मुख्य समाचार

वन्यजन्तुबाट तरकारी जोगाउन खेतबारीमै बास

दोधारा चाँदनी, २६ माघ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्किने वन्यजन्तुबाट भीमदत्त नगरपालिकाका किसान हैरान छन् । निकुञ्जसित जोडिएका बस्तीका किसानलाई खेतमा लगाएको अन्न र तरकारी खेती जोगाउन सकस भएको छ । निकुञ्जबाट निस्किने चित्तल र बँदेललगायतका वन्यजन्तुले तरकारी खेती खाएर हैरान गरेको किसान बताउँछन् । निकुञ्जबाट बस्ती छिर्ने वन्यजन्तुले किसानको तरकारी खेतीमा नोक्सानी पु¥याउन थालेपछि जोगाउनमै मुस्किल परेको भीमदत्त नगरपालिका–१६ नयाँ बस्तीका नाथुराम रानाले बताए। उनले तरकारी जोगाउन बारीमा जाग्राम बस्न बाध्य भएको बताए। विसं २०६३ देखि तरकारी खेती गर्दै… पुरा पढौ

बागलुङ-बेनी सडक जीर्ण, जताततै खाल्डाखुल्डी

गलकोट, २६ माघ । बागलुङबाट रत्नेचौर हुँदै बेनी पुग्ने सडक जीर्ण अवस्थामा छ । उक्त सडकमा जताततै खाल्डाखुल्डी छन् । सडकमा नालीसमेत बनेको अवस्था छैन । कालोपत्र उप्किएको छ । कतै सडक धुलाम्मे छ । बाङ्गेचौरबाट रत्नेचौरसम्मको ११ किलोमिटर सडक बर्सेनि मर्मत गरिन्छ । तर बाढी र पहिराले कालोपत्र बगाएको छ । रत्नेचौरबाट बेनीसम्मको छ किलोमिटर सडकको कालोपत्र उप्किएर खाल्डाखुल्डी हुँदा यात्रुलाई सास्ती भएको छ । सडक डिभिजन कार्यालयले बर्सेनि मर्मत गर्दैआएको भए पनि सडकको अवस्थामा खासै सुधार आउन सकेको… पुरा पढौ

इयुको सहयोग प्राथमिकतामा नवीकरणीय ऊर्जा र ऊर्जा सुरक्षा

काठमाडौं, २६ माघ । युरोपेली सङ्घ (इयु) ले नेपाललाई प्रदान गर्ने सहयोगका विविध क्षेत्रमध्ये नवीकरणीय ऊर्जा, ऊर्जा सुरक्षा र स्वच्छ ऊर्जामा पहुँचको विषयलाई प्राथमिकतामा राखेको छ । नेपालको एक दिने औपचारिक भ्रमणका क्रममा आइपुग्नुका अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली सङ्घका आयुक्त युटा उर्पिलाइनेनले भेटवार्तामा नवीकरणीय ऊर्जाका साथै पानी र सरसफाइ तथा मानव पूँजी विकासलगायतका क्षेत्र प्राथमिकतामा रहेको सम्बन्धमा छलफल गरे। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सिंहदरबारमा भेटवार्ता गरेकी थिइन। सो अवसरमा नेपाल–इयु सहकार्यका विविध विषयमा छलफल भएको थियो । त्यसैगरी… पुरा पढौ

‘एक नेपाली एक पर्यटक’ रणनीति बनाउन चेम्बरको आग्रह

काठमाडौं, २५ माघ । नेपाल चेम्बर अफ कमर्सले ‘एक नेपाली एक पर्यटक’ भित्र्याउने गरी योजना ल्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती समक्ष आग्रह गरेको छ । मन्त्री किराँतीसँग सिंहदरबारमा बुधबार भएको भेटमा चेम्बरले ‘एक नेपाली एक पर्यटक’ रणनीतिक योजना बनाएर लाखौं पर्यटक भित्र्याउन सकिने सुझाव दिएको हो । मन्त्री किराँतीलाई चेम्बरले बिभिन्न १८ बुँदे सुझाव समेत दिएको छ । सुझाव पत्र पेश गर्दै अध्यक्ष राजेन्द्र मल्लले भने, ‘विदेशमा रहेका नेपाली राजदूतावास, गैरआवासीय नेपालीलाई परिचालन गरेर लाखौं पर्यटक… पुरा पढौ

मायाखोला हाइड्रोको आइपीओ भाेलि बाँडफाँड गरिने

काठमाडौं, २५ माघ । माया खोला हाइड्रोपावरको आइपीओ भाेलि बिहीबार बाँडफाँड गरिने भएकाे छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार बिहीबार बिहान ९.३० बजे आफ्नै कार्यालय कमलादी, काठमाडौंमा बाँडफाँटको तयारी गरिएको छ । यता, माया खोला हाइड्रोपावरको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा ७.९६ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।  यसमा १३ लाख ९७ हजार ७२३ जनाले कुल १ करोड ५८ लाख ६३ हजार ८१० कित्ताको लागि आवेदन दिएका छन् । जसमा… पुरा पढौ

नारायणगढ–बुटवल सडकको काम ४ वर्षमा २५ प्रतिशत मात्र

नवलपुर, २५ माघ । पूर्वपश्चिम राजमार्गअन्तर्गत विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडक खण्डको काम ४ वर्ष पूरा हुँदा २५ प्रतिशत मात्रै सकिएको छ । विसं २०७५ माघ २४ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडसँग ठेक्का सम्झौता भएर सुरु सडक विस्तारको प्रगति ४ वर्षमा २५ प्रतिशत मात्रै सकिएको आयोजनाले जनाएको छ । नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वीखण्ड प्रमुख इन्जिनियर रमेशकुमार दिष्टीका अनुसार गत साउन २२ मा सडक विस्तारको काम सक्नुपर्नेमा विभिन्न कारण देखाउँदै निर्माण कम्पनीले ३ सय ८६ दिन म्याद थप… पुरा पढौ

सेयर बजारमा सामान्य गिरावट, ३ अर्ब ६९ करोडको कारोबार

काठमाडौं, २५ माघ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ ।अघिल्लो दिन मंगलबार सेयर बजारमा भारि अंकको बृद्धि भएको थियो । दुईवटा उपसमूहरुम मात्रै हरियो लागेको छ भने बाँकी ११ वटामा रातो लागेको छ । तर कारोबार रकममा भने उल्लेख्य प्रगति भएको छ । मंगलबारको उछाललाई देखेर सेयर बिक्रीकाे लहर बढ्दाखेरि सेयर बजारमा यस्ता घटनाहरु भईरहने जानकारहरु बताउँछन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७.१३ अंकले घटेर २१७०.२१ विन्दुमा झरेको… पुरा पढौ

उद्योगमन्त्री भण्डारीद्वारा वस्तु निर्यातमा सघाउन दक्षिण कोरियाली राजदूत सुकसँग आग्रह

काठमाडौं, २५ माघ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले भेटवार्ता ग/गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच नेपाल र कोरिया सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । दुबैबीच नेपाली वस्तु निर्यातमा सघाउने बारेमा कुराकानी भएकाे छ । सन् १९७४ मा नेपाल–कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । कोरिया सरकारले कोइकामार्फत नेपालको शिक्षा, स्वास्थ्य, ग्रामीण विकास र सूचना प्रविधिका क्षेत्रमा सहयोग गरिरहेको छ । भेटका क्रममा मन्त्री… पुरा पढौ

यी हुन् राष्ट्र बैंकले कारबाही गरेका ९ वाणिज्य बैंक

काठमाडौं, २५ माघ । राष्ट्र बैंकले नियम नमान्ने ९ वाणिज्य बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नियम नमानेको र नियम विपरीत काम गरेको भन्दै ९ वटा वाणिज्य बैंकलाई कारबाही गरेको हो । नेपाल राष्ट्र बैंक कारबाही गरेका बैंकका कसुरमा सम्पत्ति शुद्धीकरण सम्बन्धी निर्देशन नमानेको, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलाई नियम विपरीत सेवा सुविधा दिएको, नियम विपरीत प्रिमियम बढाएको, पुँजी पर्याप्तता ढाँचा अनुसारको विवरण नबुझाएकोलगायतका रहेका जनाएको छ । यसमध्ये प्रभु बैंक, कुमारी बैंक, साविकको… पुरा पढौ

नेपाललाई थप मानवीय सहायता उपलब्ध गराउँछु : चापागाईं

काठमाडौं, २५ माघ । रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)का महासचिव जगन्नाथ चापागाईंले मानवीय सेवाका क्षेत्रमा नेपाललाई थप सहायता उपलब्ध गराउने जानकारी दिएका छन्। उनले भने, “म आइएफआरसीको एक सय ९२ देशको साझा महासचिव एवं कार्यकारी व्यवस्थापक हुँ, नेपाल सरकारले थप सहयोग चाहेमा नेपालका लागि थप मानवीय सहयोग उपलब्ध गराउन म तयार छु ।” चारदिने भ्रमण पूरा गरी आज आइएफआरसीको मुख्यालय स्विट्जरल्यान्डको जेनेभामा प्रस्थान गर्नुपूर्व महासचिव चापागाईंले सुरक्षित र उत्थानशील समुदाय निर्माण गर्न नेपाल सरकारको सहयोगीका रुपमा नेपाल रेडक्रस… पुरा पढौ