मुख्य समाचार

रगतको अभाव हुन नदिन रक्तदान महोत्सव जेठ ३० मा हुने

नारायणगढ (चितवन), २८ जेठ। विश्व रक्तदाता दिवसका अवसरमा यही जेठ ३० गते चितवनमा ‘दोस्रो ऐतिहासिक रक्तदान महोत्सव–२०८३’ आयोजना हुने भएको छ । भरतपुरस्थित चितवन उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा महोत्सव आयोजना गर्न लागिएको हो । भरतपुरलाई अस्पतालहरूको सहरका रूपमा चिनिने भएकाले यहाँ रगतको माग उच्च रहने गर्दछ । विशेषगरी गर्मीयाममा रगतको अभाव बढ्ने भएकाले रक्तदाताहरूलाई महोत्सवमा सहभागी भई रक्तदान गर्न आयोजकले आग्रह गरेका छन् । हरेक वर्ष जुन १४ मा विश्वभर विश्व रक्तदाता दिवस मनाइन्छ । सुरक्षित रगत तथा रगतजन्य पदार्थको… पुरा पढौ

सेती पुलको दोस्रो पटक म्याद थप

कास्की, २८ जेठ। पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती पुलको दोस्रो पटक म्याद थप गरिएको छ । मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डअन्तर्गत निर्माणाधीन यस पुलको म्याद विसं २०८३ फागुन २१ गतेसम्म पु¥याइएको हो । सेतीको हालको पुलको ‘अपस्ट्रिम’ र ‘डाउनस्ट्रिम’ १९० मिटरका दुईवटा पक्की पुल रु एक अर्ब सात करोड लागतमा निर्माण गर्नका लागि विसं २०७९ भदौ २६ गते ठेक्का सम्झौता गरिएको थियो । एसियाली विकास बैङ्कको ऋण सहयोगमा सडक विभागअन्तर्गत निर्माण भइरहेको पुल तीन वर्षभित्रमा सम्पन्न गर्ने… पुरा पढौ

मुग्लिन-मलेखु सडक : चार पुल सञ्चालनको तयारी

चितवन, २८ जेठ. पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिङ–मलेखु सडकखण्डका चार पुल अगामी असारमा सञ्चालनमा ल्याउने गरि काम गरिएको छ । ती पुलको सामान्य बाहेकका काम सम्पन्न भएका छन् । नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार खहरे खोला, चिरौँदी खोला, गोमती खोला र हुग्दी खोलाको पुल असारभित्र सञ्चालनमा ल्याउन लागिएको हो । उहाँका अनुसार ती पुलमध्ये कतिपयको सडकसँग जोड्ने बाटो बनाउन बाँकी छ । पुलको प्लाष्टर, रङरोगन, ट्राफिक सुरक्षालगायत सामान्य कामहरू बाँकी छन् । उहाँले भन्नुभयो “समग्रमा… पुरा पढौ

हाङपाङमा असार १२ र १३ गते अलैँची महोत्सव हुँदै

ताप्लेजुङ, २८ जेठ। जिल्लामा प्रदेशस्तरीय अलैँची महोत्सव आयोजना हुने भएको छ । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाको केन्द्र हाङपाङमा आगामी असार १२ र १३ गते महोत्सव सञ्चालन गरिने भएको हो । महोत्सव मूल समारोह समितिका संयोजक बालचन्द्र आङबुहाङका अनुसार आठराई त्रिवेणी गाउँपालिका र कृषि ज्ञान केन्द्र ताप्लेजुङको आर्थिक सहयोगमा आयोजना हुन लागेको महोत्सवले अलैँची खेतीको प्रवद्र्धन, उत्पादन वृद्धि तथा बजार विस्तारमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । महोत्सवमा अलैँचीका बोटबिरुवा तथा फलको प्रदर्शनी, अलैँचीजन्य उत्पादनहरूको प्रदर्शनी, उत्कृष्ट तथा कमजोर अलैँची… पुरा पढौ

डिजिटल बैंकिङ कारोबार गर्दा सार्वजनिक वाइफाई प्रयोग नगर्न राष्ट्र बैंकको आग्रह

काठमाडौं, २७ जेठ । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ कारोबार गर्दा सार्वजनिक स्थानमा उपलब्ध हुने फ्री (खुला) वाइफाई (Wi-Fi) नेटवर्क प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। राष्ट्र बैंकका अनुसार सार्वजनिक स्थानका वाइफाई नेटवर्क प्रयोग गरेर अनलाइन बैंकिङ कारोबार गर्दा प्रयोगकर्ताको गोप्य बैंकिङ विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने र अकाउन्ट ह्याक हुने उच्च जोखिम रहन्छ। यस्ता नेटवर्कमा विभिन्न वित्तीय ह्याकरहरू सक्रिय हुने… पुरा पढौ

श्रमबजारका चुनौती सामना गर्न नीतिगत लचकतामा जोड

काठमाडौं, २७ जेठ। नेपाल उद्योग वाणिज्य महासङ्घका एसोसिएट उपाध्यक्ष प्रवलजङ्ग पाण्डेले श्रमबजारका विद्यमान परिवर्तन र चुनौतीको सामना गर्न व्यावहारिक नीतिगत लचकता, उद्यम उत्पादकत्व वृद्धि र सुदृढ त्रिपक्षीय सहकार्यको आवश्यकतामा जोड दिनुभएको छ । स्वीट्जरल्याण्डको जेनेभामा आयोजित अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को ११४औँ सत्रलाई नेपालको रोजगारदाता परिषद्कोतर्फबाट मङ्गलबार सम्बोधन गर्नुहुँदै उपाध्यक्ष पाण्डेले नेपाल हाल महत्वपूर्ण आर्थिक सङ्क्रमणको चरणबाट गुज्रिरहेको उल्लेख गर्नुभयो । विश्वभरका प्रतिनिधिहरू, विशिष्ट व्यक्तित्व तथा सामाजिक साझेदारमाझ आफ्नो मन्तव्य राख्नुहुँदै उहाँले सरकारले सुशासन, लगानी प्रवद्र्धन तथा पूर्वाधार विकासमा प्रतिबद्धता… पुरा पढौ

तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, ४ अर्ब २९ करोडकाे काराेबार

काठमाडौं, २७ जेठ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज (बुधबार) सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.५७ अंकले बढेर २७३६.१७ विन्दुमा पुगेर बन्द भएको छ। नेप्से सँगै आज फ्लोट इण्डेक्स पनि ०.१२ अंकले बढेको छ। यद्यपि, ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इण्डेक्स भने ०.३५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०७ अंकले घटेको छ। नेप्से परिसूचकमा सुधार देखिए पनि आज कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा गिरावट आएको छ। गत मंगलबार बजारमा ६ अर्ब ४४ करोड… पुरा पढौ

एमसिए-नेपालद्वारा नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण कार्य शुभारम्भ

नुवाकोट, २७ जेठ। मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले आज मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) नेपाल कम्प्याक्टको विद्युत् प्रसारण आयोजनाअन्तर्गत रातमाटे सबस्टेशन र नयाँ दमौली सबस्टेशन तथा २९७ किलोमिटर लामो विद्युत् प्रसारण लाइनको निर्माण कार्य औपचारिक रूपमा थालनी गरेको छ । संयुक्त राज्य अमेरिकाबाट प्राप्त ५५ करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९.७० करोड अमेरिकी डलर लगानीमा भइरहेको यस ऐतिहासिक साझेदारीले अन्तरराष्ट्रियस्तरको विद्युत् प्रसारण पूर्वाधार निर्माण र महत्त्वपूर्ण सडक सञ्जालको स्तरोन्नति कार्य गरिरहेको छ । नेपाल सरकारका वरिष्ठ अधिकारीहरू, एमसीसी… पुरा पढौ

बजेटको सूचना चुहावटको प्रचारमा सत्यता छैनः अर्थमन्त्री वाग्ले

काठमाडौं, २७ जेठ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संसद्मा बजेट पेस हुनुपूर्व सूचना चुहावट भई अनियमितता भएको भन्ने प्रचारमा सत्यता नभएको बताउनुभएको छ । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको अनुमान (बजेट) का मुख्यमुख्य व्यवस्थाका सम्बन्धमा जवाफ दिँदै उहाँले प्रस्तावित करका दरबारे सूचना चुहावट भएर जेठ १४ गते बिवाइडी गाडी भित्रिएको भनेर आफूमाथि लगाइएको आरोप निराधार भएको स्पष्ट गर्नुभयो । मन्त्री डा वाग्लेले आफूविरुद्ध सङ्गठित रूपमा अफवाह फैलाइएको जिकिर गर्दै बजेट वक्तव्यमा समावेश भएका एकाध… पुरा पढौ

३७ खर्ब विदेशी मुद्रा सञ्चिति, साढे ८ खर्ब शोधनान्तर बचत, व्यापार घाटा १४ खर्ब

काठमाडौं, २७ जेठ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनाको तथ्याङ्कले नेपालको बाह्य अर्थतन्त्र अन्त्यन्तै बलियो अवस्थामा पुगेको देखाएको छ। तर, यो सुखद पक्षका बाबजुद देश अझै पनि परनिर्भरता र उपभोगमुखी प्रवृत्तिको दुश्चक्रबाट बाहिर निस्कन सकेको छैन। तथ्याङ्कअनुसार देश भित्रिने र बाहिरिने रकमको अन्तर जनाउने शोधनान्तर स्थिति इतिहासकै उच्च विन्दु अर्थात ८ खर्ब ६३ अर्ब ५६ करोड रुपैयाँ बचतमा रहेको छ। त्यसैगरी, विदेशी मुद्राको कुल सञ्चिति ३७ खर्ब ४४ अर्ब ५५ करोड रुपैयाँ नाघेको… पुरा पढौ