मुख्य समाचार

पोखराका व्यस्त सडकमा माघ २३ गतेदेखि ‘पार्किङ ’ गर्न निषेध

पाेखरा, १७ माघ । पोखराका मुख्य बजारका सडक छेउमा सवारी पार्किङ निषेध गरिने भएको छ । पोखरा महानगरपालिकाले एक सूचना जारी गर्दै बजारका मुख्य स्थानमा पार्किङ निषेध गर्ने निर्णय गरेको सूचना सार्वजनिक गरेको हो । महानगरपालिकाले मुख्य सहरी क्षेत्रको पृथ्वीचोक–सभागृहचोक, न्यूरोड, विपीचोक, चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक सडकखण्डमा यही माघ २३ गते सोमबारदेखि पूर्णरूपमा पार्किङ निषेध गर्ने निर्णय गरेको हो । “मुख्य सहरी क्षेत्रको सडकमा सवारीको चाप वृद्धि भई आवागमनमा समेत प्रत्यक्ष असर हुनुका साथै सहरी सौन्दर्यीकरणमा पनि असर पर्न गएको हुँदा… पुरा पढौ

विमानस्थल सञ्चालनमा पुगेन निजी क्षेत्रको पहल

भैरहवा, १७ माघ । जेठ २ गतेदेखि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अहिले सुनसान छ । अन्तर्राष्ट्रिय उडान ठप्प छ भने राष्ट्रिय उडान पनि न्यून हुँदा विमानस्थलमा चहलपहल न्यून भएको छ । आन्तरिक टर्मिनलतर्फ केही चहलपहल देखिए पनि अन्तर्राष्ट्रिय टर्मिनलतर्फ कर्मचारीदेखि सुरक्षा निकायका कर्मचारी फुर्सदिला देखिएका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडानको स्वीकृति लिएको जजीरा एयरलाइन्सले अहिले काठमाडौँबाट नै आफ्नो उडान गरिरहेको छ । भैरहवाबाट उड्न टिकट काटेका यात्रुलाई जजीराले बसमार्फत काठमाडौँ बोलाएर उतैबाट उडान गरिरहेको छ । विमानस्थल… पुरा पढौ

‘सकारात्मक कुरामा ध्यान दिऔँ’

पाटन, १७ माघ । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य प्रा डा सूर्यप्रसाद ढुङ्गेलले निराश (डिप्रेसन) भयो भनेर लज्जित नहुन आग्रह गरेका छन् । सडक आश्रित मानवमुक्त अभियान नेपालद्वारा ललितपुरमा आयोजित आत्महत्या रोकथामसम्बन्धी सहयोगी पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले निराश पनि एकप्रकारको रोग भएकाले बेलैमा सचेत भई उपचार गर्नुपर्छ भने। “डिप्रेसन भयो भनेर लज्जित हुनुपर्ने कुनै कारण छैन । हरेक मान्छेमा डिप्रेसन हुन्छ । कति प्रतिशत भन्नेमात्रै हो । पाँचा–सात प्रतिशत हुँदा हामीलाई याद नभएको हुन सक्छ । धेरै प्रतिशत हुँदा… पुरा पढौ

प्रभु बैंकका सीइओ शेरचनकाे नियुक्ति विरुद्ध किन पर्याे मुद्दा ?

काठमाडौँ, १६ माघ । प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्ति विरुद्ध उच्च अदालतमा मुद्दा दायर भएकाे छ । ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ (बाफिया) को प्रावधान विपरीत रहेको भन्दै उच्च अदालत पाटनमा मुद्दा दायर भएको हाे । अधिवक्ता अनिता थापा केसीले याे मुद्दा दायर गरेकी हुन । नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएस एन्ड क्लियरिङ लिमिटेड र प्रभु बैंकका सञ्चालकहरु समेतलाई विपक्षी बनाई दायर भएको मुद्दामा आइतबार पेसी तोकिएको… पुरा पढौ

धिताे लिलामीकाे धम्की दिदैं आतंक नमच्चाउन व्यवसायीहरूले गरे बैंकलाई आग्रह

काठमाडौं, १६ माघ । उद्योगी व्यवसायीहरूले बैंकहरुले गरेकाे कर्जा ताकेता र उच्च ब्याजदरकाे कारण उत्पन्न समस्यालाई समाधान गर्न सरकारसंग माग गरका छन् । उनीहरुले उद्योग व्यवसायका क्षेत्रमा परेकाे समस्या हल गर्न र लगानीकाे वातावरण बनाउन माग गर्दै लिलामी निकालि दिने धम्कि र आंतक नमच्चाउन आग्रह गरे । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकको तारन्तारकाे ताकेता तथा चर्काे ब्याजदरबिरुद्ध आज आयाेजना गरेकाे सडक आन्दोलनका क्रममा उनीहरुले उच्च ब्याजदर र आम्दानीमा भएकाे घट्दाे अवश्थाकाे कारण समस्यामा परिरहेकाे भन्दै लगानीमैत्री वातावरण बनाउन माग गरे… पुरा पढौ

नेप्सेमा उच्च अङ्कको गिरावट, ३ अर्ब ३० करोडकाे काराेबार

काठमाडौं, १६ माघ । साताकाे सेयर काराेबार हुने दाेश्राे दिन साेमबार नेपाली सेयर बजारमा उच्च अङ्ककाे गिरावट भएकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४१ दशमलव शून्य एक अङ्कले ओरालो लागेर दुई हजार एक सय २७ दशमलव ५२ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलव ३३ अङ्कले ओरालो लागेर चार सय दुई दशमलव ९८ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहको नै शेयर मूल्यमा गिरावट आएको छ… पुरा पढौ

बैंकिङ कसुरमा परेका कामना बैंकका सीइओ बस्नेतलाई बाेर्डले हटायो, कामु सीइओमा विनय दाहाल

काठमाडौं, १६ माघ। कामना सेवा विकास बैंककाे बाेर्डले प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतलाई जिम्मेवारीबाट हटाएको छ। बैंकिङ कसुर अभियोगमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि बैंककाे संचालक समितिले बस्नेतलाई हटाएको हाे । २०७९ फागुनबाट उनकाे ४ बर्षे कार्यकाल समेत सकिदै थियाे । पुर्व झापाका केही ऋणीलाई नियम बिपरित कर्जा प्रबाह गरेकाे अनुसन्धानबाट खुलेपछि राष्ट्र बैंकको सिफारिसमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेत सहित ११ जनालाई पक्राउ पुर्जी जारी गरेकाे थियाे। अहिले विकास बैंककाे बाेर्डले बस्नेतको स्थानमा विनय… पुरा पढौ

सूचना वर्गीकरणको प्रस्ताव तत्काललाई स्थगित

काठमाडौं, १६ माघ । सरकारले सूचना वर्गीकरणका लागि तयार पारेको प्रस्ताव स्थगन गर्ने भएको छ । सो प्रस्ताव स्थगन गरी नयाँ शिराबाट छलफल गर्ने तथा नेपालको संविधान र सूचनाको हकको प्रावधानअनुसार नै अगाडि बढाउने समझदारी भएको छ । मुख्यसचिवको नेतृत्वमा रहेको सूचना वर्गीकरण समितिले सरकारी सूचनालाई ८७ बुँदामा वर्गीकरण गरिएकामा सरोकारवाला पक्षले सरकारको ध्यानाकर्षण गराएपछि आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सरोकारवाला पक्षसँग छलफल गरिएको थियो । छलफलका क्रममा सूचना वर्गीकरण गर्दा नेपालको संविधान र सूचनाको हकसम्बन्धी प्रचलित कानुनको प्रतिकूल… पुरा पढौ

प्रिमियममा आइपीओ जारी गर्दै सिटिजन लाइफ इन्स्योरेन्स

काठमाडौं, १६ माघ । सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियममा आइपीओ निष्कासन गर्ने भएको छ । हिजो माघ १५ गते सम्पन्न पाँचौं वार्षिक साधारण सभाले प्रिमियममा आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ । उक्त साधारणसभाले कम्पनीको सञ्चालकमा नियुक्त भएका दाबा फूटी शेर्पा र अभिनव जवराको नियुक्ति तथा स्वतन्त्र सञ्चालक श्रीमान कार्कीको नियुक्तिलाई पनि अनुमोदन गरेको थियो । यसबाहेक सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, इक्यूटीमा… पुरा पढौ

राष्ट्रपतिको निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको चैत ३ गते तय

काठमाडौं, १६ माघ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार हुनेगरी आज मिति तोकेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त निर्णयका आधारमा आयोगले आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए । आयोगले सोबारे नेपाल सरकारका मुख्य सचिव मार्फत नेपाल सरकार मन्त्रिपरिषद्लाई लेखी पठाउनेछ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ । पुरा पढौ