मुख्य समाचार

बजारमा सिमेन्टकाे खपत घट्याे , बैंककाे तरलता संकटले निर्माणका काममा कमी आएको व्यवसायीकाे भनाई

काठमाडौं, २५ कात्तिक । पछिल्लो केही समययता बजारमा सिमेन्ट तथा रडको खपत घट्न थालेकाे व्यवसायीहरुले बताएका छन् । हिउँद यामलाई विकास निर्माणका समयका रुपमा पनि लिइन्छ । तर विकास निर्माणको समय सुरु भए पनि सिमेन्ट तथा छडको माग भने न्यून भएको पाइएको हो । नेपाल राष्ट्र बैंकले गरेको कडाइ तथा देशमा तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाले घर तथा आवास निर्माणका लागि सहजरुपमा ऋण नदिँदा सिमेन्ट तथा रडको माग नभएको व्यवसायीको भनाइ छ । बजारमा निर्माण सामग्रीको माग न्यून… पुरा पढौ

पिपुल्स हाइड्रोको सेयर: खुलेकै दिन साढे १५ लाख कित्ता माग

काठमाडौं, २५ कार्तिक । पिपुल्स हाइड्रोपावरको सेयरमा पहिलाे दिनमै १५ लाख ६६ हजार ६९० कित्ताका लागि आवेदन पेश भएकाे छ । सीडीएसले १५ करोड ६६ लाख ६९ हजार रुपैयाँ बराबरको आवेदन पेश जनाएकाे हाे । शुक्रबार दिउँसो पाैने २ वजेसम्म १ लाख २९ हजार ९४३ आवेदकले १५ लाख ६६ हजार ६९० कित्ता माग गरेका छन्। पिपुल्स हाइड्रोपावरको शुक्रबारबाट ५६ लाख ६ हजार ३९० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिएकाे हाे । कम्पनीले आयोजनाबाट प्रभावित क्षेत्रका जनतालाइ सेयर बाँडफाँड गरी बिक्री… पुरा पढौ

ङादी ग्रुप पावर कम्पनीको हकप्रद सेयर नेप्सेमा सूचीकृत

काठमाडौं, २५ कार्तिक । ङादी ग्रुप पावर कम्पनीको हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । नेपाल स्टक एक्सचेञ्जले कम्पनीकाे हकप्रद सेयर शुक्रबार सूचीकृत भएकाे जानकारी दिएकाे हाे ।  कम्पनीले एक सूचना प्रकाशित गरेर १५० प्रतिशत हकप्रद सेयर अर्थात १ कराेड ६ लाख ३ हजार ९८६ कित्ता सेयर सूचीकृत भएकाे जनाएकाे हाे । ङादी ग्रुप पावरकाे साउन १८ गते देखि भदौ ७ गतेसम्म १ अर्ब ६ करोड ३ लाख ९८ हजार ६०० रुपैयाँ बराबरको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता… पुरा पढौ

नेप्सेको पुरानो वेबसाइट बन्द, नयाँ संचालनमा

काठमाडौं, २५ कार्तिक । नेपाल स्टक एक्सचेन्जले संचालन गरिरहेको पूरानो वेबसाईट कार्तिक २७ गतेदेखि पूर्ण रुपमा बन्द हुने भएको छ । नेप्सेले एक सूचना जारी गरेर पूरानो वेबसाईट www.nepalstock.com लाई पूर्ण रुपमा बन्द गरी नयाँ वेबसाईट संचालनमा ल्याउन लागिएको छ । नेप्सेमा शुक्रबार र शनिवार कारोबार नहुने भएकोले आईतबारबाट नयाँ वेबसाईट www.nepalstock.com.np पूर्ण रुपमा संचालनमा ल्याउन लागिएको हो । नयाँ वेबसाईट आईतबारबाट संचालनमा ल्याईने भनियता पनि पूरानो वेबसाईट शुक्रबारबाटै निष्कृय भएको देखिएको छ भने नयाँ वेबसाईट खुल्न थालेको छ । नयाँ… पुरा पढौ

तथ्यपूर्ण र सही सूचना प्रवाह गरौं : प्रमुख आयुक्त थपलिया

चितवन, २५ कात्तिक । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बहुदलीय व्यवस्थामा दलको घोषणापत्र, सिद्धान्त, निष्ठा र कार्यक्रमका आधारमा उम्मेदवारले मत माग्नुपर्ने बताएका छन् । गोरखापत्र संस्थानले आज आयोजना गरेको ‘निर्वाचन समाचार लेखन अनुशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै उनले सांसदको भूमिका नबुझी स्थानीय तहले गर्ने काम गर्छु भन्ने खालका आश्वासनका आधारमा मतदान गर्न नहुने बताएका हुन् । निर्वाचन प्रक्रियामा अझै रुपान्तरण हुन बाँकी रहेको उल्लेख गर्दै उनले भने, 'निर्वाचनलाई राष्ट्रिय एकताको सूत्रमा ५ वर्ष मुलुकलाई कता लाने हो भन्ने सन्देश प्रवाह गर्ने… पुरा पढौ

चन्द्रागिरी हिल्सको खुद नाफा र ईपीएस दुवै बढ्यो

काठमाडौं, २५ कात्तिक । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा चन्द्रागिरी हिल्स लिमिटेडको खुद नाफामा वृद्धि भएको छ । कम्पनीले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो आँकडा देखाएको छ । सार्वजनिक भएको विवरण अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले १ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड ३७ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको थियो । यस हिसाबले गत वर्ष ऋणात्मक रहेको कम्पनीको नाफा यो… पुरा पढौ

ग्रेडर मेसिन हाँक्दै अनिता

घोराही, २५ कात्तिक । दाङको घोराही सहरदेखि गाउँसम्म बिग्रिएका सडक बनाउनेदेखि नयाँ सडकको ट्रयाक खन्ने काममा व्यस्त छिन्, अनिता थारु । साना सवारीसाधन चलाउने महिलाको सङ्ख्याभन्दा ठूला सवारीसाधन चलाउने महिला न्यून छन् । तर अनिता भने विगत चार वर्षदेखि दाङलगायत ठाउँमा सडक तथा पुल निर्माण गर्न ग्रेडर मेसिन चलाउँदै आएकी छिन् । उनी डेढ वर्षदेखि घोराही उपमहानगरपालिकामा ग्रेडर अपरेटरका रुपमा कार्यरत छिन् । अनिताले पछिल्लो समय भने उपमहानगरपालिका भित्रका विकास निर्माणका काममा ग्रेडर मेसिन चलाउँदै आएकी छिन् । बाह्र कक्षासम्म… पुरा पढौ

गरिमा विकास बैंकले गर्‍यो १४.५० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं, २५ कात्तिक । गरिमा विकास बैंकले १४.५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको ईजाजतपत्र प्राप्त यस बैंकको गत कार्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८-७९ को मुनाफा तथा सेयर प्रिमियमबाट शेयरधनीहरुलाई १४.५० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । हाल कायम चुक्ता पुजी ४ अर्ब ५९ करोड ८ लाख ७३ हजार ५०१.८९ रुपैयाँको १३ प्रतिशत बराबर बोनस सेयर बापत ५९ करोड ६८ लाख १३ हजार ५५५.२५ रुपैयाँ र कर प्रयोजनका लागि १.५० प्रतिशत… पुरा पढौ

पृथ्वी राजमार्ग सडक विस्तार तीब्र, दायाँबायाँका ४६६ रुख काटिने

तनहुँ, २५ कात्तिक । पृथ्वी राजमार्ग सडक विस्तारको क्रम तीव्र रुपमा भइरहेको छ । सो क्रममा अब ४ सय ६६ रुख काटिने भएका छन् । यसअघि मुग्लिन–पोखरा सडक आयोजनाले सडकका दायाँबायाँ रहेका ४ हजार २ सय ५ रुख कटान गरिसकेको छ । आयोजनाका वातावरण विज्ञ युवराज ढकालका अनुसार ९० प्रतिशत रुख कटान भइसकेको छ । बाँकी रहेका रुखमध्ये पनि सकेसम्म बचाएर काट्ने योजना रहेको उनले बताए। “सबै रुख नकाटिन पनि सक्छन्”, उनले भने, “काट्नैपर्ने रुख मात्रै कटान गरेर बचाउन सकिने… पुरा पढौ

पिपुल्स हाइड्रोपावरले खुलायो आईपीओ

काठमाडौं, २५ कात्तिक । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयरको निष्कासन तथा बिक्री खुला गरेकोे छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्टाइएको शेयर बाँडफाँट गरी बिक्री नभएका ८ लाख ६ हजार ३ सय ९० सहित कुल ५६ लाख ६ हजार ३ सय ९० कित्ता साधारण शेयर प्रतिशेयर १ सय रुपैयाँ अङ्कित दरमा निष्कासन गर्न लागेको हो । सार्वजनिक आह्वान पत्र अनुसार निष्कासित… पुरा पढौ