मुख्य समाचार

मागमा आएको सङ्कुचनले राजस्व सङ्कलनमा दबाब

काठमाडौं, ७ मंसिर । सरकारले राजस्व सङ्कलनमा गिरावट आउँदा त्यसले वित्तीय चाप पारेको स्पष्ट पारेको छ । राजस्व सचिव रामेश्वर दङ्गालले अर्थतन्त्रमा परेको दबाबबारे निजी क्षेत्र जानकार रहेको भन्दै राजस्वमा योगदान गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे। नेपाल उद्योग परिसङ्घले राष्ट्रिय कर दिवस २०७९ का अवसरमा आयोजना गरेको छलफल कार्यक्रममा उनले अर्थतन्त्रमा स्थायित्व ल्याउनका लागि मौद्रिक नीतिले औजार प्रयोग गर्दा बजेटले लिएका उद्देश्य हासिल गर्न दबाब परेको बताए। उनले राजस्वमा दबाब पर्दै गए आन्तरिक ऋण उठाउनुपर्ने र त्यसको प्रत्यक्ष असर निजी… पुरा पढौ

काठमाडौं २ मा प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीकी गौतम विजयी

काठमाडौं, ७ मंसिर । प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो जीत हासिल गरेको छ । बुधबार बिहान सम्पन्न काठमाडौँ क्षेत्र नं २ को मतगणनाअनुसार प्रतिनिधिसभा सदस्यतर्फ रास्वपाका उम्मेदवार सोविता गौतम विजयी भएकि छन्। सो क्षेत्रका निर्वाचन अधिकृत विमला रेग्मीका अनुसार गौतमले १५ हजार दुई सय २९ मत पाइन उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार मणिराम फुँयालले ११ हजार पाँच सय ५५ मत प्राप्त गरे। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ र नेकपा (माओवादी)… पुरा पढौ

समानुपातिकतर्फ एमालेको मत १ लाख २४ हजार नाघ्यो

काठमाडौं, ६ मंसिर । देशभर मतगणना जारी रहँदा प्रतिनिधिसभाको समानुपातिक प्रणालीतर्फ नेकपा एमाले र नेपाली कांग्रेसकाे मत सवा लाख कटेकाे छ । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनकाे समानुपातिकतर्फ आज बेलुकासम्म नेकपा एमालेले १ लाख २४ हजार ९३१ मत पाएको छ । नेपाली कांग्रेसले १ लाख ६ हजार ५४६ मत पाएको छ। तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले ५० हजार ८१४ मत पाएकाे छ । चौथो स्थानमा माओवादी केन्द्रले ४४ हजार ९५८ मत पाएको छ । पाँचौं स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीले २८ हजार… पुरा पढौ

आयोगद्वारा सङ्क्रमणकालीन न्यायलाई छिटो टुङ्याउन आग्रह

काठमाडौं, ६ मंसिर । राष्ट्रिय मानवअधिकार आयोगले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानुनहरुमा संशोधन र सङ्क्रमणकालीन न्यायलाई छिटो टुङ्ग्याउन सरकारसँग आग्रह गरेको छ । विस्तृत शान्ति सम्झौताको १६ वर्ष पुगिसक्दा पनि सङ्क्रमणकालीन न्याय अझै निश्कर्षमा पुग्न नसकेको उल्लेख गर्दै आयोगले सत्य निरुपण तथा मेलामिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको आयोगमा यथाशीघ्र पदाधिकारीहरु नियुक्त गरी सङ्क्रमणकालीन न्यायलाई छिटो टुङ्गोमा सरकारसँग आग्रह गरेको हो । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले विस्तृत शान्ति सम्झौताको १६ वर्ष पुगिसक्दा पनि द्वन्द्वपीडितले न्याय पाउन नसकेको भन्दै सर्वोच्च अदालतको… पुरा पढौ

आज काठमाडौंमा यो वर्षकै बढी चिसो

काठमाडौं, ६ मंसिर । काठमाडौं उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । आज काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम ७.५ डिग्री सेल्सियस मापन गरिएको छ । सोमबार काठमाडौंको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रहेको थियो । चिसो बढेसँगै मौसम पूर्वानुमान महाशाखाले तापक्रम क्रमशः घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । काठमाडौं उपत्यकासहित देशभर औसतमा दैनिक १ देखि २ डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार… पुरा पढौ

झापा ५ मा एमाले अध्यक्ष ओली अगाडि

झापा, ६ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नं ५ मा अग्रता कायम राखेका छन् । मतगणनाको शुरुआत देखि नै उनी अग्रस्थानमा रहँदै आएका छन् । अध्यक्ष ओलीले १७ हजार ४ सय ६८ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १० हजार ३ सय ७ मत प्राप्त गरेका छन् । यसैगरी झापा ५ कै प्रदेशसभामा एमाले उम्मेदवारले अग्रता कायम गरेका छन् । झापा–१ मा एमालेका हिक्मतकुमार कार्कीले अग्रता कायम गरेका हुन्… पुरा पढौ

१९२९.७० विन्दुमा झर्यो नेप्से, १ अर्ब बढीकाे कारोबार

काठमाडौं, ६ मंसिर । आईतबार र सोमबारको निर्वाचनकाे बिदापछि खुलेको नेपाली सेयर बजारको दृश्य सकारात्मक बन्न सकेन । साताको सेयर कारोबार हुने तेश्रो दिन आज मंगलबार सेयर बजार ओरालो लाग्दा लगानीकर्ताको मनोबल बढ्न सकेन । प्रतिनिधसभा तथा प्रदेश सभाकाे चुनावको सरगर्मिले बजारमा अर्थको पनि चलायमान हुने अवश्था आउने अपेक्षा गरिए पनि सो अनुसार नभकाे हाेकि भन्ने आकलन गरिएकाे छ । अब फेरि पर्ख र हेरको अवश्थामा पुर्याएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७.१३ अंकले घटेर १९२९.७० विन्दुमा… पुरा पढौ

पिपुल्स हाइड्रोपावरको आइपीओ बाँडफाँड बुधबार हुने

काठमाडौं, ६ मंसिर । पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर (आइपीओ) भाेलि बुधबार बाँडफाँड गरिने भएकाे छ । सेयरकाे बाँडफाँड बिक्री प्रबन्धक सानिमा क्यापिटलकाे काठमाडौं नक्सालस्थित कार्यालयमामा अपरान्ह ४ बजे गरिने भएकाे हाे । कम्पनीले कात्तिक २५ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि ५६ लाख ६ हजार ३९० कित्ता आइपीओ बिक्रीमा ल्याएकाे थियाे। यसबाट २ लाख ८० हजार ३२० कित्ता सामूहीक लगानी कोषका लागि रहेकाे छ । १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीका लागि रहेकाे छ । सेयरमा १२ लाख ३४ हजार… पुरा पढौ

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

काठमाडौं, ६ मंसिर । काठमाडौं-९ मा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । श्रेष्ठले ११ हजार ९५६ मत प्राप्त गरेर विजयी भएका हुन् । यो उनको राजनीतिक जीवनको आठौं स्पर्धा हो भने यो सहित उनले चौथो पटक जित हासिल गर्न सफल भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गरे । यसैगरी सत्ता गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी कल्पना धमलाले ६ हजार ४०२ मतसहित तेस्रो स्थानमा रहिन् । पुरा पढौ

काठमाडौं–७ र कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

काठमाडौं, ६ मंसिर । काठमाडौँ निर्वाचन क्षेत्र नंं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले अग्रता कायम राखेका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभाका उम्मेदवार पराजुलीले ३ हजार ४ सय ४५ मत प्राप्त गरी अग्रता लिएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिइन् । कुल १४ हजार ७ सय ३१ मतगणना हुँदा दोस्रो मत नेकपा ९एमाले०का उम्मेदवार श्यामकुमार घिमिरेले प्राप्त गरेका छन् । घिमिरेले ३ हजार ३ सय ५४ र लोकतान्त्रिक वाम–गठबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराईले… पुरा पढौ