थानीय तहबाटै आवेदन दिन सकिने भएको छ । श्रम स्वीकृति आवेदनमा विभिन्न समस्या देखिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी वैशाख १ गतेदेखि ७ सय ५३ वटै स्थानीय तहबाट आवेदन दिन मिल्ने व्यवस्था गर्न लागेको हो। स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत आवेदन फारम भर्न सकिने मन्त्रालयका प्रवक्ता डण्डुरान घिमिरले जानकारी दिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिरहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त निर्णय गरेका हुन् ।… पुरा पढौ

महासंघको कार्यकाल २ वर्ष बनाऔं: वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं, १७ चैैत। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अागामी कार्यकालका तीनै जना वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरू सक्षम रहेको बताएका छन । नेपाल उद्योग वाणिज्य महासंघको मधेस प्रदेशको पद हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन् । वरिष्ठ उपाध्यक्षका तीनै जना उम्मेदवारलाइ सबै प्रदेशको सहमतिको सन्देश बुझ्न आग्रह गरेका थिए । ‘बरु ३ वर्षबाट २ वर्ष कार्यकाल बनाऔं’, उनले भने, ‘तपाईहरु तीनै जना नेतृत्वमा पुग्न सक्नु हुन्छ तर यहि अबस्थामा अघि बढ्दा २ जना सक्षम व्यक्ति… पुरा पढौ

डा. प्रकाशशरण महत अर्थमन्त्री बन्ने

काठमाडौं, १७ चैत । नेपाली कांग्रेसले ८ मन्त्रीहरुको नाम टुंगो लगाएको छ। जसअनुरुप पूर्णबहादुर खड्का उपप्रधानसहित रक्षामन्त्री र डा. प्रकाशशरण महत अर्थमन्त्री बन्ने भएका छन् । त्यस्तै रमेश रिजाल परराष्ट्रमन्त्री, धनराज गुरुङ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्ने भएका छन् भने एनपी साउँद शहरी विकासमन्त्री बन्नेछन। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री सीता गुरुङ बन्ने भएकी छन् भने डिगबहादुर लिम्बू कानून न्याय तथा संसदीय मामिलामन्त्री र मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने भएका हुन्। यससँगै सत्ता गठबन्धनमा दलहरूले पाउने मन्त्रालय… पुरा पढौ

जीवन विकास र एनएमबि लघुवित्तकाे सेयरमूल्य समायाेजन

काठमाडौं १७ चैत । जीवन विकास लघुवित्त वित्तीय संस्था र एनएमबि लघुवित्त वित्तीय संस्था को सेयरमूल्य समायोजन भएको छ । दुबै संस्थाले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लोज गरेपछि नेप्सेमा उनीहरुकाे सेयरमूल्य समायोजन गरेकाे हाे । नेप्सेले अन्तिम काराेबारलाइ आधार मानेर नयाँ सेयरमूल्य कायम गरेकाे हाे । जीवन विकाशकाे १४.२८५ प्रतिशत बोनस सेयर तथा एनएमबिकाे १० प्रतिशत बोनस सेयर समायोजन गरिएकाे हो। सेयरमूल्य मायोजन भएपछि जीवन विकास लघुवित्तको सेयरमूल्य १ हजार ३७० रुपैयाँ २६ पैसा भएकाे छ ।… पुरा पढौ

लाभांश पारित गर्न सांग्रिला बैंकको साधारण सभा आज बस्दै

काठमाडौं, १७ चैत । लाभांश वितरणकाे प्रस्ताव पारित गर्न सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा आज डाकिएकाे छ । साधारण सभा लैनचौर ब्यांक्वेटमा बिहान १० बजे डाकिएकाे छ । सभाबाट ९‍.४३२ प्रतिशत लाभांशकाे प्रस्ताव अनुमाेदन गरिनेछ । बैंकले गएकाे वर्षको नाफाबाट ८.५३४ प्रतिशत बोनस सेयर तथा त्यसकाे कर प्रयोजनार्थ ०.४४९ प्रतिशत नगद लाभांशसहित ९‍.४३२ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पारित गरिने भएकाे छ । यस्तै सभामा वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब लगायतका एजेण्डा रहेका छन् । सभाले आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षककाे… पुरा पढौ

अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई चुस्त र प्रभावकारी बनाइने

काठमाडौं, १७ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई चुस्त र प्रभावकारी तुल्याउँदै विमानस्थलको छविलाई सकारात्मक राख्न कार्यरत कर्मचारीको कामबारे दैनिक अभिलेख राखिने भएको छ । विमानस्थलबाट प्रवाह हुने सेवा, यात्रुको सुविधा सन्तुष्टि सुनिश्चित गर्न कार्ययोजना बनाइएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए। उनका अनुसार अब वायुयान तथा विमानस्थल सुरक्षा, यात्रुको सेवा सुविधा सन्तुष्टि सुनिश्चित गर्न गर्नु पर्ने कामको योजना बनाइने छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन विमानस्थल प्रशासनलाई एक दर्जन प्रश्न सोध्दै त्यसको जवाफ माग गरे। देशको ऐनाका… पुरा पढौ

अर्थतन्त्र सुधारका लागि सकारात्मक हस्तक्षेपको नीति ल्याइने : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं, १७ चैत । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको बिग्रँदो अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँगको सहकार्यमा सकारात्मक हस्तक्षेपको नीति अवलम्बन गरिने बताएका छन् । नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यात सङ्घको १४औँ साधारणसभाको उदघाटन गर्दै उनले निजी क्षेत्रसँगको सहकार्यमा सङ्कटोन्मुख अर्थतन्त्र सुधारका पक्षमा आवश्यक कदम चाल्न लागेको बताए। भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने, पूँजीगत खर्च गर्न क्षमता वृद्धि गर्ने र उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्ने पक्षमा सरकार रहेको बताए । मन्त्री श्रेष्ठलर्ग भने, “मुलुकमा… पुरा पढौ

राष्ट्र बैंकद्वारा आज निर्धारित विदेशी मुद्राको विनिमय दर (मूल्यसूची)

काठमाडौं, १७ चैत । नेपाल राष्ट्र बैंकले आईतबार आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ । अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४५ पैसा बिक्रीदर १३२.५ पैसा रहेको छ । यूरो १ को खरिददर १४३ रुपैयाँ ४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७०… पुरा पढौ

स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव-गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा बदली

काठमाडौं, १७ चैत । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको जनाएकाे छ। देशको गण्डकी, कर्णाली, लुम्बिनी र सुदूर पश्चिम प्रदेश सहित बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।  चैत १७ गते (शुक्रबार) दिउँसोː देशभर सामान्य देखि पूर्ण बदली रहने छ। देशका केही स्थानहरुमा मेघ गर्जन /चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च… पुरा पढौ