मुख्य समाचार

प्रतिनिधिसभा समानुपातिक : एमालेकाे अग्रता कायमै

काठमाडाैं, ८ मंसिर । प्रतिनिधिसभा समानुपातिकतर्फ नेकपा (एमाले) ले चार लाख मतभन्दा बढी मत ल्याएको छ । निर्वाचन आयोगले अद्यावधिक गरेको तथ्याङ्कअनुसार एमालेले चार लाख ५२ हजार सात सय ३० मत प्राप्त गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले चार लाख १६ हजार एकसय ८४ मत ल्याएको छ । अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी दुई लाख ३४ हजार सातसय ४७ मतसहित तेस्रो स्थानमा रहेको छ । नेकपा (माओवादी केन्द्र) ले एक लाख ९२ हजार सातसय ४२ मत ल्याएको छ । राष्ट्रिय प्रजातन्त्र… पुरा पढौ

कास्की २ मा एमालेकी भट्टराई पुनः निर्वाचित

पोखरा ८ मङ्सिर । कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)की उम्मेदवार विद्या भट्टराई १६ हजार नौ सय ९८ मतसहित पुनः निर्वाचित हुनुभएको छ । उनका निकतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार चार सय ९५ मत प्राप्त गरे। भट्टराईले चार हजार पाँच सय तीन मतान्तरले जितलाई आफ्नो पक्षमा पारेकि हुन्। यसैगरी गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का श्रीनाथ बरालले भने नौ हजार छ सय ५९ मत प्राप्त गरेर तेस्रो स्थानमा रहे । सो क्षेत्रमा ७९… पुरा पढौ

लमजुङमा एमालेका पृथ्वीसुब्बा ३ हजार १८८ मतान्तरले विजयी

लमजुङ, ८ मङ्सिर । लमजुङको प्रतिनिधिसभा सदस्यतर्फ नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुबा गुरुङ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङलाई तीन हजार एक सय ८८ मतान्तरले पछि पार्दै एमालेका पृथ्वीसुब्बा विजयी भएका हुन्। जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायणप्रसाद सापकोटाका अनुसार विजयी पृथ्वीसुब्बाले ३४ हजार नौ सय ६९ मत प्राप्त गरे। पराजित गुरुङले ३१ हजार सात सय ८१ मत प्राप्त गरे। कूल एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेकामध्ये ८० हजार… पुरा पढौ

‘रैथाने भोजन सप्ताह तथा मःम जात्रा’ मंसिर १० गतेदेखि नेपासा भोजनगृहमा हुने

पोखरा, ७ मंसिर । पर्यटनको विकास र प्रवर्धनका लागि पोखरा महानगरपालिका वडा नं १७ मुस्ताङचोकस्थित हिमाली टोलमा रहेको नेपासा भोजनगृहमा मंसिर १० गतेदेखि सप्ताहव्यापी “रैथाने भोजन सप्ताह अनि मःम जात्रा” २०७९ आयोजना हुने भएको छ । नेपाली खाना, जीवन शैली र संस्कृतिलाई विश्वव्यापी चिनाउने र त्यसलाई प्रवर्धन गर्ने उदेश्यसहित स्थापना भएको नेपासा भोजनगृहको चौथो वार्षिकोत्सवको अवसरमा सो सप्ताहव्यापी रैथाने भोजन तथा मःम जात्रा आयोजना गर्न लागिएको कर्याक्रमका संयोजक तथा पाकशास्त्री कुश बहादुर भुजेलले आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । भुजेलले… पुरा पढौ

समानुपातिकतर्फ मत परिणाममा एमालेकाे अग्रता कायमै

काठमाडौं, ७ मङ्सिर । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता देखिएको छ । आज बेलुकासम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएकाे तथ्याङ्कअनुसार एमालेले दुई लाख ५४ हजार दुई मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले दुई लाख ३० हजार तीन सय ७०, राष्ट्रिय स्वतन्त्र पार्टी नेपालले एक लाख २० हजार चार सय १७, नेकपा (माओवादी केन्द्र) ले एक लाख पाँच हजार एक सय ९१, राष्ट्रिय प्रजातन्त्र पार्टीले ६२ हजार एक सय ५१, नेपाल मजदुर किसान पार्टीले २० हजार एक सय ५७,… पुरा पढौ

झापा क्षेत्र नं ५ मा एमाले अध्यक्ष ओलीकाे शानदार विजय, २८ हजार ३८८ मतकाे अन्तर

झापा, ७ मङ्सिर । झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शानदार विजय हाँसिल गरेका छन् । निर्वाचन अधिकृत गणेश पाण्डेका अनुसार अध्यक्ष ओलीले ५१ हजार छ सय १९ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार दुई सय ३१ मत ल्याए। अध्यक्ष ओली योसँगै ६ पटक विजयी बनेका छन् । यसअघि उनी विसं २०४८, २०५१, २०५६, २०७० र २०७४ मा यही क्षेत्रबाट विजयी भएका थिए… पुरा पढौ

शिक्षामन्त्री पौडेल बागलुङबाट निर्वाचित

बागलुङ, ७ मंसिर । बागलुङ क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका छन् । नेकपा (एमाले) का मञ्जु शर्मा चालिसेलाई ४ हजार ५ सय ९९ मतान्तरले पराजित गर्दै पौडेल लगातार दोस्रो पटक प्रतिनिधिसभा सदस्यान निर्वाचित भएका हुन् । विसं २०७४ मा २८ हजार ८ सय २७ मत ल्याएर सांसद चुनिएका पौडेलले यसपटक २४ हजार ७ सय ७९ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी एमालेका चालिसेले २० हजार १ सय ८० मत… पुरा पढौ

गरिमा बैंकको १६औं वार्षिकोत्सव विविध कार्यक्रम गरी सम्पन्न

काठमाडौं, ७ मंसिर । गरिमा विकास बैंक लिमिटेड आज आफ्नो स्थापनाकालको १५औं वर्ष पूरा गरी १६औं वसन्तमा प्रवेश गरेको छ । एक्सेस टु अल मूल नारा रहेको बैंकले १६ औं वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ । विगत वर्षहरुमा समेत महत्वका साथ प्राथमिकतामा राख्दै आएको रक्तदान कार्यक्रमलाई बैंकले यो पटक पनि निरन्तरता दिएको छ । यसै अवसरमा मंसिर ७ गते बैंकको केन्द्रिय कार्यालय लाजिम्पाट (काठमाडौं) एवं कोहलपुर (बाँके), बेनि (म्याग्दी), बुटवल (रुपन्देहि), वालिङ (स्याङ्जा), पोखरा (कास्की), नारायणगढ (चितवन), मलंगवा… पुरा पढौ

उपत्यकाका तीनै जिल्लामा फटिटिएच सेवा पुर्‍याइने

काठमाडौं, ७ मंसिर । नेपाल टेलिकमले चालु आर्थिक वर्षको अन्त्यसम्ममा काठमाडौँ उपत्यकाका तीन वटै जिल्लामा फाइबर टु द होम (एफटिटिएच) सेवा पुर्‍याउने भएको छ । राजधानीका मुख्य सहरी भागमा अहिले पनि एफटिटिएच सेवा पुगेकामा चालु आवको अन्त्यसम्म भने काँठ र ग्रामीण भेगमा लैजाने गरी तयारी गरिएको हो । टेलिकमले सन् २०१५ जनवरीदेखि पाइलट प्रोजेक्टका रुपमा एफटिटिएच सेवा सुरु गरेको थियो । सन् २०१७ देखि भने व्यावसायिक रुपमा यो सेवा आरम्भ भएको नेपाल टेलिकमका सहायक प्रवक्ता रञ्जित लोहियाले जानकारी दिए ।… पुरा पढौ

बागलुङमा जनमोर्चाका चित्रबहादुर केसी निर्वाचित

बागलुङ, ७ मंसिर । राष्ट्रिय जनमोर्चा नेपालका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी बागलुङबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनी बागलुङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । निर्वाचित केसीले २१ हजार ४५१ मत ल्याएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार सूर्यप्रसाद पाठकले १८ हजार ८२५ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङले जनाएको छ। निवर्तमान सांसद केसी पाँच दलीय गठबन्धनका साझा उम्मेदवार हुन् । केसी निर्वाचित भएको बागलुङ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार… पुरा पढौ