मुख्य समाचार

काभ्रे बस दुर्घटना अपडेट : मृतक १३ जनाको पहिचान खुल्यो

काभ्रेपलाञ्चोक, २८ मङ्सिर । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मङ्गलबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाएका १७ मध्ये १३ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार मृत्यु हुनेमा बनेपा नगरपालिका–११ की ७९ वर्षीया निर्मला तामाङ, ११ वर्षीय योगेश तामाङ, ५० वर्षीय अंकुर तामाङ, ४३ वर्षीया हेमा तामाङ, १० वर्षीय पुष्कर तामाङ, २५ वर्षीया कोपिला तामाङ र ६ वर्षीया श्रेया तामाङ रहेका छन् । त्यस्तै बनेपा नपा–१४ का ३९ वर्षीय राजकुमार तामाङ, २८ वर्षीया गीता… पुरा पढौ

महासंघकाे टाेली र गर्भनरबीच भेटवार्ता, अर्थतन्त्र जोगाउन आग्रह

काठमाडौं, २८ मंसिर। नेपाल उद्योग वाणिज्य महासङ्घले अर्थतन्त्रमा आन्तरिक र बाह्य कारणले बहुआयामिक प्रभाव परिरहेकाले तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व एवं मूल्य स्थिरताका लागि नेपाल राष्ट्र बैंकले विशेष पहल गर्नुपर्नेमा जोड दिएको छ । महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासङ्घका पदाधिकारी, प्रदेश च्याप्टरका अध्यक्ष र कार्यकारिणी समितिका सदस्य सम्मिलित प्रतिनिधिमण्डलले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहितका उच्च अधिकारीलाई भेट गरी उक्त आग्रह गरेको हो । “नेपालको निजी क्षेत्र सम्भवतः हालसम्मकै कठिन अवस्थाबाट गुज्रिरहेको छ”, अध्यक्ष गोल्छाले भने, “ब्याजदर स्थायित्व, चालु पूँजी… पुरा पढौ

एलपीजी ग्यासको आयात कम गर्न स्वच्छ ऊर्जा प्रयोगमा जोड

काठमाडौं, २८ मङ्सिर । ऊर्जा विज्ञहरुले नागरिकको जीवनस्तर सुधार्न स्वच्छ (विद्युतीय) ऊर्जाको प्रयोगलाई बढाउन प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन् । एलपीजी ग्यासको बढ्दो आयातलाई घटाउन र स्वदेशमै उत्पादित विद्युत्को खपत बढाउन विद्युतीय चुलो तथा भान्सामा प्रयोग हुने अन्य विद्युतीय उपकरणको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने उनीहरुको सुझाव छ । नेपाल वातावरण पत्रकार समूह (नेवापस), प्रकृति रिसोर्सेस सेन्टर र विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले आयोजना गरेको कार्यक्रमका सहभागीले स्वच्छ खाना पकाउने उर्जा प्रयोग बढाउन आवश्यक रहेको बताए । नेपालले हाल वार्षिक रु दुई खर्बभन्दा… पुरा पढौ

राष्ट्रपतिबाट उद्घाटन हुँदै श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय

भोजपुर, २८ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारी आज गृह जिल्ला भोजपुर आउने भएकी छन् । आफ्नो जन्मगाउँ रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ, आमबोटेमा निर्माण भएको ‘श्रीराम मिथिला बहुप्राविधिक’ शिक्षालय उद्घाटनको लागि उनी भोजपुर आउन लागेकी हुन्। शिक्षालयको उद्घाटनसँगै राष्ट्रपति भण्डारीले बेहेरेश्वर महादेव र शिवालय मन्दिरको दर्शन गर्ने तथा आफू अध्ययन गरेको बेहेरेश्वर माध्यमिक विद्यालयको निरीक्षण गर्नेलगायत कार्यक्रम रहेको जनाइएको छ । दुर्गम ठाउँका स्थानीयमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न राष्ट्रपति भण्डारीको पहलमा यहाँ रु ११ करोड ३९ लाख ७३ हजार आठ… पुरा पढौ

काभ्रेकाे बेथानचोकमा बस दुर्घटना, १८ काे मृत्यु, २१ घाइते

काभ्रे, २८ मंसिर । काभ्रे जिल्लाकाे बेथानचोक गाउँपालिकामा हिजाे साँझ भएकाे बस दुर्घटनामा परी १८ जनाको ज्यान गएकाे छ । बा ३ ख ४३८५ नम्बरको बस बेथानथोक ५ च्याल्टीमा गरिएकाे ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका-४ सल्लेतिर गइरहेको बेला दुर्घटनामा परेको जनाइएकाे छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक रेशम बोहोराले बस दुर्घटनामा १८ जनाको मृत्यु भएको जानकारी दिएका छन् । दुर्घटनामा परेर २१ जना घाइते भएका छन् । गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले अनुसार मृतकको संख्या १८ पुगेको बताए । बसमा ३९… पुरा पढौ

स्पा तथा वेलनेस व्यवसायमा अग्रणी : ट्रयाङ्क्युलिटी स्पा

काठमाडौं, २७ मंसिर । नेपालमा स्पा तथा वेलनेस व्यवसायमा अहिलेकाे परिचित र स्थापित ब्राण्ड हो ट्रयाङ्क्युलिटी स्पा । आजभन्दा १५ वर्षअघि याे स्पा स्थापना भएकाे हाे । त्यसअघि पनि छिटफुट रुपमा स्पा व्यवसाय सञ्चालित थिए तर त्यसलाई विदेशीहरुले मात्र सञ्चालन गर्दथे । स्पालाइ नेपालमा व्यावसायिक गर्ने श्रेय जान्छ युवा व्यवसायी भुवन फैजुलाई । फैजु ट्रयाङ्क्युलिटी स्पाका अध्यक्ष हुन । ट्रयाङ्क्युलिटी स्पाले सन् २००७ मा विधिवत दर्ता गरेर निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ । स्थापना र शाखा विस्तार विदेशीद्वारा सञ्चालित… पुरा पढौ

२.५७ अंकले घट्याे नेप्से, कारोबार करिब ७८ करोडमा सीमित

काठमाडौं, २७ मंसिर । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयरबजारमा पुनः गिरावट देखिएको छ । अघिल्लो दिन सकारात्मक लयमा देखिएको नेप्सेमा दोश्रो दिनमै दोहोरो अंकको गिरावट भएको हाे । वाणिज्य बैंकहरुले पुसमा ब्याजदरलाई स्थिर राख्ने निर्णय गरेको भएपनि बजारमा त्यसको प्रभाव परेको देखिएन । बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको बैठकले मंसिर महिनाकै ब्याजदरलाई पुसमा निरन्तरता दिने निर्णय गरेको छ । सोमबार ब्याज घट्ने आकलन भएपनि सो अनुसार नभएपछि नेप्से पुनः ओरालो लागेको छ । नेपाल स्टक… पुरा पढौ

यस्तो छ नारायणगढ–मुग्लिन सडकमा दैनिक ४ घण्टा सवारी रोकिनुको कारण

चितवन, २७ मंसिर । नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक ४ घण्टा सवारी आवागमन रोकिने भएको छ । सडक खण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनमा आज सम्पन्न सरोकारवालाको बैठकले पुस ५ गतेदेखि एक महिनाका लागि सडक रोकेर काम गर्ने निर्णय गरेको छ । सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोकिने छ । भौगोलिक रुपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुईन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्ने लगायतका कामको लागि… पुरा पढौ

डेभिज फल्स अवलोकन गर्ने पर्यटक बढे

पोखरा, २७ मंसिर । हिमाली दृश्य, गुफा, तालतलैया, सांस्कृतिक र प्राकृतिक सम्पदाले पोखरा स्वदेशी विदेशी पर्यटकका लागि आकर्षक पर्यटकीय गन्तव्य मानिन्छ । पोखरा पुग्नेहरुलाई सुन्दर र आकर्षक लाग्ने ठाउँ हो फेवातालको निकासको रुपमा रहेको पाताले छाँगो । पोखरा–१७ को छोरेपाटनमा रहेको यस छाँगोले पर्यटकलाई सधै लोभ्याइरहेको छ । जमिनको सतहभन्दा तल गुप्तेश्वर गुफातर्फ झर्ने यो झरना बर्खायाममा ठूलो र आकर्षक देखिन्छ । पर्यटकलाई लोभ्याउने पाताले छाँगोलाई ‘डेभिज फल्स’ भनेरसमेत चिनिन्छ । कोभिडका कारण दुई वर्षदेखि छाँगो अवलोकन गर्नेको कमी आए… पुरा पढौ

नारायणघाट-बुटवल सडक निर्माणकाे काम २० प्रतिशत सम्पन्न

कावासोती, २७ मङ्सिर । १ वर्ष थप म्याद थपिएपछि निर्माण कम्पनी चाइना स्टेट इञ्जीनियरिङ कर्पोरेशनले नारायणगढ–बुटवल सडक निमार्णलाई तिव्रता दिएको छ । गैँडाकोटमा रहेको आयोजनाको पूर्वी खण्ड हेर्ने कार्यालयका इञ्जीनियर धिरज ढकालका अनुसार अहिलेसम्म २०.३३ प्रतिशत काम सम्पन्न भएको छ । गत साउन २२ गते म्याद सकिँदा आयोजनाको प्रगति १८ प्रतिशतमात्र रहेकाेमा म्याद थप गरिएपछि भने निर्माण कम्पनीले कामलाई तिव्रता दिएको उनले बताए। आयोजनाको पूर्वी खण्डमा दैनिक १ हजार २ सय कामदारले काम गरिरहेका छन् । आयोजनाको पूर्वी खण्डमा पर्ने… पुरा पढौ