मुख्य समाचार

मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी

काठमाडौं, ६ मङ्सिर । मनाङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन् । गुरुङले उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का पोल्देन छोपाङ गुरुङलाई तीन सय २८ मतले पराजित गरे। कांग्रेसका गुरुङले दुई हजार पाँच सय ७५ मत प्राप्त गरे भने एमालेका उम्मेदवार गुरुङले दुई हजार दुई सय ४७ मत प्राप्त गरे । कांग्रेसका केन्द्रीय सदस्य गुरुङ मनाङ कांग्रेसको पूर्व सभापति हुन् । उजी पूर्व श्रम राज्यमन्त्री थिए । साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्या गुरुङले ५ मत प्राप्त गरे भने १९… पुरा पढौ

ललितपुर-३ मा डा.तोसिमा कार्की र नवलपरासी १-मा विनाेद चौधरीकाे अग्रता

काठमाडौं, ५ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले फेरि अग्रता लिएकी छन् । ललितपुर-३ कि उम्मेदवार तोसिमाले २ हजार १ सय ८५ मत प्राप्त पाएकि छन् । ताेसिमालाई एमाले उम्मेदवार अमृत खड्काले पछ्याइरहेका छन् । उनले १ हजार ८ सय ८५ मत ल्याएका छन्। उनी ताेसिमाभन्दा ३०० मतले पछि रहेका छन् । तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसाले १ हजार १ सय ९९ मत पाएकी छन्। याे क्षेत्रमा २०७४ सालकाे चुनावमा भुसाल विजयी भएकी थिइन् । नवलपरासी क्षेत्र नम्बर १ मा… पुरा पढौ

झापा ५ मा केपी शर्मा ओलीकाे अग्रता बढ्याे

झापा, ५ मंसिर । झापा निर्वाचन क्षेत्र नम्बर-५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलीले १ हजार ६८९ मतकाे अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अनुसार ओलीले ३ हजार २ सय १२ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले १ हजार ५ सय २३ प्राप्त गरेका छन्। कांग्रेसका अधिकारीको भन्दा ओलीले १ हजार ६ सय ८९ मतले अग्रता लिएका हुन्। पुरा पढौ

स्वदेशी ओटिटीमा बढ्दैछन् दर्शक

काठमाडौं, ५ मंसिर । ओटिटी (ओभर द टप) प्रतिको आकर्षण कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रुपमा ‘डिजिटल प्लेटफर्म’ रोजे । अन्तर्राष्ट्रियरुपमा बजार राम्रो बनाइसकेका नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्ने प्लस हटस्टार, जी फाइभ, सोनी लिभलगायत ‘ओटिटी प्लेटफर्म’ दर्शकका प्रिय बनिरहँदा नेपाली एप भने ओझेलमा रहे । नेपालमा समेत विदेशी ओटिटीका प्लेटफर्मतर्फ बढ्दा नेपालमै रहेका आइफ्लिक्स, भिडियो पसल, सिनेमाघर जस्ता एपले भने धेरै दर्शक तान्न सकेनन् । नेपाल राष्ट्र बैंकले पाँच सय… पुरा पढौ

प्रम देउवाको जिल्ला डडेल्धुरामा पनि मतगणना शुरु

डडेल्धुरा, ५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पनि मत गणना शुरु भएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि हिजो मंसिर ४ गते भएको निर्वाचनको मत गणना केही बेर अघि शुरु भएको हो । जिल्लामा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा क्षेत्र रहेको छ भने प्रतिनिधिसभाको एक सिटका लागि नेपाली कांग्रेसका सभापति एव प्रधानमन्त्री देउवा, सागर ढकाल लगायत ८ जना चुनावी मैदानमा छन् । विशेषगरी पटक पटक चुनाव जित्दै आएका प्रधानमन्त्री देउवाको यो क्षेत्रमा यस पटक… पुरा पढौ

काठमाडौं ४ मा गगन थापा अगाडि, राजन भट्टराई पछ्याउँदै

काठमाडौं, ५ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि हिजो मंसिर ४ गते भएको निर्वाचनको प्रारम्भिक मत गणना अनुसार काठमाडौंमा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसमा गगन थापाले अग्रता लिएका छन् । शुरुवाती आँकडा अनुसार थापाले ३४९० मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजन भट्टराईले आधाभन्दा कम अर्थात् १७१५ मतसहित उनलाई पछ्याइरहेका छन् । यही सूचीमा राष्ट्रिय प्रजातन्त्र पार्टीका डा. ठाकुरमोहन श्रेष्ठ निकै झिनो अर्थात् १९९ मतका साथ तेस्रो नम्बरमा रहेका छन् । स्वतन्त्र उम्मेदवार अर्जुनकुमार प्रसाईले… पुरा पढौ

३५ क्षेत्रको गणना जारी हुँदा एमालेको अग्रता, कांग्रेस दोस्रोमा

काठमाडौं, ५ मंसिर । हिजो मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको शुरुवाती गणनामा एमालेले अग्रता लिएको छ । हालसम्म प्रतिनिधि सभातर्फको ३५ निर्वाचन क्षेत्रको गणना जारी रहेकोमा एमालेले १२ ठाउँमा अग्रता लिएको छ। यसैगरी नेपाली कांग्रेसले ८ ठाउँमा अग्रता लिएको छ भने मुस्ताङमा विजय हासिल गरिसकेको छ । मुस्ताङ क्षेत्र नं १ मा एमालेका प्रेमप्रसाद तुलाचनलाई हराउँदै नेपाली कांग्रेसका योगेश गौचनले विजय हासिल गरेका हुन् । हाल सम्पन्न निर्वाचनको यो पहिलो परिणाम पनि हो ।… पुरा पढौ

गृहमन्त्री खाणको क्षेत्र रुपन्देही-३ मा मत गणना शुरु

भैरहवा, ५ मंसिर । गृहमन्त्री बालकृष्ण खाण उम्मेदवार रहेको रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएको छ । रुपन्देहीको भैरहवा नमुना उच्च माध्यमिक विद्यालयमा दिउँसो २ बजेदेखि गणना सुरु भएको हो । रुपन्देहीको मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाका अनुसार उक्त क्षेत्रको मायादेवी वडा नम्बर ७ र ८ को प्रतिनिधिसभा तर्फको मत गणना सुरु भएको हो । यसैगरी रुपन्देही ३ प्रतिनिधि सभा र ३(१) प्रदेशसभा प्रत्यक्ष तथा समानुपातिकतर्फको गणना सुरु गरिएको छ । योफ क्षेत्रमा कांग्रेसका केन्द्रीय सदस्य एंव… पुरा पढौ

प्रमुख आयुक्त र जापानी परराष्ट्र राज्यमन्त्रीबीच भेटवार्ता

काठमाडौं, ५ मंसिर । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको अवलोकनका लागि नेपाल आएका जापानका परराष्ट्र राज्यमन्त्री ताकेइ शुनसुकेले आज निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तसँग शिष्टाचार भेट गरे। भेटका अवसरमा द्विपक्षीय सहयोग र सम्बन्धका विषयमा छलफल भएको थियो । राज्यमन्त्री ताकेइले नेपालमा मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन प्रक्रियाको प्रशंसा गरे । प्रमुख आयुक्त थपलियाले निर्वाचन अवलोकन गरेकामा जापानी प्रतिनिधिमण्डललाई धन्यवाद व्यक्त गरे। सो अवसरमा आयोगका सचिव गोकर्णमणि दुवाडी, सहसचिवहरू तथा… पुरा पढौ

ऋणपत्र निष्कासन गर्न एनएमबि बैंकले सेबोनमा दियाे आवेदन

काठमाडौं, ५ मंसिर । एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्ने मनसायका साथ धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ । ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि आवेदन दिएको बैकले जनाएको छ । यो ऋणपत्र निष्कासनका लागि बैंकले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ । बैंकले जम्मा ४० लाख कित्तामध्ये १६ लाख कित्ता सर्वसाधारणका लागि र बाँकी रहेको २४ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्ने हेतुले सेबोनमा आवेदन दिएको बुझिएको छ । बैंकले १० वर्ष अवधि भएको र वार्षिक… पुरा पढौ