मुख्य समाचार

चेम्बरको ब्याजवृद्धि विरुद्धको आन्दोलन चुनावसम्म स्थगित

काठमाडौं, कात्तिक २४ । नेपाल चेम्बर अफ कमर्सले बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदर विरुद्धको आन्दोलन निर्वाचन सम्मका लागि स्थगित गर्न आग्रह गरेको छ । जिल्ला चेम्बर अफ कमर्स र नगर चेम्बर अफ कमर्स लगायत सबै जिल्लाका संस्थालाई ब्याजदर वृद्धि विरुद्धको आन्दोलन निर्वाचनसम्मका लागि स्थगित गर्न चेम्बरले आग्रह गरेको हो । बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर एवं राष्ट्रबैंकको चालु पुँजी कर्जा सम्बन्धी मार्ग निर्देशनको विरोधमा चेम्बरले गर्दै आएका विरोधका कार्यक्रमलाई निर्वाचन अवधिभर रोक्न चेम्बरले विज्ञप्ति मार्फत आग्रह गरेको हो… पुरा पढौ

सेयर बजार राताम्यै, कारोबार रकम १ अर्बमा सीमित

काठमाडौं, २४ कार्तिक । केहि दिनदेखि ओरालो लागेको सेर बजारको यात्राले बिहिबार पनि निरन्तरता पाएको छ । परिसूचक घटेपनि कारोबारमा २ अर्ब नाघेको तीनदिन अघिको मापन तीनदिन पछि १ अर्बमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २३.५२ अंकले घटेर १८९३.७० विन्दुमा झरेको छ । नेप्सेमा १.२३ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स भने ४.१७ अंकले घटेर ३७२.३७ विन्दुमा पुगेको छ । यसदिन कुल २२६ कम्पनीको ३१ लाख १४ हजार ६८९ कित्ता सेयरको कारोबार भएको छ । यसबाट १… पुरा पढौ

किन बन्द हुदैछन सवारीसाधनका शोरुम ?

काठमाडौं, २४ कात्तिक । सरकारले वैदेशिक मुद्राको सञ्चिति जोगाउन सवारी साधनको आयातमा लगाएको प्रतिबन्धका कारण केही शोरुम बन्द भएका छन् । सरकारले विद्युतीय सवारी साधनको आयातमा रोक नलगाएको भए पनि डिजेल तथा पेट्रोलबाट चल्ने चार पाङ्ग्रे गाडी आयातमा प्रतिबन्ध लगाइएको छ । देशमा विदेशी मुद्राको सञ्चितिमा कमी भएको भन्दै सरकारले गत वैशाखयता निजी प्रयोजनमा हुने कार, भ्यान तथा जिप आयातमा रोक लगाएको छ । लामो समयदेखि आयात रोकिएका देशभर सञ्चालित गाडीका अधिकांश डिलर बन्द हुन थालेको नाडा अटोमोबाइल्स एशोसिएशन अफ… पुरा पढौ

राष्ट्र बैंकले किन माग्यो वाणिज्य बैंकहरुसँग ब्याजको विवरण ?

काठमाडौं, २४ कात्तिक । राष्ट्र बैंकले वाणिज्य बैंकहरुसँग निक्षेपकर्तालाई दिइएको ब्याजको विवरण माग गरेको छ । बैंकहरुले निक्षेप बढाउन संस्थागत बचतकर्तालाई बढी ब्याज दिएको चर्चा चलेपछि नियामक संस्था केन्द्रीय बैंकले पत्र काटेर यस्तो विवरण बुझाउन भनेको हो । राष्ट्र बैंकले कुन संस्थागत निक्षेपकर्ताले कसरी कुन दरमा ब्याज पाइरहेका छन् भन्ने स्पष्ट हुनेगरी विवरण बझाउन माग गरेको हो । नियामक संस्थाका हिसाबले केन्द्रीय बैंकले यसअघि पनि रेमिटेन्स खातामा दुरुपयोग भएकोबारे विवरण माग गरेको थियो । संस्थागत मुद्दति निक्षेपमा साधारण मुद्दतिको भन्दा… पुरा पढौ

राष्ट्रपति भण्डारीसमक्ष विभिन्न मुलुकका नेतृद्वारा शिष्टाचार भेट

रेक्जाबिक, २४ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न देशका महिला नेताहरूले शिष्टाचार भेटघाट गरेका छन् । राष्ट्रपति भण्डारीसमक्ष आइसल्याण्डका प्रधानमन्त्री एवं विश्व महिला नेतृत्व परिषद्का अध्यक्ष क्याट्रिन याकोब्सडोटिरले शिष्टाचार भेट गरिन् । उक्त अवसरमा नेपाल र आइसल्यान्डबीचको सम्बन्ध, लैङ्गिक समानता, जलवायु परिवर्तनलगायत विषयमा विचार आदानप्रदान भएको थियो । उक्त भेटमा आइसल्यान्डका प्रधानमन्त्रीले नेपालले महिला सहभागिताको क्षेत्रमा गरेको प्रगति उदाहरणीय रहेको उल्लेख गर्दै महिला नेतृत्वको क्षमता विकास, जलवायु अनुकूलन तथा अन्य पारस्परिक हितका विषयलाई प्राथमिकतामा राखी सम्बन्ध विकास गर्नुपर्नेबारे छलफल भएको थियो… पुरा पढौ

वन्यजन्तुको त्रासमा बाँच्न बाध्य छन मध्यवर्ती क्षेत्रका बासिन्दा

बाँके, २४ कात्तिक । बाँके राष्ट्रिय निकुञ्जकाे मध्यवर्तीक्षेत्रमा बसोबास गर्दै आएका स्थानीयवासीले वन्यजन्तु समस्या समाधान गरिदिन अनुरोध गरेका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा निर्वाचन क्षेत्र नं १ को मध्यवर्तीक्षेत्रमा मत माग्न पुगेका उम्मेदवारलाई स्थानीयवासीले वन्यजन्तु समस्याका कारण आफूहरुको जीउधन र खेतीबाली जोखिममा परेको गुनासो गरेका छन् । राप्ती सोनारी गाउँपालिका–८ बालापुरका बासिन्दा वसन्त वलीले वन्यजन्तुका कारण खेतीबाली राम्ररी स्याहार्न नपाएको गुनासो गरे । उनले वन्यजन्तु समस्या समाधान गर्न निकुञ्ज क्षेत्रमा तारबार… पुरा पढौ

सुनको भाउ स्थिर, चाँदीको घट्यो

काठमाडौं, २४ कार्तिक । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनको भाउ स्थिर रहि कारोबार भईरहेको छ । चाँदीको भाउमा भने रुपैयाँ १० ले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउमा यसदिन कुनै परिवर्तन भएको छैन । छापावाल सुनको भाउ स्थिर रहेर बुधबारकै भाउमा तोलाको ९५ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुनमा रुपैयाँ १४०० ले बढेर तोलाको ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन… पुरा पढौ

आदर्श लघुवित्तकाे नाफा र ईपिएस दुबै घट्याे

काठमाडौं, २४ कार्तिक । आदर्श लघुवित्त वित्तीय संस्थाकाे खुद नाफा तथा ईपिएस दुबै घटेको छ। संस्थाकाे सार्वजनिक भएकाे यस आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार गएकाे आर्थिक वर्षकोभन्दा याे अवधिमा खुद नाफा घटेको हाे। चालु आर्थिक वर्षको असोजसम्ममा संस्थाले रुपैयाँ ३ लाख ४९ हजार नाफा कमाएको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७.८३ प्रतिशतले कम देखिएकाे छ । गएकाे वर्ष साेहि अवधिमा रुपैयाँ ६ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। लघुवित्तकाे खुद ब्याज आम्दानी… पुरा पढौ

कोप–२७ मा नेपालमा जलवायुबाट भएको असर सम्बन्धी वृतचित्र प्रदर्शन

इजिप्ट, २४ कात्तिक । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन ९कोप–२७०मा नेपालमा जलवायु परिवर्तनले पुर्याएको क्षतिसम्बन्धी वृतचित्र प्रदर्शन गरिएको छ । आगामी मङ्सिर २ गतेसम्म चल्ने सम्मेलन इजिप्टको शार्म एल–शेखमा आइतबारदेखि प्रारम्भ भएको हो । सम्मेलनको चौथो दिन बुधबार ग्रामीण पुनःनिर्माण नेपाल र दिगो विकास इन्स्टिच्युटले आयोजना गरेको साइड इभेन्टमा ‘साथसाथै फाण्डेसन’ले निर्माण गरेको सो वृतचित्र प्रदर्शन गरिएको हो । उक्त वृत्तचित्रको लेखन तथा निर्देशन प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले गरेका हुन् ।… पुरा पढौ

म्याग्दीखोला जलविद्युतका लागि लगानी जुट्यो

म्याग्दी, २४ कात्तिक । धवलागिरि गाउँपालिका–४ भएर बग्ने म्याग्दी नदीमा निर्माण हुन लागेको म्याग्दीखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । हाइड्रो भिलेज प्रालिले बनाउन लागेको ५७.३ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनामा पाँच कम्पनीले करिब रु आठ अर्ब लगानी गर्ने प्रतिबद्धता जनाएका हुन् । धवलागिरि गाउँपालिकाको जेल्तुङमा विद्युत्गृह र दोभानमा बाँध रहने आयोजनाले ६२६.५० मिटर हेड र म्याग्दी खोलाको १२.५० घनमिटर प्रतिसेकेण्ड बहाव प्रयोग गरी ५७.३ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्नेछ । कुल रु १० अर्ब ७४ करोड लागत… पुरा पढौ