मुख्य समाचार

आहा ! श्रीमञ्ज्याङ लामागाउँ

श्रीमञ्ज्याङ (दोर्दी), २६ जेठ। लमजुङको दोर्दी गाउँपालिका–३ स्थित श्रीमञ्ज्याङ लामागाउँ प्रकृति, संस्कृतिसँगै धार्मिक आस्था र विश्वासको अनुपम सङ्गमजस्तै बनेको छ । परम्परागत रुपमा सजिएका गाउँको प्राचीन मौलिकता झल्काउने किसिमका घरसँगै सफा चोक तथा बाटाहरू ढुङ्गाले छपक्क छापिएका छन् । पर्यटकीय राजधानी पोखराबाट डुम्रे, मध्यनेपाल, भोर्लेटार, सुन्दबजार, भोटे ओढार हुँदै बेलघारी पुल तरेर लामाबगर, थापा खेत हुँदै आइपुगिने यो गाउँ पोखराबाट करिब चार घण्टामा पुग्न सकिन्छ । विशेषतः बौद्ध धर्मावलम्बीहरूका दुईवटा गुम्बासँगै चारवटा छोर्तेनले यहाँको महिमा र गरिमालाई अझै उँचो बनाएको… पुरा पढौ

स्वास्थ्य सेवा सुदृढीकरणका लागि नबिल बैंक र धुलिखेल अस्पतालबीच ६ करोडको रणनीतिक साझेदारी

काठमाडौं, २६ जेठ । नेपालको अग्रणी वाणिज्य बैंक, नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालबीच देशको स्वास्थ्य सेवा सुदृढीकरण एवं पुनःस्थापना सेवाका लागि एक महत्त्वपूर्ण रणनीतिक साझेदारी भएको छ । विशेष गरी जलन (बर्न) को उपचार, कृत्रिम अंग जडान, पुनःस्थापना र डायलासिस सेवाको पहुँच तथा गुणस्तर बढाउने उद्देश्यका साथ दुई संस्थाबीच आशयपत्रमा हस्ताक्षर भएको हो । सोमबार आयोजित एक कार्यक्रमका बीच नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवाली र धुलिखेल अस्पतालका प्रशासनिक निर्देशक डा. विराजमान कर्माचार्यले उक्त सम्झौता पत्रमा हस्ताक्षर… पुरा पढौ

डिजिटल कर्जाको सीमा दोब्बर, साना व्यवसायीले अब १० लाख रुपैयाँसम्म ऋण पाउने

काठमाडौं, २६ जेठ । नेपाल राष्ट्र बैंकले डिजिटल माध्यमबाट प्रवाह हुने कर्जाको सीमामा ठुलो लचकता अपनाएको छ । केन्द्रीय बैंकले ‘विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जासम्बन्धी मार्गनिर्देशन, २०७८’ मा संशोधन गर्दै डिजिटल कर्जाको अधिकतम सीमालाई दोब्बर बनाएको हो । सोमबार जारी गरिएको नयाँ परिपत्रअनुसार अब लघु, साना तथा मझौला व्यवसायी (MSMEs) ले डिजिटल माध्यमबाट १० लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । यसअघि यस्तो कर्जाको अधिकतम सीमा ५ लाख रुपैयाँ मात्र तोकिएको थियो । साना व्यवसायीलाई प्राथमिकता राष्ट्र बैंकको यो कदमले… पुरा पढौ

तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट ४ अर्ब अनुदान

दमौली (तनहुँ), २६ जेठ। स्थानीय तहले आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घीय सरकारबाट रु चार अर्बभन्दा बढी अनुदान पाउने भएका छन् । जिल्लास्थित १० स्थानीय तहका लागि अर्थ मन्त्रालयले रु चार अर्ब ५६ करोड ४७ लाख विनियोजन गरेको हो । सबैभन्दा बढी व्यास नगरपालिकाले र सबैभन्दा कम घिरिङ गाउँपालिकालाई बजेट विनियोजन गरिएको छ । व्यास नगरपालिकालाई रु ९४ करोड ३० लाख विनियोजन गरिएको छ । व्यास नगरपालिकाले समानीकरण अनुदानतर्फ रु १८ करोड ६० लाख, सशर्त अनुदानतर्फ रु ७५ करोड २०… पुरा पढौ

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी, २६ जेठ। म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । कालीगण्डकी गर्ज हाइड्रोपावर प्राली प्रवर्द्धक रहेको आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ भालेबासमा सोमबारदेखि विस्फोटक पदार्थको प्रयोग गरि सुरुङ निर्माण थालेको हो । आयोजना निर्देशक रमण सिंहले आगामी चार वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाले छिट्टै बाँध, गाडपार र घरापमा प्रस्तावित विद्युत्गृह निर्माणस्थलबाट गरि चार ठाउँबाट सुरुङ निर्माणको तयारी गरेको जानकारी दिनुभयो । “पाँच किलोमिटर ६०० मिटर लामो सुरुङ निर्माण हुनेछ”, उहाँले भन्नुभयो, “विद्युत्गृह र बाँध… पुरा पढौ

मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

मुस्ताङ, २६ जेठ। उपल्लो मुस्ताङस्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले पछिल्लो जेठ १६ गतेसम्म रु छ अर्ब ६६ करोड २६ लाख राजस्व सङ्कलन गरेको छ । गत ३१ भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको (नेपाल–चीन) उत्तरी कोरलानाकाबाट गत भदौदेखि यता निकासी तथा पैठारीबापत उक्त परिमाणमा भन्सार राजस्व सङ्कलन भएको हो । नेपाल–चीन उत्तरी कोरला नाका हुँदै चीनबाट नेपाल पैठारी गरिएका मालवस्तुबाट रु १३ अर्ब ८७ करोड ७८ लाख भन्सार राजस्व सङ्कलन भएको भन्सार प्रमुख विदुर चुँडालले जानकारी दिनुभयो । उहाँका… पुरा पढौ

सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटनमा सुधार

कञ्चनपुर, २६ जेठ। पर्यावरणमैत्री पर्यटन प्रवद्र्धन तथा ग्रामीण समुदायको आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले शुक्लाफाँटा नगरपालिका–३ जोनापुरस्थित खयरकन्द्रा सामुदायिक घरबास (होमस्टे)मा सौर्य ऊर्जाबाट सञ्चालन हुने ब्याकअप प्रणाली जडान गरिएको छ । विद्युत् आपूर्तिमा हुने अवरोधकाबीच पनि पर्यटकलाई निरन्तर सेवा उपलब्ध गराउन सहज भएको छ । शुक्लाफाँटा नगरपालिका, ‘कनेक्ट’ परियोजनाको साझेदारी तथा हिमाली प्रकृतिको समन्वयमा आठ वटा होमस्टे घरमा सोलार ‘ब्याकअप’ प्रणाली जडान गरिएको हो । कनेक्ट परियोजनाका टिम लिडर मनोजप्रसाद ओझाका अनुसार आठवटै घरमा प्रणाली जडान गर्न रु सात लाख ५९… पुरा पढौ

साउनदेखि नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आउदै

काठमाडौं, २५ जेठ नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग 'नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग' आगामी साउनदेखि सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको छ। आयोजनाका अनुसार सबै प्रक्रिया पूरा गरी साउनको तेस्रो सातासम्ममा सुरुङमार्ग सञ्चालन गर्ने लक्ष्य राखिएको छ। हाल सुरुङमार्ग सञ्चालन र व्यवस्थापनका लागि आवश्यक प्राविधिक काम र कर्मचारीको तालिम भइरहेको छ। आयोजनाको प्रगति र जनशक्ति व्यवस्थापन आयोजना प्रमुख सौजन्य नेपालका अनुसार सुरुङमार्गको अवस्था यस्तो छ: भौतिक प्रगति: ९९.५ प्रतिशत। वित्तीय प्रगति: ९६ प्रतिशत। कर्मचारी परिचालन: सुरुङलाई २४सै घण्टा सञ्चालन गर्न १५० जना कर्मचारी भर्ना गरिएको… पुरा पढौ

चालु आवमा रसुवागढी नाकाबाट ४० अर्ब बढीको आयात

रसुवा, २५ जेठ। नेपाल र चीनबीच व्यापारिक सम्बन्धको प्रमुख प्रवेशद्वार रसुवागढी नाकाबाट चालु आर्थिक वर्षमा रु ४० अर्बभन्दा बढी मूल्यको सामान आयात भएको छ । रसुवा भन्सार कार्यालयका निमित्त प्रमुख भरतसिंह विकका अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्म यस नाकाबाट ४० अर्ब १० करोड रुपैयाँ बराबरका चिनियाँ वस्तु नेपाल भित्रिएका छन् । यस नाकाबाट खासगरी सामग्रीमा तयारी पोसाक, जुत्ता–चप्पल, रोलकपडा, विद्युतीय सामग्री, ओखर, स्याउ, लसुन, अदुवा, थर्मस, हाइड्रोपावरका उपकरण तथा विद्युतीय सवारीसाधनलगायत वस्तु आयात हुँदै आएको उहाँले जानकारी दिनुभयो… पुरा पढौ

नाम फेरेर करको भार यथावत राखेकोमा महासंघको आपत्ति, नीतिगत पारदर्शितामाथि ठूलो प्रश्न खडा

काठमाडौं २५ जेठ। नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८३/८४ को बजेटमा सरकारले करको नाम परिवर्तन गरेर भार भने यथावत राख्ने नीति लिएको भन्दै कडा आपत्ति जनाएको छ। बजेटमाथिको नीति संवादमा महासंघका तर्फबाट मन्तव्य राख्दै अध्यक्ष अञ्जन श्रेष्ठले सरकारको नीतिगत पारदर्शितामाथि ठूलो प्रश्न खडा भएको बताएका छन्। अध्यक्ष श्रेष्ठका अनुसार ३६० वस्तुको अन्तःशुल्क खारेज गरिएको घोषणा सतहमा स्वागतयोग्य देखिए पनि भित्रभित्रै ती वस्तुलाई ‘आन्तरिक उत्पादन प्रवर्द्धन तथा संरक्षण शुल्क’ र ‘स्वच्छ पूर्वाधार लगानी शुल्क’ मा समायोजन गरिएको छ। नाम परिवर्तन… पुरा पढौ