मुख्य समाचार

सफलता रामकलीको, साथ ग्लोबल आइएमई लघुवित्तको

दाङ, ९ मंसिर । रामकली बोहरा सल्यान जिल्लाको मार्केमा २०१८ सालमा जन्मिएकी हुन् । उनको बिहे सल्यान जिल्लाकै कुपिण्डेदह स्थायी घर भएका कामी बहादुर बोहरासँग भयो । बिहेपछि बोहरा दम्पतीका ३ छोरा १ छोरी जन्मिए । उनीहरुको पालनपोषण,पढाइ खर्च तथा घर खर्च बढ्न थाल्यो । आवश्यकताका हिसाबले बोहरा दम्पती २०५० सालमा सल्यानबाट व्यापार व्यवसाय गर्ने उद्देश्यले बसाई सरेर दाङ जिल्लाको तुलसीपुर-१० मा आए । दाङ आएपछि बाख्रा पालन व्यवसाय गरिरहेका बोहराको कमाईले जेनतेन घर खर्च टरिरहेको थियो । चार सन्तानका… पुरा पढौ

विदेशमा बढ्दै नेपाली चलचित्रको बजार

काठमाडौं, ९ मंसिर । पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट  मुनाफासमेत प्राप्त गर्न थालेको छ । नेपालमा राम्रो भनिएका चलचित्रलाई विदेशमा रहेका दर्शकले हेर्न दर्शक लालायित हुने भएकाले पनि केही चलचित्रले विदेशबाट राम्रै मुनाफा स्वदेश भित्र्याउने गरेका छन् । निर्देशक प्रदीप भट्टराईले विदेशी बजारले गर्दा नेपाली चलचित्र निर्मातालाई चलचित्र बनाउन आँट आउने बताए । “स्वदेशी बजारबाट  लगानी गर्न प्रेरित नहुँदा विदेशमा भने प्रदर्शन गर्न  अधिकार दिएबापत प्राप्त हुने रकमले हामीलाई सजिलो बनाएकोछ”, उनले भने, “मैले निर्देशन… पुरा पढौ

कास्की क्षेत्र नं १ मा एमालेका गुरुङ र प्रदेशमा मुख्यमन्त्रीका दाबेदार अधिकारी विजयी

पोखरा, ९ मंसिर । सबैले चासो लिईरहेको कास्की क्षेत्र नं १ को नतिजामा कस्को पल्लाभारी होला भनेर अड्कलवाजि भईरहँदा कतिलाई चकित पार्यो र कतिलाई कमजोरि भएको महशुस गरायो । जहाँ मुख्यमन्त्रीका दावेदार तथा पूर्व मन्त्री भईसकेका हेबि वेटका उम्मेदवार खगराज अधिकारी पनि थिए । यस क्षेत्रमा गठबन्धनका उम्मेदवारहरु नेकपा एमालेका उम्मेदवारभन्दा अगाडी जान सकेनन् । कास्की क्षेत्र नं १ मा प्रतिनिधि सभातर्फ नेकपा एमालेका मन बहादुर गुरुङ विजयी भएका छन् । गुरुङले प्रतिद्वन्दि नेपाली कांग्रेसका उम्मेदवार किशोरदत्त वराललाई २ हजार… पुरा पढौ

मर्जरलाई अन्तिम स्वीकृति दिन कुमारी र एनसीसी बैंकले डाके विशेष साधारण सभा

काठमाडौं, ९ मंसिर । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श ९एनसीसी० बैंकले मर्जरलाई अन्तिम स्वीकृति दिन विशेष साधारण सभा डाकेका छन् । दुवै बैंकले आगामी मंसिर २५ गते साधारण सभा आह्वान गरेका हुन् । यीमध्ये कुमारी बैंकको विशेष साधारण सभा बैंकको नक्सालमा रहेको कार्यालयमा दिउँसो १ बजे सुरु हुने बताइएको छ । यस्तै एनसीसी बैंकको विशेष साधारण सभा अनमोल ब्याङ्क्वेट शंखमूलमा दिउसो १ बजे नै शुरु हुनेछ । यी दुवै बैंकका साधारण सभामा कुमारी बैंक र एनसीसी बैंक एक… पुरा पढौ

सुनको भाउ स्थिर, चाँदीको घट्यो

काठमाडौं, ९ मंसिर । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउमा भने सामान्य गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनको भाउमा कुनै परिवर्तन भएको छैन । बिहिबारकै भाउमा खरिदबिक्री भईरहेको छ । चाँदी रुपैयाँ १० ले घटेको छ । आज छापावाल सुन स्थिर रहेर बिहिबारकै भाउ तोलाको ९७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार छापावाल सुन तोलामा रुपैयाँ १ हजारले बढेर तोलाको… पुरा पढौ

प्रतिनिधिसभा : ११७ स्थानकाे मतपरिणाम सार्वजनिक (सूचीसहित)

काठमाडौं, ९ मंसिर। यही मंसिर ४ गते सम्पन्न भएकाे प्रतिनिधि सभा सदस्यमा निर्वाचनको मतगणनाकाे नतिजा आउने क्रम जारी रहेकाे छ। अहिलेसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ११७ स्थानको अन्तिम मत परिणाम सार्वजनिक गरीएकाे छ।  निर्वाचन आयोगले दिएकाे जानकारी अनुसार हालसम्म नेपाली कांग्रेस ले ४० स्थानमा, नेकपा (एमाले)ले २९ स्थानमा, नेकपा माओवादी केन्द्रले १२ स्थानमा, एकीकृत समाजवादीले १० स्थानमा, राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थानमा, राप्रपाले ५ स्थानमा जित हाँसिल गरेका छन् । स्वतन्त्रल उम्मेदवारहरु पाँच स्थानमा विजयी भएका छन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी ४ स्थानमा… पुरा पढौ

बैंक अफ काठमाण्डूको सेयरमूल्य नेप्सेमा समायाेजन

काठमाडौं, ९ मंसिर । बैंक अफ काठमाण्डूको सेयरमूल्य नेप्सेमा समायाेजन भएकाे छ । बैंककाे ६ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्जमा समायोजन भएको हाे । बैंकले मंसिर २३ गते २८औँ वार्षिक साधारण सभा बाेलाएकाे छ। साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लोज गरिएपछि सेयरमूल्य समायोजन भइ नयाँ सेयरमूल्य कायम गरिएकाे हाे । समायोजनपछिकाे सेयरमूल्य २१४ रुपैयाँ २५ पैसा रहेकाे छ। असार १ गते अन्तिम कारोबार प्रतिकित्ता २२७ रुपैयाँ १० पैसामा भएकाे थियो। अफ काठमाण्डू मर्जरकाे प्रक्रियामा गएकाे छ ।… पुरा पढौ

पाँचथरमा एमालेका नेम्बाङ ४७ मतान्तरले विजयी

मिक्लाजुङ, ९ मङ्सिर । पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा (एमाले)का वसन्तकुमार नेम्बाङ पुनः निर्वाचित भएका छन् । बहान सकिएकाे मतपरिणामअनुसार उनले नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई ४७ मतान्तरले पराजित गरे । नेम्वाङले ३२ हजार एक सय १० मत प्राप्त गर्दा आङदेम्बेलाई ३२ हजार ६३ मत प्राप्त भएको छ । नेम्वाङ यसअघि पाँचथरबाट २०४८, २०५६ र २०७४ मा पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी विसं २०७४ मा पनि आङदेम्बेलाई हराउँदै प्रतिनिधिसभा सदस्य बनेका हुन्। विसं २०१८ चैत ८ गते पाँचथरको… पुरा पढौ

धनुषा-३ मा एमालेका महतो, बारा-१ मा मैनाली, बारा-३ मा साह र तेह्रथुम प्रदेश (१)मा दुलाल विजयी

काठमाडौं, ९ मंसिर । धनुषा निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)का जुलीकुमारी महतो निर्वाचित भएकी छन् । उनले गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अनिल झाभन्दा नौ हजार छ सय ६९ मत बढी ल्याएर निर्वाचित भइन। निर्वाचन आयोगका अनुसार एमाले नेतृ महतोले ३३ हजार तीन सय ५५ मत प्राप्त गरिन् भने लोसपा नेता झाले २३ हजार छ सय ८६ मत प्राप्त गरे। महतोले पहिलोपल्ट प्रत्यक्ष निर्वाचनमा जित हासिल गरेकी हुन्। दुईपटक समानुपातिक सांसद हुँदै मन्त्रीसमेत… पुरा पढौ

कास्की ३ मा एमालेका पौडेल ५ हजार ४४५ मतान्तरले विजयी

पोखरा, ९ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत कास्की क्षेत्र नं ३ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दामोदर पौडेल (बैरागी) विजयी भएका छन् । मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनको मतगणनाको आज बिहान घोषणा गरिएको अन्तिम मतपरिणामअनुसार पौडेलले नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रामजीप्रसाद बराललाई पाँच हजार चार सय ४५ मतान्तरले पराजित गरे। पौडेलले २२ हजार नौ सय ८० मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार बरालले १७ हजार पाँच सय ३५ मत प्राप्त गरेकाे मुख्य निर्वाचन… पुरा पढौ