मुख्य समाचार

बेँसी झर्ने बेला मतदानका लागि जिल्ला फर्किँदै मनाङवासी

मनाङ, २५ कात्तिक । हिमाली जिल्ला मनाङमा जाडो बढ्दै गएको छ । यहाँ जाडो याममा बस्न प्रतिकूल हुन्छ । त्यसैले मनाङवासी जाडो छल्न बेसी झर्ने गर्दछन् । तर यस पटक भने मनाङवासी जाडो छल्न बेसी झर्ने बेलामा जिल्ला भित्रिँदै छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनाङवासी मतदान गर्न जिल्ला फर्किने क्रममा छन् । मनाङमा चिसो बढ्न थालेपछि मनाङी काठमाडौँ, पोखरालगायत स्थानमा जाने अवस्थामा जिल्ला फर्किने क्रममा रहेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए।… पुरा पढौ

राष्ट्रपतिद्वारा ३८औँ फाल्गुनन्द जयन्तीको शुभकामना

पाेखरा, २५ कात्तिक । गते शुक्रबार प्रचार–प्रसार गर्ने) राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द १३८औँ जयन्तीको अवसरमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरेकि छन्। राष्ट्रपति भण्डारीले फाल्गुनन्द जयन्तीका अवसरमा आज जारी गरेएको शुभकामना सन्देशमा सबैमा सहिष्णुता, सद्भाव, अहिंसा एवं समाज सुधारको महान् अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरेकि छन्। “महागुरु फाल्गुनन्दले धार्मिक गुरु मात्र नभई एक सामाजिक अभियन्ताको रूपमा समाजमा विद्यमान अनेक विकृति र विसङ्गतिलाई हटाउनसमेत महत्वपूर्ण भूमिका खेलेका थिए”, सन्देशमा भनिएको छ, “उनले देखाएको बाटोमा… पुरा पढौ

दार्चुलाको विद्यालयमा आमसभा गरेकाेमा आयोगको स्पष्टीकरण

काठमाडौं, २५ कात्तिक । निर्वाचन आयोगले दार्चुलाको गोकुलेश्वर उच्च माध्यमिक विद्यालयमा आमसभा गरेकामा आयोगबाट विभिन्न उम्मेदवारलाई स्पष्टीकरण सोधिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार दार्चुलाका निर्वाचन अधिकृतलाई यस घटनाबारे आवश्यक कारबाही गर्नुका साथै प्रमुख जिल्ला अधिकारीलाई चार दिनभित्र यस घटनाको प्रतिवेदन पेश गर्न निर्देशन दिइएको जानकारी दिए । आयोगले निर्वाचन प्रचार–प्रसारका लागि चुनावीसभा आयोजना गरिएको विषयमा निर्वाचन आयोगले विद्यालयका प्रधानाध्यापक जनञ्जय जोशी, त्यस क्षेत्रमा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, प्रदेश… पुरा पढौ

एक-दुई स्थानमा हल्का वर्षा र हिमाली भागमा हिमपातको संभावना

काठमाडाैं, २५ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएकाे छ। देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।  कार्तिक २५ गते  (शुक्रबार) दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमाली भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको पनि संभावना रहेको छ। राती: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी  भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र  देशका हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि संभावना रहेको छ। कार्तिक २६ गते  (शनिबार) दिउँसो: प्रदेश १, बागमती र… पुरा पढौ

सर्वोच्चद्वारा ‘नो, नट अगेन’ अभियान कार्यान्वयन नगर्ने आदेशलाई निरन्तरता

काठमाडौं, २५ कात्तिक । सर्वोच्च अदालतले ‘नो, नट अगेन’ अभियानमा आबद्ध समूहलाई साइबर कानूनअन्तर्गत कारबाही गर्ने निर्वाचन आयोगको निर्देशन तत्काल कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले पहिला भएको एकल इजलासको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले यही कात्तिक २० गते अल्पकालीन अन्तरिम आदेश दिएको थियो । अदालतले उक्त आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा दुवै पक्षलाई छलफल बोलाएपछि उक्त आदेश गरेको हो… पुरा पढौ

डोटीमा पुगेन राहत, भूकम्पपीडितको त्रिपालको बास

डोटी, २४ कात्तिक । डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका भूकम्प पीडितले सरकारी तवरबाट कुनै राहत प्राप्त गर्न नसकेको गुनासो गरेका छन् । उनीहरुले तरकारी उत्पादनका लागि निर्माण गरिएका पोलि हाउसमा रात बिताउन बाध्य भएको बताएका छन् । भूकम्प पीडितलाई सरकारी क्षेत्रबाट प्रदान गरिने राहत नआइपुगेका कारण उनीहरु समस्यमा परेका हुन् । गत मङ्गलबार रातिको भूकम्पमा परी यहाँका कैयौँ नागरिकका घरमा क्षति पुगेको छ । कतिपयको घर भत्किएको छ भने कैयौँका घरमा क्षति पुगेकाले आफ्नै घरमा रात काट्न नसक्ने अवस्था रहेको छ… पुरा पढौ

अख्तियारद्वारा मालपोतका कर्मचारीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, २४ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत पाँचौं तहका कार्यालय सहयोगी होमनाथ खतिवडाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार मोही लगत कट्टा गर्नका लागि सेवाग्राहीसँग घुस लिँदै गरेकाे अवस्थामा खतिवडा पक्राउ परेका थिए । घुसबापतको ५ हजार रुपैयाँ मात्रै भए पनि खानतलासी गर्दा उनको साथबाट ३ लाख १८ हजार ६ सय भेटिएको थियो । पक्राउका क्रममा बरामद भएको रकममध्ये २ लाख ६१ हजार रुपैयाँ स्रोत नखुलेको पाइएपछि सोही बमोजिमको बिगो… पुरा पढौ

चीनको शून्य भन्सार नीतिको सदुपयोग गरौं : उपराष्ट्रपति पुन

काठमाडौं, २४ कात्तिक । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल र चीनबीचको सम्बन्ध आर्थिक कूटनीतिका माध्यमबाट अझै विस्तार र प्रगाढ बन्ने विश्वास गरेका छन् । आज आयोजित नेपाल चीन उद्योग वाणिज्य सङ्घको २३ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन निजी क्षेत्रको भूमिका अझै प्रभावकारी बन्ने बताए। पञ्चशीलको सिद्धान्तमा आधारित नेपाल–चीन द्विपक्षीय सम्बन्ध विविध क्षेत्रमा विस्तार हुँदै आएको जनाउँदै उनले विगत केही वर्षयता नेपाल र चीनबीचको सम्बन्ध अझ गहिरो तथा फराकिलो बनाउन नयाँ सहयोगका क्षेत्र पहिचान गरिएको बताए।… पुरा पढौ

बेनी जोमसोम कोरला सडक निर्माण अलपत्र पार्ने कम्पनीकाे ठेक्का खारेज गरिदैं

म्याग्दी, २४ कात्तिक । पर्वत, म्याग्दी र मुस्ताङमा निर्माणाधीन बेनी–जोमसोम–कोरला सडक आयोजनाको ३ वटा खण्ड अलपत्र परेको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत उत्तरदक्षिण जोड्ने कालीगण्डकी करिडोर नजिक चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमानामा रहेको कोरला नाका जोड्ने सडक अलपत्र पार्ने निर्माण कम्पनीसँग ठेक्का तोड्नका लागि प्रक्रिया अघि बढाइएको आयोजनाले जनाएको छ । आयोजना प्रमुख जगत प्रजापतिले खन्ति–जोमसोम, जोमसोम–कागबेनी र चराङ–छोसेर खण्डमा सडक निर्माणको जिम्मा लिएका कम्पनीसँगको ठेक्का तोड्न यही कात्तिक २२ गते पहिलो पटक सार्वजनिक सूचना जारी गरिएको बताए ।… पुरा पढौ

अब एकीकृत कारोबारपछि १५ दिन मात्र सेयर कारोबार रोकिने

काठमाडौं, २४ कात्तिक । धितोपत्रको दोस्रो बजारमा कारोबार गरिरहेका कम्पनीले एक आपसमा गाभ्ने वा गाभिने निर्णय गरेपछि लामो समयसम्म लगानीकर्ता बन्धक हुँदै आएका थिए । आफूले लगानी गरेको सम्पत्ति बिक्री गर्न नपाउँदा त्यसबाट ठूलो हैरानी खेप्नु परेको थियो । गर्जो टाराैला भनेर गरिएको लगानी लामो समयसम्म चुपचाप राख्नु पर्दा त्यसबाट पर्ने नकारात्मक असरको भुक्तभोगी शेयरबजारमा लगानी गर्ने धेरैजसो लगानीकर्ता रहेका छन् । बैंक तथा वित्तीय संस्थाको नियमन गर्ने नेपाल राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमार्फत शेयर कारोबारका सन्दर्भमा रहेको त्यस… पुरा पढौ