मुख्य समाचार

वसन्त ऋतुको हिमाल आरोहणकाे मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौं, २७ जेठ। सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल आरोहण गर्ने काम मैझारो (सम्पन्न) भएको छ । सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि यस वर्ष एक हजार १९५ स्वदेशी तथा विदेशी आरोहीले अनुमति लिएका थिए । पर्यटन विभागले छ हजार ५०० मिटरभन्दा बढी उचाइ भएका हिमाल आरोहणका लागि आरोहीलाई अनुमति प्रदान गर्दै आइरहेको छ । त्यसभन्दा सानो हिमाललाई नेपाल पर्वतारोहण सङ्घ (एनएमए)ले अनुमति दिँदै आएको छ । यस वर्ष आरोहणका लागि अनुमति लिनेमा सबैभन्दा धेरै चीनका… पुरा पढौ

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २७ जेठ। एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि निष्काशन आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपछि सर्वसाधारण लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत बराबरको ७ लाख ९० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । यसअघि ७९ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई, ३९ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरूलाई र १५ हजार ८०० कित्ता कर्मचारीहरूलाई बाँडफाँट गरिसकेको छ… पुरा पढौ

आज अन्तरराष्ट्रिय सभ्यताबीच संवाद दिवस मनाइँदै

काठमाडौं, २७ जेठ। आज विश्वभर ‘सभ्यताबीच संवादसम्बन्धी अन्तरराष्ट्रिय दिवस’ मनाइँदैछ । विश्वमा बढ्दो द्वन्द्व, असमानता, अविश्वास तथा विकाससम्बन्धी चुनौतीहरूका बीच सभ्यता र संस्कृतिहरूबीच आपसी समझदारी, सम्मान र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्र महासभाले सन् २०२४ जुन ७ मा एक प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष जुन १० लाई अन्तरराष्ट्रिय सभ्यताबीच संवाद दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । चीनद्वारा प्रस्तावित उक्त प्रस्तावलाई ८० भन्दा बढी देशहरूले समर्थन गरेका थिए । संयुक्त राष्ट्रसङ्घका अनुसार सभ्यताबीचको… पुरा पढौ

पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति

गण्डकी, २७ जेठ। फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा सुरु गर्ने भएको छ । आगामी सेप्टेम्बर २३ देखि दुबई–पोखरा–दुबई दैनिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताउनुभयो । “फ्लाइ दुबईको पोखरा–दुबई उडान तालिका सोमबार स्वीकृत भइसकेको छ”, उहाँले भन्नुभयो, “आगामी सेप्टेम्बर २३ देखि पोखरा–दुबई दैनिक उडान सेवा सुरु हुन्छ ।” फ्लाई दुबईको टोलीले केही दिनअघि पोखरा अन्तरराष्ट्रिय विमानस्थलको उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी निरीक्षण गरेको थियो । सरकारले आगामी… पुरा पढौ

तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

गलकोट (बागलुङ) २७ जेठ। बडिगाड गाउँपालिका–९ दर्लिङका तेजनारायण श्रेष्ठले पानी घट्ट चलाउन थालेको तीस वर्ष भयो । पानी घट्टमा अन्न पिस्दै तीन दशकअघि सुरु गरेको व्यवसाय अहिले पनि उस्तै छ । गाउँलाई प्रविधि र आधुनिकताले छोए पनि श्रेष्ठको पानी घट्टको काम पनि उसैगरी चलेको छ । कुटानी–पिसानी मिलले समेत प्रतिस्थापन गर्न नसकेको घट्ट ग्रामीण क्षेत्रका लागि अन्न पिस्नका लागि सहज माध्यम बनेको छ । दैनिक जीवनयापनका लागि परम्परागत पानी घट्ट सञ्चालन गरिरहेका श्रेष्ठ पानी घट्टलाई मुख्य पेसा बनाएको बताउनुभयो ।… पुरा पढौ

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं, २७ जेठ। आज देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षात्को सम्भावना रहेको छ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ । यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा मधेस प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानका साथै सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ । आज लुम्बिनी र… पुरा पढौ

राहुघाटको २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा

म्याग्दी, २६ जेठ । म्याग्दीको रघुगङ्गा गाँउपालिका–३ तिल्केनीचौरमा २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा आएको छ । स्विचयार्डका उपकरणले विद्युत्गृहमा जेनेरेटरबाट उत्पादन भएको ऊर्जालाई प्राप्त गर्ने र प्रसारण लाइनमा आपूर्ति गराउँछ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘स्विचयार्ड’ मार्फत राहुघाट कोरिडोरमा निर्माण भएका चार वटा आयोजनाका १२७ दशमलव आठ मेगावाट विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिएको हो । राहुघाट जलविद्युत् आयोजनाका प्रमुख राजबहादुर बिष्टले स्विचयार्डमा जडान भएका उपकरणको परीक्षण सफल भएपछि सोमबारदेखि राष्ट्रिय… पुरा पढौ

नेप्से १.५४ अंकले घट्यो, कारोबार ६ अर्ब ४४ करोड पुग्यो

काठमाडौं, २६ जेठ। साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । लगातार तीन कारोबार दिनदेखि घटिरहेको नेप्सेले मंगलबार पनि सोही क्रम जारी राख्दै १.५४ अंकले घटेर २७३३.५९ विन्दुमा पुगेको हो । सेन्सेटिभ इन्डेक्स ०.२९ अंक, फ्लोट इन्डेक्स ०.१२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०९ अंकले घटेका छन् । नेप्से घटे पनि कारोबार रकम भने उल्लेख्य बढेको छ । सोमबार ४ अर्ब ८ करोड रुपैयाँको कारोबार भएको बजारमा मंगलबार ६ अर्ब ४४ करोड ३१ लाख ९० हजार… पुरा पढौ

विदेश पढ्न जाने विद्यार्थीलाई राहत: डलर सटही सुविधा खुकुलो

काठमाडौं, २६ जेठ । नेपाल राष्ट्र बैंकले वैदेशिक अध्ययनमा जाने र विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै विदेशी मुद्रा सटही सुविधामा ठुलो सहजता र लचकता अपनाएको छ । केन्द्रीय बैंकले जेठ २६ गते मंगलबार नयाँ नियम जारी गर्दै डलर सटही र कागजात प्रमाणीकरणको प्रक्रियालाई खुकुलो बनाएको हो । १. सूची बाहिरका स्थानीय मुद्रामा पनि सटही सुविधा सामान्यतया नेपाल राष्ट्र बैंकले निश्चित र बजारमा बढी चल्तीमा रहेका विदेशी मुद्राहरू मात्र साट्न मिल्ने सूची कायम गरेको हुन्छ । नयाँ व्यवस्थाअनुसार अब विदेश… पुरा पढौ

प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा विपक्षीद्वारा संसदमा ५ मिनेट मौनधारण, सभामुखको आपत्ति

काठमाडौं, २६ जेठ । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको एक अभिव्यक्तिको विरोध गर्दै पाँच मिनेट मौनधारण गरेका छन् । नेपाली कांग्रेसका सचेतक निश्कल राईको आग्रहमा प्रमुख प्रतिपक्षी दल कांग्रेस लगायत अन्य विपक्षी दलका सांसदहरूले संसदभित्रै उठेर मौनधारण गरेका हुन् । राष्ट्रियता र शहीदको सम्मानमा मौनधारण सभामुख डोलप्रसाद अर्यालले बोल्ने समय उपलब्ध गराएपछि कांग्रेस सचेतक राईले प्रधानमन्त्री शाहले दिएको ‘नेपालले भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्तिको कडा विरोध जनाएका थिए । उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले मुलुकको सार्वभौमिकतामाथि आँच… पुरा पढौ