मुख्य समाचार

१९.५ मिलियन अमेरिकी डलर रहेकाे ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रम शुरु

काठमाडौं, २४ माघ । नेपाल सरकार, संयुक्त राष्ट्र सङ्घ र युरोपेली सङ्घको संयुक्त साझेदारीमा नेपालमा लैङ्गिक समानता , महिला र युवतीको सशक्तिकरणलाई अगाडि बढाउन कार्यक्रम शुभारम्भ गरिएको छ । ‘सशक्त महिला, समृद्ध नेपाल’ नाम दिइएको चारवर्षे संयुक्त राष्ट्रिय कार्यक्रम आज ललितपुरको पाटनमा आयोजित विशेष समारोहमा शुभारम्भ गरिएको हो । उक्त कार्यक्रम महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, युरोपियन युनियनको अन्तर्राष्ट्रिय साझेदारीका निर्देशक पेटेरिस उस्टुब्स र युनिसेफ नेपालका प्रतिनिधि एल्के विस्चले संयुक्त रुपमा शुभारम्भ गरे। सङ्घ, प्रदेश र स्थानीय सरकारसँगको… पुरा पढौ

सेयर बजारमा छायो हरियाली, ३ अर्ब बढीको कारोबार

काठमाडौं, २४ माघ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा सर्वत्र हरियाली छाएको छ । सेयर बजारमा भएको भारि मात्राको बढोत्तरीले लगानीकर्ताहरुमा उत्साह छाएको छ । नेपाल राष्ट्र बैंकको वित्तीय रीपार्टको कारण सेयर बजारमा उछालको अवश्था आएको छ भने कारोबार रकम ३ अर्ब माथि पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७६.६४ अंकले बढेर २१७७.३४ विन्दुमा उक्लिएको छ । नेप्सेमा ३.६५ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १२.८५ अंकले बढेर ४१५.०१ विन्दुमा पुगेको छ ।… पुरा पढौ

सरकारी बिदामा पुनर्विचार आवश्यक : प्रधानमन्त्री दाहाल

काठमाडौं, २४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्री दाहालले भने, “हाम्रा सरकारी बिदाहरू धेरै भए । यसले जनताका काम गर्ने समय कम भएको छ, सेवा प्रवाहमा समस्या देखिएको छ । यसबारे पुनर्विचार आवश्यक छ भनेर हामीले मन्त्रिपरिषद्मा पनि छलफल गरेका छौँ । गृहकार्य गरेर यसमा… पुरा पढौ

६ महिनामा ६ अर्बको बीमा ‘पोलिसी सरेन्डर’

काठमाडौं, २४ माघ । पछिल्लो समय बीमालेख त्याग गर्नेको सङ्ख्या बढ्दै गइरहेको छ । चालु आर्थिक वर्षको शुरुवाती ६ महिनासम्ममा विभिन्न जीवन बीमा कम्पनीका बीमितहरुले ६ अर्ब रुपैयाँभन्दा बढीको बीमालेख त्याग अर्थात् पोलिसी सरेन्डर गरेका छन् । बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १९ वटा जीवन बीमा कम्पनीका बीमितहरुले ६ अर्ब ८ करोड ४७ लाख रुपैयाँ बराबरको ३७ हजार ७१४ वटा बीमालेख सरेन्डर गरेका हुन् । मासिक हिसाबले हेर्दा चालु आर्थिक वर्षको पहिलो महिना… पुरा पढौ

फागुनमा कोरोनाविरुद्धको १५ लाख खोप नेपाल आउँदै

२४ माघ, काठमाडौं । सरकारले फागुनमा कोरोनाविरुद्धको १५ लाख खोप ल्याउने भएको छ । कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन) नियन्त्रणमा समेत काम गर्ने भनिएको फाइजरको नयाँ (बाइभ्यालेन्ट) खोप फागुनको पहिलो साता नेपाल आउने बताइएको छ । स्वास्थ्य सेवा विभागका अनुसार सराकारले कोभ्याक्सको काम गरिरहेको गाभीमार्फत १५ लाख डोज फाइजरको नयाँ खोप ल्याउन लागेको हो । उक्त खोप फागुन १ गतेदेखि ४ गतेसम्म आउने कार्यतालिका रहेको बताइएङ्छको छ । शुरुमा १५ लाख ल्याएर पछि आवश्यकताको आधारमा थप १५ लाख ल्याइने विभागले जनाएको… पुरा पढौ

सूचना प्रविधिको आन्तरिक उत्पादन प्रवर्द्धन भएन: मन्त्री शर्मा

काठमाडौं, २४ माघ । सूचना प्रविधिको क्षेत्रमा नेपाल प्रतिस्पर्धी बन्दै गएको भए पनि आन्तरिक उत्पादन र सेवाको प्रवर्द्धन हुन नसक्दा यो क्षेत्र फस्टाउन नसकेको जानकारहरुले बताएका छन् । आजदेखि सुरु भएको ‘इन्फो डेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यो सूचना प्रविधिको युग रहेको बताउँदै राष्ट्रियतासँग पनि जोडिएको बताइन् । अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने यो क्षेत्रलाई राज्यले संरक्षण र प्रवर्द्धन गर्न नसकेको उनको भनाइ छ । “आर्थिक समृद्धिका लागि सूचना प्रविधिको योगदान महत्वपूर्ण… पुरा पढौ

शैक्षिक प्रमाणपत्र लगायत दस्तावेज बुझाउन बीमा अभिकर्ताहरुलाई प्राधिकरणको निर्देशन

काठमाडौं, २४ माघ । बीमा प्राधिकरणले बीमा अभिकर्ताको शैक्षिक लगायत अन्य आवश्यक कागजात बुझाउन निर्देशन दिएको छ । एसएलसी वा सोभन्दा माथिको लब्धांक पत्र र चारित्रिक प्रमाण पत्र, नेपाली नागरिताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो र स्थायी लेखा नम्बर (प्यान) कार्ड बुझाउन निर्देशन दिइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार उक्त कागजपत्रहरु तत्काल बीमकको कार्यालयमा नबुझाए बीमा अभिकताको इजाजतपत्र नवीकरण हुने छैन । बीमा ऐन २०७९ को दफा ११-७ बमोजिम बीमा अभिकर्ताहरुको इजाजतपत्र दिँदा समान किसिमको एउटा मात्र बीमकको बीमा अभिकर्ताको… पुरा पढौ

पर्यटन प्रवर्द्धनका लागि ‘टुर दि ठाकुरद्वारा’ अभियान

बर्दिया, २४ माघ । पर्यटन व्यवसायलाई साइक्लिङमार्फत प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगञ्जबाट बर्दियाको ठाकुरद्वारासम्म साइकलयात्रा गरिने भएको छ । नेपालगञ्ज साइक्लिङ क्लबले आयोजना गर्ने यस अभियानमा करिब ३ सय साइकलयात्री बर्दिया राष्ट्रिय निकुञ्जमा अवस्थित ठाकुरद्वारा पुग्ने क्लबका अध्यक्ष सतिश निरौलाले जानकारी दिए । उनका अनुसार यही माघ २६, २७ र २८ गते हुने नेपालगञ्ज साइकल महोत्सवअन्तर्गत ‘टुर दि ठाकुरद्वारा’ र ‘नेपालगञ्ज किड्स रेस’को पनि आयोजना गरिएको छ । “यही माघ २६ गते बागेश्वरी मन्दिरबाट सुरु हुने हाम्रो यात्रा त्रिभुवनचोक, गणेशमानचोक, खजुरामा… पुरा पढौ

सनराइज फोकस्ड इक्विटीमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २४ माघ । सनराइज फोकस्ड इक्विटी फण्डको इकाईका लागि आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । सनलाइन क्यापिटलले माघ १० गतेदेखि साे सनराइज फोकस्ड इक्विटी फण्डको इकाई बिक्रीमा ल्याएकाे थियाे । क्यापिटलले १२ करोड इकाई बिक्रीमा ल्याएकाे हाे । त्यसबाट १ करोड ८० लाख इकाई कोष प्रबर्धक रहेकाे सनराइज बैंकका लागि सुरक्षित गरिएकाे छ । कम्पनीले १० करोड २० लाख इकाई सार्वजनिक निष्काशन गरेकाे हो। इकाईका लागि लगानी गर्न चाहने लगानीकर्ताले घटीमा १०० इकाई र बढीमा १… पुरा पढौ

अन्तत: त्रिविले सार्यो स्नातक तह चौथो वर्षको परीक्षा तालिका

काठमाडौं, २४ माघ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले २०७९ सालको स्नातक तह चौथो वर्षको परीक्षा तालिका परिवर्तन गरेको छ । यसअघि स्ववियु निर्वाचनलाई परीक्षा सकाउने हिसाबले तयारगरेको तालिकामा विद्यार्थीहरु तथा विद्यार्थी संगठनहरुले सामाजिक सञ्जाल र परीक्षा नियन्त्रण कार्यलयमै गएर व्यापक विरोध गरेपछि परीक्षा नियन्त्रण तालिका सार्न बाध्य भएको हो । नयाँ तालिका अनुसार शिक्षा शास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका नियमित तथा आंशिक परीक्षाहरु २०७९ चैत १२ गतेदेखि सुरु हुनेछन् । चैत ५ गते स्ववियु… पुरा पढौ