मुख्य समाचार

विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित

काठमाडौं, १७ असार। फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम १६ मा पुगेको छ । अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी रङ्गशालाा भएको खेलमा फ्रान्सले स्विडेनलाई ३–० गोलअन्तरले पराजित ग¥यो । फ्रान्सको जितमा खेलको ४५औँ र ७४औँ मिनेटमा किलियन एम्बाप्पेले गोल गरे भने खेलको ५३औँ मिनेटमा ब्राडली बारकोलाले गोल गरे । अब अन्तिम १६ मा फ्रान्सले पाराग्वेको सामना गर्नेछ । अन्तिम–३२ को खेलअन्तर्गत गए राति भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । साथै आज… पुरा पढौ

आत्मविश्वास बढाउन राष्ट्र बैंकले प्रोत्साहन प्याकेज ल्याउदै

काठमाडौं, १६ असार । नेपाल राष्ट्र बैंकले बजारमा व्याप्त आर्थिक शिथिलता चिर्न र लगानीकर्ता तथा उपभोक्ताको खस्किएको मनोबल उकास्न आगामी आर्थिक वर्षको मौद्रिक नीति आउनुअगावै विशेष 'प्रोत्साहन प्याकेज' ल्याउने तयारी गरेको छ। आर्थिक पत्रकार समाज नेपाल (सेजन) द्वारा राजधानीमा आयोजित 'मौद्रिक नीति पूर्वको विशेष छलफल' कार्यक्रममा बोल्दै राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता गुरुप्रसाद पौडेलले उक्त जानकारी दिएका हुन्। सरकारको नयाँ बजेटले केही आशा जगाए पनि बजारमा अझै अनिश्चितता कायम रहेकाले तत्काल विशेष कदम चाल्नुपर्ने आवश्यकता उनले औंल्याए। १०.९ प्रतिशत… पुरा पढौ

बजेट खर्चको कछुवा गति: असार १५ सम्म ३५% पुँजीगत खर्च

काठमाडौं, १६ असार। चालु आर्थिक वर्ष सकिन अब १७ दिन मात्रै बाँकी रहँदा सरकारको पुँजीगत (विकास) खर्चको अवस्था निकै निराशाजनक देखिएको छ। महालेखा नियन्त्रक कार्यालयको पछिल्लो तथ्याङ्कअनुसार असार १५ गतेसम्म कुल पुँजीगत बजेटको थोरै हिस्सा अर्थात् ३५.१२ प्रतिशत मात्रै खर्च हुन सकेको छ। सरकारले चालु आर्थिक वर्षका लागि पुँजीगततर्फ कुल ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। तर, वर्षको अन्तिम महिनाको आधाआधी बितिसक्दा समेत १ खर्ब ४३ अर्ब २३ करोड ४ लाख रुपैयाँ मात्रै… पुरा पढौ

नेप्से २४.६३ अंकले घट्याे, ३ अर्ब २५ करोडकाे कारोबार

काठमाडौं, १६ असार। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य गिरावट आएको छ। लगानीकर्तामा बिक्री चाप बढेसँगै नेप्से २४.६३ अंकले घटेर २६०८.३३ विन्दुमा झरेको हो। यससँगै ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स ३.०४ अंकले घटेको छ। फ्लोट इण्डेक्स १.५२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१० अंकले पनि गिरावट जनाएको छ। यद्यपि बजार परिसूचक घटे पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा सुधार देखिएको छ। सोमबार २ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार ३… पुरा पढौ

मर्जर र आईपीओको लहर-सोपानको सर्वाधिक कारोबार

काठमाडौं, १६ असार। नेपालको पुँजी बजारमा जलविद्युत र वित्तीय क्षेत्रको बाहुल्यता रहँदै आएको पृष्ठभूमिमा पछिल्लो समय उत्पादन तथा प्रशोधन समूह अन्तर्गत औषधि उत्पादन क्षेत्रको व्यावसायिक चहलपहल तीव्र बनेको छ। जनस्वास्थ्यसँग जोडिएको यो क्षेत्रलाई पुँजी बजारमा भित्र्याउने नीतिगत प्रयास भइरहँदा दोस्रो बजारमा नयाँ व्यावसायिक एकता, मर्जर र विस्तारका ठूला संकेतहरू देखा परेका छन्। हाल नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुईवटा मात्र औषधि उत्पादक कम्पनी सूचीकृत भएपनि यस क्षेत्रमा नयाँ मर्जर, प्राथमिक शेयर निष्कासन (IPO) र प्रि–आईपीओ शेयर निष्कासनको नयाँ लहर सुरु… पुरा पढौ

सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं, १६ असार । परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिले मुलुकको आर्थिक रूपान्तरणमा प्रत्यक्ष योगदान पुर्याउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले वतर्मान सरकारले प्रभावकारी तथा परिणाममुखी विकास कूटनीतिमा विशेष जोड दिएको समेत बताउनुभयो । “विदेशस्थित हाम्रा नियोगहरू आर्थिक कूटनीति, व्यापार प्रवर्द्धन, लगानी, पर्यटन, प्रविधि साझेदारी तथा बजार पहुँचतर्फ क्रमशः उन्मुख भइरहेका छन्”, मन्त्री खनालले भन्नुभयो, “अन्ततः परराष्ट्र नीतिले जनताको कल्याण, आकाङ्क्षा तथा समृद्धिको सेवा गर्नुपर्छ ।” मन्त्रालयद्वारा सोमबार आयोजना गरिएकोे ‘प्रा यदुनाथ खनाल व्याख्यान शृङ्खलाको पाँचौँ संस्करण’ मा उहाँले विश्वमा प्रमुख शक्तिहरूबीचको… पुरा पढौ

एक हजार ५९२ सवारीसाधन कारबाही, २० लाख २४ हजार राजस्व सङ्कलन

काठमाडौं, १६ असार । ट्राफिक प्रहरीले पछिल्लोे २४ घण्टामा सडक अनुशासन पालना नगर्ने एक हजार ५९२ सवारीसाधनलाई कारबाही गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले ती सवारीसाधन कारबाही गर्दा रु २० लाख २४ हजार ५६१ राजस्व सङ्कलन गरेको छ । कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले विगत २४ घण्टामा मादक पदार्थ सेवन गरी सवारी चलाउने ७३ जना, राइड सेयरिङ गर्ने ८७ जना, रातो बत्ती पालना नगर्ने ७४ जना, तीव्र गतिमा चलाउने ७८ जना, लेन अनुशासन पालना नगर्ने ४७ जनालाई कारबाही… पुरा पढौ

६ लघुवित्तमाथि राष्ट्र बैंकको कारवाही, ५ वटा ‘शिघ्र सुधारात्मक कारवाही’मा

काठमाडौं, १६ असार। नियामकिय व्यवस्था उल्लंघन गरेको भन्दै नेपाल राष्ट्र बैंकले ६ वटा लघुवित्त वित्तीय संस्थाहरूलाई कारवाही गरेको छ। राष्ट्र बैंकको कारवाहीमा परेका ६ लघुवित्त मध्ये ५ वटा संस्थामाथि ‘शिघ्र सुधारात्मक कारवाही’ (Prompt Corrective Action - PCA) प्रक्रिया अघि बढाइएको छ भने केही संस्थालाई अन्य भिन्न कसुरमा सचेत गराइएको छ। पुँजीकोष घट्दा ५ लघुवित्तमाथि ‘शीघ्र सुधारात्मक कारवाही’ तोकिएको मापदण्ड अनुसार पुँजीकोष अनुपात (Capital Adequacy Ratio) कायम गर्न नसकेका कारण ५ वटा लघुवित्तहरू ‘बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी… पुरा पढौ

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

मुस्ताङ, १६ असार। यहाँको घरपझोङ गाउँपालिका-४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको ढुङ्गामा कुँदिएको विश्वकै ठूलो २२ फिट उचाइको शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै गएको छ । गत वैशाखअघि कालिगण्डकी नदीको छेउमा रहेको विशाल ढुङ्गालाई नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका मूर्तिकारहरूले शालिग्राम शीलाको आकार दिएर मूर्ति निर्माण गरेपछि उक्त स्थान धार्मिक पर्यटकका लागि आकर्षक केन्द्र बन्दै गएको हो । घरपझोङ गाउँपालिकाको आयोजना र एकीकृत सेवा कार्यालय मुस्ताङको सहलगानीमा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानसँगको समन्वयमा गत वैशाख ७ देखि २१ गतेसम्म जोमसोममा १५ दिने… पुरा पढौ

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

नारायणगढ (चितवन), १६ असार। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आउनुभएका चितवनको रत्ननगर नगरपालिका–१२ जिरौनाका कृषक ठाकुर सापकोटाले केराको विविधिकरण गर्दै यसबाट मदिराजन्य पेय पदार्थ उत्पादन ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन गर्न सफल हुनुभएको छ । उहाँले यसको सफल परीक्षण गर्नुभएको छ । उत्पादनमुखी कृषि प्रणालीलाई उद्योगसँग जोड्ने उद्देश्यले विगत एक वर्षदेखि उहाँले केराका बाइ–प्रोडक्ट उत्पादनका लागि अध्ययन तथा प्रयोगात्मक अनुसन्धान सुरु गर्नुभएको हो । एक एण्ड बी केरा फार्ममार्फत करिब १२ बिघा क्षेत्रफलमा व्यावसायिक रूपमा केराखेती गर्दै आउनुभएका उहाँले हावाहुरी,… पुरा पढौ