मुख्य समाचार

गण्डकी प्रदेशका उर्जामन्त्री हरिशरण आचार्यलाई किन गरियाे बर्खास्त ?

पोखरा, २२ कार्तिक । गण्डकी प्रदेशका उर्जामन्त्री हरिशरण आचार्यलाई बर्खास्त गरिएकाे छ । आज मंगलबार बर्खास्तमा परेका प्रदेशका उर्जामन्त्री हरिशरण आचार्यले बेथितिहरुका बारेमा कुरा उठाईरहेको कारण, रिजर्वेशनका जनपक्षिय मुद्धाहरुलाई स्वाभिमानका साथ उठाएको मन नपराएहरुले आफुलाई पदबाट बर्खास्त गर्ने खेल खेलेको बताएका छन् । मैले सहर्ष त्याग गरेर गोरखा १ (१) मा उम्मेदवार हुने रुचि हुँदाहुँदै दिएकाे स्वतन्त्र उम्मेदवारी फिर्ता लिएर सघाएकोमा उल्टै गठबन्धन विरुद्धका मान्छेलाई सघाएको आरोप लगाए जाे सरासर झुटो रहेको सफल आवाजलाई बताए । उनले भने, उसै त… पुरा पढौ

धानका बालामा चामलभन्दा धेरै भुस, खाद्य संकटको चिन्ता

मलेखु, २२ कात्तिक । यतिबेला सबैतिर धान काट्ने चटारो छ । पाकेको धान भित्र्याउने र अर्को बाली लगाउनका लागि माटो तयार गर्न किसानलाई भ्याइनभ्याइ छ । तर, धान काट्ने बेला धादिङ नीलकण्ठ नगरपालिकाका किसान भने चिन्तामा छन् । धानको बालामा भुस मात्रै फलेपछि धादिङ नीलकण्ठका किसान चिन्तित बनेका हुन् । झट्ट हेर्दा झपक्कै धान फलेको जस्तो देखिए पनि बालामा चामल नफलेको किसानहरुको भनाइ छ । नीलकण्ठ नगरपालिका-७ को हाँडीखोला आसपासका करिब ६५ रोपनी पाखा खेतमा लगाएको धान बिग्रिएको स्थानीय किसान… पुरा पढौ

नेप्से दाेहाेराे अंकले घट्यो, शिवम् सिमेन्टको काराेबार अब्बल

काठमाडौं, २२ कार्तिक । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार पनि सेयर बजारले ओरालाेको यात्रालाई निरन्तरता दिएको छ । चार उपसमूहहरुमा मात्रै हरियो लागेको छ । बाँकी ९ वटामा रातो लागेको छ । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन २ अर्ब माथिको कारोबार भएकोमा सदिनको कारोबार १ अर्बमा झरेको छ । यो साता केहि हरियोको लक्ष्यण् देखाएकोमा त्यसले पनि निरन्तरता पाउनेमा आशंका गरिएको छ । यसल लगानीकर्तामा जगोको उत्साहलाई घटाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से… पुरा पढौ

चुनाव प्रचारका क्रममा प्रधानमन्त्री देउवा धनगढीमा

धनगढी, २२ कात्तिक । चुनावी प्रचार प्रसारको क्रममा हाल धनगढीमा रहेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीका कार्यकर्तासँगको भेटघाटमा व्यस्त रहेका छन् । आइतबारदेखि धनगढीमा रहेका देउवाले आसन्न चुनावका लागि पार्टीका तर्फबाट  टिकट वितरणपछि असन्तुष्ट भएका र निस्क्रिय रहेका नेता कार्यकर्तालाई बोलाएर पार्टीको पक्षमा लाग्न आग्रह गरेका छन् । कांग्रेसका जिल्ला सभापति नाराणदत्त भट्टले भने, 'सम्पर्कमा आउने सन्तुष्ट असन्तुष्ट नेता कार्यकर्तालाई भेटेर पार्टी र सत्ता गठबन्धनका पक्षमा माहोल बनाउन प्रधानमन्त्रीले सम्झाई बुझाई गरिरहनु भएको छ ।' भेटघाटका क्रममा… पुरा पढौ

किन बर्खास्त हुँदैछन् गण्डकी प्रदेशका ऊर्जामन्त्री आचार्य ?

पोखरा, २७ कात्तिक । गण्डकी प्रदेशका ऊर्जामन्त्री हरिशरण आचार्य बर्खास्त हुने भएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जामन्त्री आचार्यलाई हटाउन प्रदेश प्रमुखसमक्ष पत्र पठाएका छन् । मन्त्री आचार्यले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मत मागेको आरोपमा हटाइन लागेका हुन् । आचार्यलाई बर्खास्त गर्न प्रदेश प्रमुखलाई पत्र पठाइएको मुख्यमन्त्री पोखरेलका प्रेस संयोजक भरत कोइरालाले जानकारी दिए । मन्त्री आचार्य २०७४ सालमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबाट गण्डकी प्रदेशसभामा निर्वाचित भएका थिए । हालै गोरखामा आचार्यले आफूविरुद्ध मत… पुरा पढौ

बायोग्यास प्रवर्द्धनमा निजी क्षेत्रसँगको सहकार्यमा जोड

काठमाडौं, २२ कात्तिक । नेपालमा बायोग्यास प्रविधिको प्रवर्द्धनमा निजी क्षेत्रको अग्रणी भूमिका भए पनि समयसापेक्ष अनुदान नीतिमा वृद्धि हुन नसक्नु तथा निजी क्षेत्रमैत्री नीति र कार्यविधि बन्न नसक्दा यस प्रविधिको विकास र विस्तारमा समस्या आएको सरोकारवालाहरुले बताएका छन् । नेपाल बायोग्यास प्रवद्र्धन सङ्घको २६औँ वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा यस प्रविधिलाई अतिगरिब, सीमान्तकृत तथा पछाडि पारिएका समुदायमा पहुँच पुर्याउन सरकारले निजी क्षेत्रलाई महत्व दिनुपर्ने जोड दिइएको छ । हाल नेपालमा करिब ४ लाख ५० हजारभन्दा बढी घरेलु बायोग्यास प्लान्टहरु जडान… पुरा पढौ

रसुवामा पर्यटकको सङ्ख्या बढ्याे, व्यवसायी उत्साहित

रसुवा, २२ कात्तिक । हिमाली छटाको आनन्द लिन आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्या जिल्लामा क्रमशः वृद्वि हुँदै गएको छ । यसबाट होटल व्यवसायीको आर्थिक अवस्था सुधार समेत हुन थालेको छ । कोरोना सङ्क्रमणपश्चात फाट्टफुटरूपले आउने पर्यटक पछिल्लो समय क्रमशः बढेपछि प्रत्यक्षरूपमा होटल तथा लज सञ्चालन गर्ने व्यवसायी एवं अप्रत्यक्षरूपमा कृषि उपज बढाउने किसानसमेत लाभान्वित भएका छन् । विगतमा कोरोना त्रासा कारण धरासायी बनेको हिमाली क्षेत्रका होटल तथा लज अहिले चलायमान भइसकेका छन् । आगन्तुक पाहुनालाई प्रफुल्लित तवरबाट छिटोछरितो सेवा… पुरा पढौ

कोप-२७ उच्चस्तरीय सत्र: आज ५४ देशका नेताले सम्बोधन गर्ने

इजिप्ट (शार्म एल–शेख), २२ कात्तिक । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसिसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप-२७)को सोमबारदेखि सुरु भएको ‘उच्चस्तरीय सत्र’मा मंगलबार पनि विश्व नेताहरुले सम्बोधन गर्ने क्रम जारी रहनेछ । ‘उच्चस्तरीय सत्र’ स्थानीय समय अनुसार बिहान १०:३० बजेदेखि सुरु भएर दिउँसो १ बजेसम्म चल्नेछ । ‘उच्चस्तरीय सत्र’मा दोस्रो दिन मंगलबार विभिन्न मुलुकका ५४ राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुले आफ्नो राष्ट्रिय मन्तव्य दिने कोपको सचिवालयले जनाएको छ । उच्चस्तरीय सत्रमा पहिलो दिन सोमबार सम्मेलनलाई सम्बोधन गर्दै संयुक्त… पुरा पढौ

सुनको भाउ घट्दै, चाँदीको स्थिर

काठमाडौं, २२ कार्तिक । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन नेपाली बजारमा सुनको भाउ घटेको छ । सेतो धातु चाँदीको भाउ भने स्थिर रहेको छ । छापावाल सुनमा रुपैयाँ ३०० ले गिरावट भएको छ । चाँदीको भाउ सोमबारकै तोलाको १ हजार २६५ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनमा रुपैयाँ ३०० ले घटेर तोलाको ९४ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुनमा रुपैयाँ २०० ले गिरावट भई तोलाको ९४ हजार ३०० रुपैयाँमा… पुरा पढौ

निःशुल्क शिक्षा र अर्थतन्त्रकाे कुरा गर्दै भोट माग्दै नेताहरु

काठमाडौं, २२ कातिक । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका केही राजनीतिक दलले मुलुकको हालको अवस्था र व्यवस्थामा आमूल परिवर्तन गर्दै स्वाधिन अर्थतन्त्र निर्माण गरी जनताको सेवामा काम गर्ने उद्घोष गरेका छन् । अघिल्ला निर्वाचनमा जनताले मत दिएका राजनीतिक दल र उम्मेदवारबाट देश र जनहितमा काम हुन नसकेको आरोप लगाउँदै ती दलले लोकतन्त्रको सुदृढीकरण र संविधानको रक्षाका लागि निर्वाचनमार्फत मुलुकको नेतृत्व गर्ने अवसर प्रदान गर्न मतदातासमक्ष अपिल गरेका हुन् । सुशील गौतम प्रमुख रहेको… पुरा पढौ