मुख्य समाचार

नाफा बुक गर्ने प्रवृत्ति बढेपछि सेयर बजारमा करेक्सन

काठमाडौं, १३ पुस । लामो समयको अन्तरालपछि मंगलबार करिब ४ अर्बको कारोबार भएपछि दंग परेका सेयर लगानीकर्ताहरु आज बढी हावी भएका छन् । उनीहरुको ध्यान नाफा बुकतर्फ लागेपछि सेयर बजार आज प्रभावित भएको छ । दुईदिन पछि सेयर बजार पुनः ओरालोको यात्रामा गएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११.८२ अंकले घट्न पुगेको छ भने यो १९७२.१५ विन्दुमा रोकिएको छ । नेप्सेमा ०.६० प्रतिशतले गिरावट भएको छ । सेन्सेटिभ इण्डेक्स ४.७२ अंकले घटेर ३८१.३२ विन्दुमा पुगेको छ ।… पुरा पढौ

ओलि र दाहालले गरे सरकारको आगामी कार्य दिशाका बिषयमा छलफल

काठमाडौं, १३ पुस । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सरकारले लिने नीति कार्यक्रम र सरकार सञ्चालनका बारेमा छलफल भएको छ । प्रधानमन्त्रीको निजी निवास खुमलटारमा आज भएको भेटवार्तामा उनीहरुबीच सरकारको मूल नीति कार्यक्रम र कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। “उनहाँहरुबीच सरकारलाई प्रभावकारी बनाउने विषयमा विहङ्गम छलफल भयो”, उनले भने। दाहाल नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले गरेका निर्णयका बारेमासमेत उहाँहरुबीच छलफल भएको… पुरा पढौ

आन्तरिक पर्यटक लोभ्याउँदै नारायणी नदीका मोटरबोट

चितवन, १३ पुस ।  छोटो समय लिएर घुम्न आउने आन्तरिक पर्यटकको लागि चितवनको नारायणी नदी किनार आन्तरिक पर्यटकका लागि बन्दै गइरहेको छ । नदी वरपरको रमणीय वातावरण तथा नदीमा सञ्चालित मोटरबोटका कारण यहाँ आन्तरिक पर्यटक आकर्षित बनेका हुन् । नारायणगढ बजार नजिकै रहेको नदी किनारमा मोटरबोटको मज्जा लिनेदेखि घाम ताप्ने र फुर्सदको समयमा घुम्न आउने मानिसको सङ्ख्या बढ्दै गइरहेको छ । कालिका नगरपालिका– ५ बाट आएकी बालिका कँडेलले मोटरबोट चढ्नकै लागि नदी किनारमा आएको बताइन् । उनले मोटरबोट चढेर यहाँको… पुरा पढौ

विदेशबाट कति वटा मोबाइल ल्याउँदा प्रज्ञापनपत्र चाहिन्छ ?

काठमाडौं, १३ पुस । अबदेखि विदेशबाट व्यक्तिगत मोबाइल ल्याउँदा भन्सारबाट प्रज्ञापनपत्र अनिवार्य लिनुपर्ने भएको छ ।नेपाल दूरसञ्चार प्राधिकरणले एमडीएमएस प्रणाली लागू गरेसँगै विदेशबाट स्वदेश आउने यात्रुले आफूले चलाउने मोबाइल बाहेक आफ्नो साथमा ल्याउने मोबाइलको समेत भन्सारबाट प्रज्ञापनपत्र लिनुपर्ने व्यवस्था लागू भएको हो । विदेशबाट ल्याएको आफूले चलाउने मोबाइल बाहेक एउटा मोबाइल भन्सार घोषणा गर्दा वा प्रज्ञापनपत्र लिँदा कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ । एकभन्दा बढी फोन ल्याएमा भन्सार तिर्नुपर्ने छ । विदेशबाट ल्याइएका आफूले चलाउने बाहेक एकभन्दा… पुरा पढौ

किन बढ्दैछ नेपालमा गाडीको मूल्य ?

काठमाडौं, १३ पुस । नेपालमा उपलब्ध हुने गाडीको मूल्य फेरि बढ्ने देखिएको छ । भारत सरकारले आगामी अप्रिल १ बाट अनिवार्य र बाध्यात्मक हुनेगरी प्रदूषण मापदण्डमा परिवर्तन गरेसँगै गाडीको मूल्य भारतमै बढ्ने भएको हो । नेपालमा अधिकांश गाडी भारतबाट आउने भएकोले भारतमा मूल्य बढेपछि नेपालमा स्वत: मूल्य बढ्ने भएको हो । अहिले भारतमा उत्पादन भएका कारको ९५ प्रतिशतभन्दा बजार हिस्सा नेपालमा छ । यस्तोमा भारतमा नयाँ नियमा अनिवार्य गरिएसँगै उत्पादित कार नै नेपाल आउने भएकोले त्यसको प्रत्यक्ष असर नेपालको मूल्यमा… पुरा पढौ

प्रभु लाइफ र सेन्ट्रल फाइनान्सको सेयर कारोबार फुकुवा

काठमाडौं, १३ पुस । नेपाल स्टक एक्सचेन्जले सेयर कारोबार फुकुवा गरेपछि प्रभु लाइफ इन्स्याेरेन्स र सेन्ट्रल फाइनान्सको सेयर कारोबार बुधबारदेखि सुरु भएकाे छ । स्टक एक्सचेन्जले महालक्ष्मी लाइफ इन्स्याेरेन्ससँग गाभिने क्रममा रहेकाे प्रभु लाइफको आधारभूत बाहेक अन्य सेयरधनीहरुको सेयर कारोबार फुकुवा भएकाे हाे। दुवै इन्स्याेरेन्सले गएकाे असार ३० गते मर्जरका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । त्यसपछि असार ३१ गतेबाट उनीहरुकाे सेयर कारोबार राेकिएकाे थियो । सेन्ट्रल फाइनान्सकाे हकमा भने सेयर बजारमा प्रभाव पार्ने लाभांश बारे सूचना समयमा नदिएको… पुरा पढौ

मध्यमोदी हाइड्रोले गर्याे परिक्षण उत्पादन, व्यवसायिक उत्पादनको तयारी

पर्वत, १३ पुस । पर्वतमा निर्माण भएको मध्यमोदी जलविद्युत् आयोजनाको परिक्षण उत्पादन सफल भएको छ । निजी क्षेत्रको मिडिल मोदी हाइड्रोपावर लिमिटेडले निर्माण गरेको १८ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाले ८ वर्षपछि परीक्षण उत्पादन गरेको हो । परीक्षण उत्पादन सफल भएपछि यसै सातादेखि व्यावसायिक उत्पादनको तयारी छ । विसं २०७१ मङ्सिरदेखि उक्त आयोजनाको निर्माण थालिएको हो । निर्माण पूरा गरी परीक्षण उत्पादन सफल भएका कारण केही दिनभित्रै व्यावसायिक उत्पादन सुरु गरिने आयोजना प्रमुख प्रविन देसारले जानकारी दिए । “तीन वर्षमा… पुरा पढौ

पुस १५ पछि चल्ने छैनन् दर्ता नभएका मोबाइल

काठमाडौं, १३ पुस । नेपाल दूरसञ्चार प्राधिकरणले यही पुस १५ गतेबाट ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) पूर्णरुपमा कार्यान्वयनमा ल्याउने भएको छ । एमडीएमएस कार्यान्वयनमा आएसँगै अवैध तरिकाले नेपाल भित्र्याइएका, कर नतिरेका र व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेट नेपालमा चल्ने छैनन् । यस्ता मोबाइल सेटको कर आउँदो शुक्रबारभित्रसम्ममा बुझाउन र आइएमइआर नम्बर लिन दूरसञ्चार प्राधिकरणले सूचना जारी गरेको छ । “मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको… पुरा पढौ

काठमाडौं–केरुङ रेलमार्ग अध्ययन गर्न चिनियाँ टोली काठमाडौंमा

काठमाडौं, १३ पुस । काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिकसहितको उच्चस्तरीय टोली नेपाल आइपुगेको छ । यसअघि नै पूर्वसम्भाव्यता अध्ययन भइसकेको सो रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिक टोली यहाँ आइपुगेको रेल विभागले जानकारी दिएको छ । विभागका प्रवक्ता अमन चित्रकारका अनुसार चिनियाँ विज्ञ र विभागको सहकार्यमा सम्भाव्यता अध्यनयको प्रक्रिया अगाडि बढ्नेछ । यसअघि पनि चिनियाँ सहयोगमा नै सो परियोजनाको पूर्वसम्भाव्यता अध्ययन भएको थियो । चिनियाँले सम्भाव्यता अध्ययनलाई नै विस्तृत परियोजना प्रतिवेदन (डिपीआर)को तहमा बुझ्ने गरेका छन् । सरकारले सम्भाव्यता… पुरा पढौ

डिएसपी ठगबहादुरलाई निलम्बनको सिफारिस

काठमाडौं, १३ पुस। नेपाल प्रहरीले घुस प्रकरणमा मुछिएका इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई निलम्बनका लागि गृह मन्त्रालयमा सिफारिस गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले उनलाई निलम्बनका लागि गृहमन्त्रालयमा सिफारिस गरिएको जानकारी दिए। उक्त घटनाका सन्दर्भमा आवश्यक प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)को टोलीले अवैध गतिविधि (सुन व्यवसायीसँग घुस मागेको प्रकरण) मा संलग्न रहेको आरोपमा उनलाई आइतबार राति पक्राउ गरेको थियो ।… पुरा पढौ