मुख्य समाचार

अर्थ मन्त्रालयद्वारा चालु खर्च कटौती, करिब २५ अर्ब जोगिने

काठमाडौं, १८ माघ । अर्थ मन्त्रालयले अनावश्यक खर्च नियन्त्रण गर्न विभिन्न शीर्षकका चालु खर्च कटौतीको निर्णय गरेको छ । मन्त्रालयले सरकारी वित्त सन्तुलन कायम राख्न खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय गरेको हो । बजेट खर्च प्रणालीलाई पुनः प्राथमिकीकरण गरी राष्ट्रिय गौरव र रुपान्तरणकारी आयोजना तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान गर्ने आयोजनामा खर्च बढाउने निर्णय मन्त्रालयले गरेको छ । सङ्घीय सरकारको सबै मन्त्रालय/निकायको स्वीकृत बजेटको इन्धन, मर्मतसम्भार, मसलन्द तथा कार्यालय सामग्री, पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन, सेवा र परामर्शलगायत… पुरा पढौ

शुभम पावरकाे आईपीओमा आजदेखि आवेदन खुल्ला

काठमाडौं, १८ माघ । शुभम पावरले आजदेखि सेयर (आईपीओ) बिक्रीमा ल्याएकाे छ । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि सेयर निष्काशन गरिसकेकाे छ। यस पटक भने सर्वसाधारणका लागि सेयर निष्काशन गरेको हो। प्रतिशेयर रु १०० अंकित दरमा ४ लाख ८१ हजार ८२२ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन भएको हो। आयोजना प्रभावित क्षेत्रका जनताले आवेदन दिन बाँकी रहेकाे सेयरमा थप गरेर सर्वसाधारणका लागि सेयर निष्काशन गरिएकाे हाे । ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा… पुरा पढौ

प्रदेश १, बागमती र गण्डकीका हिमाली भागका हिमपातको सम्भावना

काठमाडौं, १८ माघ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएकाे छ। हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा देखिन्छ । देशका तराईका केही भूभागहरूमा बिहानमा हुस्सु/कुहिरो लागेको छ । माघ १८ गते (बुधबार) दिउँसोː प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातीː… पुरा पढौ

‘कुमारी आमा’ निहारिका र आरोपी शिवराजबीच अदालतमा मिलापत्र

धनुषा, १८ माघ । ‘कुमारी आमा’ भनिने निहारिका राजपुत र आरोपी शिवराज श्रेष्ठले अदालतमा मिलापत्र गरेका छन् । जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा उनीहरुले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र गरेका हुन् । मिलापत्रअनुसार श्रेष्ठले अब निहारिकालाई श्रीमतीका रुपमा स्वीकार्ने भएका छन् । जिल्ला अदालतमा अंश मुद्दा दिएकी निहारिकाले आफूहरु दुईबीच पति–पत्नीका रुपमा बस्ने निर्णय भएको बताएकी छन् । मिलापत्रमा भनिएको छ, “म र नाबालक छोरासमेतलाई इज्जतअनुसार खान, लाउन, औषद्योपचार खर्च, छोराको पढाइलेखाइ खर्च तथा… पुरा पढौ

मोबाइल एप र क्यूआर कोडबाट अब दैनिक ३ लाखसम्म कारोबार गर्न पाइने

काठमाडौं, १७ माघ । अबदेखि मोबाइल एप तथा क्यूआर कोडबाट दैनिक ३ लाखसम्म कारोबार गर्न पाइने भएको छ । हालै नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन जारी गर्दै मोबाइल एप्लिकेसन तथा क्यूआर कोडबाट दैनिक ३ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने सुविधा कायम गरेको छ । यसअघि दैनिक २ लाख रुपैयाँसम्म कारोबार गर्न पाइनेमा अब यो सीमा बढाएर ३ लाख पुर्याइएको हो । सोही निर्देशनले वालेटबाट बैंक खातामा वा बैंक खाताबाट वालेटमा कारोबार गर्न पाइने रकमको सीमा पनि बढाएको… पुरा पढौ

‘बापु’को आगमनले लुम्बिनीका व्यवसायी उत्साहित,९० प्रतिशत होटल बुक

भैरहवा, १७ माघ । लुम्बिनीमा भारतका प्रख्यात आध्यात्मिक गुरु मोरारी बापुको आगमन हुने भएपछि यसले त्यो क्षेत्रका व्यवसायीमा उत्साह थपिएको छ । माघ २१ गतेदेखि २९ गतेसम्म लुम्बिनीको अन्तर्राष्ट्रिय ध्यान केन्द्रको सभाहलमा मोरारी बापुद्वारा हुने ‘श्री रामकथा प्रवचन’ का लागि लुम्बिनीका होटल पहिलेदेखि नै बुक भइसकेका छन् । करिब एक सय ७० देशबाट मोरारी बापुका हजारौँ अनुयायी लुम्बिनी आउँदैछन् । यसले यस क्षेत्रको होटल व्यवसायसँगै स्थानीय व्यापार पनि फस्टाउने लुम्बिनी होटल व्यवसायी सङ्घका अध्यक्ष गोविन्द ज्ञवालीको भनाइ छ । “बापुको… पुरा पढौ

रवि लामिछाने विरुद्धको जाहेरी प्रहरीले लिन मानेन

काठमाडौं, १७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आज परेको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ । अधिवक्ता युवराज सफल पौडेलले लामिछानेले खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको भन्दै राहदानी ऐनअनुसार कारबाही गर्न माग गर्दै काठमाडौं प्रहरी परिसरमा दिएको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको बुझिएको छ । अधिवक्ता युवराज सफल र रविराज बसौलाले लामिछानेको नागरिकताको वैधानिकतामाथि प्रश्न उठाएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोही रिटमाथि सुनुवाई हुँदा सर्वोच्चले लमिछाने नेपाली नागरिक नभएको फैसला सुनाएको… पुरा पढौ

ओरालो यात्रामा सेयरबजार, कारोबारमा रिडी पावर अब्बल

काठमाडौं, १७ माघ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार पनि सेयर बजार ओरालो लागेको छ । सोमबार ४१.०१ अंकले घटेको सेयर बजारमा यसदिन १५.७० अंकको गिरावट भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि कमि देखिएको छ । एउटा उपसमूह बाहेक सबैमा रातो लागेको छ । एक मात्र हाइड्रोपावर उपसमूहमा हरियो लागेको छ । नेपाल स्टक इक्सचेन्जका अनुसार नेप्से परिसूचक १५.७० अंकले घटेर २१११.६८ विन्दुमा झरेको छ । नेप्सेमा ०.७४ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.३६ अंकले… पुरा पढौ

गृहमन्त्री नपाए सरकार छाड्ने रवि लामिछानेकाे चेतावनी

काठमाडौं, १७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज बेलुकासम्म रास्वपालाई गृहमन्त्री नदिए सरकार छाड्ने चेतावनी दिएका छन् । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका लामिछानेले बेलुकासम्म रास्वपालाई गृहमन्त्री दिने निर्णय नआए सरकार छाड्ने चेतावनी दिएका हुन् । पार्टीका लागि माग गरे पनि लामिछाने आफैं गैरसांसदका रूपमा सरकारमा सहभागी भएर गृहमन्त्री पद पुन: लिन चाहेको बुझिएको छ । गत शुक्रबार नागरिकता विवादमा सर्वोच्च अदालतले दोषी ठहर गरेपछि उपप्रधान तथा गृहमन्त्री रहेका लामिछानेको सांसद, मन्त्री र राष्ट्रिय… पुरा पढौ

८ अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं, १७ माघ । नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन विकास ऋणपत्र जारी गर्ने भएको छ । केन्द्रीय बैंकले सरकारलाई आवश्यक रकम जुटाउनका लागि ५ वर्ष अवधि रहेको विकास ऋणपत्र २०८४ ’झ’ बिक्री गर्न लागेको जानाएको छ । केन्द्रीय बैंकका अनुसार ऋणपत्रको खरिद बोलकबोल प्रक्रियाबाट हुने र यसका लागि बैंक तथा वित्तीय संस्था,गैर बैंक बित्तीय संस्था,बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनु पर्नेछ । राष्ट्र बैंकले निकालेको सूचना अनुसार ऋणपत्रका लागि… पुरा पढौ