मुख्य समाचार

३ कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कसकाे कति ?

काठमाडौं, ५ माघ । नेपाल स्टक एक्सचेञ्जमा ३ वटा कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । मेगा बैंक, गुराँस लाइफ इन्स्योरेन्स र रुरु जलविद्युत परियोजनको बाेनस नेप्सेमा सूचीकरण भएकाे हो । नेप्सेका अनुसार मेगा बैंकको ६४ लाख ४८ हजार १८४.५८ कित्ता सेयर नेप्सेकाे सूचीकरणमा परेकाे हाे । बैंकले गएकाे वर्षकाे नाफाबाट सेयरधनीहरूकाे लागि ४ प्रतिशत बोनस सेयर बाँडफाँड गरेको थियो । साेहि बोनस नै नेप्सेमा सूचीकृत भएको हो । गुराँस लाइफ इन्स्योरेन्सको १५ लाख ५१ हजार २०० कित्ता सेयर… पुरा पढौ

कालिञ्चोक दर्शनकाे सेयरमा १० गुणा बढी आवेदन

काठमाडौं, ५ माघ । कालिञ्चोक दर्शनले जारी गरेकाे सेयरमा १० गुणा बढी आवेदन परेकाे छ । कम्पनीले माघ ३ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेको सेयरमा उक्त परिमाणमा आवेदन परेकाे हाे। सिडिएस एण्ड क्लियरिङ्गले जजाए अनुसार ७ लाख ८४ हजार ६३२ जना आवेदकले ९२ करोड ३६ लाख ९५ हजार रुपैयाँ बराबरको ९२ लाख ३६ हजार ९५० कित्ता सेयर माग गरेका छन्। साे माग सर्वसाधारणका लागि निष्काशन गरेको ८ लाख ९६ हजार ४०० कित्ता सेयरकाे १०.३० गुणा बढी देखिएकाे छ । कम्पनीले… पुरा पढौ

आर्थिक समस्याले माइक्रोसफ्टले हजारौं कर्मचारीलाई कामबाट हटाउँदै

वासिङ्टन, ५ माघ । माइक्रोसफ्टले आफ्ना हजारौं कर्मचारीलाई जागिरबाट निकाल्ने भएको छ । स्काई न्यूजलाई उद्धृत गर्दै बेलायती समाचार संस्था रोयटर्सले लेखेको छ, “हजारौं भूमिकाहरू कटौती गरिनेछ, सफ्टवेयरसम्बन्धी विशाल कम्पनीले लगभग ५ प्रतिशत जनशक्ति अर्थात् करिब ११ हजार भूमिकाहरू कटौती गर्न खोजिरहेको छ । मानव संशाधन र इञ्जिनियरिङ विभागमा हजारौंको संख्यामा रोजगारी कटौती हुने भनाइ बुधबार सार्वजनिक गरिएको हो । अमेरिकी प्रविधि क्षेत्रमा रोजगारीको यो पछिल्लो कटौती हुनेछ । अमेजन डट कम, ओ प्लस एसलगायत कम्पनीहरूले सुस्त माग र बिग्रँदो… पुरा पढौ

ढुक्क भएर ऊर्जामा लगानी गर्न ऊर्जामन्त्री लिङ्देनको आग्रह

काठमाडौं, ५ माघ । नवनियुक्त उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले ऊर्जाका क्षेत्रमा ढुक्क भएर लगानी गर्न गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) र स्वतन्त्र ऊर्जा उत्पादक सङ्घसँग आग्रह गरेका छन्। यी दुवै संस्थाका प्रतिनिधिसँग छुट्टाछुट्टै भएको भेटमा उनले मुलुकमा ऊर्जाका क्षेत्रमा ढुक्क भएर लगानी गर्न र आयोजना पनि समयमै सम्पन्न गर्न आग्रह गरे। मन्त्री लिङ्देनले आयोजना समयमै सम्पन्न गरी देशलाई ऊर्जाका क्षेत्रमा आत्मनिर्भर बनाउने लक्ष्य साथ योगदान पु¥याउन पनि दुवै संस्थाका प्रतिनिधिसँग आग्रह गरे। उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत र… पुरा पढौ

उखुको खरिद मूल्य तोकियो, किसानलाई दिने अनुदान यथावत्

काठमाडौं, ५ माघ । सरकारले चालु आर्थिक वर्ष २०७९/०८० का लागि उखुको न्यूनतम खरिद मूल्य तोकेको छ । मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम समर्थन मूल्य तोकेको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार उखुको उत्पादन लागत, ढुवानी भाडा र मुनाफासमेत गरी कृषकले उत्पादन गरेको उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल रु पाँच सय ४० निर्धारण गरिएको हो । यो मूल्य गत आर्थिक वर्षको भन्दा प्रतिक्विन्टल रु २० ले बढी हो । गत आर्थिक वर्ष सरकारले उखुको न्यूनतम समर्थन… पुरा पढौ

वित्तीय खाताको सन्तुलन चुनौतीपूर्ण : डा स्वर्णिम वाग्ले

काठमाडौं, ४ माघ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णिम वाग्लेले सन् २०२३ मा विश्व अर्थतन्त्र अझै चुनौतीपूर्ण अवस्थाबाट गुज्रने अनुमान गरिएकाले नेपालले आफ्नो अर्थतन्त्रलाई उचित ढङ्गले व्यवस्थापन गर्नुपर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले आज काठमाडौँमा आयोजना गरेको ‘अर्थतन्त्रः अबको बाटो’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै वाग्लेले नेपालले आफ्नो वित्तीय खाता व्यवस्थापनमा ठूलो चुनौती भोग्नु परेको बताए। अहिले विश्व अर्थतन्त्रमा मुद्रास्फीति सबैभन्दा ठूलो समस्याका रुपमा रहेको उनको भनाइ छ । सन् १९७०÷८० को पुनरावृत्ति हुने अवस्था देखिएका कारण केन्द्रीय… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको गिरावट, लगानीकर्ता हाइड्रोमा झुम्मिए

काठमाडौं, ४ माघ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजार ओरालो लागेको छ।अधिकांश सूचकांकहरुमा गिरावट भएपनि कारोबार रकम भने ५ करोडको हाराहारीमा पुगेको छ । बुधबार ४ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । लगानीकर्ताहरुले नाफा बुक गर्दा गिरावटको दृश्य देखिए पनि हाईड्रोपावरतर्फ उनीहरुको आकर्षण बढेकाे देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ९.०१ अंकले घटेको छ । यसरी घटेको परिसूचक २१७३.१० विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स भने १.९३ अंकले घटेर ४१३.९० विन्दुमा… पुरा पढौ

सर्भरको समस्या सुल्झिएसँगै राहदानी लिनेको सङ्ख्या बढ्यो

काठमाडौं, ४ माघ । राहदानी विभागमा सेवाग्राहीको भीड थपिँदै गएको छ । गत पुस १७ गतेदेखि विभागको सर्भरमा देखिएको समस्या झन्डै एक हप्ता अर्थात् पुस २४ मा समाधान भएसँगै काम सुरु हुन थालेपछि राहदानी लिनेको भीड लाग्ने गरेको हो । राहदानी लिन आउनेका कारण भीड थेगिनसक्नु भएको विभागले जनाएको छ । विभागमा हिजोआज वैदेशिक रोजगारमा जानका लागि राहदानी बनाउन आउनेको भीड बढ्दै गएको विभागका निर्देशक तथा प्रवक्ता दुरपदा सापकोटाले बताइन् । उनले भनिन्, “विभागमा राहदानीसम्बन्धी सबै काम सुरु भएको छ,… पुरा पढौ

राष्ट्र बैंकको कारबाहीमा किन परे यी वित्तिय संस्था ?

काठमाडौं, ४ माघ । चालु आर्थिक वर्ष २०७९/८०को पहिलो त्रैमासमा नियम उल्लङ्घन गर्ने केही विकास बैंक र फाइनान्स कम्पनीलाई राष्ट्र बैंकले कारबाही गरेको छ । केन्द्रीय बैंकले यी विकास बैंक तथा फाइनान्स कम्पनीहरुलाई पहिलो त्रैमासमा अनिवार्य मौज्दात नपुर्याएको, विपन्न वर्गमा तोकिएअनुसार कर्जा नदिएको तथा कर्जा निक्षेप अनुपात कायम नगरेको जस्ता विषयमा कारबाही स्वरुप जरिवाना गरेको हो । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा कारबाहीमा पर्नेमा कर्णाली विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र… पुरा पढौ

शिखर इन्स्याेरेन्सले डाक्याे दुई आर्थिक वर्षको साधारण सभा

काठमाडौं ४ माघ। शिखर इन्स्याेरेन्सले लाभांश वितरणकाे प्रस्ताव पारित गर्न माघ २५ गते दुई आर्थिक वर्षको साधारण सभा डाकेकाे छ । कम्पनीले साे मितिमा एकैसाथ २०७७/७८ र २०७८/७९ को १७ औं र १८ औं साधारण सभा डाकेकाे हाे। साधारण सभाले १६ प्रतिशत बोनस सेयर तथा त्यसकाे कर प्रयोजनका लागि ०.८४२१ प्रतिशत नगदसहित कुल १६.८४२१ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पारित गर्नेछ । यस्तै आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को वार्षिक प्रतिवेदन, नाफा-नोक्सान र नगद प्रवाह लगायतका एजेण्डाहरुमाथि छलफल गरी पारित गरिनेछ… पुरा पढौ