मुख्य समाचार

काभ्रेकाे कुशादेवीमा पुसदेखि प्याराग्लाइडिङ सञ्चालन हुने

काभ्रे, १ मङ्सिर । काभ्रेकाे पनौती नगरपालिका स्थित कुशादेवी क्षेत्रमा आउँदो पुसदेखि प्याराग्लाइडिङ सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत साउनमा काभ्रेपलाञ्चोकको फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिएको हो । उक्त स्थानमा प्याराग्लाइडिङ सञ्चालनार्थ नागरिक उड्डयन प्राधिकरणमा प्राविधिक प्रक्रियाको काम भइरहेको छ । प्राधिकरणबाट सञ्चालन निर्देशन जारी भएपछि व्यावसायिक उडान गर्ने तयारी गरिने प्रालिका अध्यक्ष छवि हुमागाईले बताए। “मन्त्रालयबाट गत साउनमा व्यावसायिकरुपमा प्याराग्लाइडिङ सञ्चालन अनुमति पाएका छौँ, प्राधिकरणले प्राविधिक प्रक्रियाको काम… पुरा पढौ

सानिमा ग्रोथ फण्डमा मागको ६५ प्रतिशत मात्रै आवेदन

काठमाडौं, १ मंसिर । सानिमा क्यापिटलले बिक्रीमा ल्याएकाे सानिमा ग्रोथ फण्डको इकाईका लागि मागको ६५ प्रतिशत मात्र आवेदन परेको छ । सिडीएस एन्ड क्लियरिङ लिमिटेडले आज बिहान १० बजे अद्यावधिक गरेको तथ्याङ्क अनुसार उक्त कम्पनीको ६६ करोड ४६ लाख ९२ हजार ५ सय रुपैयाँ बराबरको ६ करोड ६४ लाख ६९ हजार २५० कित्ताका लागि ४१ हजार १० आवेदकले आवेदन दिएका छन् । क्यापिटलले प्रतिइकाई १० रुपैयाँकाे दरमा १२ करोड इकाई निष्कासन गरेको थियाे । यसमा घटीमा १ करोड ५६ लाख… पुरा पढौ

घट्यो सुन र चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १ मंसिर । बिहिबार सुन र चाँदी दुबैको भाउ घटेको छ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन आज छापावाल सुनमा रुपैयाँ ४०० तथा चाँदीमा रुपैयाँ १० ले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन रुपैयाँ ४०० ले घटेर तोलाको रुपैयाा ९८ हजारमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार… पुरा पढौ

आज राति १२ बजेदेखि निर्वाचनको स्थिर समय लागू हुने

काठमाडौं, १ मंसिर । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि आज राति १२ बजेदेखि स्थिर समय लागू हुँदैछ । निर्वाचन आचारसंहिता, २०७९ अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म यो अवधि लागू रहन्छ । मतदान मङ्सिर ४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । स्थिर समयमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणका सम्बन्धमा आचारसंहितामा उल्लेख छ । यस अवधिमा… पुरा पढौ

प्रि ओपन सेसनमा नेप्से करिब १ अंकले वृद्धि

काठमाडौं, १ मंसिर, साताको कारोबार हुने अन्तिम दिन आज बिहीबारको प्रि ओपन सेसनमा नेप्से परिसूचकमा १ अंक हाराहारी वृद्धि भएको छ । अघिल्लो कारोबार दिन अर्थात हिजो बुधबार १३.४० अंकले बढेर १९११.२६ विन्दुमा बन्द भएको नेप्से परिसूचक  आजको प्रि ओपन सेसनमा ०.९७ अंक बढेर १९१२.२४ विन्दुमा पुगेको छ । आजको यो सेसनमा सेन्सेटिभ इण्डेक्समा भने ०.१० अंकले कमी आएको छ । आज बिहीबारको प्रि ओपन सेसनमा ११ वटा स्टकको १ लाख ९२ हजार ८२२ रुपैयाँ ४० पैसा बराबरको २२१ कित्ता… पुरा पढौ

राष्ट्र बैंकले १४ अर्ब बढीकाे ट्रेजरी बिलको बोलकबोल गर्दै

काठमाडौं, १ मंसिर । नेपाल राष्ट्र बैंकले आज रुपैयाँ १४ अर्ब ८१ करोडकाे ट्रेजरी बिलको बोलकबोल गर्दैछ। बैंकले मंसिर ६ गते जारी गरिने ९१ दिनकाे लागि ट्रेजरी बिलको बोलकबोल गर्न लागेकाे हाे । यस्तै १८२ दिनकाे लागि र ३६४ दिनकाे लागि साे ट्रेजरी बिलको बोलकबोल आजै गर्न लागेकाे हाे । राष्ट्र बैंककाअनुसार ९१ दिनका लागि २ अर्ब २३ करोड ३२ लाख रुपैयाँ रहेकाे छ । १८२ दिनका लागि १२ अर्ब ४७ करोड रुपैयाँ तथा ३६४ दिनका लागि ११ करोड रुपैयाँ… पुरा पढौ

विश्व बैंकद्वारा वनमा आश्रित समुदायको उत्थानका लागि ४५ लाख अमेरिकी डलर अनुदान सहयोग

काठमाडौं, १ मंसिर कात्तिक। विश्व बैंक र ग्रामीण पुनःनिर्माण नेपाल (आरआरएन) बीच नेपालको वन क्षेत्रका आदिवासी÷जनजाति र स्थानीय समुदाय (आइपिएलसिएस)को क्षमता अभिवृद्धि गर्न ४५ लाख अमेरिकी डलर अनुदान सम्झौतामा हस्ताक्षर भएको छ । नेपालमा आदिवासी÷जनजाति र स्थानीय समुदायका लागि पाँचवर्षे अनुदान संयन्त्र परियोजनाले वनको दिगो व्यवस्थापन प्रक्रियाका लागि स्थानीय, राष्ट्रिय र विश्वव्यापीस्तरमा नेपालको रेड प्लस प्रक्रियामा सहभागी हुन समुदायको क्षमता अभिवृद्धि गर्न मद्दत गर्नेछ । यसले मधेस र लुम्बिनी प्रदेशका वनमा आश्रित समुदायको आम्दानी बढाउन र जीविकोपार्जनका अवसर सिर्जना गर्न… पुरा पढौ

रु ५० कराेड लागतकाे तनहुँ जलविद्युत् आयोजनाको ५६० मिटर सुरुङ निर्माण सम्पन्न

तनहुँ, १ मङ्सिर । तनहुँ जलविद्युत् आयोजनाको पावर हाउसतर्फ पाँच सय ६० मिटर सुरुङ खन्ने कार्य सम्पन्न भएको छ । कूल एक हजार चार सय आठ मिटर लामो सुरुङ खन्नुपर्नेमध्ये हालसम्म उक्त सुरुङ निर्माण गरेको हो । पावर हाउसअन्तर्गत सुरुङ निर्माण कार्यमा चार सय पचहत्तर जना जनशक्ति परिचालन गरिएको सेफ्टी हेल्थ एण्ड वातावरण शाखाका प्रतिनिधी सन्तोष तिवारीले जानकारी दिए। डयाम साइडबाट पनि छिट्टै सुरुङ खन्ने कार्य अघि बढाइने छ । उनले भने ‘आयोजनाले चौविसै घण्टा निर्माण कार्यलाई अघि बढाएको छ… पुरा पढौ

हेटौँडा सिमेन्ट उद्योग १० वर्षपछि पूर्ण क्षमतामा सञ्चालन

मकवानपुर, ३० कात्तिक । सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । ३ महिनापछि पूर्ण क्षमतामा सञ्चालनमा उद्योगले दैनिक सात सय ५० मेट्रिक टन सिमेन्ट उत्पादन गरिरहेको उद्योग प्रशासनले जनाएको छ । यसअघि उद्योगले ३ सयदेखि ४ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ । उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले उद्योगले १० वर्षपछि पहिलो पटक पूर्ण क्षमतामा सिमेन्ट उत्पादन सुरु गरेको जानकारी दिए । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि सिमेन्ट बिक्री वितरण सुरु… पुरा पढौ

विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले बढ्याे

काठमाडौं, ३० कात्तिक । लामो समयदेखि घट्दो क्रममा रहेको वैदेशिक मुद्राको सञ्चिति क्रमशः बढ्न थालेको छ । सरकारले केही वस्तुको आयातमा गरेको कडाइ गरेसँगै वैदेशिक मुद्राको सञ्चितिमा सुधार भएको हो । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा विदेशी विनिमय सञ्चिति १२ खर्ब ४६ अर्ब २२ करोड बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोज महिनासम्मको विवरणअनुसार कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भएको हो । यो वृद्धिसँगै मुलुकको वस्तु आयात गर्न सक्ने क्षमतामा… पुरा पढौ