मुख्य समाचार

कृषि विकास बैंक र स्वरोजगार लघुवित्तकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, २९ फागुन । कृषि विकास बैंक र स्वरोजगार लघुवित्तकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनबका लागि दुबैले मंगलबार फागुन ३० गते बुकक्लोज गर्ने जनाएका छन्। सेयरधनीहरुले आजसम्म नेप्सेमा सेयरकाे कारोबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरुले दुबै कम्पनीहरुको साधारण सभामा भाग लिन र लाभांश प्राप्तिका याेग्य मानिनेछन्। कृषि विकास बैंक कृषि विकास बैंकले यही चैत १४ गते बोडे, भक्तपुरमा रहेकाे केन्द्रिय कार्यालयको तालिम प्रतिष्ठानमा पूर्वान्ह ११ बजे… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं, २९ फागुन । नेपाल राष्ट्र बैंकले सोमबार आजका लागि विदेशी मुद्रको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली म्द्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै हुन्छ । अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ९७ पैसा बिक्रीदर १३१ रुपैयाँ ५७ पैसा रहेको छ । यूरो १ को खरिददर १३९ रुपैयाँ ४० पैसा र बिक्रीदर १४० रुपैयाँ ०४ पैसा रहेको छ ।… पुरा पढौ

आर्थिकमन्दीको प्रभाव : घटे घरबासमा पाहुना

ढोरपाटन, २९ फागुन । चार वर्ष अगाडिसम्म गलकोट नगरपालिका–२ तोरीखोलाका महिला घाँस दाउरा र चुलोचौकोमै व्यस्त हुन्थे । विसं २०७४ मा स्थानीयले ‘तोरीखोला स्थानीय घरबास’ (होम–स्टे) सञ्चालनमा ल्याए । घरबास सञ्चालनमा ल्याएपछि उनीहरुको दैनिकी बदलिँदै गएको थियो । एक वर्षमै विश्वभर महामारीका रुपमा कोभिड–१९ फैलियो । यसको प्रत्यक्ष असर यहाँका घरबास सञ्चालकलाई पनि परेको थियो । झण्डै दुई वर्ष कोभिडका कारण बन्द भएको घरबास पुनः सञ्चालनमा आयो । गत असोज महिनासम्म तोरीखोला घरबासमा पाहुनाको चाप निकै बढेको थियो । टाढा–टाढाबाट… पुरा पढौ

एक हजार सात सय किलोमिटर अप्टिकल फाइबर जडान

काठमाडौं, २९ फागुन । देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तारको परियोजनाअन्तर्गत हालसम्म एक हजार छ सयभन्दा बढी किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिरकणले २ वर्षभित्रमा महामार्ग विस्तार गरिसक्ने भन्दै सुरु गरेको योजनाअन्तर्गत माघ मसान्तसम्म एक हजार छ सय ७१ किलोमिटर क्षेत्रमा फाइबर विस्तार भएको हो । नेपाल टेलिकमले जिम्मा पाएको कोशी, मधेश र बागमती प्रदेश तथा कर्णाली र सुदूपश्चिम खण्डमा कछुवाको गतिमा फाइबर विस्तारको काम भएको छ । कोशी, मधेश र बागमती गरी… पुरा पढौ

नवनिर्वाचित राष्ट्रपति पौडेलकाे पद-गोपनीयताको शपथ आज

काठमाडौं, २९ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपतिको कार्यालयले उनको शपथका लागि दिउँसो १ बजे शीतल निवासमा विशेष समारोहको आयोजना गर्दैछ । नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउने जनाइएको छ । पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए । संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले… पुरा पढौ

यस्ताे छ आगामी तीन दिनकाे माैसम पूर्वानुमान

काठमाडौं, २९ फागुन । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएकाे छ।   देशको पहाडी भू-भागका केही स्थानहरुमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूको मौसम आँशिक बदली देखि सामान्यतया सफा रहेको छ। फागुन २९ गते (सोमबार) दिउँसोː  देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।   देशका पहाडी भू-भागका थोरै स्थानमा  मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ। रातीː  गण्डकी, कर्णाली र सुदुर-पश्चिम प्रदेशका पहाडी… पुरा पढौ

प्रभु स्मार्ट फण्डमा पर्याे १.५५ गुणा बढीको आवेदन

काठमाडौं, २८ फागुन । प्रभु स्मार्ट फण्डमा मागभन्दा १.५५ गुणा बढीको आवेदन परेको छ । प्रभु बैंक कोष प्रवर्द्धक र प्रभु क्यापिटल कोष व्यवस्थापक तथा डिपोजिटरी रहेको फण्डले निष्कासन गरेको कुल ८ करोड इकाईमध्ये कोष प्रवर्द्धक प्रभु बैंकले १ करोड १२ लाख इकाई र कोष व्यवस्थापक तथा डिपोजिटरी प्रभु क्यापिटलले ८ लाख इकाई सुरक्षित गरी बाँकी रहेको पण्डमा उक्त परिमाणमा आवेदन परेको हो । बाँकी रहेको ६ करोड ८० लाख इकाईका लागि गत फागुन १८ गतेदेखि सर्वसाधारणको लागि आजसम्म आवेदनको… पुरा पढौ

अर्थतन्त्र सुधार सरकारको प्राथमिकतामा छ: प्रधानमन्त्री दाहाल

काठमाडौं, २८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको प्राथमिकता अर्थतन्त्र सुधार भएको बताएका छन् । आज नेपाल निर्माण व्यवसायी महासङ्घको २४औँं साधारणसभामा उनले भने, “मन्त्रिपरिषद्को पहिलो बैठकबाट नै अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न गम्भीर पहल लिने निर्णय गरेको छु । निजी क्षेत्रसँगको सहकार्यमा अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै चुनौतीलाई अवसरमा बदल्न सरकार सङ्कल्पबद्ध छ ।” उनले देशको आर्थिक स्थिति सजिलो अवस्थामा नभए पनि आत्तिइहाल्नु पर्ने अवस्था नभएको बताए । “गत वर्ष वैदेशिक मुद्रा सञ्चिति घट्दो क्रममा थियो”, उनले भने,… पुरा पढौ

पहिलो दिन सेयर बजार राताम्मै, १ अर्ब ६६ करोडको कारोबार

काठमाडौं, २८ फागुन । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजार ओरालोको यात्रामा गएको छ । नेप्सेमा भईरहेको गिरावटको अवश्थाले लगानीकर्ताको उत्साह घटाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २६.८० अंकले घटेर १९७५.८९ विन्दुमा झरेको छ । नेप्सेमा १.३४ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ५.६० अंकले घटेर ३७३.९० विन्दुमा रहेको छ । यसदिन कुल २६० कम्पनीको सेयर कारोबार भएको छ । उनीहरुको ४७ लाख ७२ हजार १४० कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ६६ करोड ६९… पुरा पढौ

विदेशी मुद्रा सञ्चिति लगातार बढ्यो, माघ महिनामा थपियो २० करोड डलर

काठमाडौं, २८ फागुन । लगातार ५ महिनामा मुलुकको विदेशी मुद्रा सञ्चितिमा वृद्धि भएको छ । विदेशी मुद्रा सञ्चिति घटेको भन्दै सरकारले झण्डै १० महिना आयात प्रतिबन्ध गरेको थियो । उक्त प्रतिबन्ध गत पुसदेखि खुलाए पनि डलर सञ्चिति बढ्ने क्रमले भने निरन्तरता पाएको हो । चालु आर्थिक वर्ष सुरु भए यता लगातार डलर सञ्चितिमा लगातार ओरालो यात्रा शुरु भएकोमा गत असोजदेखि भने यो यात्रा उकालिन थालेको थियो । सोही उकालिने प्रवृत्तिले गत असोजदेखि चालु आर्थिक वर्षको सात महिना अर्थात् माघ मसान्तसम्म… पुरा पढौ