मुख्य समाचार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै अर्थतन्त्र चलायमान हुने विश्वास

पोखरा, १८ पुस। पोखरामा आइतबारदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सही उपयोग भएमा यसले पोखरासँगै समग्र राष्ट्रको अर्थतन्त्र चलायमान गराउने विश्वास व्यक्त गरिएको छ । झण्डै पाँच दशकको निरन्तरको प्रयाससगै विमानस्थलबाट जहाज उड्ने र अवतरण हुन थालेसँगै आगामी दिनमा यो पोखराको समृद्धि र विकासका लागि कोसेढुङ्गा बन्नुपर्ने सरोकारवालाले बताएका छन् । विमानस्थल सञ्चालनका विभिन्न पूर्वाधारको अभावकैबीच विमानस्थल सञ्चालनमा आएपनि यसले पोखरेलीलाई कति उत्साहित बनाएको थियो भन्ने कुरालाई आइतबार उर्लेको पोखरेलीको जनसागरले प्रष्ट सङ्केत गर्दथ्यो । हजारौँ पोखरेलीको सहभागितामा भव्यताका साथ… पुरा पढौ

यी पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, १८ पुस । यी पाँच बैंक तथा वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज पुस १८ गते अन्तिम दिन बाँकी रहेकाे छ ।सिभिल बैंक, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, पोखरा फाइनान्स, आइसिएफसि फाइनान्स र सिवाईसी नेपाल लघुवित्तकाे लाभांश सुरक्षित गर्ने अन्तिम दिन बाँकी रहेकाे हाे । यी कम्पनीहरुले साधारण सभा तथा लाभांश प्रयोजनका लागि पुस १९ गते मंगलबार बुक क्लोज गर्ने भएकाेले । सेयरधनीहरुले लाभांश सुरक्षित गर्न का लागि आजसम्म सेयरधनी बन्नुपर्नेछ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले… पुरा पढौ

पेट्रोलियम पदार्थको मूल्य यथावत्, ऋणकाे व्यवस्थापन गर्न निगमलाई सकस

काठमाडौं, १८ पुस । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । नेपाल आयल निगमले प्रेस विज्ञप्ति जारी गर्दै मूल्य यथावत् राखेको जनाएको हो । स्वचालित मूल्य प्रणालीअनुसार अन्तर्राष्ट्रिय बजारमा भएको पेट्रोलियम पदार्थको मूल्य थपघटको अवस्था हेरेर इन्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउने गरेको छ । अहिले इन्डियन आयल कर्पोरेसनबाट मट्टितेलबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढेर आएको भए पनि नेपालमा भने नबढाइएको निगमले आइतबार बेलुका प्रेस विज्ञप्ति जारी गर्दै जनाएको हाे। “हाल… पुरा पढौ

लक्ष्यअनुसार राजस्व उठाउन अर्थमन्त्रीले दिए निर्देशन

काठमाडौं, १८ पुस। चालु आर्थिक वर्ष २०७९/०८० का लागि सरकारले तोकेको लक्ष्यअनुसार राजस्व उठाउन उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन्। अर्थ मन्त्रालय एवं मातहतका विभाग र कार्यालयहरूसँगको छलफलका क्रममा पौडेलले यस्तो निर्देशन दिएका हुन। चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा आन्तरिक र भन्सार राजस्व लक्ष्यभन्दा कम रहेको छ । वार्षिक लक्ष्यभन्दा कम राजस्व उठ्नुको कारणबारे आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशकसँग जानकारी लिएको पनि अर्थ मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए। अर्थमन्त्री पौडेलले राजस्व… पुरा पढौ

दूधको मूल्यवृद्धि स्थगन, अध्ययन गरेर समायोजन गर्ने सहमति

काठमाडौं, १८ । पुसदूधको उत्पादन लागत बढेको भन्दै बिक्री मूल्य बढाएका डेरी व्यवसायीहरूले मूल्यवृद्धिको निर्णय फिर्ता लिएका छन् । आज कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव, दुग्ध विकास बोर्ड र सरोकारवालाबीच भएको छलफलपछि दूधको मूल्यवृद्धिको निर्णय स्थगन भएको राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादवले जानकारी दिए। “सरोकारवाला निकायहरूसँग बसेको बैठकको निर्णयअनुसार हाल वृद्धि गरिएको दूधको मूल्य स्थगन गरिएको छ । दूधको उत्पादन लागत मूल्य, बजार मूल्यको वृद्धि तथा उपभोक्ता क्रयशक्तिसमेतको वैज्ञानिक तवरबाट यथाशीघ्र अध्ययन गरी मूल्य समायोजन गर्न सहमति… पुरा पढौ

अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष २०२३’को शुभारम्भ

काठमाडौं, १८ पुस । संयुक्त राष्ट्रसङ्घले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाउने घोषणा गरेअनुरुप नेपालले पनि सो कार्यक्रमको शुभारम्भ गरेको छ । कृषि विभागद्वारा ललितपुरमा आयोजित कार्यक्रममा कृषि विकास तथा पशुपन्छी मन्त्रालयका सचिव डा गोविन्द शर्माले ‘अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष २०२३’को शुभारम्भ गरे। कोदो नेपालको धान, मकै, गहुँपछि चौथो महत्वपूर्ण खाद्यान्न बाली हो । कोदोजन्य बालीमा कोदोका अतिरिक्त चिनो, कागुनो, जुनेलो, बाजरा र साँवा पर्छ । खेती गर्न सजिलो र पौष्टिकताले भरिएको अन्न बालीका रुपमा कोदोलाई लिइँदै आएको… पुरा पढौ

४७ वर्षपछि पोखरेलीको सपना साकार भएकाे छ : मेयर आचार्य (फाेटाे फिचर)

पाेखरा, १७ पुस । पाेखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै ४७ वर्षपछि पोखरेली जनताको सपना पूरा भएको बताएका छन्। आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनमा कार्यक्रममा बाेल्दै मेयर आचार्यले विमानस्थल सञ्चालनमा आएसँगै पोखरालाई पर्यटनको राजधानीका रुपमा विकास गर्नुपर्नेमा जाेड दिए । विमानस्थल सञ्चालनका लागि सबैको सहयोग आवश्यक रहेको भन्दै उनले विमानस्थल सञ्चालनका समस्याका रुपमा रहेका ल्याण्डफिल साइटको व्यवस्थापन तथा रिठ्ठेपानी डाँडा कटानको काम पूरा गरेको बताए। उनले विमानस्थल सञ्चालनमा आउनका लागि महानगरअन्तर्गत वडा नं १४ का जनताको… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको वृद्धि, ४ अर्ब बढीको कारोबार

काठमाडौं, १७ पुस । साताको सेयर कारोबार हुने पहिलो तथा अंग्रेजी नयाँ वर्ष २०२३ को पहिलो महिना जनवरीको पहिलो १ तारिखको दिन सेयरमा बजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नयाँ सरकार बनेपछि र सरकारले अर्थतन्त्रलाई सुधार गरेर लैजाने तथा अर्थतन्त्रमैत्री वातावरण बनाउने बताएपछि सेयर बजार उकालो लाग्न थालेको हो । नेप्सेको यस्तो सकारात्मक लयले लगानीकर्ताहरुमा उत्साह जगाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७.२६ अंकले बढेर २०४६.२९ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.८५ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ… पुरा पढौ

प्रधानमन्त्री दाहालले गरे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको समुद्घाटन

पाेखरा, १७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको समुद्घाटन गरेका छन ।आज आयोजित भव्य कार्यक्रमबीच दाहालले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको औपचारिकरुपमा उद्घाटन गरेका हुन । प्रधानमन्त्री दाहालले मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा आजदेखि पोखरामा विमानस्थल सञ्चालनमा आएसँगै पोखरासँग अब अन्तर्राष्ट्रिय क्षेत्रसँगको सम्बन्ध स्थापित भएको बताए । दाहालले पोखरा विमानस्थल निर्माणका लागि चिनियाँ राजदूतावासमार्फत तथा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग प्रत्यक्ष भेटेर पनि छिटो निर्माणका लागि आफूले पहल गरेको बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका परिकल्पनाकार शङ्करराज पाठक आफ्नो गुरु भएको… पुरा पढौ

कर्जालाई अनुदानमा परिणत गर्न मुख्यमन्त्री पोखरेलको चीन सरकारसमक्ष आग्रह

पोखरा, १७ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रवाह भएको ७५ प्रतिशत कर्जालाई अनुदानमा परिणत गर्न चीन सराकारसमक्ष आग्रह गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले चीनको एक्जिम बैंकबाट विमानस्थल निर्माणका लागि लिइएको करिब २२ अर्बमध्ये ७५ प्रतिशत ऋणलाई पनि अनुदानमा परिणत गर्न आग्रह गरेका हुन् । “म नेपालस्थित चिनियाँ राजदूतावासमार्फत् चीन सरकारसमक्ष ७५ प्रतिशत ऋणलाई पनि अनुदानमा परिणत गर्न आग्रह गर्दछु”, उनले भने । विमानस्थल निर्माणका लागि कुल… पुरा पढौ