मुख्य समाचार

‘डबल डिजिटको आर्थिक विकासका लागि सिंगल डिजिटको ब्याजदर हुनुपर्छ’

काठमाडौं, ६ माघ । नेपाल चेम्बर अफ कमर्सले अर्थतन्त्र चलायमान हुने छ भन्ने विश्वास लिएको छ । एक वर्ष अघिदेखि नेपाल राष्ट्र बैंकले आयातमा लगाएको नगद मार्जिनको व्यवस्था हटाउन पैरवी गर्दै आइरहेकोमा हाल पूर्ण रुपमा नगद मार्जिनको व्यवस्था हटाएकोले अबका दिनमा अर्थतन्त्र चलायमान हुने विश्वास लिएको चेम्बरका महानिर्देशक कैलाश कुमार बजिमयले बताए । चेम्बरले आयोजना गरेको 'अर्थतन्त्र : अबको बाटो'  बिषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री विष्णु पौडेलसमक्ष निजी क्षेत्रका विद्यमान समस्या र सुझाबबारे चेम्वरबाट सुझाव प्रस्तुत गरेको र लगत्तै… पुरा पढौ

किन फेरि बन्द भयो रसुवागढी नाका ?

काठमाडौं, ६ माघ । नेपाल र चीनबीचको व्यापार अझै लयमा फर्किन सकेको छैन । नेपालमा २०७२ वैशाखमा गएको विनाशकारी गोरखा भूकम्प र चीनबाट तीन वर्षअघि फैलिएको कोभिड–१९ महामारीको असर दुई देशको व्यापारमा नराम्रोसँग देखिएको छ । दुई देशबीच व्यापारका लागि सञ्चालनमा रहेका दुई भन्सार नाका सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी स्वभाविक अवस्थामा फर्किन सकेका छैनन् भने अन्य जिल्लामा खोल्न प्रस्ताव गरिएका नाकाको कार्य प्रगति नगण्य छ । सामान्य अवस्थामा दुई देशबीच वार्षिक साढे २ खर्बभन्दा बढीको वैदेशिक व्यापार रहेको भन्सार… पुरा पढौ

सुन्तला खेतीमा रमाउँदै पूर्वप्रदेशसभा सदस्य

गलकोट, ६ माघ । गण्डकीका पूर्वप्रदेशसभा सदस्य कृष्ण थापा अहिले सुन्तला खेतीमा व्यस्त छन् । राजनीतिमा लाग्दै गर्दा केही समय छुट्याएर स्वरोजगारमूलक कृषि कर्म गर्नुपर्दछ भन्ने मान्यता राख्दै आएका उनले अहिले पूरै समय कृषिमा लगाएका छन् । बागलुङको राजनीतिमा राष्ट्रिय जनमोर्चाको छुट्टै पहिचान बनाउन सङ्घर्ष गरेका उनी अहिले राजनीतबाट अलग जस्तै बनेर सुन्तलाका बोट स्याहार्दै आएका छन् । जैमिनी नगरपालिका–४ सर्कुवाका थापाले २०६२-६३ सालमा जनमोर्चा बागलुङको नेतृत्व गरेका थिए । त्यसताका बागलुङमा राष्ट्रिय जनमोर्चाको ठूलो प्रभावसमेत थियो । समय बदलिएसँगै… पुरा पढौ

काठमाडौं महानगरपालिकाले अब वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्ने

काठमाडौं, ६ माघ । काठमाडौं महानगरपालिकाले यही माघ १५ देखि प्रत्येक वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरेको छ । निश्चित स्थानमा मात्र परिचयपत्र वितरणको व्यवस्था हुँदा समयमा नै प्राप्त गर्न नसकेको गुनासो नागरिकबाट आएपछि कामपाले वडा कार्यालयबाट वितरणको तयारी थालेको जनाएको छ । कामपाका प्रवक्ता नवीन मानन्धरका अनुसार वडा कार्यालयबाट परिचयपत्र उपलब्ध गराउनका लागि सम्बध भएका निकायसँग छलफल भइरहेको छ । उनले भने, “कामपाको ३२ वटै वडाबाट उक्त सुविधा उपलब्ध गराउनका लागि कामपाकाे राष्ट्रिय पञ्जीकरण विभागसँग छलफल भइरहेको… पुरा पढौ

४२.१ प्रतिशत लाभांश दिँदै रिडी पावर कम्पनी

काठमाडौं, ६ माघ । रिडी पावर कम्पनी लिमिटेडले ४२.१ प्रतिशत लाभांश दिने भएको छ । उक्त दरको लाभांश तथा अन्य नियमित प्रस्तावहरु पारित गर्न कम्पनीले २१ औं वार्षिक साधारणसभा आह्‍वान गरेको छ । गत बुधबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले आगामी माघ २९ गते आइतबार, काठमाडौं नयाँ बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा बिहान ११ बजेबाट सञ्चालन हुने गरी साधारण सभा आह्वान गरेको हो । कम्पनीले लाभांश वितरणको प्रमुख एजेण्डासहित सभा आह्‍वान गरेको हो । उक्त साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना… पुरा पढौ

राष्ट्रिय प्रत्यारोपण केन्द्रको क्षमता विस्तार गरिनेछ : प्रधानमन्त्री

काठमाडौं, ६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको क्षमता विस्तार गर्ने बताएका छन् । केन्द्रले १ हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आज आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो केन्द्रको क्षमता विस्तार गर्ने बताएका हुन् । उक्त अवसरमा प्रधानमन्त्रीले आफ्नो मृत्युपश्चात् सम्पूर्ण शरीर दान गर्ने घोषणा पनि गरेका छन् । प्रधानमन्त्रीले अगाडि भने, “डायलासिस सेवा सर्वसाधारणको पहुँचमा थिएन यो महँगो भएकाले पनि आर्थिक अवस्था कमजोर भएका मिर्गौला रोगीले सेवा लिन गाह्रो थियो ।… पुरा पढौ

भरतपुरकाे सहरी क्षेत्रमा तार भूमिगत गर्दै प्राधिकरण

चितवन, ६ माघ । नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रमा विद्युत् भूमिगत तथा सुदृढीकरणको काम थालनी गर्ने भएको छ । यसका लागि नक्साङ्कन, निरीक्षण,माटो परीक्षण लगायतका काम सम्पन्न भएक बताइएकाे छ । आयोजनाका प्रमुख आनन्द सुवेदीका अनुसार शुरूकाे समयमा आन्तरिक तयारीकाे कमीका कारण काम सुरु गर्न ढिला हुन गएको हो । भूमिगत विद्युतीकरणका लागि आवश्यक सामग्री विदेशबाट ल्याउनुपर्ने भएकाले काममा केही समय लागेको उनले जानकारी दिए । उनले भने, “फिल्डमा काम माघ १६ गतेबाट हुन्छ… पुरा पढौ

निफ्राले कमायो साढे ७६ करोड खुद नाफा

काठमाडौं, ६ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड काठमाडौं, ६ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७६ करोड ६१ लाख खुद नाफा आर्जन गरेको छ । कम्पनीले हालै प्रकाशित गरेको चालु आर्थिक वर्षको अर्धवार्षिक अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । प्रकाशित विवरण अनुसार यो आँकडा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७३.०९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४४ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । हलको… पुरा पढौ

सशस्त्र प्रहरीले गर्यो ९७ एसपीको सरुवा

काठमाडौं, ६ माघ । सशस्त्र प्रहरी बल नेपालले ९७ सशस्त्र प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले पदबहाली गरेसँगै घोषणा गरेको सरुवा प्रणालीलाई पूर्वानुमान योग्य बनाइने नीतिअनुसार बिहीबार सशस्त्र प्रहरी उपरीक्षकहरुको सरुवा गरिएको हो । सरुवासँगै सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीमा कार्यरत राजेश उप्रेतीलाई सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं १० गण हेडक्वाटर सर्लाहीमा कार्यरत भरत खनियाँलाई सशस्त्र प्रहरी बल नेपाल नं… पुरा पढौ

कालिञ्चोक दर्शनकाे आइपीओमा आजसम्म आवेदन दिन सकिने

काठमाडौं, ६ माघ । कालिञ्चोक दर्शनकाे सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले माघ ३ गतेदेखि सर्वसाधारणका लागि सेयर बिक्रीमा ल्याएकाे थियाे । कम्पनीले १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेकाे हाे । यसबाट १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि रहकाे छ । ५४ हजार कित्ता भने सामूहिक लगानी कोषहरुमा बाँडफाँड भइसकेकाे छ। यस्तै २१ हजार ६०० कित्ता कर्मचारीहरुका रहेकाे छ । त्यसबाट बाँकी… पुरा पढौ