मुख्य समाचार

अप्टिकल फाइबर काटिँदा टेलिकमको नेटवर्कमा समस्या

भरतपुर, २४ कात्तिक । चितवन र नवलपुर क्षेत्रमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । सडक विस्तारको क्रममा जथाभावी डोजर चलाएर नेपाल टेलिकमको अप्टिकल फाइबर काटिँदा तीन दिनदेखि नेटवर्कमा समस्या आएको हो । मोबाइलमा फोन नलाग्ने, बोलेको नबुझिने, इन्टरनेट नचल्ने गर्दा नेपाल टेलिकमका सेवाग्राही समस्यामा परेका छन् । फाइबर काटिँदा १३ देखि १४ वटा बिटीएस डाउन भएको दूरसञ्चार कार्यालय भरतपुरले जानकारी दिएको छ । भरतपुरका दुई ठाउँ र नवलपुरको गैँडाकोटमा फाइबर काटिएको दूरसञ्चार कार्यालय भरतपुरका प्रमुख नवीनकुमार मिश्रले जानकारी दिए।… पुरा पढौ

राष्ट्रपतिद्वारा ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण

काठमाडौं, २४ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले आइसल्याण्डमा महिला राजनीतिक नेतृत्व मञ्चद्वारा प्रदान गरिने ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण गरेकि छन् । विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’ (डब्लुपिएल) को कार्यक्रममा सहभागी हुन आइसल्यान्ड पुगेकि राष्ट्रपति भण्डारीले मञ्चले प्रदान गरेको सो अवार्ड ग्रहण गरेकि हुन् । उनलाई ‘वुमन पोलिटिकल लिडर्स्’ (डब्लुपिएल)का संस्थापक एवं अध्यक्ष सिल्भाना कोच–मेहरिनले अवार्ड प्रदान गरेकि हुन्। राष्ट्रपति भण्डारी त्यहाँको स्थानीय समयअनुसार बुधबार मध्याह्न महिला राजनीतिक नेतृत्व मञ्चको परिषद् बैठकमा विशिष्ट अतिथिका रुपमा सहभागी भएकि थिइन।… पुरा पढौ

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा सामान्य बदली

काठमाडौं, २४ कार्तिक । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशका पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेकोले सुदूरपश्चिम,  कर्णाली,  लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको  बताईएको छ।  कार्तिक २४ गते  (बिहीबार) दिउँसो:  देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा  मेघ गर्जन/चट्याङ सहित  हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। हिमाली भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको पनि संभावना रहेको छ। राती:  देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा… पुरा पढौ

कोप–२७ मा नेपालमा जलवायुको असर सम्बन्धी वृतचित्र प्रदर्शन

इजिप्ट, २४ कात्तिक । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७)मा नेपालमा जलवायु परिवर्तनले पु¥याएको क्षतिसम्बन्धी वृतचित्र प्रदर्शन गरिएको छ । आगामी मङ्सिर २ गतेसम्म चल्ने सम्मेलन इजिप्टको शार्म एल–शेखमा आइतबारदेखि प्रारम्भ भएको हो । सम्मेलनको चौथो दिन बुधबार ग्रामीण पुनःनिर्माण नेपाल र दिगो विकास इन्स्टिच्युटले आयोजना गरेको साइड इभेन्टमा ‘साथसाथै फाण्डेसन’ले निर्माण गरेको सो वृतचित्र प्रदर्शन गरिएको हो । जलवायु वित्तमा महिला सहकारीको भूमिका विषयक कार्यक्रममा प्रदर्शन गरिएको वृतचित्रमा विशेष गरी हिमालय क्षेत्रमा… पुरा पढौ

प्रचण्डलाई ९ अर्ब कमिशनकाे चक्करमा लागेकाे भन्ने बाबुरामले उनैलाई बोकेर हिंडे : आचार्य

पोखरा, २३ कार्तिक । मंगलबार बर्खास्त गरिएका गण्डकी प्रदेश सरकारका उर्जा मन्त्री हरिशरण आचार्यले आफुलाई राजनीतिक प्रतिशोध साँधेर बर्खास्त गरिएको बताएका छन् । औपचारिक रुपमा आफुलाई बर्खास्त गरेको थाहा नदिए पनि बर्खास्तमा परेपछि स्वाभिमानका साथ बुधबारबाट हाँसिखुसिका साथ मन्त्रालय छोडेको बताए । आज मन्त्रालयमै पत्रकारहरुसंग भेटघाट गरेर आचार्यले अब राजनीतिले नयाँ परिस्थितिको माग गरेको र आफ्नो राजनीतिक जीवन यात्रा नयाँ गोरेटोमा अगाडी बढ्ने कुरा निश्चित भएको बताए । उसो त मलाई मन्त्री भएको दिनबाटै बर्खास्त गर्न सकिन्छ भन्ने लक्ष्यण् देखिएका… पुरा पढौ

२ खर्ब ५६ अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

काठमाडौं, २३ कात्तिक । केन्द्रीय बैंकले चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । बैंकले हालै सार्वजनिक गरेको आन्तरिक ऋण निष्कासन गर्ने तालिकाले यस्तो पुष्टि गरेको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको तालिका अनुसार दोस्रो त्रैमासिकमा ३० अर्ब, तेस्रो त्रैमासिकमा ८८ अर्ब र चौथो त्रैमासिकमा १ खर्ब ३८ अर्ब आन्तरिक ऋण उठाइने भएको हो । राष्ट्र बैंकले चालु आर्थिक वर्षभित्र दुई खर्ब ५६ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएकोमा विभिन्न त्रैमासिकमा… पुरा पढौ

नेप्से परिसूचक घट्यो, काराेबार साढे १ अर्ब नजिक

काठमाडौं, २३ कार्तिक । नेप्सेकाे ओरालो यात्राले निरन्तरता पाएको छ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार पनि नेपाली सेयरबजार ओरालो लागेको छ । पछिल्ला दिनहरुमा बिक्रेता हाबी भएका कारण परिणाम यस्तो आएको सेयर बजारका खेलाडीहरु बताउँछन् । नजिकिएको निर्वाचनमा पार्टीहरूले खर्च गर्ने र सो रकम बैंकिङ प्रणालीमा आउने धेरैले अपेक्षा गरेका थिए । बैंक तथा वित्तीय संस्थाहरुको धमाधम लाभांश घोषणा तथा वित्तीय विवरण प्रकाशन भई रहेको बर्तमान अवस्थामा सेयर बजारमा चमक देखिएला भन्ने आकलन उल्टो भएको छ ।… पुरा पढौ

निर्वाचन आचारसंहिता र निर्देशनको अवज्ञा नगर्नू: आयोग

काठमाडौं, २३ कात्तिक । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता र आयोगका निर्देशनको अवज्ञा गर्ने दुस्साहस भएमा सह्य नहुने चेतावनी दिएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले युवाहरुका सङ्घ संस्था र युवा प्रतिनिधिसँग आज आयोजना गरेको छलफल कार्यक्रममा उनले राजनीतिक दल, उम्मेदवार, सार्वजनिक निकाय र सम्बन्धित पक्षले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहितरुपमा सम्पन्न गराउन सघाउनुपर्ने भएकाले आचारसंहिताको उल्लघङ्न र निर्देशनको अवज्ञा भएमा उल्लङ्घनकर्तालाई महँगो पर्नसक्ने चेतावनी दिएका हुन् । प्रमुख… पुरा पढौ

पाइलट विजय लामा: ककपिटबाट अन्तर्वार्ता, उडानमा रोक

काठमाडौं, २३ कात्तिक । पाइलट विजय लामालाई उडानमा रोक लगाइएको छ । विमान आकाशमा विमान उडाइरहँदा अन्तर्वार्ता दिएपछि उनलाई उडानमा रोक लगाइएको हो । लामा नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट हुन् । उनले केही दिनअघि साम चुई विदेशी भ्लगरलाई विमान उडाइरहेकै समयमा ककपिटबाट भिडियो अन्तर्वार्ता दिएका थिए । अनुमतिबिना ककपिटमा चालक दलका सदस्य बाहेक अन्य व्यक्तिको प्रवेश निषेधित हुने भएकाले यसरी अन्तर्वार्ता दिनु नियम विपरीत हुन्छ । पाइलटले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको पूर्व अनुमति लिएर भने फोटो वा भिडियो खिच्न… पुरा पढौ

पर्यटकको रोजाइ बन्दै अक्टोपस र बुङ झरना

लमजुङ, २३ कात्तिक । बेँसीसहर–चामे सडकमै सङ्लो पानी झर्झर् गर्दै झरिरहेको छहरा छ । एक सय मिटरभन्दा बढी उचाइबाट झरेको पानी सडकमै खस्छ । छहरामा लहराउँदै झरेको पानीमा सूर्यको प्रकाशसँगै देखिने इन्द्रेणीले झनै सुन्दरता थपिदिन्छ । मर्स्याङ्दी गाउँपालिका–४ च्याम्चेमा रहेको त्यही सुन्दर अत्यन्त मनमोहक अक्टोपसको खुट्टा झैँ झरेको अक्टोपस झरना पनि  हो । वर्षायामका कारण सुनसान रहेको विश्व चर्चित चक्रिय अन्नपूर्ण पदमार्गमा पर्ने यस झरनामा यतिबेला पर्यटकको भीडभाड हुन थालेको छ । यहाँ यतिबेला दैनिक सयदेखि दुई सयजनासम्म आन्तरिक तथा… पुरा पढौ