मुख्य समाचार

यी ३६ कम्पनीको १५ अर्ब बराबरको आउदैंछ आइपिओ

काठमाडौं, २६ कात्तिक । अहिले सेयरबजार उतारचढावपूर्ण अवस्थामा छ । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव पनि उस्तै छ । निर्वाचनको माहोल चरम विन्दुमा पुगेको छ भने धितोपत्र बजार क्रमशः विस्तार हुने क्रममा छ । सरकारको नयाँ कानूनी प्रावधानका कारण साधारण सेयर (आइपिओ) बिक्री गर्न चाहने कम्पनीको सङ्ख्यामा वृद्धि भएको छ । नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको सङ्ख्या मात्रै हेर्ने हो भने साधारण शेयर बिक्री गर्न चाहने ३६ वटा कम्पनी छन् । ती कम्पनीले बिक्री गर्ने सेयरको परिमाण मात्रै १५… पुरा पढौ

गाडीकाे स्वरुप परिवर्तन गरी माइकिङ गर्ने र पदीय दायित्व ख्याल नगर्ने प्रदेशसभा उम्मेदवार यादवसँग स्पष्टीकरण मागियाे

काठमाडौं, २६ कार्तिक । निर्वाचन आयोगले मधेस प्रदेशसभा सदस्यका उम्मेदवार जीतेन्द्रकुमार यादवलाई सवारी साधनको स्वरुप परिवर्तन गरी माइकिङ गरेको विषयमा २४ घन्टाभित्र स्पष्टीकरण माग गरेको छ । नम्बर प्लेटसमेत नदेखिने गरी सवारी साधनको स्वरुप परिवर्तन गरी माइकिङ गर्दै निर्वाचन प्रचारप्रसार गरेको कार्य निर्वाचन आचारसंहिताको प्रतिकूल रहेको आयोगको ठम्याइ छ । “तपाईंको प्रचारप्रसारमा प्रयोग भएको सवारी साधनको श्रव्यदृश्य सामग्री यसैसाथ छ । उक्त सवारीसाधन तपाईंको प्रचारप्रसारमा प्रयोग भएको होइन भन्ने आधार कारण के छ ?, यदि तपाईंको प्रचारप्रसारमा उक्त सवारीसाधन प्रयोग… पुरा पढौ

नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै

काठमाडौं, २६ कात्तिक । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । डिसेम्बरको अन्तिमसम्म भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको तयारी भइरहेको नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन। उनका अनुसार उक्त प्रयोजनका लागि निगमका वाणिज्य निर्देशक जनकराज कालाखेतीको संयोजकत्वमा गठित समितिले उडान सञ्चालनबारे अध्ययन गरिरहेको छ । अध्ययन प्रतिवेदन बुझाएपछि निगमको बोर्ड बैठकबाट निर्णय गरी डिसेम्बरभित्रै व्यावसायिक उडान सञ्चालनको योजनाअनुरुप सरोकारवालासँग परामर्श भइरहेको प्रवक्ता खड्काले बताइन। उनले भने, “डिसेम्बरको अन्तसम्ममा उडान गर्ने… पुरा पढौ

यस्तो छ काभ्रे २ मा हुमागाईँ र बाँस्कोटाबीचको चुनावी सरगर्मि

काभ्रेपलाञ्चोक, २६ कात्तिक । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन आउन ८ दिन बाँकी छ । चुनाव नकिजिँदै गर्दा काभ्रेपलाञ्चोक प्रतिनिधिसभा क्षेत्र नं २ मा चुनावी प्रचार–प्रसार बढ्दै गएको छ । यस निर्वाचन क्षेत्रमा ५ जना स्वतन्त्रसहित १६ जना प्रतिस्पर्धामा रहे पनि मुख्य प्रतिस्पर्धा भने सत्तारुढ गठबन्धनका उम्मेदवार नेपाली काङ्ग्रेसका शिवप्रसाद हुमागाईँ र नेकपा (एमाले)का गोकुलप्रसाद बाँस्कोटाबीच हुनेछ । दुबै प्रतिस्पर्धी आ–आफ्नै शैलीमा प्रचार–प्रसारमा होमिएका छन् । दुवै पक्षले मतदाता आकर्षित गर्नका लागि मतदाताका घरदैलोमै पुगेर भेटघाट गर्न थालेका छन् ।… पुरा पढौ

निर्वाचनपछि भृकुटी कागज कारखाना र श्रमिककाे समस्या समाधान हुन्छ : कोइराला

मध्यविन्दु (नवलपरासीपूर्व), २६ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा शशाङ्क कोइरालाले निर्वाचनपछि भृकुटी कागज कारखाना र श्रमिकको समस्या समाधान हुने बताएका छन्। गैँडाकोटमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले नेपालकै ठूलो कारखाना भृकुटी कागज कारखाना बन्द अवस्थामा रहेकाले यसको समस्या छिट्टै समाधन हुने बताए। “जीर्ण कारखाना र कार्यरत कर्मचारीका विषयमा गम्भीरतापूर्वक समस्या समाधानको लागि परेको छु । चुनाव लगत्तै समस्या समाधान हुनेछ”, नेता कोइरालाले भने। केही वर्षअघि मात्रै रुग्ण उद्योगबारे… पुरा पढौ

२० करोड लगानीमा सगरमाथा पदमार्गमा बन्यो अस्पताल

फाक्दिङ (सोलुखुम्बु), २६ कात्तिक : खुम्बु पासाङल्हामु गाउँपालिकाको सिरानमा छ विश्वकै सर्वोच्च हिमशिखर सगरमाथा । ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर अग्लो हिमाल चुम्न तथा नजिकबाट नियाल्न दिनहुँ यहाँ आन्तरिक तथा बाह्य पर्यटकको घुइँँचो लाग्छ । सगरमाथासहितका अग्ला हिमाल पनि यहीँ छन् । हिमाल आरोहण र पदयात्रा गर्नेको सङ्ख्या बर्सेनी बढ्दै गएको छ । यसका लागि कोही लुक्लाबाट पैदल त कतिपय हेलिकप्टर प्रयोग गर्छन् । तर सबैजसोलाई बाटोभरि एउटै कुराको पीर रहन्छ, स्वास्थ्य अवस्था बिग्रिए तत्काल उपचार गर्न… पुरा पढौ

दोसल्ले गाउँमा बोटबाटै ७५ लाखकाे सुन्तला बिक्यो

गलेश्वर, २६ कात्तिक । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले गाउँमा यस वर्ष राम्रो उत्पादन भएपछि बोटबाटै सुन्तला बिक्री भएको छ । पाक्दै गरेको सुन्तला बोटबाट पोखरा र काठमाण्डौंका व्यापारीले खरिद गरेको स्थानीय कृषक मायादेवी पुनले बताइन् । व्यावसायिक सुन्तला खेती गर्दै आएका किसानले उत्पादन गरेका सुन्तला पोखरा, चितवन र काठमाडौँबाट आएका व्यापारीले बगैँचाबाटै प्रतिकिलो रु ९५ मा किनेका हुन् । दोसल्ले व्यावसायिक सुन्तला जात किसान समूहका अध्यक्ष प्रेमबहादुर पाइजाले गतवर्ष ६२ हजार ५०० किलो सुन्तला निकासी हुँदा ७५ लाख गाउँमा… पुरा पढौ

सुर्खेतका मतदाता भन्छन् : विकास र रोजगारीको ग्यारेन्टी गर्नेलाई मतदान गर्छौं

सुर्खेत, २६ कात्तिक । आसन्न मङ्सिर ४ गते सङ्घ तथा प्रदेशको निर्वाचनमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले घोषणापत्र र प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । उम्मेदवारका पनि स्थानीय क्षेत्र र सन्दर्भमा पनि बेग्लै नारा र प्रतिवद्धता सार्वजनिक भएका छन् । कर्णालीको पछौटेपन, विभिन्न विभेद, गरिबी, बेरोजगारी, अभावलाई मुख्य एजेण्डा बनाएर सिमान्तकृत समुदायको उत्थान गर्ने प्रतिबद्धता पनि उम्मेदवार र दलहरुले गरेका छन् । विगतको अनुभवमा नागरिक दलहरुका ती प्रतिबद्धता देखेर उत्साहित भए । त्यहीँ अनुसार नागरिकले भोट हाले र जिताए पनि ।… पुरा पढौ

ट्रेजरी बिल खरिदमार्फत् साढे २८ अर्ब तरलता बजारमा

काठमाडौं, २५ कात्तिक । नेपाल राष्ट्र बैंकले बैंकहरूसँग भएको २८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल खरिद गरेको छ । यसरी ट्रेजरी बिल खरिद गरेर केन्द्रीय बैंकले शुक्रबार उक्त परिमाणको तरलता बजारमा पठाएको हो । राष्ट्र बैंकले आगामी चैत मसान्तसम्म भुक्तानी मिति बाँकी भएको २८ अर्ब ५० करोड बराबरको ट्रेजरी बिल सोझै खरिद गरेको हो । ट्रेजरी बिल सरकारले एक वर्षभन्दा कम अवधिको लागि निष्कासन गर्ने ऋणपत्र हो । यसको अवधि २८, ९१, १८२ र ३६४ दिनको हुने गर्छ… पुरा पढौ

जुम्ला: स्याउ उत्पादन बढ्यो, उचित मूल्य पाइएन

जुम्ला, २५ कात्तिक । स्याउ खेतीका लागि प्रसिद्ध जुम्लामा यो वर्ष स्याउ उत्पादन बढेको छ । जिल्ला कृषि कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले चालु आर्थिक वर्षमा १८ हजार मेट्रिकटन स्याउ उत्पादन भएको जानकारी दिए । उनका अनुसार गत आवमा १२ हजार मेट्रिकटन स्याउ उत्पादन भएको थियो । स्याउ उत्पादन बढे पनि किसानले उचित मूल्य नपाउदा चिन्तित बनेका छन् । हाल उत्पादित १८ हजार मेट्रिकटनमध्ये ९ हजार मेट्रिकटन स्याउ नेपालगञ्जलगायतका बजारमा पठाइएको छ । तर स्याउले उचित मूल्य नपाएको किसानहरुको भनाइ… पुरा पढौ