मुख्य समाचार

अर्थशास्त्री डा स्वर्णिम वाग्लेले किन छाेडे नेपाली कांग्रेस ?

काठमाडौं, १६ चैत । अर्थशास्त्री डा स्वर्णिम वाग्लेले नेपाली कांग्रेस पार्टी छाडेको घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले भनेका छन, “विसं २०४२ को ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलनदेखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली कांग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु। पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्षरूपमा आर्थिक नीति र योजना, बौद्धिक–सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरेपनि त्यसकाे मुल्याङ्कन नभएकाेले नेपाली कांग्रेस पार्टीबाट बाहिरिने निर्णय गरेको बताएका छन… पुरा पढौ

२५ अर्बको ट्रेजरी बिल जारी गर्दै केन्द्रीय बैंक

काठमाडौं, १६ चैत । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता पठाउन सोझै ट्रेजरी बिल खरिद बोलकबोल (आउटराइट पर्चेज) गर्ने भएको छ । केन्द्रीय बैंकले २०८० असार मसान्तसम्म भुक्तानी अवधि भएका २५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल आउटराइट पर्चेजका लागि बोलकबोल आह्वान गरेको हो । केन्द्रीय बैंकले १६ चैत बिहीबार ३ बजेसम्म आवेदन दिन सकिने उक्त आउटराइट पर्चेजको १७ चैत शुक्रबार खरिद हुने जनाएको छ । बैंक तथा वित्तीय संस्थाले बिक्री गर्न चाहेको ट्रेजरी बिल ५ करोड वा ५ करोडले भाग… पुरा पढौ

नेप्सेमा दाेहाेराे अंककाे गिरावट, करिब ९० करोडको कारोबार

काठमाडौं, १६ चैत । प्रि ओपनमा सुधारको संकेत देखिए पनि बजार बन्द हुँदाको समयमा भने सेयर बजारले ओरालोको यात्रा तय गर्यो । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपाली सेयर बजारमा करेक्सन भएको छ । दुईदिन अघिबाट सुधारको संकेत देखिएको भएपनि सरकार बिस्तार र बजारमैत्री अर्थमन्त्री को हुने ? भन्ने अन्यौलकाबीच सेयर बजार पनि धरमराएको छ । यसले पुनः लगानीकर्तालाई पर्ख र हेरको अवश्थामा पुर्याएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.८७ अंकले घटेर १९०८.५५ विन्दुमा झरेको… पुरा पढौ

अब राजनीतिक स्थायित्व कायम हुने छ : प्रधानमन्त्री दाहाल

चितवन, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा राजनीतिक स्थायित्वको आधार बन्दै गएको बताएका छन्। भरतपुर विमानस्थलको नयाँ ट्रमिनल भवन तथा विमानस्थल विस्तार शिलान्यास गर्दै उनले अब देशमा राजनीतिक स्थायित्व कायम हुने छ भने। नेपालको राजनीतिक स्थायित्वलाई नयाँ गति दिने सङ्कल्पसहित आफू प्रधानमन्त्री पदको जिम्मेवारीमा रहेको उनको भनाइ थियो । उनले भने, “राजनीतिक स्थायित्वले पनि नयाँ आधार प्राप्त गर्नेछ भन्ने मलाई विश्वास छ ।” सिङ्गो राष्ट्रलाई एकताबद्ध बनाएर विकास र समृद्धिको दिशातर्फ लैजान आफू लागिपरेको जनाउँदै उनले भने, “मेरो… पुरा पढौ

बन्दीपुर केबलकारको आइपिओ निष्कासन हुँदै

दमौली, १६ चैत । तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन बन्दीपुर केबलकारले आइपीओ निष्कासन गर्ने भएको छ । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले प्राथमिक शेयर निष्कासनका लागि नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेडसँग सम्झौता गरेको छ । लिमिटेडको प्रतिशेयर रु एक सय दरका २५ लाख ८० हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो । आइपीओ निष्कासनका लागि बुधबार नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माबीच धितोपत्र निष्काशन तथा… पुरा पढौ

नारायणगढ-बुटवल सडकको प्रगति २८ प्रतिशत

काठमाडौं, १६ चैतत । लामो समयदेखि निर्माण सुस्त रहेको नारायणगढ–बुटवल सडक विस्तारले गति लिन थालेको छ । पूर्वी र पश्चिम खण्डमा गरी समग्र भौतिक प्रगति २८ प्रतिशत पुगेको छ । पूर्वी खण्डमा अहिले मासिक साढे तीन प्रतिशत प्रगति रहेको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाले जनाएको छ । यसलाई बढाएर अर्काे मासिक चारपाँच प्रतिशत पु¥याउने लक्ष्य लिइएको आयोजनाका प्रमुख प्रदीपराज शाक्यले बताए । शाक्यले भने, ‘चार लेनमा कालोपत्र गरिने भएपनि पहिले दुई लेनमा गरेर पछि अर्काेतर्फ गरिने योजना बनाइएको छ । एकै… पुरा पढौ

वैदेशिक श्रमिकको दुःखपूर्ण यात्रा ‘श्रमाटन’ अङ्ग्रेजीमा

काठमाडौं, १६ चैत । निराला पब्लिकेसन्सले नेपाली लेखक बीएन जोशीको ‘श्रमाटनः नेपाली आप्रवासी कामदारको सम्झना’ कृति अङ्ग्रेजी भाषामा बजारमा ल्याएको छ । यसमा नेपालीले गर्ने वैदेशिक श्रमको कष्टकर र दुःखपूर्ण संसारको यात्राबारे विवरण प्रस्तुत गरिएको छ । साहित्यकार अरुण बुढाथोकीद्वारा अनूदित कृति मूल लेखक जोशीको स्मरण पनि हो । त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्नुभएका लेखकले नियमितरूपमा युवा र श्रम आप्रवासनका विषय उठाइरहेका छन् । उनका नेपालका राष्ट्रिय पत्रपत्रिकामा लेखरचना प्रकाशन भइरहेका छन् । जोशी विभिन्न देशमा वैदेशिक रोजगारीको कठोर यथार्थ अनुभव… पुरा पढौ

प्रि ओपन सेसन : नेप्सेमा सामान्य सुधार

काठमाडौंं, १५ चैत । साताकाे सेयर काराेबार हुने पाँचाै दिन बिहिबार नेप्सेकाे प्रि ओपन सेसनमा सामान्य सुधार देखिएकाे छ । नेप्से परिसूचक ०.५८ अंकले बढेको छ । यसरी बढेकाे नेप्से परिसूचक १९२०.०१ विन्दुमा पुगेकाे छ। याे अवधिमा ३ लाख ४४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको नेप्सेले जनाएकाे छ। १२ वटा कम्पनीहरुको ६९१ कित्ता सेयरकाे काराेबार भएकाे छ । जम्मा २२ वटा कम्पनीकाे कारोबार भएकोमा ७ कम्पनीको भाउ बढेकाे छ । पुरा पढौ

मोदी ईनर्जीकाे आईपीओमा आजसम्म आवेदन दिन सकिने

काठमाडौं, १६ चैत । मोदी ईनर्जीकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले फागुन २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि सेयर जारि गरेकाे थियाे। सेयरमा घटीमा १० तथा बढीमा १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीका अनुसार जारी पूँजी २ अर्ब ९० करोड रुपैयाँको १० प्रतिशतले २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता सेयर पर्वतकाे कुश्मा नगरपालिका ३, साविककाे बाजुङ्ग गा.वि.स. हालकाे मोदी गाउँपालिका ५, मोदी नगरपालिका २, मोदी गाउँपालिका ६ र कुश्मा नगरपालिका ८ का… पुरा पढौ

वन्यजन्तु अवलोकनका लागि पर्यटकको रोजाइ बन्दैछ पटिहानी

भरतपुर, १६ चैत । वन्यजन्तु अवलोकनका लागि आउने पर्यटकका लागि चितवन उत्कृष्ट गन्तव्य हो । चितवन राष्ट्रिय निकुन्जमा दुर्लभ एकसिङ्गे गैँडा र अन्य वन्यजन्तु हेर्नका लागि देश विदेशबाट पर्यटक आउने गर्छन । निकुञ्ज घुम्न आउने पर्यटकका लागि सौराहा परिचित नाम हो । सौराहाजस्तै निकुञ्जसँग जोडिएका अन्य ठाउँ पनि उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएका छन् । सौराहाजस्तै पछिल्लो समय पश्चिम चितवनको पटिहानी पर्यटकको रोजाइमा पर्ने गरेको छ । भरतपुर महानगरपालिका–२२ मा पर्ने पटिहानी अहिले स्वदेशीसँगै विदेशी पर्यटकका लागि आकर्षणको… पुरा पढौ