मुख्य समाचार

सम्पन्न भयो सुपरदोर्दी ‘ख’ आयोजनाको निर्माण

लमजुङ, २५ माघ । पिपुल हाइड्रोपावर कम्पनीद्वारा दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण गरेको सुपरदोर्दी ‘ख’ आयोजनाको निर्माण सम्पन्न भएको छ । कुल ५४ मेगावाट क्षेमताको यस आयोजनाको सबै काम केही दिनअघि सम्पन्न गरेर यतिबेला डिसेन्टरमा पानी जम्मा गर्ने कार्य भइरहेको आयोजनाका साइट इन्चार्ज रमेश सिग्देलले बताए । निर्माण सम्पन्न भएपछि आयोजनाको इन्टेक र डिसेन्टरमा पानी राखेर परीक्षण भइरहेको छ । परीक्षण यही माघ २७ गतेसम्म गरिने र २८ गतेदेखि आयोजनाको मुख्य सुरुङमा पानी हालेर परीक्षण गरिनेछ । मुख्य सुरुङको २०-२२ दिन… पुरा पढौ

लाइसेन्स छाप्ने ‘मास प्रिन्टर’का लागि पुन: टेन्डर गर्दै विभाग

काठमाडौं, २५ माघ । यातायात व्यवस्था विभागले लाइसेन्स छाप्ने मास प्रिन्टर खरिदका लागि पुन: टेन्डर आह्वान गर्ने भएको छ । नेपाली आपूर्तिकर्ताहरूले मास प्रिन्टर खरिदमा चासो नदेखाएपछि पुन: टेन्डर गरिन लागेको हो । विभागका अनुसार यसअघि खुलाइएको टेन्डरमा कुनै आवेदन परेको थिएन । यातायात विभागका महानिर्देशक टोकराज पाण्डेका अनुसारर मास प्रिन्टर ल्याउन नेपाली आपूर्तिकर्ताले मात्र आवेदन दिन पाउने गरी टेन्डर आह्वान गरिएकोमा कुनै आवेदन नआएको हो । यसै हिसाबले पुन: टेन्डर आह्वान गरिने उनको भनाइ छ । अहिले दैनिक ६… पुरा पढौ

प्रि-ओपन सेसनमा ४ अंकले बढ्यो नेप्से

काठमाडौं, २५ माघ । आज बुधबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक ४ अंकभन्दा बढीले उकालिएको छ । अघिल्लो कारोबार दिन अर्थात हिजो मंगलबार नेप्से ७६.६४ अंक बढेर २१७७.३४ विन्दुमा बन्द भएको थियो । आजको यो सेसनमा भने नेप्से परिसूचक ४.२७ अंक बढेर २१८१.६२ विन्दुमा पुगेको छ । यो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ०.२३ अंकले बढेको छ । आजको प्रि-ओपन सेसनमा ३९ वटा स्टकको ३६ लाख ३१ हजार ५९६ रुपैयाँ ६० पैसा बराबरको १० हजार ६४१ कित्ता सेयर खरिदबिक्री भएको छ ।… पुरा पढौ

खर्च बढेसँगै सपोर्ट लघुवित्त वित्तीय संस्थाकाे नाफा घट्याे

काठमाडौं, २५ माघ । सपोर्ट लघुवित्त वित्तीय संस्थाकाे खुद नाफा गत आर्थिक वर्षको भन्दा घटेको छ। संस्थाकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार लघुवित्तको खुद नाफा गएकाे आर्थिक वर्षकोभन्दा कम भएकाे देखिएकाे छ । लघुवित्तले यस आर्थिक वर्षको पुससम्म २४ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएकाे छ। जुन नाफा गएकाे आर्थिक वर्षको सोही अवधिकोभन्दा ७४.८६ प्रतिशतले घटेकाे हाे । गएकाे वर्ष साही अवधिमा लघुवित्तकाे खुद नाफा ९९ लाख ७ हजार रुपैयाँ रहेकाे थियो। संस्थाकाे खुद… पुरा पढौ

आईपीओ निष्कासन गर्दै मोलुङ्ग हाइड्रोपावर

काठमाडौं, २५ माघ । मोलुङ्ग हाइड्रोपावरले फागुन ४ गतेबाट सेयर (आईपीओ) बिक्रीमा ल्याउने भएकाे छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। यसअघि आयोजनाबाट प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारमा गएकाहरुकाे लागि सेयर निष्काशन गरिएकाे थियाे । कम्पनीले जारी पूँजीको ३४ प्रतिशतले हुने २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता सेयर छुट्याएको थियो। त्यसबाट २ लाख ७२ हजार ८५० कित्ता सेयर वैदेशिक रोजगारमा गएकाहरुकाे लागि रहेकाे छ । १ लाख ३६ हजार… पुरा पढौ

सिँचाई अभावले चैते धान लगाउने किसानको सङ्ख्या घट्दै

दोधारा चाँदनी, २५ माघ । कञ्चनपुरमा पछिल्लो समय चैते धानको खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोनका अनुसार जिल्लामा ५० हेक्टरमा लगाउने लक्ष्य रहे पनि चैते धान लगाउने किसानको सङ्ख्या न्यून छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय कञ्चनपुरका वरिष्ठ कृषि विकास अधिकृत सञ्जु उपाध्याय रिमालले अन्य धानभन्दा चैते धान बढी फल्ने भए पनि किसान यसतर्फ आकर्षित नभएको बताए । कैलाली र कञ्चनपुर सुदूरपश्चिम प्रदेशको अन्न भण्डारका रुपमा रहे पनि पछिल्ला वर्षमा दुवै… पुरा पढौ

राजस्व चुहावट नियन्त्रण गर्नुस् : प्रधानमन्त्री दाहाल

काठमाडौं, २५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व सङ्कलनका क्षेत्रमा देखिएका चुनौती समाधान गर्न र राजस्व चुहावट नियन्त्रणका लागि क्रम भङ्ग गर्न राजस्व प्रशासनका अधिकारीहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित ‘राजस्वको अवस्था र चुहावट नियन्त्रण’सम्बन्धी छलफलमा प्रधानमन्त्री दाहालले भने, “अर्थतन्त्रको समग्र स्थिति हेर्दा अधिकांश सूचक सकारात्मक हुँदै गएका देखिए । गत पुसदेखि अर्थतन्त्रमा क्रमशः सुधार आएको देखियो । तर, यसको अर्थ नेपाली अर्थतन्त्र सङ्कटमुक्त भइसक्यो भन्ने होइन । राजस्व सङ्कलनमा अहिले पनि केही समस्या छन्… पुरा पढौ

स्ववियु निर्देशिका : कार्यतालिका प्रकाशनसँगै विद्यार्थी भर्ना बन्द

काठमाडौं, २५ माघ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनसम्बन्धि निर्देशिका–२०७९ पारित गरेको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका पारित गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए। उनका अनुसार निर्देशिकामा स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशन भएपछि क्याम्पसमा विद्यार्थी भर्ना बन्द गरिने छ । स्ववियु कार्यतालिका निर्वाचन मितिभन्दा एक महिना अगाडि प्रकाशन गरिने त्रिविले जनाएको छ। त्रिविले निर्वाचन कार्यतालिकाको मिति प्रकाशित गरेको दिनसम्म वार्षिक प्रणालीअन्तर्गत स्नातक तह प्रथम वर्षको मात्र भर्ना र अन्यको… पुरा पढौ

लोकतान्त्रिक साझेदारीमा युएसएआइडीद्वारा ६ करोड डलर सहयोगको घोषणा

काठमाडौं, २४ माघ । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) ले नेपालका सरकार र जनतासँगको लोकतान्त्रिक साझेदारीमा बढोत्तरी गरेको छ । दुई दिने नेपाल भ्रमणमा रहेका युएसएआइडीका प्रशासक सामन्था पावरले आज नेपाल सरकार, नागरिक समाज र निजी क्षेत्रका नेतृत्वकर्ताहरूमाझ नेपालको लोकतान्त्रिक उन्नतिलाई अघि बढाउन युएसएआइडीले पाँच करोड ८५ लाख अमेरिकी डलर (साढे सात अर्ब रुपैयाँभन्दा बढी) सम्मको सहयोग प्रदान गर्ने घोषणा गरे। सो रकम स्रोतको उपलब्धतामा निर्भर हुनेछ । उक्त घोषणाको रकममध्ये चार करोड दुई लाख डलर सन् २०२२ मा… पुरा पढौ

आधा पनि सकिएन कालीगण्डकी करिडोरको काम

काठमाडौँ, २४ माघ । आयोजना सम्पन्न गर्ने लक्षित समय २ वर्ष बाँकी हुँदा कालीगण्डकी करिडोर आधाभन्दा कम मात्रै सकिएकोे छ । राष्ट्रिय गौरवको सो सडक आयोजना भौगोलिक विकटता, वन क्षेत्रको प्रक्रियागत झन्झट, बजेट अपर्याप्तता, निर्माण व्यवसायीको ढिलाइलगायतका कारण अपेक्षाकृत प्रगति हुन नसकेको हो । आर्थिक वर्ष २०८१-८२ मा सम्पन्न गर्ने लक्ष्य लिइएकोमा हालको गतिमा काम गर्दा सो अवधि नसकिने देखिएको योजना कार्यालय र आयोजना निर्देशनालयले जनाएका छन् । गैँडाकोटदेखि माथि राम्दीसम्मको खण्डमा वन क्षेत्रका कारण निर्माणाधीन भए पनि अरु खण्डमा… पुरा पढौ