मुख्य समाचार

कुखुराको चल्ला खरिदमै भ्रष्टाचार

काठमाडौं, १३ पुस । किसानको जीवनस्तर उकास्ने र आर्थिक उपार्जनमा सहयोग गर्नका लागि भनेर स्थानीय सरकारमा कार्यरत कर्मचारी नै कमाउ धन्दामा लाग्छन् भने त्यसलाई तपाई के भन्नुहुन्छ ? उत्तर सहज नै छ, यो त सरासर भ्रष्टाचार हो । यस्तै, भ्रष्टाचार भएको छ– कालीकोटको खाँडाचक्रम नगरपालिकामा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको एक मुद्दाले पनि सोही कुरा स्पष्ट पारेको छ । नगरपालिकाले पोल्ट्री बङ्गुर फार्मसँग चार सय २० कुखुरा उपलब्ध गराउने सम्झौता ग¥यो । नगरपालिकाका नायब सुब्बा दीपकराज देवकोटाले… पुरा पढौ

नेपाल बैंकको विस्तारित काउण्टर पुतलीबजारमा

पोखरा १३ पुस । नेपाल बैंक लिमिटेडले स्याङजाको पुतलीबजार नगरपालिका परिसरमा विस्तारित काउण्टर सेवा सञ्चालनमा ल्याएको छ । स्याङजा शाखा मातहत रहने गरी उक्त शाखाको मंगलबार एक कार्यक्रमकाबिच पुतलीबजार नगरपालिकाका मेयर तुलसीराम रेग्मीले उद्घाटन गरे । कार्यक्रममा बैंकका गण्डकी प्रादेशिक कार्यालय प्रमुख प्रतिमा श्रेष्ठ, उपप्रबन्धक ध्रुब पौडेल, स्याङजा शाखाका शाखा प्रबन्ध बिष्णु खनाल तथा नगरपालिकाका प्रशासकीय अधिकृत गणेशप्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो । बैंकका देशभर २ सय २६ शाखा सञ्जाल, २ सय एटीएम काउण्टर रहेका छन् भने ५१ वटा… पुरा पढौ

अर्थतन्त्र नियन्त्रण बाहिर छैन, उच्च मनोबलका साथ काम गर्नुस्: अर्थमन्त्री

काठमाडौं, १२ पुस । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र नियन्त्रणभन्दा बाहिर गएको अवस्था नभएकाले सही मार्गमा ल्याउन विभिन्न प्रयास र प्रयत्न थाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको प्रतिनिधिमण्डलसँग भएको आजको भेटमा उनले मुलुकको अर्थतन्त्रको महत्वपूर्ण खम्बाका रुपमा रहेको निजी क्षेत्रले भोगेको समस्याप्रति सरकार संवदेनशील रहेको बताए । निजी क्षेत्रका मागप्रति सरकार कति गम्भीर छ भन्ने कुरालाई निजी क्षेत्रको छाता सङ्गठनसँगको भेटलाई दिएको प्राथमिकताले पनि स्पष्ट पार्ने उनले बताए । “वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले… पुरा पढौ

कुमारी र एनसीसी बैंकले पुस १७ देखि एकीकृत कारोबार गर्ने

काठमाडौं, १२ पुस । कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले पुस १७ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले मङ्गलबार एक सूचना जारी गर्दै यी दुई बैंक गाभिएर आउँदो आइतबारदेखि एकीकृत कारोबार गर्ने जनाएको हो । दुवै बैंकबीच गत असोज १० मा मर्जरमा जाने सम्झौता भएको थियो । गत मङ्सिर २५ गते बसेको दुवै बैंकको विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । अब यी दुवै बैंकको ‘कुमारी बैंक लिमिटेड’ का नामबाट कारोबार… पुरा पढौ

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारीमा आयोग

काठमाडौं, १२ पुस । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरू गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा १ महिना अघि निर्वाचन हुनेगरी निर्वाचनको मिति तोक्नुपर्ने भएकाले आन्तरिक छलफल सुरु भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । निर्वाचनको मिति तोकेर नेपाल सरकारलाई दिनुपर्ने व्यवस्था रहेको छ । वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी फागुन २९ मा सकिने भएकाले आयोगले माघ २८ गतेभित्र निर्वाचन गराउने तयारी गरेको हो । नेपालको संविधानको धारा ६३… पुरा पढौ

सेयरबजारमा सुधार, ४ अर्बको कारोबार

काठमाडौं, १२ पुस । मुलुकले नयाँ सरकार र नयाँ अर्थमन्त्री पाए लगत्तै सेयर बजारमा सुधार देखिन थालेकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सपथ लिएकै दिन मन्त्रीपरिषदको पहिलो वैठकमा अर्थतन्त्रको सुधारको कुरा उठाइएको थियाे । त्यसको भोलिपल्ट आज प्रधामनमन्त्री दाहालले नीजि क्षेत्रका नेतृत्वहरुसंगको छलफलमा अर्थतन्त्रको पुनरुत्थानमा जोड दिने बताएको केहि समयपछि आजको सेयरमा त्यसको सकारात्मक प्रभाव परेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५९.८७ अंकले बढेको छ । यसरी बढेको नेप्से १९८३.९५ विन्दुमा उक्लिएको छ । नेप्सेमा ३.११… पुरा पढौ

लोककथाबाट चियाउँदा समाज कस्तो देखिन्छ ?

पोखरा । ‘लोककथाबाट चियाउँदा समाजको दर्पण कस्तो देखिन्छ?’ सहजकर्ता दीपक सापकाटाले कवि तथा संस्कृतिविद् तुलसी दिवसलाई सोधे । १ सय २२ ओटा लोककथाको संगालो ‘लोककथा’बाट प्रचलित मौखिक कथाको संग्रहण गरेका दिवसले लोककथाको महत्वबारे बोले । पोखरामा जारी १०औं नेपाल लिट्रेचर फेस्टिभलको सेसन ‘लोककथाको आलोक’मा वक्ता थिए तुलसी दिवस । र सहजकर्ता थिए पत्रकार सापकोटा । दिवसले भने, ‘नेपाल १ सय ४० भन्दा बढी भाषा बोल्ने जातीहरूको सामूहिक स्थल हो । नेपाली बोल्नेको मात्रै होइन । सबैको सामूहिक स्थल भएका कारण… पुरा पढौ

अर्थतन्त्र चलायमान बनाउन ब्याज घटाउनुपर्छ: परिसंघ अध्यक्ष

काठमाडौं, १२ पुस । नेपाल उद्योग परिसंघले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि नवगठित सरकारले पहिलो प्राथमिकतामा बैंक ब्याजदरलाई राख्नु पर्ने बताएको छ । संकटमा रहेको अहिलेको अर्थतन्त्रलाई सुधारात्मक बाटोतर्फ अघि बढाउन सरकारले न्यूनतम २ प्रतिशत ब्याजदर घटाउन राष्ट्र बैंकसँग समन्वय गर्नु पर्ने परिसंघका अध्यक्ष बिष्णु अग्रवालले बताएका हुन् ।  सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्दै परिसंघका अध्यक्ष अग्रवालले तरलता संकुचन हुँदै जाँदा अर्थतन्त्रका गतिविधिहरु रोकिन थालेको बताएका छन् । तरलता संकुचन हुँदा बैंकिङ क्षेत्रले माग अनुसार… पुरा पढौ

जलविद्युतकाे ‘हब’ बन्दैछ कालिकोट

कालिकाेट, १२ पुस । भौतिक विकासका पूर्वाधारका हिसाबले पछाडि परेको कालीकोट जिल्ला पछिल्लो समय जलविद्युत्को ‘हब’ (केन्द्र) बन्न लागेको छ । कालीकोटमा तीन ठूला जलविद्युत् आयोजना निर्माण सुरु हुने भएसँगै जलविद्युत् ‘हब’ का रुपमा विकास हुने भएको हो । कालीकोटमा हुम्ला कर्णाली र तिला कर्णालीलगायत सानाठूला गरेर दुई हजारभन्दा बढी मेगावाट विद्युत् उत्पादन गर्न सक्ने नदी तथा खोलाहरु छन् । जिल्लामा चार सय २० मेगावाटको तिला–१, चार सय ४० मेगावाटको तिला–२, चार सय ८० मेगावाटको फुकोट कर्णाली र १६ मेगावाटको… पुरा पढौ

अर्थतन्त्र पुनरूत्थानमा लाग्ने प्रम दाहालको प्रतिबद्धता

काठमाडौं, १२ पुस । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । उनले मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णय भइसकेको बताए । आज बिहान भएको नेपाल उद्योग वाणिज्य महासङ्घको पदाधिकारी प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई आफूले सम्मान गर्ने पनि बताए । “महासङ्घ अर्थतन्त्र जोगाऔं भन्ने अभियानमा लागेको छ, यति बिहानै भेटघाटका लागि आउनु भयो, त्यही विषयमा तपाईंहरु चिन्तित हुनुुहुन्छ र समस्या समाधानका लागि भनिरहनु भएको… पुरा पढौ