मुख्य समाचार

भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालकाे उल्लेख्य सुधार

काठमाडौं, १७ माघ। नेपालले भ्रष्टाचार अवधारणा सूचकाङ्क (सिपीआई) मा एकैपटक सात स्थानको सुधार हासिल गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको सन् २०२२ को रिपोर्टमा नेपाल ३४ अङ्क प्राप्त गर्दै एक सय १०औँ स्थानमा उक्लिएको हो । सन् २०२१ मा नेपाल ३३ अङ्कसहित एक सय १७औँ स्थानमा थियो । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज आयोजित एक कार्यक्रममार्फत् भ्रष्टाचारसम्बन्धी अवधारणा सूचकाङ्कमा विश्व र नेपालको अवस्थाबारे जानकारी गराएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष पद्मिनी प्रधानाङ्ग, महासचिव मदनकृष्ण शर्मा, कोषाध्यक्ष सुनिता गुरुङ लगायतको सहभागिता… पुरा पढौ

अधिकांश तुइन विस्थापित गरिसकेको सरकारको दावी

काठमाडौं, १७ माघ । सरकारले विगतमा तुइन रहेका अधिकांश स्थानमा झोलुङ्गे पुल निर्माण गरिसकिएको बताएकाे छ । स्थानीयस्तरमा अरू विभिन्न प्रयोजनका लागि बनाइएका तुइन बाहेक मानिसलाई आवतजावतकै लागि आवश्यक भएर  बनाइएका  स्थानका तुइन हटाइ सकिएको स्थानीय पूर्वाधार विभागले जनाएको छ । कतिपय स्थानमा खोलापारि पूर्वाधार निर्माण गर्दा सामान लैजानका लागि राखिएको  तुइन नझिकिएकाले पनि अझै ठाउँठाउँमा तुइन रहेको विभागका महानिर्देशक ईश्वरचन्द्र मरहट्ठाले बताए । आ–आफ्नो क्षेत्रमा रहेका तुइन अनुगमनको काम स्थानीय तहले गर्नुपर्ने उनको भनाइ थियो । “मानिसलाई नदी तर्न… पुरा पढौ

समावेशी र लोकतान्त्रिक सञ्चार नीति जारी हुन्छ: प्रम दाहाल

काठमाडौं, १७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आमसञ्चारमाध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गर्ने बताएका छन् । नेपाल टेलिभिजनको ३८औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सूचना प्रविधिको विकास र विस्तारलाई केन्द्रमा राख्न सके राष्ट्रको कार्यभार पूरा गर्न सकिने बताए  । उनले यस कार्यको नेतृत्वकारी भूमिका सरकारी सञ्चारमाध्यमले नै खेल्न सक्ने विश्वास व्यक्त गरे ।  वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस… पुरा पढौ

३ महिनाभित्र लेखापरीक्षण गराइसक्न बीमा संस्थान र कम्पनीलाई निर्देशन

काठमाडौं, १७ माघ । राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडले ३ महिनाभित्र लेखापरीक्षण सम्पन्न गरिसक्नु पर्ने भएको छ । हालै अर्थ मन्त्रालयले राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई यस्तो निर्देशन दिएको हो । अर्थ मन्त्रालयमा सोमबार बसेको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लेखा परीक्षण हुन नसक्नु चिन्ताको विषय भएको बताउँदै २०८० साल वैशाख १६ गतेसम्म लेखा परीक्षण सम्पन्न गर्न निर्देशन दिएका हुन् । राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३–०७४ देखि… पुरा पढौ

नेप्से: प्रि-ओपन सेसनमा करिब ३ अंकको वृद्धि

काठमाडौं, १७ माघ । आज मंगलबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंकले वृद्धि भएको छ। अघिल्लो कारोबार दिन अर्थात हिजो सोमबार यो परिसूचक ४१.१६ अंक घटेर २१२७.३७ विन्दुमा बन्द भएको थियो । आजको यो सेसनमा नेप्से २.९१ अंक बढेर २१३०.२९ विन्दुमा पुगेको छ । यसैगरी सेन्सेटिभ इण्डेक्स पनि ०.९२ अंकले बढेको छ। आज मंगलबारको प्रि-ओपन सेसनमा १३ वटा स्टकको ६ लाख १० हजार १४६ रुपैयाँ ६० पैसा बराबरको १ हजार १०३ कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये… पुरा पढौ

सुनको भाउ घट्यो, चाँदीको यथावत्, कतिमा हुँदैछ कारोबार?

काठमाडौं, १७ माघ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन आज मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । यसैगरी चाँदीको भाउ भने यथावत् रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ५ सय रुपैयाँले घटेर तोलाको १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि ५ सय रुपैयाँले घटेर आज तोलाको १ लाख ५… पुरा पढौ

यी ३ कम्पनीको लाभांश आजसम्म सुरक्षित गर्न सकिने

काठमाडौं, १७ माघ । अरुण भ्याली हाइड्रोपावर, रिडी पावर कम्पनी र तारागाँउ रिजेन्सि होटलकाे लाभांश सुरक्षित गर्नका लागि आज अन्तिम दिन बाँकी रहेकाे छ । यी कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुधबार माघ १८ गते बुकक्लोज गर्ने भएका छन् । लाभांश सुरक्षित गर्नका लागि सेयरधनीहरुले आजसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।यसरी कायम भएका सेयरधनीहरुले मात्रै साधारण सभामा भाग लिन पाउने र लाभांश प्राप्तिका लागि याेग्य मानिनेछन्। अरुण भ्याली हाइड्रोपावर अरुण भ्याली हाइड्रोपावर… पुरा पढौ

एनआईसी एशिया लघुवित्तको खुद नाफा घट्यो

काठमाडौं, १७ माघ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा घटेको छ । कम्पनीले हालै सार्वजनिक गरेको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । उक्त विवरण अनुसार कम्पनीङ्को खुद ब्याज आम्दानी र खुद नाफा दुवै घटेको छ । समीक्षा अवधिसम्म संस्थाले लघुवित्तले १४ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो आँकडा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६१.८५ प्रतिशतले कम हो । उक्त अवधिमा कम्पनीले ३९ करोड १३… पुरा पढौ

माया खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १७ माघ । माया खोला हाइड्रोपावर कम्पनीकाे सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले माघ १३ गतेदेखि सेयर निष्काशन गरेकाे थियाे । आयोजना प्रभावित क्षेत्रका स्थानिय जनताका लागि र वैदेशिक रोजगार रहेका नेपालीहरुका सेयर बिक्रीमा ल्याएपछी अहिले सर्वसाधारणका लागि सेयर बिक्रीमा ल्याइएकाे हाे । कम्पनीका अनुसार जारी पूँजीको १ अर्ब रुपैयाँको ३४ प्रतिशतले हुने ३४ करोड रुपैयाँ बरारबको ३४ लाख कित्ता सेयर निष्काशनका लागि छुट्याएको हाे । त्यसबाट १० लाख कित्ता आयोजन प्रभावित… पुरा पढौ

एशियन हाइड्रोले माघ २७ गतेदेखि आइपीओ निश्काशन गर्ने

काठमाडौं, १७ माघ । एशियन हाइड्रोपावरले माघ २७ गतेदेखि सर्वसाधारणका लागि सेयर आइपीओ निश्काशन गर्ने भएकाे छ । कम्पनीका अनुसार ६ लाख ९७ हजार २ सय कित्ता सेयर बिक्रीमा ल्याउन लागिएकाे हाे । सर्वसाधारणका लागि कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशतले हुने ८ लाख ४० हजार कित्ता सेयर छुट्याएको हाे । यसबाट १० प्रतिशतले हुने ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारमा रहेकाहरुकाे लागि निष्काशन भइसकेकाे छ । ४२ हजार कित्ता सामुहिक लगानी कोषका लागि रहेकाे छ । १६ हजार… पुरा पढौ