मुख्य समाचार

चैत दोस्रो साता ‘ग्लोबल मनी विक’ मनाइँदै

काठमाडौं, ३० फागुन। ‘ग्लोबल मनी विक–२०२३’ चैत दोस्रो सातादेखि देशभर साताव्यापीरूपमा मनाइने भएको छ । युवामा वित्तीय शिक्षाको महत्त्वबारे जागरण ल्याउने उद्देश्यले वार्षिकरूपमा विश्वभर मनाइँदै आएको साप्ताहिक अभियान नेपालमा चैत ६ देखि १२ गते (मार्च २०–२६) सम्म मनाइने भएको हो । सन् २०१२ देखि हरेक वर्षको मार्च महिनामा मनाउन सुरु गरिएको यो सप्ताह अर्गनाइजेसन अफ इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट (ओइसिडी) को संयोजनमा विश्वका धेरै मुलुकमा मनाइँदै आएको छ । नेपालमा नेपाल राष्ट्र बैंकको संयोजनमा, बैंक तथा वित्तीय संस्था, सहकारी विभाग… पुरा पढौ

राष्ट्रिय युवा सम्मेलन : दिगो विकाससम्बन्धी दश बुँदे घोषणापत्र जारी

काठमाडौं, ३० फागुन । दिगो विकासमा युवाको अर्थपूर्ण सहभागितामा जोड दिँदै पाँचौँ राष्ट्रिय युवा सम्मेलन सम्पन्न भएको छ । काठमाडौँमा आइतबारदेखि सुरु भएको युवा सम्मेलन दिगो विकाससम्बन्धी १० बुँदे काठमाडौँ घोषणापत्र सार्वजनिक गरी सम्पन्न भएको हो । देशभरका एक सय ५० जनाभन्दा बढी युवा सहभागी रहेको सम्मेलनले राष्ट्रिय युवा नीति, २०७२ तथा युथ भिजन, २०२५ लाई समयसापेक्ष संशोधन गर्नुपर्ने आवश्यकता औँल्याएको छ । युवाको आवश्यकता एवं चाहनाबमोजिम उनीहरूको सहभागिता सुनिश्चित गर्नुपर्ने माग घोषणापत्रमा गरिएको छ । युवा अधिकारका पक्षमा पैरवी… पुरा पढौ

विकास बैंकहरुले बचतको ब्याजदर घटाउने

काठमाडौं, २९ फागुन । नेपालका विकास बैंकहरुले मुद्दती निक्षेप र साधारण बचतकाे ब्याज घटाउने भएका छन् । डेभलपमेन्ट बैंकर्स एसोसियसनको आज बसेको बैठकले मुद्दती निक्षेप र बचतको ब्याजदर घटाउने निर्णय गरेको हो । बैठकमा विकास बैंकहरुले अधिकतम २५ पैसासम्म ब्याज घटाउने निर्णय गरेको बताइएको छ । एक वर्ष र त्योभन्दा माथिको मुद्दती निक्षेपमा १५ पैसा र एक वर्षभन्दा कम अवधिको मुद्दती निक्षेमा २५ पैसा ब्याज घटाइएको छ । यसैगरी बचतमा पनि १५ पैसा ब्याज घटाउने निर्णय भएको छ संघले जनाएको… पुरा पढौ

ठेक्का अलपत्र पार्ने २ दर्जन कम्पनी कालोसूचीमा

काठमाडौं, २९ फागुन । विभिन्न सार्वजनिक निकायअन्तर्गतका ठेक्का अपलत्र पार्ने दुई दर्जन कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । सरकारी कार्यालयका ठेक्का अलपत्र पारेपछि खरिद अनुगमन कार्यालयको आइतबारको निर्णयअनुसार ती कम्पनीलाई कालोसूचीमा राखिएको हो । कालोसूचीमा परेका निर्माण व्यवसायी, आपूर्तिकर्ता कम्पनी र परामर्शदाता कम्पनीले कालोसूची अवधिभर कुनैपनि सरकारी खरिद अनुगमन कार्यमा सहभागी हुन पाउने छैनन् । खरिद अनुगमन कार्यालयकाअनुसार सिराहामा कार्यालय रहेको विकास निर्माण सेवालाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ । यो कम्पनीले सडक डिभिजन कार्यालय लहानअन्तर्गतका… पुरा पढौ

नवनिर्वाचित राष्ट्रपतिलाई निवर्तमान राष्ट्रपतिको बधाई

काठमाडौं, २९ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिएपछि बधाई तथा शुभकामना दिँदै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर : रत्न श्रेष्ठ-रासस पुरा पढौ

ब्याजदर वृद्धिको विरोधमा उद्योगी व्यवसायीद्वारा राष्ट्र बैंक अगाडि प्रदर्शन

काठमाडौं, २९ फागुन । उद्योगी व्यवसायीहरुले आज विभिन्न माग राख्दै बालुवाटारमा रहेको नेपाल राष्ट्र बैंक बाहिर विरोध प्रदर्शन गरेका छन् । आइतबार माइतीघरमा विरोध प्रदर्शन गरेका व्यवसायीहरुले आज राष्ट्र बैंकको केन्द्रीय कार्यालय बाहिर विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनको सूचना पाएसँगै बैंकको मुख्य गेट तथा बैंक परिसर भित्र सशष्त्र प्रहरी तैनाथ गरिएका थिए । बैंकको ब्याजदर बढी भएकोले व्यवसाय गरेर खान नसक्ने अवस्थामा पुगेको भन्दै गरीखान सक्ने वातावारण बनाइदिन र बैंक तथा वित्तीय समस्या समाधान गरिदिन माग राख्दै उद्योगी… पुरा पढौ

मौरीपालन : खाद्य सुरक्षा र आम्दानीकाे राम्रो स्राेत

बेलबारी, २९ फागुन । मौरीले परागसेचन गरेर उत्पादन वृद्धि गराउने र फूलको रसबाट मह बनाउने काम एकै पटक गरिरहेको हुन्छ । मौरीविना उचित परागसेचन नहुँदा खाद्य वस्तुको उत्पादनमा ह्रास आउँछ । विश्वमा खाद्य उत्पादन वृद्धि गर्न र खाद्य सुरक्षाको सुनिश्चित गर्न मौरीले पनि अहम भूमिका खेल्ने गर्दछ । राम्रो बजार र लोभलाग्दो गुण भएकै कारण मौरीपालन कृषकको रोजाइमा पर्दछन् । मोरङको लेटाङ नगरपालीका भित्रबाट मात्रै व्यावसायिक किसानले उत्पादन गरेको महऔषतमा वार्षिक आठ सय क्वीन्टलभन्दा बढी पालिका बाहिर निर्यात हुने गरेको… पुरा पढौ

अमेरिकाकाे २ बैंक बन्द, राष्ट्रपति बाइडेनले सम्बाेधन गर्ने

काठमाडौं, २९ फागुन । यतिबेला अमेरिकी बैंकिङ्ग क्षेत्रमा वित्तीय संकट खडा भएकाे छ । त्यहाँ ३ दिनमा २ बैंक बन्द भएका छन्। सिलिकन भ्याली बैंक र न्यूयोर्कको सिग्नेचर बैंक बन्द भएका हुन् । पहिला सिलिकन भ्याली बैंक र पछि न्यूयोर्कको सिग्नेचर बैंक बन्द गरिएकाे अमेरिकी नियामकले जनाएकाे छ। अर्थ क्षेत्रका विज्ञहरुले याे घटना अमेरिकी इतिहासको तेस्रो ठूलो बैंकिङ्ग असफलता भएकाे टिप्पणी गरेका छन् । जहाँ ३ दिनमा २ बैंक बन्द हुनु सानाे घटना मान्न सकिदैंन । न्यूयोर्क स्टेट डिपार्टमेन्टको फाइनान्शियल… पुरा पढौ

सरकारमा जाने तयारी छैन: रास्वपा सभापति लामिछाने

चितवन, २९ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताएका छन् । आज पत्रकारसँग कुराकानी गर्दै उनले अहिलेको परिस्थितिको मूल्याङ्कन गर्ने काम भइरहेको बताए । उनले भने, “सरकारमा जाने तयारी भन्ने होइन । परिस्थितिलाई मूल्याङ्कन गर्नुपर्ने हुन्छ ।” उनले सत्ता समीकरण परिवर्तन भएपछि सरकारमा जानु परेमा कारण स्पष्ट पारेर मात्रै सहभागी हुने बताए । उनले थपे, “अहिले सरकारमा जाने नजाने भन्ने विषयमा पार्टीभित्र छलफल भएको छैन । ”  रास्वपा छुट्टै परिचय बोकेर… पुरा पढौ

सुन र चाँदी दुवैको भाउ बढ्यो, तोलाको कति ?

काठमाडौं, २९ फागुन । साताको सुनचाँदीको कारोबार हुने दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । आज छापावाल सुनमा ६ सय रुपैयाँ तथा चाँदीमा १० रुपैयाँले वृद्धि भएको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनमा ६ सय रुपैयाँले बढेर तोलाको १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाल सुन तोलाको रुपैयाँ १ लाख ३ हजार ५ सयमा कारोबार भएको थियो । यसैगरी तेजाबी सुनमा पनि ६ सय रुपैयाँले… पुरा पढौ