मुख्य समाचार

प्रधानमन्त्रीले भेटमा अर्थमन्त्री र गभर्नरलाई के के सुझाए ?

काठमाडौं, २० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयमा छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री दाहालले बैंकिङ क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या तथा चुनौतीका विषयमा चासो राखेको उनको निजी सविचालयले जनाएको छ । उनले ब्याजदर घटाउन तथा तरलताको समस्याबारे मौद्रिक नीतिमा सुधारका साथै अन्य आवश्यक पहलकदमी गर्न सुझाव पनि दिएका छन् ।… पुरा पढौ

रसुवागढी नाकाबाट भित्रिए ३ सयभन्दा बढी सवारी साधन

रसुवा, २० पुस । रसुवागढी नाकाबाट ३ सयभन्दा बढी चिनियाँ सवारी साधन नेपाल भित्रिएका छन् । नेपाली व्यवसायीमार्फत चालु आर्थिक वर्षको साउनदेखि हालसम्म विभिन्न खाले ३ सय ५ वटा  सवारी साधन रसुवागढीस्थित ल्हेन्दे खोलाको मितेरी पुलबाट स्वदेश भित्रिएको आँकडा छ । यसरी स्वदेश भित्रिएका सवारी साधनमा इलेक्ट्रिक कार १ सय ३२,  इलेक्ट्रिक भ्यान ८२, हाइलक्स गाडी ११, लोडर उपकरण दुई र फ्युलकार ७८ वटासमेत रहेको सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीहरूले बताएका छन् । आयात भएका धेरैजसो सवारी साधन भन्सार प्रक्रिया पूरा… पुरा पढौ

चालु पुँजी कर्जा मागदर्शनमा राष्ट्र बैंक लचिलो हुने संकेत

काठमाडौं, २० पुस । पछिल्लो समय नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मापदण्ड केही लचिलो बनाउने संकेत दिएको छ । अघिल्लो सरकारका पालामा यो विषयमा निकै कठोर बन्दै आएका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी हालै पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकार आएपछि केही लचिलो भएका हुन् । केही समययता विभिन्न व्यवसायी तथा व्यवसायीहरुका छाता संगठनका प्रतिनिधिले गभर्नर अधिकारीसँग भेट गरी ब्याजदर घटाउने तथा चालु पुँजी कर्जासम्बन्धी नियम तत्काल लागू नगर्न वा केही लचिलो गरिदिन सुझावसहित आग्रह गरेका थिए । यसबाहेक यसअघिको… पुरा पढौ

मन्दाकिनी हाइड्रोकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, २० पुस । मन्दाकिनी हाइड्रोपावरकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरणकाे प्रयाेजनका लागि बिहबार पुस २१ गते बुकक्लोज गर्ने बताएकाे छ । साधारण सभामा भाग लिन र लाभांश पाउनका लागि सेयरधनीहरुले आज बुधबारसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर काराेबार गरेर कायम भएकाे हुनुपर्ने छ । यसरी कायम भएका सेयरधनीहरु मात्र सभामा सहभािग हुन र लाभांश पाउनका लागि याेग्य मानिनेछन् । मन्दाकिनी हाइड्रोपावरले पुस ३० गते बत्तिसपुतली काठमाडाैस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्कवेटमा… पुरा पढौ

शुभम पावरकाे आईपीओमा आजसम्म आवेदन दिन सकिने

काठमाडौं, २० पुस । शुभम पावरले बिक्रीमा ल्याएकाे सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले वैदेशिक रोजगारीमा गएकाहरुकाे लागि पुस ६ गतेदेखि सेयर बिक्रीमा ल्याएकाे थियाे । सर्वसाधारणका लागि ४ करोड रुपैयाँको ४ लाख कित्तामा आयोजना प्रभावित क्षेत्रका लागि जारि गरिएकाे थियाे । साे सेयरबाट वितरण हुन बाँकी रहेकाे १ लाख ८० हजार ५८० कित्तासहित थप गरी रु ५ लाख ८० हजार ५८० को १० प्रतिशतले हुने ५८ हजार ५८ कित्ता सेयर विदेशमा रोजगारीमा गएकाहरुका… पुरा पढौ

आगलागीमा जलेर दुई जनाको मृत्यु, ५० लाखको क्षति

मिक्लाजुङ, २० पुस । पाँचथरको फिदिम नगरपालिका वडा नं ८ घुमाउनेटारमा गए राति एक व्यक्तिको घरमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु भएको र अन्य दुई जना घाइते भएका छन् । स्थानीयवासी मेघबहादुर गुरुङको घरमा गए राति १ः३५ बजे अचानक आगलागी हुँदा उनकी बुहारी २३ वर्षीया आसाङसिं थेवे र २२ वर्षीया छोरी ममता गुरुङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए। आगलागीमा परी मेघबहादुर र विजेन्द्र गुरुङ सामान्य घाइते भएका र अन्य तीनजना भने… पुरा पढौ

स्वास्थ्य रिपोर्ट नै नक्कली बनाउँछन् बिचौलिया

काठमाडौं, २० पुस । यातायात कार्यालयको सेवा प्रवाहमा बिचौलियाको असर नराम्ररी बढिरहेको छ । प्रहरीले विभिन्न समयमा बिचौलियालाई समातेर कारबाही चलाए पनि बिचौलियाको असर रोकिन सकेको छैन । काठमाडौँ उपत्यकाका केही यातायात कार्यालयहरूमा मङ्गलबार गरिएको सुक्ष्म अनुसन्धानका क्रममा अनुचित र नक्कली कार्यमा बिचौलिया सक्रिय रहेको पत्ता लागेको हो । मङ्गलबारमात्रै गरिएको अनुसन्धान तथा बिचौलिया नियन्त्रण अभियानका क्रममा सेवाग्राहीलाई अनुचितरुपले प्रभावमा पार्ने पाँच र फर्जी स्वास्थ्य परीक्षण रिपोर्ट बनाउने कार्यमा सम्लग्न दुई गरी सात जनालाई पक्राउ गरिएको रानीपोखरीस्थित काठमाडौँ उपत्यका प्रहरी… पुरा पढौ

अब कालीगण्डकी नदीमा नियमित र्याफ्टिङ हुने

बेनी, २० पुस । म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि ¥याफ्टिङ सञ्चालन गरिएको छ । जलयात्राको सम्भावना उजागर गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले बेनी नगरपालिका–९ गलेश्वरधामबाट सदरमुकाम बेनीको दोभान हुँदै मालढुङ्गा–नयाँ पुल भएर मिर्मी पुग्न सकिने गरी र्याफ्टिङ सञ्चालन गरिएको हो । गण्डकी होटलका सञ्चालक गम पुनको पहल र सक्रियतामा स्पलास नेपाल एडभान्चरले मङ्गलवारदेखि औपचारिकरूपमा नियमित र्याफ्टिङ सञ्चालन गरेको हो । पहिलो दिन गलेश्वरबाट बेनीसम्मको करिब तीन किलोमिटर दूरीमा गरिएको जलयात्रा सफल भएको व्यवसायी पुनले बताए।… पुरा पढौ

मेयर बालेन शाहले किन दायर गरे निर्वाचन आयोगविरुद्ध रिट ?

काठमाडौं, १९ पुस । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले निर्वाचन आयोग विरुद्ध उजुरी दिएका छन् । मेयर शाहले आयोगविरुद्ध सर्वोच्च अदालतमा उजुरी दिएका हुन् । समयसीमाभित्र निर्वाचन खर्च विवरण नबुझाएको भन्दै आयोगले बालेनसहित स्थानीय तह निर्वाचनका धेरै उम्मेदवारलाई जरिबाना गर्ने निर्णय गरेको थियो । आयोगको सो निर्णयविरुद्ध बालेनले सर्वोच्चमा रिट दर्ता गराएका हुन् । मेयर शाहले आफूले कानुन अनुरुप असार १२ गते नै निर्वाचन आयोगमा खर्च विवरण पेश गरेको भए पनि आयोगले कारबाही गरेको भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन्… पुरा पढौ

कार्यदलले बुझायो मिटरब्याजी समस्या समाधानकाे प्रतिवेदन

काठमाडौं, १९ पुस । मिटरब्याजी ठगीविरुद्ध आवश्यक कानुनी कार्यविधिगत तथा नेपाल सरकारबाट जारी हुनसक्ने विशेष आदेशसमेतको व्यवस्था सिफारिस गर्न गठित कार्यदलले आज उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसमक्ष आफ्नो प्रतिवेदन बुझाएको छ । मिटरब्याजबाट पीडित भएकाहरुको समस्या समाधान गर्न केही कानुन संशोधन र थप गर्नुपर्ने आवश्यकतासहित सुझाव समेटेर प्रतिवेदन बुझाइएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ । यसअघि कार्यदलले आफ्नो प्रतिवेदन बुझाइसकेको थियो । त्यसपछि गृहमन्त्रालयले कानुनमा केके संशोधन गर्न आवश्यक छ भनेर थप विषय समेटेर प्रतिवेदन बनाउन सोही कार्यदललाई जिम्मा दिएपछि… पुरा पढौ