मुख्य समाचार

७ महिनामा ६ खर्ब ८९ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं, २८ फागुन । चालु आर्थिक वर्षको सात महिनाको अवधिमा रू छ खर्ब ८९ अर्ब ८८ करोड बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको सात महिनाको विवरण अनुसार विप्रेषण आप्रवाह २७ दशमलब एक प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह चार दशमलब चार प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६ दशमलब चार प्रतिशतले वृद्धि भई पाँच अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह पाँच दशमलब… पुरा पढौ

हेटौडा-ढल्केबर प्रसारण लाइन निर्माणमा अवरोधको चाङ

काठमाडौं, २८ फागुन । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणमा कहिले सम्पन्न हुने हो कुनै छेकछन्द देखिएको छैन । निर्माणाधीन सो प्रसारण हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा १५, १६ तथा १७ स्थिति हटिया र सर्लाहीको लालबन्दी नगरपालिकाको जियाजोर क्षेत्रमा करिब छ वर्षदेखि निर्माणमा अवरोध छ । हटिया क्षेत्रमा १४ वटा, हेटौंडा उपमहानगरपालिका वडा नं ११ स्थित थाना थानाभर्याङमा २… पुरा पढौ

सगरमाथा र लुम्बिनी इन्स्योरेन्सको सेयर कारोबार १५ दिन रोक्का हुने

काठमाडौं, २८ फागुन । सगरमाथा र लुम्बिनी इन्स्योरेन्स कम्पनीको कारोबार भोलि सोमबारदेखि १५ दिनका लागि रोक्का हुने भएको छ । मर्जरपछि एकीकृत कारोबार गर्न लागेकाले यी दुई इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोक्का हुने भएको हो । यी दुवै कम्पनीले सोमबारदेखि सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्दै छन् । यसै कारणले सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको सेयर कारोबार भोलिदेखि १५ दिनका लागि रोक्का गरिने भएको हो । सगरमाथा र लुम्बिनी इन्स्योरेन्स दुवै कम्पनीले नेपाल बीमा प्राधिकरणबाट फागुन १६ गते… पुरा पढौ

यस्तो छ विदेशी मुद्राको आजकाे विनिमयदर

काठमाडौं, २८ फागुन । नेपाल राष्ट्र बैंकले आईतबार आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । भारतीय रुपैया १ को खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राकाे सधैं स्थिर दर कायम गरिएको छ। नेपालको विनिमयदर प्रणाली Conventional Peg प्रकृतिको रहेको छ । नेपाली मुद्राको विनिमयदर भारतीय मुद्रासँग स्थिर रहेको छ । नेपाली मुद्रा र परिवर्त्य विदेशी मुद्राबीचको विनिमय दर भारतीय मुद्रासँगको विनिमयदरको आधारमा नै निर्धारण हुन्छ । अमेरिकी डलर एकको… पुरा पढौ

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाः डाइभर्सन टनेलको ब्रेक थ्रु

दमौली, २८ फागुन । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ‘डाइभर्सन टनेल’ (सुरुङ)को ‘ब्रेक थ्रु’ भएको छ । आयोजनाले छ सय २६.९२ मिटर लम्बाइको डाइभर्सन टनेलको निर्माण सम्पन्न गरेको हो । उक्त टनेलबाट नदीको पानी निकास गर्न सकिने आयोजनाले जनाएको छ । आयोजनाको बाँधस्थल निर्माणका लागि नदीको पानी तर्काउनुपर्ने हुँदा उक्त टनेल खनिएको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए। उनका अनुसार नदीको सतहमा टनेल निर्माण गरिएको छ । आयोजनाले गत माघमा प्रवेश सुरुङको… पुरा पढौ

पोखरा औद्योगिक क्षेत्र उद्योग संघको अध्यक्षमा श्रेष्ठ चयन, पोखरा बनाउन नीजि क्षेत्रको महत्वपूर्ण योगदान : मेयर आचार्य

पोखरा, २८ फागुन । पोखरा औद्योगिक क्षेत्र उद्योग संघको २०औं वार्षिक साधारण सभा तथा १०औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट दुई वर्षे कार्यकालको लागि १३ सदस्यीय नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समिति २०७९ का संयोजक बलभद्र नकर्मिका अनुसार नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा हिल्टन रट आईरन एण्ड ईन्जिनियरिङ इन्डष्ट्रिजका रुद्रलाल श्रेष्ठ चयन भएका छन् । सघंको प्रथम उपाध्यक्षमा पञ्चकन्या मेटल ईन्जिनियरिङ प्रा.लि.का दीपेन्द्रराज बस्ताकोटी, दितिय उपाध्यक्षमा ग्लोबल केबुल ईन्जिनियरिङ प्रा.ली.का ईन्जिनियर सुरेन्द्र बहादुर गोदार, महासचिवमा… पुरा पढौ

‘सिकलसेल एनिमिया’ रोगबाट १५ जिल्ला प्रभावित

धनगढी, २८ फागुन । पश्चिम तराईका कपिलवस्तुदेखि कञ्चनपुरसम्मका जिल्ला ‘सिकलसेल एनिमिया’ रोगको समस्याले प्रभावित बनेका छन् । आदिवासी जनजाति समुदायका मानिसमा बढी देखिने सो रोगबाट नेपालका १५ जिल्ला प्रभावित रहेको चिकित्सकहरुले बताएका छन् । नेपालगञ्ज, महेन्द्रनगर, काठमाडौँ, टीकापुर र भारतबाट आमन्त्रित विशेषज्ञ चिकित्सकको सहभागितामा शनिबार धनगढीमा भएको सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनमा सिकलसेल एनिमिया रोगको रोकथाम तथा उपचारका बारेमा छलफल भएको छ । १६ विषयमा कार्यपत्र प्रस्तुत गरिएको सम्मेलनमा रोगको निदान तथा उपचारमा सघाउ पु¥याउन चिकित्सकलाई अभिमुखीकरण गरिएको छ । फिजीसिएन चिकित्सकहरूको… पुरा पढौ

नेपालको सार्वजनिक ऋण २० खर्ब ७० अर्ब माथी

काठमाडौं, २८ फागुन । चालु आर्थिक वर्ष २०७९-८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको सार्वजनिक ऋण २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख पुगेको छ । गत पुस मसान्तसम्म नेपालले ११ खर्ब दुई अर्ब ५१ करोड बाह्य ऋण ९ खर्ब ६८ अर्ब १ करोड आन्तरिक ऋण तिर्न बाँकी रहेको देखिएको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको दोस्रो त्रैमासिक अवधिको सार्वजनिक ऋण प्रतिवेदनअनुसार चालु आवको छ महिनाको अवधिमा रू ५७ अर्ब २४ करोड ऋण थपिएको छ । गत असार… पुरा पढौ

मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं, २८ फागुन । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएकाे छ। देशको पहाडी भू-भागहरूमा आँशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहने बिभागले जनाएको छ । फागुन २८ गते (आइतबार) दिउँसोː  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।  देशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।   रातीː  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।  फागुन २९ गते (सोमबार) दिउँसोː  गण्डकी, कर्णाली र सुदुर-पश्चिम… पुरा पढौ

उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी दर्ता

काठमाडौं, २७ फागुन । उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले आज बिहान ९ बजेदेखि अपराह्न २ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समयसीमा तय गरेको थियो । सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार तोकिएको समयभित्र चार जनाको उम्मेदवारी परेको हो । नेकपा(एमाले)का तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गरेकी छन्। यस्तै १० दलीय सत्तारुढ गठबन्धनकातर्फबाट जनता समाजवादी पार्टी नेपालका दुई जनाले उम्मेदवारी दर्ता गराएका छन्। जसपाको तर्फबाट रामसहायप्रसाद यादव र प्रमिला यादवको उम्मेदवारी परेको छ ।… पुरा पढौ